प्रत्यक ब्यक्तिको शिक्षा र ज्ञान बिशुद्ध निजी सम्पत्तिहो जसलाई सहजरुपमा जहाँतही बोकेर साथै लानसक्छौ तर भौतिक सम्पत्तिको यो सम्भब छैन ।



Tuesday, June 9, 2015

कालापानी : किन र कसरी भारतले सीमा मिचेको छ ?

उत्तरी भेकमा रहेका १४ वटा भारतीय सैनिक चौकीलाई २०२६ सालमै हटाउँदा पनि कालापानीस्थित क्याम्पलाई किन हटाइएन ? सम्बन्धित निकायहरु स्पष्ट र चित्तबुझ्दो जवाफ दिन सक्दैनन् ।
दार्चुला जिल्लाको ब्यास गाउँ विकास समितिका वडा नं. १ मा पर्ने कालापानी क्षेत्रमा भारतले जवर्जस्ती आफ्नो सैनिक क्याम्प राखिरहेको छ । यसप्रति जनस्तरबाट जति विरोध भएको छ, त्यसका विपरीत सरकारले चाहिँ त्यसलाई अनावश्यक भण्झट ठानेको देखिन्छ । एउटा सार्वभौमसत्तासम्पन्न स्वतन्त्र देशको भूमिमा विदेशी सेना रहँदा पनि त्यसलाई हटाउन सरकारी तवरबाट पर्याप्त प्रयास भएको पाइँदैन । यहाँसम्म कि त्यहाँ भारतीय सेना बसेको जानकारी सरकारले कहिले पायो र नेपालको उत्तरी भेकमा रहेका १४ वटा भारतीय सैनिक चौकीहरुलाई २०२६ सालमा हटाउँदा पनि कालापानीस्थित क्याम्पलाई किन हटाइएन भन्ने बारे पनि सम्बन्धित निकायहरुले स्पष्ट चित्तबुझ्दो जवाफ दिन सक्दैनन् ।
कालापानी अतिक्रमणको चुरो भनेको महाकाली (चलनचल्तीको भाषामा काली) नदीको उद्गमस्थलसम्बन्धी विवाद हो । भारतले ‘तुल्सी न्यूराङ’ अर्थात कृत्रिम कालापानीमा कालीको कृत्रिम मुहान खडा गरेर अतिक्रमणलाई ‘वैधानिकता’ दिन जाली कसरत गरिरहेको छ । त्यहाँ पहाडबाट रसाएको पानीलाई सानो तलाउमा जम्मा पारेर एउटा कुलो लिपुखोलामा जोडिएको छ र त्यही तलाउलाई कालीको स्रोत भन्ने हास्यास्पद दाबी गरिएको छ ।
नेपालको सरकारले चाहिँ तुल्सी न्यूराङभन्दा ६ कि.मि. उत्तरमा पर्ने लिपुधूरा वा लिपुलेक (सक्कली कालापानी) कालीको उद्गम हो भनेको छ । यस भनाइअनुसार लिपलेकबाट निस्कने लिपुखोला काली नदीका रुपमा सीमा नदी हुन आउँछ र यो स्थितिमा भारतले करिब ३५ कि.मि. भूभागमाथि अतिक्रमण गरेको देखिन्छ । यसबाहेक, नेपालका विपक्षी पार्टी, सम्बन्धित विशेषज्ञ र स्थानीय बासिन्दाहरुले लिम्पियाधुराबाट निस्कने कुटी नदीलाई मूल काली नदीका रुपमा सीमा नदी हो भन्ने तथ्यहरु अघि सारेका छन् । लिम्पियाधुरा कालीको उद्म सावित भएको खण्डमा भारतले करिब १९६ वर्ग कि.मि. नेपाली भूभागमाथि अतिक्रमण गरेको मानिनेछ ।
कालापानीको महत्व
हाल भारतीय सैनिक क्याम्प रहेको कारण चर्चामा आएको कालापानीको खास नाम तुल्सी न्यूराङ हो । सक्कली कालापानी त्यहाँभन्दा ६ कि.मि. माथि लिपुधुरा वा लिपुलेकमा छ, जहाँबाट काली निस्कन्छ भन्ने सरकारी मान्यता छ । सक्कली कालापानीमा काली मन्दिर छ । भारतीयहरुले तुल्सी न्यूराडमा पनि त्यस्तै मन्दिर बनाएर कालीको महान भएको कालापानी त्यही हो भनी झुठको खेती गरिरहेका छन् ।
सो विवादास्पद क्षेत्रभित्र पर्ने तुल्सी न्यूराङ नक्कली कालापानीसहित नाभीडाङ, गुन्जी र छोटा कैलाश गरी जम्मा चार ठाउँमा भारतले सैनिक क्याम्पस राखेको छ । तीमध्ये तुल्सी न्यूराङ सामरिक, व्यापारिक र धार्मिक सबै दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण स्थानमा रहेको छ । त्यसैकारण भारतले सो ठाउँको निम्ति मरिहत्ते गरिरहेको छ ।
kalapani-11-post
नेपाली भूभाग कालापानीमा राखिएको भारतीय सैन्य क्याम्प

नेपालको बैतडी जिल्लाको पारिपट्टि पर्ने भारतको उत्तर प्रदेश पिथौरागढ जिल्लाको जौलजिवीदेखि माथिको सम्पूर्ण क्षेत्रलाई भारत सरकारले निषेधित क्षेत्र घोषित गरेको छ । विशेष अनुमतिपत्र नलिएका भारतीयहरुले समेत जौलजिवीदेखि माथि जान पाउँदैनन् । सो क्षेत्रमा हरेक १०–१५ मिनेटमा सैनिक क्याम्पहरु भेटिन्छन् । कालापानी क्षेत्रमा चाहिँ भारतले भारत–तिब्बती सीमा प्रहरी आई.टि.बि.पि. नामको अर्धसैनिक बल तैनाथ गरेको छ । सन् १९६२ का भारत–चीन युद्धताकादेखि त्यहाँ आई.टि.बि.पि. तैनाथ गरिएको हो । त्यसअघि सन् १९५७ देखि नै त्यहाँ स्पेसल पुलिस फोर्स (एसपीएफ)को चेकपोष्ट राखिएको थियो ।
भारतले कालापानी क्षेत्रमा कब्जा जमाउनुको खास कारण त्यहाँको सामरिक महत्व नै हो । तुल्सी न्यूराङको जस्तो समतल भू–बनौट त्यस भेकमा अन्यत्र छँदै छैन । त्यहाँ एकैचोटि दुई वटा हेलिकप्टर ल्याण्ड गर्ने ठूला हेलिप्याड छन् भने १० वटा गुम्बज आकारका फलामे घरहरुसहित अन्य सिमेन्टेड घर पनि छन् । वरिपरि अग्ला पहाडहरु छन् । उत्तरको लिपुलेकमा चिनियाँ सेना आयो भने पनि त्यो हिमाली खोँचबाट सर्लक्कै देखिन्छ ।
कथंकदाचित फेरि भारत–चीन युद्ध भएमा चिनियाँ पैदल सेना अघि बढ्न सक्ने सबैभन्दा खतरनाक सामरिक नाका नै लिपुलेक–तुल्सी न्यूराङ हो । किनकि चीनबाट भारतको नयाँ दिल्लीसम्मको सबैभन्दा छोटो दूरीको बाटो लिपुलेक कालापानी भएर जान्छ । र तुलनात्मक रुपले लिपुभन्ज्याङको उचाइ ५०९८ मिटरभन्दा पनि कम छ । कालापानी नेपाललाई फिर्ता दिइएमा निरन्तर खतरा भइरहने निष्कर्ष भारतीय सैन्य रणनीतिकाहरुले निकालेको पाइन्छ । लिपुभञ्याङभन्दा केही तल चीनसँग टाँसिएर रहेको सामरिक महत्वको अर्काे नेपाली नाका टिंकर भञ्ज्याङ (उचाइ ५२५८ मि.) तर्फ पनि अब भारतको आँखा गढ्न थालेको संकेत पाइएको छ ।
एक सुरक्षा विश्लेषकका अनुसार चिनियाँ आक्रमणको खतरा बढेपछि एक समय भारतले नाथुला भन्ज्याङमा पूर्ण कब्जा जमाउन पूरै सिक्किम निलेको थियो, अहिले उसको निम्ति लिपुभञ्ज्याङ नाथुलाभन्दा कैयौं गुणा बढी महत्वपूर्ण भएको छ ।
भारतले आणविक परीक्षण गरेको लगत्तैपछि नेपालभित्र कालापानी प्रकरण चर्कनुमा चीनको हात रहेको प्रचार भारतका सरकार समर्थित सञ्चार माध्यमहरुले गरिरहेको छन् । त्यसका निम्ति चीनले नेपालका कम्युनिष्टहरुलाई उचालेको र नेपालले कालापानी फिर्ता लिएर चीनलाई बुझाउने षड्यन्त्र गरेको प्रचार पनि उनीहरुले गरेका छन् । यसबाट पनि कालापानीप्रतिका भारतीय सैन्य रुचि कति गहिरो रहेछ भन्ने बुझ्न सकिन्छ ।
सामरिक दृष्टिले मात्र हैन, धार्मिक, व्यापारिक र पर्यटकीय प्रयोजनको निम्ति पनि तुल्सी न्यूराङ–कालापानी लिपुभञ्ज्याङ बाटोको अहम् महत्व छ । तिब्बतस्थित कैलाश पर्वत र मानसरोवर जान तीर्थयात्री तथा तिब्बतको ताक्लाकोट बजारमा ब्यापार गर्न जाने व्यापारीहरुको निम्ति सबैभन्दा छोटो र सुलभ बाटो पनि त्यही हो । तर, त्यो सुविधा भारतीयहरुलाई मात्र उपलब्ध छ, नेपालीहरुलाई आफ्नै भूमिमा जान समेत वर्जित छ । हाल भारतले कालापानी क्षेत्रसम्मै मोटरबाटो जोड्ने योजना बनाएर सडक निर्माण गरिरहेको छ । र, तुल्सी न्यूराङभन्दा करिब ४० किलोमिटर दक्षिण माङ्तीसम्म मोटर पुग्न थालिसकेको छन् । सो निर्माणकार्य चाँडो सक्न उसले तीब्र गतिमा काम गराइरहेको छ ।
अर्काेतर्फ, लिपुभञ्ज्याङबाट करिब ३० कि.मि. को दूरीमा चीनको सिङक्याङ तिब्बत मार्ग (रेशम मार्ग) रहेको छ । यसै आधारमा दार्चुलालाई मोटर बाटोबाट रेशम मार्गसँग जोड्ने हो भने, भारतीय भूमि नछोइकनै पाकिस्तानको कराँची बन्दरगाह र क्यास्पियन सागरसम्म जान सकिने अति महत्वपूर्ण राजमार्गसँग नेपाल आबद्ध हुनसक्ने परिकल्पना पनि गरिएको छ । यस्तै एक अर्काे परिकल्पनाका अनुसार दार्चुला (लिपुभञ्ज्याङ)बाट काराकोरम पास ११ सय कि.मि.मै पाकिस्तानी सीमाभित्र पुग्न सकिनेछ । अर्थात दार्चुलाबाट कलकत्ता वा ढाका पुग्नुभन्दा पाकिस्तानको उत्तरी सीमा पुग्ने मोटरबाटो नजिक छ ।
यसैगरी, सोही बाटो प्रयोग गरेर अफगानिस्तानको काबुलसम्म पुग्न १६५० कि.मि. पर्दछ भने तुर्कमेनिया हुँदै क्यास्पियन सागरसम्म पुग्न लगभग ३२५० कि.मि. स्थल मार्ग प्रयोग गरेमा नेपालले युरोपसम्मको व्यापारिक नाका प्राप्त गर्न सक्ने देखिन्छ । यस तरिकाबाट दार्चुलादेखि रुसको युरोपीय भागमा पर्ने बाकु बन्दरगाहसम्म पुग्न जम्माजम्मी ३८ सय कि.मि. मोटरबाटो पार गर्नुपर्ने हुन्छ । अहिले दार्चुलाको दक्षिणी भाग काठमाडौंसँग मोरबाटोबाट जोडिइसकेको छ । त्यहाँबाट लिपुभञ्ज्याङसम्म सडक बन्ने र प्रस्तावित परिकल्पनामा चीनले सहयोग गर्ने हो भने नेपालको नयाँ व्यापारिक नाका खुल्नु असम्भवचाहिँ छैन । तर यसको निम्ति कालापानी विवाद पहिलो र प्रमुख अवरोध हो, यसलाई हल गर्न भारत चाहँदैन ।
विगतको मौनता
कालापानी अतिक्रमणबारे देशभित्र चौतर्फी चर्चा चले पनि सरकारले यसबारे आफ्नै दृष्टिकोण प्रस्तुत गर्नमा लज्जास्पद ढिलाइ गर्‍यो । भारतले अतिक्रमण गरेको वर्षाैं बितिसके पनि सरकार प्रमुखले अघिल्लो महिना मात्र आफ्नो धारणा पहिलो पटक सार्वजनिक गरेका छन् । प्रम गिरिजाप्रसाद कोइरालाले राष्ट्रिय सभा, प्रत्यायोजन व्यवस्थापन सरकारी आश्वासन समितिलाई असार ४ गते लिखित विवरण पेस गर्दै कालापानी नेपाली भूभाग भएको र त्यहाँ हाल भारतको भारत–तिब्बतको सीमा प्रहरी चौकी रहेको उल्लेख गर्नुभएको छ । उहाँले लिपुलेकबाट झरेको नदीलाई महाकाली नदी मान्ने नेपालको आधिकारिक दृष्टिकोण पहिलोपल्ट प्रस्तुत गर्दै भारतले विगतमा तयार पारेको नक्साले नै लिपुभञ्ज्याङलाई नेपाल–चीन–भारत त्रि–देशीय विन्दुका रुपमा स्वीकारेको बताउनुभयो ।
नेपाल र चीनबीच सन् १९६१ अक्टोबर ५ मा भएको सीमा सन्धि र सन् १९७९ नोभेम्बर ५ मा भएका सिमाना प्रोटोकलमा लिपु भञ्ज्याङलाई नै त्रिदेशीय सीमाविन्दु मानिएको थियो । त्यसपछि नेपाल र चीनका परराष्ट्रमन्त्रीहरुले सन् १९८८ मा बेइजिङमा चिनियाँ प्रधानमन्त्रीको उपस्थितिमा गरेको सम्झौतामा पनि लिपुभञ्ज्याङलाई नै त्रिदेशीय सीमाविन्दुको रुपमा स्वीकारियो । तर भारतले चाहिँ कालापानी क्षेत्रमा कब्जा जमाएर लिपुभञ्ज्याङलाई त्यस्तो सीमाविन्दु नमान्ने व्यवहार देखाइआएको छ ।
सो क्षेत्रका नेपाल–चीन सीमामा कनै समस्या छैन, तर भारत र चीनबीच दसकौं पुरानो विवाद छ । ती राष्ट्रहरुबीच हालसम्म सीमांकन हुनसकेको छैन । भारत–चीन सीमा टोली बनेता पनि त्यसले सो क्षेत्रमा नापी कार्य थालेकै छैन । एक नापी विशेषज्ञ भन्छन्– भारत र चीनबीच सीमांकन भएको भए कालापानीबारे त्यस्तो ठूलो विवाद उठ्ने थिएन होला ।
भरतले दार्चुलामा अतिक्रमण गरेर आफ्नो सैनिक ब्यारेक राखेका बारे सार्वजनिक चर्चा चलेको चानचुन चार वर्ष भएको छ । तर सम्पूर्ण राज्यन्त्र सम्हालेर बसेको सरकारलाई त्यसबारे कहिलेदेखि अवगत थियो र उसले त्यसलाई हटाउन बेलैमा र प्रारम्भमै किन प्रयास गरेन भन्ने सवाल पनि उठेको छ । भारतले सैनिक ब्यारेक राखेको तुल्सी न्यूराङभन्दा १४ कि.मि. दक्षिणमा रहेको छारुङ गाउँमा २००८ सालदेखि नेपालको सीमा प्रहरी चौकी छ र त्यसले भारतीय सीमा अतिक्रमणबारे केन्द्रमा जानकारी पठाइरहेको छ । यसैगरी, छाङरुमै २०३४ सालमा सीमा प्रशासन कार्यालय खुलेपछि सो कार्यालयले हरेक वर्ष नेपाली भूभाग अतिक्रमण भइरहेको जानकारी गृह मन्त्रालयमा पठाइरहेको छ । तर विगत ४० वर्षदेखि नेपालले साँधेको रहस्यमय मौनता आफैमा आश्चर्यजनक छ । आखिर किन नेपाल सरकार यसरी सारा सूचनाका बाबजुद हातमा दही जमाएर बसिरहेछ ?
वास्तवमा राजा महेन्द्रले कालापानी अतिक्रमण हुनेबित्तिकै त्यसबारे जानकारी पाएका थिए भन्ने भनाइ पनि छ । २०१७ सालको “कू”पछिको सरकारमा अर्थमन्त्री रहेका ऋषिकेश शाह भन्नुहुन्छ, “कालापानीमा सेना बसेको बारे हामीले उहिल्यै थाहा पाएका थियौ । मैले मन्त्रीको हैसियतमा त्यो कुरा राजा महेन्द्रलाई जाहेर गरे । मौसूफले त इण्डिया मसँग अहिले बहुत रिसाएको छ, अब धेरै नचिढाऔं । अहिले तिनीहरु कालापानीमा बस्दै गरुन् पो भनिबक्स्यो ।”
“त्यसबेला (सन् १९६२ ताका) नेपाल–चीन सीमा सम्झौता भर्खरै भएका थियो, चीनले भारतका विरोधका बाबजुद कोदारी राजमार्ग पनि बनाइदियो । त्यसैबेला उसले भारतमाथि आक्रमण गर्‍यो । त्यस्तो अवस्थामा भारतीय सेनालाई कालापानीबाट हट् भन्दा नेपाल पूरै चीनपट्टि लागेको देखिने भएकोले हामी चुप बस्यौं ।”– ऋषिकेश शाहले बताउनुभयो ।
पञ्चायतकालका प्रधानमन्त्री कीर्तिनिधि बिष्टले २०२६ सालमा नेपालका उत्तरी भेकमा रहेका भारतीय सैनिक चेकपोष्टहरु हटाउँदा पनि कालापानी क्षेत्रमा रहेको सैनिक क्याम्पलाई चाहिँ यथावत् नै रहन दिए । त्यसप्रति गृह प्रशासन जिम्मेवार रहेको बताइन्छ । यसबारे तत्कालीन प्रम बिष्टको भनाइ छ– “मैले प्रम हुँदा उत्तरतर्फको सम्पूर्ण भारतीय चेकपोष्ट र मिल्ट्री मिसन हटाए पनि प्रशासनयन्त्रको सूचनाको अभावमा कालापानीको सेना हटाउन नसकेकोमा लज्जित छु ।”
अतिक्रमण सिलसिला
सन् १८१६ को सुगौली सन्धिले नेपालको पश्चिमी सीमा काली नदीलाई तोकेको थियो । अहिले कालीको उद्गमस्थलसम्बन्धी विवाद सिर्जना गरेर भारतले नेपाली भूमि अतिक्रमण गरिरहेको छ । तर त्यसको प्रामाणिक खण्डन भारतले बनाएका ऐतिहासिक नक्साहरुले नै गरेका छन् ।
सुगौली सन्धि भएको दुई दसकपछि सन् १८३७ मा जे.बि. टासिन नामका भारतीय नापी प्राविधिज्ञले बनाएको हातेनक्सा सबैभन्दा पुरानो दस्तावेजको रुपमा रहेको छ । त्यसमा कालीको उद्गमको रुपमा लिम्पियाधुरालाई देखाइएको छ । त्यसपछि सन् १८५५ अक्टोबरमा भारतको नापी विभागले पहिलोपल्ट बनाएको नक्सामा पनि कालीको उद्गम लिम्पियाधुरालाई नै देखाइए तापनि सीमा नदीचाहिँ लिपुलेकबाट निस्कने खोला हो भनी देखाइएको छ । तत्कालीन भारतको इष्ट इण्डिया कम्पनीका डेपुटी सर्वेयर जनरल र ब्रिटेनका सर्वेयर जनरलद्वारा हस्ताक्षरित सो नक्सा भारतको क्यू.एम. जनरल्स अफिसले सन् १८४० मा निकालेको नक्साको दोस्रो संस्करण हो । त्यसमा नेपाल अधिराज्यसहित भारतको उत्तर प्रदेश, बिहार, बंगाल र पूर्वाेत्तर क्षेत्रलाई समेटिएको छ । सम्भवतः लण्डनस्थित इण्डिया अफिस लाइब्रेरी एण्ड रेकर्डस्मा मात्र रहेको झण्डै दुई मिटर लामो सो दुर्लभ नक्सा हाल नेपालको निम्ति दरिलो प्रमाण ठहरिएको छ ।
प्राप्त जानकारीअनुसार भारतको नापी विभागले सन् १८७७ ताका दोस्रो पल्ट र सन् १९०५ मा तेस्रो पल्ट नक्सा प्रकाशित गर्‍यो, जसमा एकतर्फी रुपमा सीमा नदी संशोधन गरिएको छ । भारतले सन् १९०५ को नक्सामा लिपुलेकबाट निस्कने खोलालाई सीमा नदी (काली) तोक्यो । तर, सन् ५० को दसकमा आएर उसले आफैले तोकेको सीमा मिच्दै कालीवारि नै सैनिक कयाम्प राख्यो र तुल्सी न्यूराङ (नक्कली कालापानी) मा कालीको कृत्रिम मुहान खडा गर्‍यो । तर हालका भारतीय नक्साहरुमा समेत तुल्सी न्यूराङमा कालीको मुहान देखाउन आँट गरिएको छैन ।
सुगौली सन्धि भएको झण्डै दुई सय वर्ष बितिसक्दा पनि कञ्चनपुरको ब्रम्हदेव मण्डीदेखि माथि दार्चुलासम्म कहिल्यै सीमा स्तम्भ नगाडिएको कारण समस्या सिर्जना गर्न भारतलाई सजिलो भएको छ । सो क्षेत्रमा भारतले मनपरी ढंगबाट सीमा मिच्ने काम गरेको पाइन्छ । हालैका उदाहरणमा अनेरास्ववियुले कालापानी–मार्च गरेको बखतदेखि भारतले तुल्सी न्यूराङदेखि आधा किमि वरै कब्जा जमाएको छ ।
अन्तर्राष्ट्रियकरणको आवश्यकता
भारतका तत्कालीन प्रधानमन्त्री इन्द्रकुमार गुजराल गत साल नेपाल भ्रमणमा आउँदा कालापानी विवादबारे पहिलो पटक उच्चस्तरमा द्विपक्षीय छलफल भएको थियो । त्यसपश्चात् सोही विषयलाई लिएर नापी विभागस्तरीय नेपाल–भारत संयुक्त प्राविधिक सीमा कार्यदल गठन भयो । तर भारतीय पक्षको उदासीनताका कारण सो कार्यदलको बैठक दुई चोटिभन्दा बढी बस्न सकेको छैन । यसैबीच, भारतका राजदूत केभि राजनले भारतले आणविक परीक्षण गरेको लगत्तै कालापानी १९औं शताब्दीदेखि आफ्नो भू–भाग रहेको दाबी गरेर कूटनीतिक धम्की दिन पुगे । लगत्तैपछि राजदूत स्वयंले आफूले त्यस्तो नभनेको भनेर स्पष्टीकरण दिए । तर विवाद भने अझै पनि यथावत छ ।
नापी विभागका पूर्व महानिर्देशक पूण्यप्रसाद ओलीका भनाइअनुसार, “भारतले कालापानी र सुस्ताको सीमा समस्या सुल्झाउन एउटै कार्यदललाई जिम्मा दिने प्रस्ताव राखेको थियो । तर त्यसलाई नेपालले मानेन । त्यसो भएको भए सुस्तामा अतिक्रमण गरेका केही भू–भाग नेपाललाई फिर्ता दिने र कालापानीचाहिं आफैले लिने बार्गेनिङको परिस्थिति भारतले सिर्जना गर्ने थियो ।”
दार्चुलामा सीमा मिचिएकोमा लगभग सबै राजनीतिक दलहरु सहमत छन् । ठूला साना सबै कम्युनिष्ट पार्टीहरुले कालीको उद्गम लिम्पियाधुरा भएको र भारतले करिब १९६ वर्ग कि.मि. भूभागमाथि अतिक्रमण गरेको बताएका छन् । तर नेपाली कांग्रेसको अल्पमत सरकारले लिपुलेकलाई कालीको उद्गम जनाउँदै भारतले करिब ३५ वर्ग कि.मि. भूभाग मात्र मिचेको ठहर गरेको छ । प्रम गिरिजाप्रसाद कोइरालाले सो धारणा ल्याउनाले नेपालले गुन्जी, नावी र कुटी गरी तीनवटा गाउँहरु गुमाउनु परेको आरोप लगाइएको छ । यसबाहेक पछिल्लो अवधारणाले भारतीय अतिक्रमण पश्चिम दिशाबाट पूर्वतर्फ नभई उत्तरबाट दक्षिणतर्फ भएको मान्यता पनि स्थापित गरेको छ । किनकि, तुल्सी न्यूराङबाट बिस्तारै लिपुखोला (सरकारी भनाइमा काली) पूर्वतर्फ मोडिएको छ ।
अर्कोतर्फ, नेपालले सन् १९६१ मा चीनसँग सीमा सम्झौता गर्दा नै लिम्पयाधुरा त्रिदेशीय सीमाविन्दु हो भन्ने पूर्व अडानलाई त्यागेको जिकिर परराष्ट्र अधिकारीहरु गर्छन्् । सो सम्झौता हुँदा लिपुभञ्ज्याङलाई त्यस्तो सीमाविन्दु मानियो जसले गर्दा लिम्पियाधुरा कालीको उद्गम हो भन्ने मान्यतालई पनि नेपाल आफैले खारेज गर्‍यो । त्यसबेला त्यसो किन गरियो भन्ने कुरा हालसम्म पनि रहस्यको गर्भमा छ ।
उता भारतले चाहिँ अझै पनि लिपुभन्ज्याङलाई त्रिदेशीय सीमा विन्दुको रुपमा मान्यता दिएको पाइँदैन । त्यस्तो सीमाविन्दु निर्धारण गर्ने प्रक्रिया पुनः सुरु गर्न नेपालले आफ्नो हितअनुकूल पहल गरेमा अनुचित हुँदैन । नेपाल, भारत र चीन तीनै देशका सीमा विशेषज्ञहरु बसेर त्रिदेशीय सीमाविन्दुबारे सहमति कायम गरेमा कालापानी विवाद सुल्झाउन सजिलो हुनसक्छ । तीन देशबीच त्यसखाले सहमति हुनसकेमा कालीको उद्गम पहिचान गर्न र नेपालबाट भारतको सैनिक क्याम्प हटाउन कठिनाइ हुने छैन । यसबाहेक नेपालले भारतीय अतिक्रमका मुद्दालाई सरकारी तवरबाटै अन्तर्राष्ट्रिय मञ्चहरुमा जोडदार रुपले उठाएमा त्यो उपयुक्त र समयानुकूल कदम ठहर्नेछ ।
मूल्यांकन मासिक, पूर्णांक ५९, २०५५ साउनबाट ।

Monday, June 1, 2015

Historical Earthquakes

Historical Earthquakes
Historical seismicity is the historical records of earthquakes preserved in different form such as written history, chronicles, inscription etc which plays an important role in the seismic hazard assessment because instrumentally recorded earthquakes are lacking before the current century. Historical events must be available for a long period of human civilization which should throw light on the extent of damage besides the date and place of occurrence.

The earthquake of 1255 A. D. has been reported to destroy many houses and temples and killing one third to one fourth population of the Kathmandu Valley. The assigned intensity is about X in MM scale (Chitrakar and Pandey, 1986). The earthquake of 1408 A. D. has been reported to destroy the Machhendra Nath temple of Patan.  Similarly the earthquake of 1681 A.  D. and 1810 A.   D. have been reported to occur but the exact location of these earthquakes are not known.

Recent research on historical data has well constrained on the source size, magnitude and possible location of 1833 A.  D. event (R.Bilham,1995) which devastated Kathmandu valley. Its magnitude is reported to be of Mb=7.8 with possible rupture length of more than 70 km and the event is located at 50 km North - North East of Kathmandu.

The human casualties are reported to be less than 500, which may be due to occurrence of two large foreshocks. The earthquake of 1934 A. D. is the most devastating earthquake ever occurred in the territory of Nepal with casualties of more than 16000 people including from Nepal and India put together. The rupture length is estimated to be 200 Km  100 Km (Molnar and Pandey, 1994).

The great earthquake, which occurred in Nepal, was Bihar- Nepal earthquake of 1934 A. D. Assam great earthquake of 1897, Kangra earthquake 1905, and Assam earthquake 1950 were felt in Nepal. The earthquake of 1833 also affected the Kathmandu Valley. The record of historical earthquake is not complete which poses a problem in assessing the recurrence period of great earthquakes. From the available data there has been no great earthquakes of magnitude >8.0 in the gap between the earthquakes of 1905 A. D and 1934 A. D. and there is a real threat that a major earthquake may occur in this gap that will affect Western Nepal

Wednesday, May 27, 2015

डा. प्रेम शर्मा

नेपालका केही विरलै यस्ता गाउँहरु बस्ती छन जोसँग विशेष पहिचान र बहुआयामिक सम्पदा छन। त्यस्तै गाँउ हो गोरखाको उत्तरी पश्चिमी क्षेत्र स्थित बारपाक। बुद्ध हिमालको काखमा, वाइ्वी घलेका पिता भि.सी. साहसी गजे घलेको जन्मथलो, नजिकैबाट (पुचु डाँडा/ कङ) मनास्लु हिमालको श्रृंखलाको दृष्यावलोकन, सेभेन सिष्टरका २१ वटा घरबास, व्यक्ति विशेषको पहलमा ०५० तिर लघु जलविद्युतबाट बिजुली उत्पादन गरी गाउँघर उज्यालो बनाउने उदाहरणीय कार्य, धार्मिक पर्यटकीय स्थल नारदपोखरी, मानिसद्धारा हलो जोति (गोरुले झै) मकै छर्ने, चाहे हङकङ होस वा बु्रनाई, बेलायत बस्ने किन नहोस केटा वा केटी त्यही गाँउ (वारपाक)मा फर्केर गाउँकै केटा वा केटीसँग बिहे गर्नुपर्ने चलन, भेडाको मासु बाहेक अरु जनावर र पशुपंक्षिको मासु घरबाहिर पकाउनुपर्ने परम्परा, पाहुनालाई अगेनो भन्दा अघि बढ्न/बस्न नदिने, होमस्टेमा बस्दा १,२ गिलास भन्दा बढि रक्सी सेवन नगराउने कडा आचारसंहित। राती १० बजेपछि हल्लाखल्ला र गाउने बजाउने कार्य निषेध गर्ने, काम नभएका बुढाहरु गफ गरेर बस्ने गाउँको उच्च भागको अल्छी चौतारी भएको डांडो, घले, गुरुङ्ग र दलितहरुको बसोबास भएको गोरखा सदरमुकामभन्दा बढी बाक्लो वस्ति, पर्यटकीय पदयात्राको बाटोमा पर्ने घले र गुरुङ्ग संस्कृतिको भरिपूर्ण गाउँ। नेपाल भूकम्पीय जोखिम देशमा पर्छ भन्ने यथार्थ सबैलाई थाहा थियो। झण्डै ७०/८० वर्षपछि ठूलो भुकम्प दोहोरीने क्रम र स्वभावको ज्ञान पनि सचेत नेपालीलाई अवगत भएकै कुरा हो। केही वर्ष पहिलेदेखि भुकम्प जानसक्छ, भुकम्प प्रतिरोधात्मक गतिविधि र क्रियाकलापमा ध्यान दिनुपर्छ भन्ने चर्चा चलेको मात्रै होइन सतर्क गराउन ठाउँठाउँमा घर निर्माण, नमुना प्रदर्शनी र सेमीनार, गोष्ठीहरु पनि सञ्चालन भएकै हुन। तर कसलाई के थाहा कहिले, कहाँ, कुन समय भुकम्प जान्छ भन्ने कुरा। धन्य छ यो भूकम्पलाई (म सकरात्मक दृष्टिकोणबाट लिन्छु ) किनभने यसबाट वि.सं. १९९० सालको (८.४ रेक्टर स्केल, उदयपुर केन्द्रबिन्दु भएको) क्षतिभन्दा कम (जनघनत्व र आधुनिक भौतिक संरचना एवं प्रविधिको तुलनामा) भयो। दिउसोको ११ः५६ र बिदाको दिन (शनिवार) परेकाले वि.सं. २०४५ (६.६ रेक्टर स्केल, रात्रीको समय, ६ सय ६८ जनाको मृत्यु)मा भन्दा तुलनात्मक रुपमा कम भन्नु पर्छ। बिदाको दिन हुनाले विद्यालयमा पठनपाठन गर्ने बालबालिका (खाडी मुलुक र मलेसिया, यूरोप पलायन भएका लगायत ससाना नयाँ पिढी) बाँचे र सरकारी कार्यालयमा काम गर्नु नपर्ने भाकाले कमजोर सार्वजनिक भवनहरुका कर्मचारी पनि बाँचे। तैपनि झण्डै ९ हजार हाराहारीमा नेपाली तथा ५५ जना विदेशीहरुको मृत्यु र १५० जना बेपत्ता हुनु, १६/१७ हजार व्यक्ति घाइते हुनु, २ लाख ८८ हजार घरबास पूर्णरुपमा क्षति हुनु, १० हजार ६ सय सार्वजनिक भवनहरु र २ लाख ६० हजार घरहरु आंशिक रुपमा क्षति हुनु, लाखोैको संख्यामा घरपरिवार विस्थापित हुनु, हजारौको संख्यामा चौपायहरुको नोक्सानी र खर्बौ रुपैयाँको नोक्सानी र पुनःस्थापन एवं पुनःनिर्माणको लागि खर्च लाग्ने स्थिति र सो कार्य र भौतिक पूर्वाधार निर्माणको लागि करिब ७/८ वर्षको समय लाग्ने, राष्ट्रले खर्बौ रुपैयाको लगानी गर्नुपर्ने परिस्थितिले नेपाल र नेपालीको विकासलाई एक दशक पछि धकेलिएको छ। भुकम्पको प्रभाव खासगरी १४ जिल्लामा परेता पनि केन्द्रबिन्दु गोरखाको वारपाक थियो। जन धनको क्षती नोक्सानीको कुरा गर्ने हो भने तुलनात्मकरुपमा धेरै कम भन्नुपर्दछ किनभने वारपाक गाविसमा १४७० घरधुरी रहेको गाँउमा जम्मा ६८ जनाको ज्यान गयो। पुराना संरचना मध्ये झण्डै ९९ प्रतिशत घर ध्वस्त भए। अझ कोटडांडा, मान्द्रे गाँउ र अल्छी डांडा तर्फका घरहरुको स्थिति त घरको जग कहाँ थियो झैँ भएर धुलोमा परीणत भएको छ। गाँउको परिपरि भिरपाखाहरुमा व्यापक पहिरो गएको छ र अझै पनि पहिरो जाने क्रम रोकिएको छैन। समुद्रसतहबाट झण्डै २ हजार (१९—२२०० मि.) मिटर उचाईमा रहेको बारपाक, गोर्खा एउटा सुन्दर गाउँ थियो। १० मिनेट हिडाई दुरीमा ६ वटा वडाका ८ सय जति कुरिया जसमा ३५/४० घरधुरी दलित र बांकी झण्डै आधा आधी (४००-३६०) घले (४ थर— डाँगे, सामी, ध्यालसङ, रिलाङ) र गुरुङ्ग (४ र १६ जात) जनजातिहरुको (घर) बसोबास थियो। गाविसमा कुल १४७० घरधुरी थिए। दुवै जात (घले र गुरुङ्ग) एवं दलितहरु बीचमा ज्यादै राम्रो सुमधुर सम्बन्ध पानीमा नुन/चिनी मिले झै मिलेको भेटिन्छ, अर्थत छुट्याउन गाह्रो छ। घले र गुरुङ्गमा भिन्नता पो के छ र ? सम्भवत नेपालभर यति ठूलो घरधुरी व्यवस्थित तरिकाले काठमाडौंको असनगल्ली भित्र मिलेर बसेझै अन्त कतै भेटिदैन। यो पूर्खाको त्यो थलो हो जुन द्वितीय विश्व युद्धमा जापानसंग ब्रिटीसको पक्षमा विरताको पराक्रम देखाएका भी.सी. गजेघलेको जन्मथलो हो। उनी बर्माको एउटा डाँडामा सत्रुपक्ष (जापानीज)सँग आफ्ना सबै साथी मारिंदा पनि एक्लै लडेर सत्रुपक्ष (जापान)लाई परास्त गर्न सफल भएका थिए। उनको शरीरमा ७/८ गोली लागेको तर भाग्यवस गोली मासुको भागमा परेकाले बाँच्न सफल भएका थिए। एउटा अचम्मको कुरा वारपाकमा हेर्न पाइन्छ कि उनी जन्मेको घर (हाल उनका भाई/कुइरे) बस्दै आएको घर (लाङरीबोट) लाई संग्रहालयमा संरक्षण गर्न लायकको थियो किन भने बारपाकका अन्य घरहरु काठको छानाबाट ढुंगा (स्लेट) र जस्ता तर्फ रुपान्तरण हुंदै थिए तर उनको घर उही पुरानै संरचना र परम्परागत निर्माण सामाग्रीमा (काठको छाना) मौजुदा छ/थियोे। यहांका स्थानीय बासिन्दाहरु लण्डन, हङ्गकङ्ग, भारत, काठमाडौं, गोरखा नारायणघाट बसाई सरेतापनि चाडपर्व र कुलकुल्यान पुजा आदि कार्यक्रम सम्पादन गर्न घरगाउँ फर्कने र गाउँलाई जीवन्त राख्ने गर्दछन्। झण्डै ८०० घरधुरीमा २०/२५ घरहरुमा मात्र चापी (ढोकाबन्द) लगाइएको बांकीमा बसोबास गरिरहेको भेटिन्छ/भेटिन्थ्यो। यो गाउँका बासिन्दा र इलाम जिल्लाका जनताको बसाईको स्वभाव मिल्दछ, उनीहरु अन्यत्र घरबास बसाईं सराई भए पनि पूर्खाको थलो नछाड्ने। बारपाक एउटा प्राकृतिक सुन्दरताको गाउँ/ठाउँमा रहेतापनि यहाँ धेरै पर्यटकीय एवं ऐतिहासिक सम्पदाहरु छन्। भी.सी. गजे घले भारतको अल्मोडा स्थित सरकारी क्वाटरमा बस्दै आएपनि उनका छोरा नेपालका राष्ट्रिय फुटवल खेलाडी वाई.वी. घले (साइला) ललितपुर नख्खु भैंसीपाटी, कान्छा छोरा लण्डन र केशव सिलगढी पछि दिल्लीमा बस्दछन्। भीसी गजे घले अल्छी डाँडामा लेखकका साथमा भिसि गजे घलेका भान्जा तत्कालिन प्रम गिरिजा प्रसाद कोइरालाले आयोजना गरेको राष्ट्रिय सम्मान कार्यक्रममा वि.सं. २०५० सालमा काठमाडौं आएका थिए। उनको २०५५ सालमा देहवासन भयो। कलमकारको इच्छा उनको सालिक र उनको घरमा संग्रहालयको व्यवस्था स्थानीय बासिन्दा एवं नातापाताहरुले (सक्रियतामा) गरि दिएमा एउटा वीर पुरुषको सम्मान हुने थियो भन्ने मेरो सपना साकार हुने र बारपाक गाउँका संस्कृति सम्पदाहरुको संरक्षण र सम्वद्र्धन हुने थियो। बारपाक उच्च ठाउँमा (वुद्ध हिमालको काखमा ) रहेको र उत्तरतर्फ वनजंगल, खर्क प्रसस्त भएका कारण विगतमा पशुपालन (भेडा, बाख्रा, गाई, भैसी) पाल्ने र राडी, वख्खु, फुदुङ, उत्पादन गर्ने, फाल्गुनदेखि कार्तिकसम्म लेख (खर्क) माथि जाने र हिंउद कार्तिकदेखि फाल्गुनसम्म बेसी (तल) गोठ राख्ने, सम्पूर्ण गाउँको सल्लाहमा गाउँलाई दुई खण्डमा (पूर्व—पश्चिम) विभाजन गरी दिउंदे बाली (गहुं, तोरी, जौ) र वर्षेबाली (मकै, धान) पालो पालो (अल्टरनेटिभ रोटेशन)मा लगाउने प्रचलन छ। हिउंदमा भेडा, बाख्रा, गाई, भैसी, गोठ बारीमा छाप्रो राखी चरन गराउने गर्दछन्। यहांको चलन हिउंदमा खेती लगाउंदा गोरुको सट्टा मान्छेले जोत्ने चलन छ। किन भने गोरुले ३ दिन लगाएर बाली लगाउने ठाउँमा मान्छेले जोत्दा १ दिनमा सकिन्छ। यसको कारण धेरैलाई रहस्यात्मक र कौतुहल लाग्ला यो कलमकारले आफैले चैत्र महिनामा हेर्न पाएको थियो। रहस्यको कारण पाठक आफैले पत्ता लगाउनुस्। झण्डै ९५ प्रतिशत बौद्ध धर्मावलम्वी भएका कारण यहांका बासिन्दाहरुले वैशाखे पूर्णिमा, साउने सक्रान्ति, (२ दिनसम्म), पुसेपन्ध्र, धुमधामसंग मनाउने तर दशै, तिहार कम औपचारिकताका साथ मनाउने गर्दछन्। उक्त चाडपर्वहरु मनाउन गाउँ वासी र देश बाहिर रहेका बारपाकेहरु गाउँ फर्कने गर्दछन्। पारपाक गाउँको शिरान (मनिडाँडा)मा एउटा रोचक चौतारी छ जुन ठाउँलाई “अल्छी चौतारी” भनेर गाउँका कामीहरु (कामदार) नामाकरण गर्दछन्। यसको अर्थ यहां काम नभएकाहरु जम्म हुने, गफ गर्ने, चिया नास्ता खाने गर्दछन्। यहां प्रायः बुढापाकाहरु १२ रै घण्टा जस्तो भेटिन्छन्। यहांबाट बुद्ध हिमाल लगायत गाउँको धेरै भाग देखिन्छ साथै यस ठाउँमा किनकान गर्ने, पसल, भट्टी, होटल पनि भेटिन्थ्यो। गाउँमा १ उच्चमावि, १ बोर्डिङ्ग र १ प्राथमिक विद्यालय, १ स्वास्थ्य चौकी छन्/थिए। यो गाउँका छिमेकीगाउँहरु— लाप्राक, गुम्दा, घ्याचोक, सिमजोङबाट शिक्षा, स्वास्थ्यको फाइदा लिन यहाँ आउदछन्। गाउँका बासिन्दाहरु बालीनाली आफै लगाउने र पर्म प्रथाबाट सम्पन्न गर्दछन् ज्याला मजदुरी गर्ने प्रचलन झण्डै सून्य छ। यहाँको प्रचलन युवा युवतिहरु विवाहको उमेर पुगेपछि कसैको छोरा वा छोरी मन प¥यो भने आफ्ना बाबु—आमालाई मगानी गर्न लगाउने र विहे गर्ने प्रचलन छ जुन पूर्वका लिम्बु, राई जातिहरुले झै जबरजस्त चेली भित्र्याउने गरिदैन। आश्चर्यको कुरा के छ भने भए मिलेसम्म आफै र लभगरी विहेवारी गर्ने बाहेकमा यस गाउँका ठिटाठिटीहरुको बिहे गावै भित्रबाट गर्ने, बाहिरको नभित्र्याउने/नपठाउने प्रचलन छ। त्यसैले यहांका चेलीलाई बाहिरकाले नजिस्काउने केटाहरु बाहिरका चेलीहरुलाई नभित्र्याउने चलन छ। यो रुढीवादी/अनुदारवादी यहांको विशेषता हो। यहां एउटा च्यानडाँडा (पाखो) छ जहां चिहानहरु सिमेन्टेड मठका रुपमा परिणत छन्। शिला लेखमा को, के हो, के काम ग¥यो आदि लेखिएको छ। त्यही चिहानकै नजिकै (माथि) एउटा खुम्बे बौद्ध गुम्वा छ/थियो र त्यस क्षेत्र भन्दा अझ माथि एउटा वनभोज थलो पनि व्यवस्थित गरिएको छ। यहांको हेर्न लागयकको संस्कृति भेषभूसा, माघे संक्रान्ति र मारुनी नाच हो। पूर्वमा मादलको उदगम र पश्चिममा मारुनीको संगम दियोवत्ती बालेर शुरुआत हुन्छ त्यस पछि भांग्रा र कछाडमा पैरीयका, हातमा मादल चलायकमान पुरुषको बीचमा नौरगी डाँफे झै सिंगारिएको एक अगुवा तथा महिलाको भेषभूसामा सजिएका (३/३ जनाको) पुरुषहरुको नाच शुरु हुन्छ। मारुनी गीतले फूल माग्दा फूल चढाउने र सिंदुर माग्दा सिन्दुर चढाएर मारुनी नाच शुरु हुन्छ। दर्शकबाट नाच हेर्दा पैसा (दान) दक्षिणा दिने प्रचलन छ। नाचमा मादलको ताल, खुट्टाको गति मिलाई मात्रै होइन हातमा लिएको ध्वजा समेतलाई ध्यानमा राखी मिलाएर नाचिन्छ। नाचमा पृष्ठपोशाक गायकका टोली (८/८ जना)को ठूलो भूमिका हुन्छ। उनीहरुले सिलसिलेवद्ध रुपमा मारुनी कथाको वाचन गीतमा प्रस्तुत गर्दछन्। यो नाच मन्द गतिमा सम्पादन गरिने हुंदा थकाई नलाग्ने तर दर्शकलाई निरन्तर मनोरञ्जन दिइरहने हुन्छ। यही नाचलाई तनहुंमा पाउदुरे र स्याङजा, गुल्मी, प्यूठान, बाग्लूङ्गमा मारुनी भन्ने प्रचलन छ, झण्डै हेर्दा धेरै कुरामा मेल खान्छ तर ठाउँ विशेष केही कुराहरुमा फरक पनि भेटिन्छन्। पश्चिम तिर प्रायः ३ जनाको संयोजनमा मात्र नाच हुने गर्दछ। गाउँको उच्चा डाँडा (पुचु)बाट मनास्लु, वुद्ध, गणेश हिमालय रेन्ज हेर्न पाइन्छ। यो ठाउँमा एक दिन क्याम्पिङ्ग गरी बस्न लायकको छ। वर्तमान अवस्थामा बारपाकमा एउटा घरबास कार्यक्रम एडभेन्चर रुरल डेभेलोपमेन्ट प्रोग्राम नेपाल—७ ले व्यवस्थापन गर्दै आएको थियो। यसका अध्यक्ष मनुस घले हुनु हुन्छ र खासगरी होमस्टे संचालन समितिमा यही संस्थाको व्यवस्थापन प्रमुख छ। यस भित्र काठमाडौं (सहर—गाउँ संजाल) बारपाकमा कार्यरत सेभेन सिस्टरहरु (होमस्टे अध्यक्ष दल कुमारी, पुष्पा, भिमा, मन्जु, धन, पूर्णिमा र खेममाया घले) हुनुहुन्छ। गाउँमा २१ वटा घरले पाहुनाहरुलाई घरबास दिने गर्दथे। खान पिनमा पाहुनाको रोजाई र स्थानीय उत्पादनलाई बढी प्राथमिकता र महत्व दिइन्थ्यो। वस्न खान, नुहाई धुवाई बारे प्रर्याप्त सुविधा पाइन्थ्यो। कुखुरा घर भित्र भान्सामा नपाकाउने, खसी बाख्रा कम प्रयोग गर्ने, भेडा प्रमुख मासु र पुजा आजामा चल्ने, अगेनोभन्दा तल्लो भागमा मात्र खानपिन गर्ने, इष्ट देउता र कूल देउताको इच्छा रहेको वताइन्छ। भैसी/राँगा नखाने बाख्रा कम मात्रैले खाने घलेहरुको चलन छ तर गुरुङ्गहरुको प्रचलन अलि भिन्न (उदार) देखिन्छ। यसखाले गोरखा जिल्लाको उत्तरी–पश्चिम बारपाक गाउँको वर्तमान स्थिति ठूलो भूकम्पले भयावह छ। अब यस गाउँको पुरानो मुहार संरचना रहेन। पूर्णरुपमा नयाँ अनुहार र कमै घरबासहरु रहने छन्। प्राकृतिक प्रकोपले बारपाक गाउँ, मानिस तथा विकास, संस्कृति र मानव निर्मित सिर्जित सम्पदाहरुमा व्यापक परिवर्तन आउने छ। अब पुरानो परम्परामा व्यापक परिपर्तन आउने मेरो सपनामा पनि घाउ लागेको छ। यो भूकम्पले धेरैलाई राम्रो शिक्षा दिएको छ। त्यसैले भौतिक क्षति अकल्पनीय भएपनि मानव क्षति कम भएकोमा वारपाकवासीलाई दुखद घडीमा पनि धन्यवाद दिन्छु।

Tuesday, May 12, 2015

सूचना दिन बनेको थियो धरहरा

सूचना दिन बनेको थियो धरहरा सूचना दिन बनेको थियो धरहरा सनातन परम्परामा मन्दिरअघि स्तम्भ राख्ने चलन छ । जस्तो कि, नारायणको मन्दिर बनाइयो भने बाहिर गरुडको स्तम्भ राख्ने गरिन्छ । चाँगुनारायण मन्दिर, हाँडीगाउँको सत्यनारायण मन्दिरअघि त्यस्ता स्तम्भ अझै देख्न पाइन्छ । सम्राट् अशोकले पनि भारतवर्षभरि स्तम्भ बनाउने काम गरेका थिए । नेपालमा मात्रै उनले दुईवटा स्तम्भ बनाए, एउटा लुम्बिनीमा र अर्को निग्लिहवामा । त्यस्ता स्तम्भमा आफ्नो प्रशस्ति कुदाउने काम त्यतिवेला हुन्थ्यो । तर, यस्तो खालको धार्मिक प्रयोजनबाट धरहरा बनाइएको होइन । धरहरामा प्रशस्ति कुदाउने काम पनि त्यतिवेला भएन । मुस्लिम परम्पराबाट प्रेरित भएर निर्माण गरिएको स्तम्भ हो, धरहरा । मुसलमानहरू अग्ला–अग्ला मस्जिद बनाउने गर्थे । काशीमा मस्जिदमा धरहरा आकारका स्तम्भ अहिले पनि देख्न सकिन्छ । सन्त कबिरले एउटा श्लोकमा भनेका छन्, ‘कतिपय मानिस कंकड र पत्थर जम्मा गरेर ठूलो मस्जिद बनाई अग्लो ठाउँमा गएर ‘अल्लाह, अल्लाह’ भनी कराउने गरेका छन् । के ईश्वर बहिरा छन् र, त्यसरी अग्लो ठाउँमा गएर कराउनलाई ?’ यसरी अग्लो ठाउँमा गएर अल्लाहको पुकारा गर्न अग्ला इमारत बनाउने चलन मुसलमान सभ्यतामा थियो भन्ने कबिरको श्लोकबाट पनि थाहा पाउन सकिन्छ । यसैको सिको गरेर नेपालमा धरहरा बनाइएको हो । dharahara प्रधानमन्त्री भीमसेन थापाको शासनकालमा राजा रणबहादुर शाहकी रानी ललितत्रिपुरासुन्दरी बालविधवा भइन् । पतिको सेखपछि उनी धर्मकर्ममा लागिन् । यसैक्रममा उनले काठमाडौंमा सुनधारा बनाइन् र सुनधाराकै छेउमा धरहरा बनाइन् । भीमसेनका पालामा बनेको हुनाले पछि गएर यसलाई भीमसेन स्तम्भ नाम दिइयो । त्रिपुरेश्वर मन्दिर पनि तिनै रानीले बनाएकी हुन् । भारतको काशीमा पनि उनले एउटा घाट बनाएकी छिन्, ललिताघाट । त्यहाँ नेपाली धर्मशाला र पाठशाला पनि खोलिएको थियो । धर्म गर्ने ध्येयले त्यतिवेला धरहरा निर्माण गरिएको भए पनि सनातन परम्पराअनुरूपको निर्माण र ध्येय यसमा पाइँदैन । धार्मिक प्रयोजनका लागि भन्दा पनि अग्लो ठाउँमा गएर रमिता हेर्ने प्रयोजनका लागि धरहरा बनाइएको हो । रमिता हेर्न सजिलो होस् भनेर धरहरामाथि बार्दली बनाइएको थियो । अग्लो ठाउँमा गएर चारैतिरको दृश्य अवलोकन गर्नु आफैँमा रमाइलो र रबाफिलो काम हो । ००० रमिता हेर्नेबाहेक धरहराको सैन्य तथा प्रशासनिक प्रयोजन पनि थियो । धरहरा चढेर बिगुल बजाउने गरिन्थ्यो । राणाशासन अघिदेखि नै धरहराबाट बिगुल बजाउने चलन सुरु भएको हो । अग्लो ठाउँमा गएर बिगुल बजाउँदा सबैले सुन्थे । खासगरी सरकारी कर्मचारी र पल्टनका मानिसलाई एकै ठाउँ भेला गर्नुपर्‍यो भने धरहरामा गएर बिगुल फुक्न लगाइन्थ्यो । त्यतिवेला सैनिकहरू अहिलेझैँ ब्यारेकमा होइन, आ–आफ्ना घरमा बस्थे । बिगुल बजाएपछि सबैले एकै ठाउँ भेला हुनुपथ्र्यो । बिगुलसँगै धरहरामाथिबाट शंख पनि फुक्ने गरिन्थ्यो । बिगुल बजाउने तथा शंख फुक्ने चलन पछि बन्द भयो । केही आपत्–विपत् परेर सबैले तत्काल भेला हुनुपर्‍यो भने पनि बिगुल बजाइन्थ्यो । बिगुलले त्यतिवेला साइरनको काम गथ्र्यो । dhatahara राणाशासनको आखिरी दिनमा मैले धरहरामा गएर पल्टनका मानिसले बिगुल बजाएको धेरैपटक देख्न पाएँ । सात सालमा पनि धरहराबाट बिगुल फुकिएको थियो । राजा त्रिभुवन सपरिवार दिल्ली भागेपछि राणाहरूले सैनिक, सरकारी कर्मचारी, राणा आदिलाई यसबारे जानकारी दिन र अब के गर्ने भनी छलफल गर्न तथा निर्देशन दिन सबैलाई एकै ठाउँ भेला गराउने उद्देश्यले बिगुल फुक्न लगाएका थिए । बिगुल बजाउन सिपाहीहरू धरहराको टुप्पोमा पुग्थे । ब्यान्डबाजा बजाउने सिपाहीको सानो टुकडी बिगुल फुक्न धरहरा चढ्ने गथ्र्यो । बिगुल बजाएपछि मानिसले देशमा केही नयाँ भयो भन्ने थाहा पाउँथे । सैनिक, सरकारी कर्मचारी र भारदार हाजिर हुन जान्थे । ००० राणाकालमा मेरो डेरा धरहराछेउकै घरमा थियो । गठबहालमा रहेको हरिप्रसाद खकुरेलको घरमा म बस्ने गर्थेँ, जुन घरलाई ठुल्ठूला भूकम्पले पनि अहिलेसम्म भत्काउन सकेको छैन । धरहराछेउ बस्ने भएकाले धरहरासँग मेरो भावनात्मक साइनो सानैदेखि गाँसिएको हो । अहिलेजस्तै त्यतिवेला पनि धरहरावरिपरि मानिसको बाक्लो आउ–जाउ हुन्थ्यो । धरहरावरिपरिको बाटोमा इँटाले छापेको थियो । पिच बाटो थिएन । सिंहदरबारदेखि महाराजगन्जसम्म र जुद्ध सडकमा मात्र पिच बाटो थियो । धरहरावरिपरिको वातावरण त्यतिवेला ज्यादै फोहोर हुने गथ्र्यो । वरिपरि घर भएका मानिस बिहान दिसा गर्न धरहरावरिपरिको पेटीमा बस्ने गर्थे । यसले गर्दा धरहराछेउका पेटीमा दिसाका रास ठाउँ–ठाउँमा हुन्थे, घिनाउँदै हिँड्नुपर्ने खालको । दिसा सफा गर्ने मानिस समय–समयमा खर्पन बोकेर आउँथे, दिसा उठाउँथे र बारीमा लगेर हाल्थे । धरहरामा पहरा दिन त्यतिवेला पल्टन बस्दैनथ्यो । तोप पड्काउने वेलामा सानो टुँडिखेलमा सिपाही आउँदा धरहराछेउ पल्टनहरूको आवत–जावत हुने गथ्र्यो । त्यतिवेला धरहरामा चढ्न कसैलाई दिइँदैनथ्यो । त्यही भएर पनि होला, सानोमा हामीलाई धरहरा चढूँ–चढूँजस्तो कहिल्यै लागेन । धरहरावारि डुल्ने र खेल्ने भने खुब गरियो । धरहराको मूलगेटमा त्यतिवेला चाबी लगाइएको हुन्थ्यो । धरहरावरिपरि त्यतिवेला पनि बार लगाइएको हुन्थ्थो, जुन बन्द हुन्थ्यो । बारबाहिर घुमघाम गर्न मात्र पाइन्थ्यो । ००० धरहरा पुरानो पारामा बनाइएको छ । यसमा सिमेन्ट, छड आदि होइन, बज्र प्रयोग गरिएको छ । बज्र बनाउन धेरै वस्तुको सम्मिश्रण तयार पार्नुपर्छ । यसका लागि सुरुमा पाकेको इँटा धुलो बनाएर चाल्नामा चाली पिठोजस्तो बनाउनुपर्छ । त्यसमा चुना, खुदो, मासको दाल, बाबियो आदि हाल्नुपर्छ र राम्रोसँग मुछेर इँटामा यसको जडान लगाउनुपर्छ । त्यतिवेलाका प्राय: सबै इमारत यसैगरी बनाइन्थ्यो । वसन्तपुर दरबारमा पाँच–छ फुट मोटो गारो छ, जुन धरहराजस्तै बज्रबाट बनाइएको हो । बज्र सिमेन्टभन्दा धेरै बलियो हुन्छ । यसको आयु पनि बढ्ता हुन्छ । बज्र नेपालको धेरै पुरानो निर्माण प्रविधि हो । पुराना मठमन्दिरहरू प्राय: सबै इँटा र बज्रले नै बनेका छन् । ००० वास्तुशिल्पीको डिजाइन बाहिरको भए पनि धरहरा निर्माणमा प्रयोग भएका सामग्री र कालिगड भने नेपालकै हुन् । त्यतिवेला पनि काठमाडौंका कालिगड ज्यादै सिपालु मानिन्थे । नेवार कालिगडलाई मठमन्दिर बनाउन भनेर पहाडतिर समेत लग्ने गरिन्थ्यो । कीर्तिपुर, भक्तपुर, पाटनलगायत ठाउँमा पुरानो तरिकाले निर्माणकार्य गर्न सक्ने योग्य कालिगड अझै छन् । कालिगड परम्पराले नेवार समुदायमा अझैसम्म निरन्तरता पाइरहेको छ । मूर्ति बनाउने, शिलालेख कुँद्ने संस्कार अझैसम्म कायम छ । पुरातत्त्व विभागले पुरानै प्रविधि प्रयोग गरेर ऐतिहासिक मूर्ति, स्मारक आदिको पुनर्निर्माण तथा जीर्णोद्धार गर्ने गरेको छ । भत्किएका सबै ऐतिहासिक स्मारकहरूलाई पुरानै स्वरूपमा फर्काउने गरी पुनर्निर्माण गर्न सकिन्छ । धरहरालाई पनि पुरानै स्वरूपमा पुनर्निर्माण गरिनुपर्छ । कसै–कसैले सिमेन्ट, छड आदि प्रयोग गरेर पुनर्निर्माण गर्नुपर्छ भन्दै छन् । तर, सिमेन्ट होइन, बज्र प्रयोग गरेर यसको पुनर्निर्माण गरिनुपर्छजस्तो मलाई लाग्छ । यसले धरहरालाई बलियो बनाउँछ । बज्रको तुलनामा सिमेन्टको आयु थोरै हुन्छ । तलेजु मन्दिरले कतिवटा भुइँचालो खायो होला ? बज्रले बनेको त्यो स्मारक महेन्द्र मल्लका पालामा बनेको हो । वसन्तपुर दरबारले कतिवटा भुइँचालो खायो होला ? फेरि नयाँ प्रविधिमा ऐतिहासिकता पनि पाइँदैन । दुइटा धरहरा थिए काठमाडौंमा रमेश ढुंगेल, इतिहासविद् भीमसेन थापाका पालामा काठमाडौंमा दुइटा धरहरा बनेका थिए भन्ने अहिले थोरैलाई मात्र थाहा छ । एउटा धरहरा राजा रणबहादुर शाहकी महारानी ललितत्रिपुरासुन्दरीको नाममा बनाइएको थियो । अर्को जनरल भीमसेन थापाका नाममा बनाइएको थियो । महारानीको नाममा बनाएको धरहरालाई महारानी धरहरा भनिन्थ्यो । भीमसेनका नाममा बनाइएकोलाई जनरल धरहरा भनिन्थ्यो । जनरल धरहराभन्दा महारानी धरहरा अग्लो र फराकिलो थियो । विसं १८८० को दशकमा भीमसेनको सक्रियतामा धरहरा बनाइएको थियो । विसं १८९० को भुइँचालोमा जनरल धरहरा ढल्यो । महारानी धरहरामा पनि क्षति पुग्यो । भूकम्पपछि महारानी धरहराको जीर्णोद्धार गरियो । त्यतिवेलाका नेपालस्थित बेलायती रेसिडेन्ट ब्राइन हड्सनले यी दुवै धरहराको मेजरमेन्ट रेकर्ड गरेका थिए । हड्सनले तयार पारेका नोट्सहरूमा यी कुरा उल्लेख छन्, जुन लन्डनस्थित ब्रिटिस लाइब्रेरीमा उपलब्ध छ । जनरल धरहरा बाघदरबारमा रहेको भीमसेन थापाको निवासको बगैँचामा थियो । त्यही बगैँचामा जनरल धरहरा थियो । भूकम्पले भीमसेनको धरहरा भत्काएपछिका दिनमा राजकाजमा भीमसेनको प्रभाव पनि खस्कँदै गयो । त्यही भएर उनको नामको धरहरा पुनर्निर्माण अथवा जीर्णोद्धार गर्ने काम त्यतिवेला हुन सकेन । धरहरालाई भीमसेन स्तम्भ भनेर पञ्चायतकालमा मात्र भन्न थालिएको हो । वास्तवमा यो महारानी धरहरा हो भन्ने ऐतिहासिक आधार प्रशस्तै छन् । विसं १९९० को भूकम्पमा महारानी धरहरा पुन: भत्कियो । यसलाई जुद्धशमशेरले पुनर्निर्माण गरे । अहिलेको भूकम्पले महारानी धरहरा फेरि ढलेको छ । अब धरहरा निर्माण गर्दा महारानी र जनरल दुवै धरहरालाई उठाउन सकियो भने राम्रो हुने थियो । ००० धरहरा पर्सियन वास्तुशिल्पीअनुरूप बनाइएको हो । त्यतिवेला भारतमा पनि त्यस्ता खालका वास्तुशिल्पीको अभ्यास सुरु भइसकेको थियो । मध्यपूर्वका सहरहरूको चित्रमा यस्ता अग्ला इमारत कुँदिएको भीमसेन थापाले देखे होलान् र उनलाई पनि त्यस्तै इमारत बनाउने रहर जाग्यो होला । भीमसेन थापाले दक्षिण एसियामा ब्रिटिसविरुद्ध गठबन्धन निर्माण गर्न काबुलसम्म गुप्तचरहरू पठाएको जानकारी इतिहासमा पाइन्छ । मुसलमान देश पुगेका ती गुप्तचरले पनि भीमसेनलाई अग्लो इमारतबारे बताए होलान् र यसले पनि उनमा त्यस्तै इमारत बनाउने चाहना जगायो होला । सहरको सौन्दर्य निखार्न त्यतिवेला यस्ता अग्ला इमारत बनाउने गरिन्थ्यो । डिजाइन बाहिरबाट आए पनि धरहरा निर्माण गर्ने कालिगड बाहिरबाट ल्याउनुपर्ने अवस्था त्यतिवेला नेपालमा थिएन । किनकि, योग्य कालिगड र धरहरा बनाउन आवश्यक पर्ने सामग्री त्यतिवेला नेपालमै उपलब्ध थियो । धरहरा बनाउन कति समय र खर्च लाग्यो भन्ने कतै पनि प्रस्टसँग उल्लेख भएको पाइँदैन । - See more at: http://www.enayapatrika.com/2015/05/5722#sthash.JRKS8Z4L.dpuf

Monday, April 6, 2015

सफल बन्न चाहनेले पढ्नै पर्ने ६ पुस्तक

जीवनमा पुस्तकको ठूलो महत्व छ । कतिपय पुस्तक त जीवनमा मार्गदर्शक नै बन्न सक्छन् । यहाँ ब्यवसायिक र प्रविधीको दुनियाँमा सफल मानिएका ६ ब्यक्तिले लेखेका पुस्तकको चर्चा गरिएको छ जो जीवनमा सफल हुनका लागि पढ्नै पर्ने मानिन्छ ।
१ क्यापिटल इन द ट्वान्टी फर्ष्ट सेञ्चुरीः थमस पिकेटी
पछिल्लो समयको सबै भन्दा बढी पढिएको पुस्तक मानिने क्यापिटल इन द ट्वान्टी फर्ष्ट सेञ्चुरी नामक पुस्तकमा लेख थमस पिकेटीले ब्यवसायमा कसरी अनुचित तरिका अपनाइन्छ र यसले गर्दा धनी र गरिवको खाडल बढिरहेको छ भनेर चर्चा गरेका छन् । समाजमा असन्तोष पैदा हुने कारणबारे उल्लेख गरेको यो पुस्तकलाई कतिपय कार्लमार्क्सको दास क्यापिटलसँग पनि तुलना गर्छन् । कुनै पनि ब्यवसाय गर्न चाहनेले यो पुस्तक पढ्नु उत्तम हुन्छ ।
6 must reads book in life
२ गर्लबोसः सोफिया ऐमोरूजो

गर्ल बोस नामको पुस्तकमा सोफियाले आफूले कसरी कम्पनी स्थापना गरे देखि यसमा सफलता पाएर उद्यमी बन्दा सम्मको कथा छ । यो कथा धेरैका लागि प्रेरणाको श्रोत बन्न सक्छ । अझ केटीहरुका लागि विशेषरुपमा । यसमा सफल उद्यमी बन्नका लागि टिप्स समेत दिइएको छ ।
6 must reads book in life 1
३ फियरलेस जीनियस: द डिजिटल रोभोल्यूशन इन सिलिकन भ्याली
यो पुस्तकमा प्रविधीको दुनियाँका ओस्ताद मानिने एप्पल कम्पनीका स्वर्गीय पूर्व प्रमुख स्टीभ जब्स, बिल गेट्स र जोन डोएर जस्ता ब्यक्तिको विषयमा उल्लेख छ । उनीहरुले जीवनमा के के गरे र कसरी यति ठूला ब्यक्ति बने भन्ने उल्लेख रहेको यो पुस्तक निक्कै प्रेरणादायी मानिन्छ । खासगरी ब्यापार र प्रविधीमा चासो राख्ने ब्यक्तिलाई यो पुस्तक साँच्चिकै पठनीय बन्न सक्छ ।
6 must reads book in life 2
४ क्रिकएटिभिटी इङ्कः एड क्याट्मल
क्रिएटिभीटी इङ्क यस्तो पुस्तक हो जसमा म्यानेजर अर्थात ब्यवस्थापकले जान्ने पर्ने कुरा उल्लेख छ । यो पुस्तक ब्यवस्थापक अर्थात म्यानेजर बन्न चाहने ब्यक्तिले पढ्नै पर्छ ।
6 must reads book in life 3
५ हाउ गुगल वर्क्स
यो पुस्तकमा गुगलका पूर्व कार्यकारी अध्यक्ष एवं पूर्व सीइओ एरिक शिम्ट र प्रोडक्ट्सका पूर्व एसभिफी जोनाथन रोजनवर्गले गुगल सर्च इन्जिन कसरी बन्यो र यो बनाउने विचार कहाँबाट आयो भन्ने उल्लेख गरेका छन् । त्यतिमात्र होइन यसमा प्रविधीले दुनियाँमा ल्याएको परिवर्तन र फेरिएको शक्ति सन्तुलनका विषयमा उल्लेख छ ।
6 must reads book in life 4
६ थिङ्क लाइक अ फ्रिकः स्टीभन डी लेविट र स्टेफेन जे डबनर
यो पुस्तकमा विभिन्न चर्चित पुस्कका लेखकको जस्तै कसरी सोंच्ने भनेर अनौठा कुरा गरिएको छ । जीवनमा सफल हुन चाहनेले यो पुस्तकलाई पनि आदर्श मानेका छन् ।
6 must reads book in life 5

Monday, March 17, 2014

जनयुद्ध’ सपनाको क्रूर खेलबाड

-यादव देवकोटा घामपानी नभनेर, भोक–तिर्खा नभनेर पूर्व–पश्चिम बाटो बनायो… के पायो नि कुल्ली दाइले के खायो नि कुल्ली भाइले ठेकेदारले पैसा कमायो अर्कैले ट्याक्सी गुडायो सुखद् बिहानी ल्याउने गरी देशमा परिवर्तन गर्ने उद्देश्यले तीसको दशकको मध्यतिर खुसिराम पाख्रिनले यो गीत गाएका थिए । तर, यो गीतबाट गरीब जनतालाई आन्दोलनमा लाग्न निम्तो दिंदा उनले कल्पना गरेका थिएनन्, गीतले तानिएका मानिसहरूको मृत्युको मूल्यमा नेता बन्नेहरूले नै ‘कुल्ली’ हरूको रगतले निर्मित ‘बाटो’ लाई लिलामी चढाएर निजी स्वार्थका ‘ट्याक्सी’ कुदाउने छन् । १ फागुन २०५२ देखि शुरू भएको लडाइँमा बारुदको ‘ज्याकेट’ लगाएर हिंडेका उनी जस्ता अरूको मनमा पनि थिएन, उनीहरूलाई देखाइएको सपना केही चतुरहरूका लागि ‘चेक’ मा अनुवाद हुनेछ भनेर । देश फेर्ने सपनामा बन्दूक बोकेर हिंड्नेहरुको जीवन त्यही बन्दूकले तहसनहस पारेपछि पाख्रिन जस्ता हजारौं अहिले गुनगुनाउन विवश छन्, “के पायो नि कुल्ली दाइले, के खायो नि कुल्ली भाइले… !” नियतै खोटो २०४८ मा सर्वहारावादी श्रमिक संगठन, नेकपा (चौम) र मशालबीच एकताका लागि भएको एउटा बैठक सकेर पुष्पकमल दाहालसँग पाटनमा केहीबेर सँगै हिंडेपछि छुट्टिएका श्रमिकका नेता रूपलाल विश्वकर्माले आफ्ना कार्यकर्ताको जमघटमा भने, “दाहालको ध्यान जनताको जीवन उठाउनेमा नभएर ठूला घर, राम्रा गाडी र फेशनहरूमा देखिएकाले एकता नगरौं ।” तर, उनका कार्यकर्ता एकता नगर्ने कुरा सुन्ने मूडमा नरहेकाले एकता भयो । दाहाल प्रवृत्तिको व्यावहारिक पटाक्षेपपछि केही अघिसम्म एमाओवादीको पोलिटब्यूरोमा रहेका रूपलालका ती सहकर्मीले त्यो प्रसङ्ग यो पंक्तिकार पनि रहेको एउटा सामूहिक भेटमा सुनाएका थिए । फाइल तस्वीरः सशस्त्र द्वन्द्वका वेला माओवादी नेताहरु क्रमशः बाबुराम भट्टराई, हिसिला यमी, रामबहादुर थापा र पुष्पकमल दाहाल । जनयुद्ध शुरू गर्ने निर्णय गरेको गोरखा बैठकमा दाहाल–बाबुराम भट्टराईले सशस्त्र संघर्षको छोटो बाटोबाट शक्ति हासिल गर्ने तथा मोहन वैद्यले दीर्घकालीन छापामार संघर्षबाट जनवादी सत्ता स्थापना गर्ने मोडल पेश गरेका थिए । बैठकअघि दाहाल–भट्टराईले आफू निकट केन्द्रीय सदस्यहरूसँग भनेका थिए, “ड्याम्म नहानी कसरी ठूलो पार्टी भइन्छ र ?” लडाईं शुरू भएपछि दाङबाट रोल्पा जाँदा कृष्णबहादुर महरा, रवीन्द्र श्रेष्ठ र आफूसँग दाहालले भनेको सम्झँदै भरत दाहालले लेखेका छन्, “धेरै वर्ष कहाँ लड्ने हो र ? रोल्पा, रुकुमका मगरहरू चाडबाडका नाममा मारामार गर्छन्, त्यसमा राजनीति मिसाइदिने हो । आठ–दश वर्षमा पार्टीले एउटा आकार लिएपछि लडाइँ टुङ्ग्याउनुपर्छ ।” तत्कालीन एकताकेन्द्रका नेता कमल चौलागाई पनि दाहालले “झापामा चार–पाँच जनाको टाउको काटेर माले त्यत्रो पार्टी बन्यो, कांग्रेस पनि हतियार चलाएर, जहाज अपहरण गरेर स्थापित भयो । नेपालमा हिंसात्मक बल प्रयोग नगरी स्थापित भइन्न । केही वर्ष ड्यामडुम पारेर शक्ति आर्जन गरेर प्रतिस्पर्धात्मक राजनीतिमा आउने हो, जाऊँ हिंड्नोस्” भनेको अझै सम्झन्छन् । अप्राकृतिक गतिविधि २०२८ को झापा आन्दोलनको जगमा नेकपा मालेले कम्युनिष्ट आन्दोलनलाई संगठित गर्न थालेपछि मोहनविक्रम सिंह नेतृत्वको चौम र मशालले त्यसलाई रोक्न सशस्त्र संघर्षको कुरा उठाउन थालेको देखिन्छ । तर, भारतमा बस्ने सिंहको कुरा अनुसार देशमा केही भएन । कुरा मात्रै गरेकाले हुन सक्छ, पञ्चायत ढाल्ने जनआन्दोलनमा चौम, मशालको भूमिका प्रभावकारी भएन । र, उनीहरू स्थापित पनि हुन सकेनन् । त्यही वेला सशस्त्र संघर्षको सपना देख्ने साना वाम पार्टी जम्मा पारेर दाहालले एकताकेन्द्र गठन गरे । त्यसपछि लडाइँको वैचारिक, राजनीतिक, सांगठनिक र फौजी (सामरिक) तयारी गरियो । तर, तत्काल हतियार उठाउने कि संसदीय बाटोलाई उपयोग गर्दै जनयुद्धको तयारी गर्ने भन्ने विवादले एकताकेन्द्र फुट्यो । जनयुद्धमा गइहाल्ने मत भएका दाहाल नेतृत्वको बहुमत पक्षले आयोजना गरेको पहिलो राष्ट्रिय सम्मेलन (जेठ, २०५१) ले एकताकेन्द्र ओजपूर्ण नाम नभएको भन्दै नयाँ नाम नेकपा (माओवादी) राख्योे र जनयुद्धको दिशामा अघि बढ्ने निर्णय गर्‍यो । जसको व्यावहारिक कार्यान्वयन १ फागुन २०५२ मा गरियो । इन्टरनेट तस्वीरः प्रधानमन्त्री निर्वाचित भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल । २०५४ मा भारतको दिल्लीमा भएको विस्तारित भेलामा उपस्थित ३२ जना ब्यूरो सदस्यहरू लडाइँ तीव्र बनाउनेमा दाहाल र प्रशिक्षित गर्दै आन्दोलन अघि बढाउनेमा वैद्य पक्षको लाइनमा बाँडिए । २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनले घुमाउरो भाषामा लामो समय युद्ध गर्न नसकिने निष्कर्ष निकाल्दै गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको माग अघि सार्‍यो । त्यसपछि नै हो, सरकारमा साझेदारी गर्ने गरी माओवादी नेतृत्व अग्रसर भएको । सरकारसँग दुई चरणको खुला वार्ता, दरबारसँग गोप्य वार्ता र कार्यगत एकताको प्रस्ताव, भारतीय संस्थापनलाई विन्तीपत्र, खुफिया एजेन्सीहरूसँगको उठबस, सुरुङ्ग युद्धको धम्की, फौजी हमलाका नाममा मृत्यु संख्याको वृद्धि, सैनिक जनरल र सशस्त्र प्रमुखमाथि हमला गराउनुको उद्देश्य पनि त्योभन्दा अरू थिएन । बहुदलीय व्यवस्थामा तथा तत्काल सरकारमा हिस्सेदारी लिन माओवादी कतिसम्म आतुर बनेको थियो भने भदौ २०५८ को पहिलो वार्ता चलिरहँदा माओवादी केन्द्रीय समिति बैठकले सरकारमा कसलाई पठाउने र कुन मन्त्रालयमा को जाने समेत निर्णय गरेको सम्झन्छन् उक्त बैठकबाट संचारमन्त्रीमा प्रस्तावित तत्कालीन केन्द्रीय सदस्य मुमाराम खनाल । खनालको बुझाइमा त्यही बैठकले जनवादी क्रान्तिको कार्यदिशालाई घुमाउरो भाषामा छाडेको थियो । तर, माओवादी नेतृत्वले कार्यकर्तालाई जनवादी क्रान्तिको नारा रटाउन त्यसपछि पनि छाडेन । त्यही भएर बत्तीमा पुतली जसरी कार्यकर्ताहरू होमिइरहे । टाउकोको लाखौं मूल्य तोकिएका नेताले धोका दिन सक्छन् भन्ने कार्यकर्ताले सोच्न पनि सक्दैनथे । विघटनको बाटोमा बहुदलीय व्यवस्था मान्ने सम्झैतापत्रमा भारतको राजधानी नयाँदिल्लीमा दस्तखत गरिसक्दा पनि माओवादी नेतृत्वले क्रान्ति, जनवाद र मुक्ति भन्न छाडेन । हेटौंडा महाधिवेशनसम्म उसको नारा त्यही नै थियो । तर, युद्धकालमा दरबार, दल र भारतलाई खेलाउन सफल माओवादी शान्तिकालमा भने दरबार र भारतको गोटी बन्न थाल्यो । यसो हुनुमा कूटनीतिक सन्तुलन कायम गर्दै आन्दोलन अघि बढाउने सोच नेतृत्वमा नहुनु कारण थियो । नयाँ सामन्तमा रूपान्तरण भएर आन्दोलनका अजेन्डा छाड्नु पनि त्यस्तो हुनुको अर्काे कारण थियो । त्यसैबीच विश्व ब्याङ्कको पैसाले शिविरमा राखिएका छापामारहरूको भरणपोषण गर्न उनीहरू तयार भए । त्यो वेला पनि दस्तावेजमा साम्राज्यवाद विरुद्धको संघर्ष लेख्न नछाडेका उनीहरू जनयुद्ध शुरू हुँदादेखि नै उदार अर्थव्यवस्थाको सहयोगी बनिसकेका थिए । किनभने, बहुराष्ट्रिय कम्पनीहरू मार्फत देशको राष्ट्रिय अर्थतन्त्र कब्जा गर्न राज्यका अवयव कमजोर पार्ने पूँजीवादी अपेक्षा माओवादी आन्दोलनको कभरमै भइरहेका थिए । फलतः राज्य र विद्रोही दुवैको उपस्थिति नभएको ग्रामीण तहसम्म बहुराष्ट्रिय कम्पनीहरूको प्रभाव विस्तार भयो । इन्टरनेट तस्वीरः प्रधानमन्त्रीमा निर्वाचित भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालका साथ बाबुराम भट्टराई । राजनीतिक र सैद्धान्तिक रूपमा नाममात्रको माओवादीलाई भारत र अन्य बाहय शक्तिले बोक्नुपर्ने जरूरी नठान्नु अस्वाभाविक रहेन । पछिल्लो समयसम्म माओवादी चरम अवसरवादी शक्तिमा परिणत भइसकेको थियो । राजनीतिक, सैद्धान्तिक र व्यावहारिक रूपले पतन भएको पार्टी चलायमान समाजमा टिक्न नसक्नु पनि अस्वाभाविक थिएन । मानिसको चेतनाले भद्दा रूपमा पतन भइसकेको पार्टीलाई काँध थाप्दैन । उसलाई बोकेर ल्याएको निम्न वर्गले काँधबाट फालेको र मध्यम वर्गले विश्वास नगरेकाले आजको एमाओवादीसँग विघटनतर्फ लाग्नुको विकल्प देखिंदैन । पछिल्लो समय उसले गरेका गतिविधिहरू विघटनतर्फ लाग्दाको छटपटी मात्र हुन् । मानिसको सांस्कृतिक चेतना, समाज परिवर्तन र लेखनको सांस्कृतिक चेतबारे लेखिएको पुस्तक स्टडिज इन ए डाइङ्ग कल्चर मा क्रिष्टोफर कडवेल लेख्छन्, “सामाजिक चेतनाको स्तर परिवर्तित अवस्थालाई सांस्कृतिक, भौतिक र प्राविधिक तवरले थेग्ने र अगाडि बढाउने तहसम्म विकास गर्न सकिएन भने परिवर्तनका लागि भएको आन्दोलनले विघटनको अनिवार्य बाटो समात्छ ।” कांग्रेस पञ्चायत विरुद्ध तीस वर्ष लड्ने क्रममा संगठित भयो । माले पनि दुईदशक संघर्षमा रहयो । तर, माओवादी आन्दोलन खहरे खोला झैं उर्लिएर सुक्नुमा राजनीतिक, सांस्कृतिक संस्कार र चेतनाको साटो तत्काल शक्ति हासिल गर्न जे पनि भन्ने र गर्ने नेतृत्वको अवसरवादी चिन्तन मुख्य कारण रहेको देखिन्छ । लडाइँमा मारिएका साथीका परिवारले पाउने ‘ब्लडमनी’ समेत खाइदिने निकृष्टताले पनि देखाउँछ माओवादी पंक्तिको अवसरवाद । तर, त्यसो हुनु अकारण थिएन । युद्धभन्दा पहिले माओवादीका जिल्ला समितिहरू शिक्षकले भरिएका थिए । लडाइँ शुरू भएपछि उनीहरूलाई राजीनामा दिएर पूर्णकालीन बन्न उर्दी जारी गरियो । सामाजिक, पारिवारिक र कर्तव्यको बन्धनका कारण सबै शिक्षकले राजीनामा दिन सम्भव थिएन । त्यसपछि पञ्चायतकालदेखि चौम, मशाल हुँदै आएका शिक्षकहरू पार्टीको पहिलो तहबाट हटाइए र लडाइँमा हिंड्न र जोखिम मोल्न तयार पेशेवर कार्यकर्ता त्यहाँ आए । ‘किलो शेरा टु’ को समयमा रोल्पा, रुकुम बाहेकका जिल्लाहरूमा उनीहरू पनि मारिएपछि मजदूर, विद्यार्थी, किसान त्यो ठाउँमा पुगे । तिनीहरू पनि संकटकालमा मारिए । लडाइँ तीव्र हुँदै जाँदा पार्टीका पुराना कार्यकर्ता मारिन र गिरफ्तार हुन थालेपछि जनयुद्ध सुरुआत गर्दाको मर्म, भावना र उद्देश्यप्रति समर्पित कार्यकर्ताहरूको खडेरी पर्न थाल्यो, त्यसपछि ‘नयाँ भर्ती अभियान’ चलाइयो । २०५८ को शान्ति वार्तापछि माओवादी छिरेका कार्यकर्ता ६ महीनामा जिल्ला समिति र नौ महीनामा ब्यूरो सदस्य हुन थाले । उनीहरूमध्ये कैयौं जनयुद्धलाई क्रान्तिकारी रोमान्समा मात्र बुझथे । गरीबी, अभाव, बेरोजगारी, सामाजिक अन्यायले पीडित युवाहरूको त्यो पंक्ति सशस्त्र संघर्षबाट आकर्षित भएकाले त्यसो हुनु अस्वाभाविक थिएन । कोही चाहिं जातीय राज्यको सपना देखेर आएका थिए । उनीहरूसँगै आएका ‘असामाजिक तत्व’ लाई पनि रूपान्तरण गर्न आवश्यक ठानिएन वा समयको दबाबका कारण त्यो सम्भव भएन । फाइल तस्वीरः द्वन्द्वकालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल । त्यसरी आन्दोलन विस्तारै फौजी फर्मेशनको कब्जामा पुग्यो । जसले विचारको बहस हुन दिएन । त्यसपछि त ‘एक घर एक होलटाइमर’ जस्तो अतिवादी शैलीमा मानिसको चन्दा उठाउन थालियो । नेतृत्वसँग निकट सम्बन्ध रहेका केहीले युद्धलाई दुरुपयोग गर्न थाले । बाँदरमूढे, गोरखा फुजेलका कृष्ण अधिकारी हत्या जस्ता गम्भीर मानवताविरोधी हत्याकाण्डको राजनीतिक नेतृत्व गर्नेे तत्कालीन जिल्ला नेतृत्वले दाहालसँग निकट भएकै कारण संरक्षण पाए भने मनपरेकी सहयोद्धालाई प्रेमपत्र लेख्ने कैयौं कार्यकर्ताले कारबाही भोगे । एकातिर दुई–चार सयको हिसाब तलमाथि हुँदा कार्यकर्ताले कारबाही भोग्नुपर्‍यो भने नेतृत्व चाहिं भारतको सुविधाजनक सेल्टरमा बसेर भारतीय संस्थापनसँग सौदा गर्दै थियो । जीवन दाउमा राखेर छापामारहरूले ब्यारेक र ब्याङ्क कब्जा गरेको पैसाले नेतृत्व मस्ती गरिरहेको वेला छापामारहरू चाहिं नुहाउने साबुन र सुर्ती खाने पैसा नपाउने अवस्थामा थिए । त्यस्तो वेला सेनाको ‘तारबार’ भित्र पसेर एउटा ठूलो सैन्य अखडा ध्वस्त पार्ने र स्थायी नियन्त्रण कायम गर्ने नेतृत्वको सोच पूरा भइरहेको थिएन । दाहालले नै नेतृत्व गरेको खाराको ‘निर्णायक भिडन्त’ पीडादायी हार बेहोरेर रिट्रिट हुनुपर्‍यो । त्यही आसपास बाबुराम भट्टराई र दाहालबीच दलहरूलाई किनारामा पुर्‍याउँदै दरबारसँग मिलेर जाने र संसदीय दलहरूसँग मिलेर बुर्जुवा गणतन्त्रका लागि संघर्ष गर्नेमा विवाद उत्पन्न भयो । जसका कारण भट्टराईलाई ‘खाल्डो खनेर सफाया गर्ने’ योजना बनाउने तहसम्म नेतृत्वलाई पुर्‍यायो । विश्वभरि नै मुख्य नेतृत्वको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलन अघि बढाइने गरेकोमा हामीकहाँ पनि त्यसको अपवाद भएन । हतियारको बलमा संगठित पार्टी एउटा व्यक्तिको प्राधिकारमा चलाइँदा उसको नियत बिग्रनासाथ आन्दोलन सम%

Monday, February 17, 2014

यही विमान थियो ४० बर्ष पहिले सुशील कोइरालाले अपहरण गरेको

यही विमान थियो ४० बर्ष पहिले सुशील कोइरालाले अपहरण गरेको सुशील प्रधानमन्त्री भएकै बेला बिमान दुर्घटनाग्रस्त ४ फागुन, काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको ९ एन-एबीबी ट्वीनअटर विमान आइतबार अपराहृनबाट सम्पर्कविहीन भयो । विमान अर्घाखाँचीको खिदिममा दुर्घटना भएको भनिएको छ, तर, अहिलेसम्म दुर्घटनाग्रस्त बिमान भएको भेटिएको छैन । यही ९ एन-एबीबी विमान ४० वर्षपहिले नेपाली कांग्रेसले सशस्त्र संघर्षको क्रममा विराटनगरबाट उड्दा अपहरणमा परेको थियो । संयोग नै मान्नुपर्छ, २०३० साल जेठ ८ गते अपरहणमा परेको विमान अपहरणको योजनाकार सुशील कोइराला आज देशको प्रधानमन्त्री छन् । यो विमान ४३ वर्षदेखि नेपाली आकासमा उड्दै आएको छ । क्यानडेली कम्पनीले २०२८ सालमा यो विमान काठमाडौंमा डेलिभरी गरेको थियो । अपहरणमा परेका बेला को-पाइलट रहेका श्रीदेव बैद्यको ‘नेपाल साप्ताहिक’मा छापिएको संस्मरणमा भनिएको छ-विराटनगरबाट काठमाडौंका लागि विमान उडेको करिव ५ मिनेटपछि जहाँ ६ हजार फिटको उचाइमा पगेको थियो । काठमाडौंतिर मोडिएपछि विराटनगर स्टेसनलाई सम्पर्क गरेर गुड नाइट भनेपछि फि्रक्वेन्सी अफ गरियो अनि काठमाडौंका लागि सेट गरियो । ठिक त्यसैबेला सर्‍याप्प दुई जना मानिस आए । म कन्ट्रोलमा थिएँ । एउटाले मलाई समायो र अर्कोले कञ्चटमा रिभल्र्वर तेस्र्याउँदै भन्यो, ‘वुझ्नु भो हाइज्याक भनेको यही हो ।’ विमान अपहरण गरेर उनीहरुले भारतको फरवीरगञ्ज पुर्‍याई त्यहाँ रहेको ३० लाख रुपैयाँ भारतीय रुपैयाँ लुटेका थिए । सो रकम राष्ट्रबैंबकले बिराटनगरबाट काठमाण्डौ ल्याउँदै थियो । विमान अपरहणमा संलग्न तीन जना पैसा लिएर गएपछि विमान बिराटनगर आएको थियो

Tuesday, February 11, 2014

कोको उभिए कोइरालाको पक्ष र विपक्षमा ?

२०७० माघ २७ गते २७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला दुई तिहाइ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसदमा सोमबार भएको निर्वाचनमा कोइरालाको पक्षमा ४ सय ५ मत खसेको छ भने विपक्षमा १ सय ४५ मत मात्र खसेको छ । मत कोइरालाको पक्षमा दुई तिहाइ खसेपनि संविधानसभामा रहेका संविधासभामा रहेका ३० मध्ये १६ दल मात्र कोइरालाको पक्षमा छन् । दुई स्वतन्त्र सभासदले पनि कोइरालालाई मतदान गरेका छन् । विपक्षमा एमाओवादी, राप्रपा नेपालसहितका १४ दल छन् । कोइरालाको पक्षमा रहेका दल र मतसंख्या १.नेपाली कांग्रेस- १९४ २. नेकपा एमाले- १७३ ३. राप्रपा-१२ (सभामुखले भोट हाल्न पाउँदैनन) ४. नेकपा माले- ५ ५. राष्ट्रिय जनमोर्चा -३ ६. नेकपा संयुक्त- ३ ७. परिवार दल- २ ८. दलित जनजाति पार्टी-२ . थरुहट तराई पार्टी-२ ९. समाजवादी जनता पार्टी- १ १०. मधेस समता पार्टी १ ११. संघीय सदभावना पार्टी १ १२. अखण्ड नेपाल १ १३. संलोराम (थरुहट) १ १४. जनता दल १ १५. जनजागरण पार्टी १ १६. स्वतन्त्र सभासद २ विपक्षमा उभिएका दल र मतसंख्या १. एनेकपा माओवादी -८० २. राप्रपा नेपाल-२४ ३. फोरम लोकतान्त्रिक- १४ ४. तमलोपा-११ ५. फोरम नेपाल- १० ६. सदभावना पार्टी- ६ ७. संघीय समाजवादी पार्टी- ५ ८. नेमकिपा ४ ९. राष्ट्रिय मधेस समाजवादी पार्टी-३ १०. तमसपा नेपाल-३ ११. राष्ट्रिय जनमुक्ति पार्टी- २ १२. फोरम गणतान्त्रिक १ १३. नेपाः पार्टी १ १४. खम्बुवान राष्ट्रिय मोर्चा १

Thursday, February 6, 2014

कसरी छापिन्छ पैसा ?

पैसाविनाको जीवन अहिले कल्पना गर्न सकिँदैन । हरेक मानिसको दैनिकी कुनै न कुनै रूपमा पैसासित गाँसिएको हुन्छ । वस्तु तथा सेवाको विनिमयको माध्यमका रूपमा प्रचलित पैसा आखिर छापिन्छ कसरी ? धेरैलाई जानकारी नहुन सक्छ । पैसा विश्वासको आधार पनि हो । नेपालका कुनै पनि नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट .... रुपैयाँ तुरुन्त पाइनेछ’ लेखिएको हुन्छ । यसको मतलब उक्त नोटबराबरको वस्तु लिन आएमा हामी दिन सक्छाँै भनिएको हो । ००० देशको अर्थतन्त्रको आधारमा मुद्राको मूल्य निर्धारण भएको हुन्छ । त्यस देशमा के उत्पादन हुन्छ ? रोजगारीको अवस्था कस्तो छ ? उत्पादन भएका वस्तु कति मात्रामा निर्यात हुन्छन् ? सेवा र वस्तुको व्यापारबाट कत्तिको कमाइ हुन्छ भन्ने आधारमा अर्थतन्त्रको आकार तय हुन्छ । नेपालको अर्थतन्त्र १७ खर्बबराबरको छ । यसको अर्थ नेपालको कुल गार्हस्थ्य उत्पादन १७ खर्बबराबरको हुन्छ । हामीले विदेशमा निर्यात गर्ने वस्तुको मूल्य तय गर्न पनि नेपालको अर्थतन्त्रले सहयोग गरेको हुन्छ । नेपालले कुनै वस्तु विदेशबाट मगायो र नेपालले उक्त वस्तुको भुक्तानी दिन सकेन भने भने त्यो अर्थतन्त्रको गहुं्रगोपना रहेनछ भन्ने बुझिन्छ । अर्थात्, मुद्रा कमजोर रहेछ भन्ने बुझिन्छ । सम्बन्धित देशले आर्जन गर्नेभन्दा बढी विदेशबाट आयात गर्नुपर्‍यो भने देशले धान्न सक्दैन । त्यस्तो अवस्थामा मुद्राको मूल्य कमजोर हुन्छ । कुनै पनि देशले सेवा तथा वस्तुको व्यापार गरेर मुद्रा आर्जन गर्न सक्छ । जस्तै, नेपालमा विदेशी पर्यटक आउँछन् । उनीहरूले गर्ने खर्च नेपालको आम्दानी हो । त्यसबाट देशका लागि आवश्यक वस्तु विदेशबाट आयात गर्न सक्छाँै । ००० नोट छाप्न निश्चित प्रक्रिया तय गरिएको हुन्छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार सरकारले अन्य देशबाट सुन तथा ‘सेक्युरेटिज’ खरिद गरेको हुन्छ । यस्तो सेक्युरेटीमा लगानी गर्दा त्यसको ब्याज पनि पाइन्छ । चाहिएको वेला लगानी तुरुन्त फिर्ता लिन सकिन्छ । यो सरकारको सम्पत्ति हो । यिनै तत्त्वहरूसमेत मिलाएर अर्थतन्त्रमा जति नोट सार्वजनिक गर्नुपर्ने हो, त्योबराबरको सम्पत्ति हामीसँग छ भनेर कागजात तयार गरिएको हुन्छ । यस्तो कागजातको नियमन गर्ने सबैभन्दा विश्वसनीय निकाय सोही देशको सरकार हो । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि ती कागजातको रेखदेख गरिरहेको हुन्छ । मुद्रा कोषलाई बैंकको पनि बैंक मानिन्छ । सरकार र केन्द्रीय बैंकको साख हेर्ने काम इन्टरनेसनल बैंक फर सेटलमेन्ट (जेनेभास्थित) र अन्तर्राष्ट्रिय मुद्रा कोषले गर्छन् । ती निकायले आफ्ना सदस्य राष्ट्रले समय–समयमा दिएको तथ्यांकको आधारमा भौतिक रूपमै ती वस्तुको परीक्षण पनि गर्न सक्छन् । नोट प्रकाशनका लागि सम्बन्धित सरकारले आइएमएफमा सुन धितो राखेका हुन्छन् । अन्तर्राष्ट्रिय बजारको आधारमा सुनको मूल्यांकन गरिन्छ । पूर्वगभर्नर क्षेत्री भन्छन्, ‘केही वर्षअघि नेपालले तोलाको दुई सय डलरका दरले सुन आइएमएफमा राखेको थियो । अहिले मूल्य बढेर करिब पाँच सय छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार त्यसको मूल्यांकन गरेर नै त्यसरी राखिएको हो ।’ पैसा छाप्नुअघि एक वर्षमा चलनचल्तीका निम्ति कति रुपैयाँबराबरको नोट आवश्यक पर्छ भन्ने देशको केन्द्रीय बैंकले तय गर्नुपर्छ । यो भनेको मुलुकको अर्थतन्त्र धान्न कति रकम चाहिन्छ भन्ने हो । देशको कुल गार्हस्थ्य उत्पादन, बजेटले व्यवस्था गरेको चालू खर्च र त्यस वर्ष आएको रेट्यिान्सको आधारमा कति नोट छाप्ने भन्ने तय गरिन्छ । रेमिट्यान्स डलरमा आउने भएकाले नेपाली रुपैयाँँमा रूपान्तरण गरेर हिसाब निकालिन्छ । यसबाहेक बजेटमा विदेशी ऋणको अनुमान गरिएको हुन्छ । विदेशी ऋण डलरमै आउँछ । त्यसका लागि पनि नेपाली रुपैयाँ चाहिन्छ । मूल्यवृद्धिले पैसाको माग बढाएको हुन्छ । गत वर्ष कति रकमबराबरको कारोबार भएको थियो भन्नेलाई पनि ध्यान दिइएको हुन्छ । यी सबै आधारमा अर्थतन्त्रका लागि कति रुपैयाँँबराबरको नोट चाहिन्छ भन्ने आँकलन गरिन्छ । यसवेला भएको पैसाको मौज्दातले कति धान्छ र छाप्न कति समय लाग्छ भन्ने कुराको पनि ध्यान दिनुपर्ने हुन्छ । नोट जुन वर्ष प्रचलनमा ल्याउने हो त्यही वर्षमा छापेर ल्याउन सकिँदैन । त्यसैले केही वर्षअघि दसँैमा नयाँ नोट बजारमा आउन सकेको थिएन । राष्ट्र बैंकले निश्चित समयसम्म मौज्दात नोटले भ्याउँछ र त्यसपछिका लागि थप यतिबराबरको नोट अर्थतन्त्रमा पठाउनुपर्छ भन्दै नयाँ नोट छाप्ने प्रस्ताव सरकारमा पठाउँछ । यो प्रस्ताव स्वीकृति भएपछि नेपाल राष्ट्र बैंकले कुन दरका नोट कति छाप्ने (डिनोमिनेसन) भन्ने निर्णय गर्छ । जुन डिनोमिनेसनको नोट बजारमा बढी चलनचल्तीमा छ त्यही नोट बढी मात्रामा छापिन्छ । कुन दरका कति नोट छाप्ने भन्ने आइएमएफलाई जानकारी गराएर सोबमोजिम सुन तथा सेक्युरिटी खरिद गर्नुपर्छ । सबै नोटमा ६ अंकको नम्बर राखिएको हुन्छ । जस्तै, देवनागरिको अ १ बाट छाप्न सुरु भएको नोट अ १०० सम्म छापिन्छ । ती सबै नोटमा ६ अंकको नम्बर पनि राखिएको हुन्छ । त्यसपछि फेरि आ १ बाट अरू नोट छापिन्छ । यसरी आवश्यकताका आधारमा ज्ञसम्म नम्बरिङ गरेर नोट छाप्न सकिन्छ । ००० राष्ट्र बैंकका डेपुटी गभर्नर, इतिहासविद्, संस्कृतिविद्, वन्यजन्तुविज्ञ, कलाकार(चित्रकार) रहेको नोट डिजाइन समिति हुन्छ । त्यसमा वन्यजन्तुविज्ञले कुन वन्यजन्तुको चित्र नोटमा राख्ने, संस्कृतिविद्ले नेपालको कुन संस्कृतिलाई प्रवद्र्धन गर्ने भन्ने सुझाब दिन्छन् । अहिले नोटलाई पनि समावेशी बनाउन सबै धार्मिक समुदायको प्रतिनिधित्व हुने गरी यस्ता चित्र समावेश गर्न थालिएको छ । सबै पक्षको सुझाबका आधारमा नोटमा कस्ता चित्र समावेश गर्ने भन्ने निर्णय हुन्छ । यसपछि राष्ट्र बैंकमा नोटको डिजाइन गरिन्छ र राष्ट्र बैंकको बोर्डबाट स्वीकृत गराइन्छ । त्यसपछि मन्त्रिपरिषद्मा नोटको डिजाइन र डिनोमिनेसन स्वीकृतिका लागि पेस गरिन्छ । राष्ट्र बैंक नोट छाप्न तयार भएपछि प्रिन्टिङ प्रेसको खोजी गरिन्छ । नोट छाप्न ‘सेक्युरिटी प्रिन्टिङ प्रेस’को आवश्यकता पर्छ । नोटमा प्रशस्त मात्रामा सुरक्षा चिह्न (सेक्युरिटी फिचर) राखिएको हुन्छ । पहिले नोटको सेतो भागमा श्रीपेच राखिएको हुन्थ्यो, अहिले लालिगुराँस राखिएको छ । नोटमा ‘सेक्युरिटी थ्रेड’ राखिएको हुन्छ । त्यसमा ‘एनआरबी’ लेखिएको हुन्छ । यो धागोको केही भाग नोटको बाहिर निस्केको हुन्छ भने केही भाग भित्र पसेको हुन्छ । नोट यसरी मिलाएर प्रिन्ट गरिन्छ । नोटमा सामान्य आँखाले देखिने र नदेखिने प्रशस्त सेक्युरिटी फिचर राखिएको हुन्छ । त्यस्तै प्रकृतिको नक्कली नोट बजारमा आउन नसकोस् भनेर यस्ता सुरक्षा चिह्न राखिएको हो । बजारमा नक्कली नोट भेटिएमा यिनै सुषुप्त सुरक्षा चिह्नको आधारमा नक्कली वा सक्कली हो भन्ने छुट्टयाइन्छ । विश्व बजारमा नोट छाप्ने प्रतिष्ठित कम्पनीहरू छन् । नोट छाप्न प्रेसको छनोट गर्दा त्यसको के–के योग्यता हेर्ने भन्ने राष्ट्र बैंकले तय गर्छ र टेन्डर आह्वान गर्छ । टेन्डर गर्ने कम्पनीको प्राविधिक र आर्थिक पक्ष हेरिन्छ । प्राविधिक रूपमा उक्त कम्पनीले कति रकमबराबरको कुन्–कुन डेनोमिनेसनको नोट कस्ता सेक्युरिटी फिचर राखेर छापेको छ भन्ने हेरिन्छ । यसका लागि राष्ट्र बैंकले मापदण्ड नै बनाएको हुन्छ । सम्बन्धित कम्पनीले पनि त्यसको प्रमाण पेर गर्नुपर्छ । आर्थिक पक्ष् अन्तर्गत कुन प्रेसले आफूलाई चाहिएको सबै सुविधासहित कम लागतमा नोट प्रिन्ट गर्न सक्छ भन्ने कुरामा ध्यान दिइन्छ र मापदण्ड पूरा गर्न सक्ने प्रेसलाई नोट छाप्ने जिम्मा दिइन्छ । जुनसुकै कम्पनीमा नोट छाप्न दिन पाँइदैन । यस्तो प्रेसका लागि राष्ट्रिय/ अन्तर्राष्ट्रिय रूपमा विभिन्न नियम कानुन र मापदण्ड बनेका हुन्छन् । ती मापदण्ड पूरा गरेकाले मात्रै नोट छाप्न सक्छन् । मुद्रा राष्ट्रिय अस्तित्वसँग जोडिएको विषय हो । ००० पैसा छापेर ल्याउँदासम्म त्यसको महत्त्व सामान्य कागजसरह हुन्छ । जब राष्ट्र बैंकले ‘यतिदेखि यति नम्बरसम्मका चलनचल्तीमा ल्याइएको छ’ भन्ने सार्वजनिक घोषणा गर्छ त्यसपछि मात्र त्यसले पैसाको मान्यता पाउँछ । यसरी नोट सार्वजनिक गर्दा पनि सार्वजानिक गर्न लागिएको रकमबराबरको सम्पत्ति राष्ट्रबैंकले व्यवस्था गर्न सकेको छ कि छैन भनेर सरकारले हेर्छ । उक्त रकमबराबरको सम्पत्ति व्यवस्था भएमा मात्र नोट सार्वजनिक रूपमा बजारमा आउँछ । आइएमएफले कुनै पनि वेला यस्तो सम्पत्तिको विषयमा अनुगमन गर्न सक्छ । अहिले एक र दुई रुपैयाँ दरका नोट छापिँदैनन् । यसको उत्पादन लागत नोटको ‘फेस भ्यालु’ले नधान्ने भएकाले छाप्न छाडिएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । अहिले ती नोटको सट्टामा सिक्का छाप्न थालिएको छ । यी नोट छाप्न र त्यसलाई साझा राख्नको लागि अत्यधिक खर्च लाग्ने भएकाले ती नोट नछापिएको हो । क्वाइन छाप्न पनि त्यसको ‘फेस भ्यालु’ भन्दा बढी लागत पर्ने भए पनि सरकारको दायित्व भएकाले छाप्नै परेको ती अधिकारीहरूको भनाइ छ । यस्ता क्वाइनको सफाइको लागि भने त्यति धेरै खर्च गर्नुपर्दैन । ००० देशमा प्रचलनमा रहेको हरेक नोटमा केन्द्रीय बैंकका गभर्नरको हस्ताक्षर अनिवार्य हुन्छ । यसका लागि गभर्नरको हस्ताक्षर ‘स्क्यान’ गरेर नोटमा राखिन्छ । यद्यपि, सबै गभर्नरले सबै दरका नोटमा हस्ताक्षर गर्ने मौका पाउँदैनन् भने कोहीले छोटो समयका लागि गभर्नर हुँदा पनि सबै नोटमा हस्ताक्षर गर्न भ्याउँछन् । पूर्वगभर्नर क्षेत्री करिब सात महिना गभर्नर भएर राष्ट्र बैंकमा गर्दा पाँच सय दरको नोटमा मात्र हस्ताक्षर गर्न पाए । दीपेन्द्रपुरुष ढकाल क्षेत्रीभन्दा कम समयका लागि गभर्नर भए । तर, उनले करिब सबै दरका नोटमा हस्ताक्षर गरेका छन् । ढकालभन्दा अगाडि तिलक रावल राष्ट्र बैंकमा गभर्नर थिए । उनले नोट छाप्ने तयारी सक्न लाग्दा उनी गर्भनर पदबाट हट्नुपर्‍यो । त्यसपछि गभर्नर भएर आएका ढकालले पहिले नै तयार गरिएका ती सबै नोटमा हस्ताक्षर गरे । निश्चित अवधिमा नोट छापिने भएकाले गभर्नरका इच्छाले मात्र पनि नोटमा हस्ताक्षर गर्न पाइदैन । रावल भने लामो समय गभर्नर भएर रहेकाले सबै दरका नोटमा उनको हस्ताक्षर छ । यसरी सबै दरका नोटमा हस्ताक्षर गर्न नपाउने गभर्नर धेरै छन् । ००० नोट छापिएर बजारमा गएपछि कारोबार हुँदै जाँदा नोट पुन: राष्ट्र बैंकमा फर्कन्छ । राष्ट्र बैंकमा आएका पुराना नोटको सट्टामा नयाँ नोट बजारमा पठाइन्छ । पुराना भएका नोट भने सम्बन्धित देशको कानुनले व्यवस्था गरेको अधीनमा रहेर नष्ट गरिन्छ । राष्ट्र बैंकले सार्वजनिक गरेका कतिपय नोट प्रयोगका क्रममा च्यातिएर नष्ट भएका हुन्छन् । आगलागी भएर पनि नष्ट भएको हुन्छ । ती नोट राष्ट्र बैंकमा फर्कंदैनन् । यसरी राष्ट्र बैंकमा नफर्केका नोटहरू अर्थतन्त्रमा चलायमान भइरहेको मानिने राष्ट्र बैंकका अधिकारी बताउँछन् । कतिपय डढेकै नोटको पनि भुक्तानी पाउन सकिन्छ । त्यसका लागि नोटको नम्बरसहित नोटको दुई तिहाई भाग हुनुपर्छ । नोटको आधा भाग मात्र भयो भने त्यसको भुक्तानी हुँदैन । आधा नोट एक ठाउँमा र आधा अर्को ठाउँमा पेस गरी दोहोरो भुक्तानी लिन सक्छन् भनेर दुईतिहाइ भाग हुनुपर्ने नियम बनाइएको क्षेत्रीले बताए । कतिपय नोट स्मारिकाका लागि पनि छापिएको हुन्छ । विशेष अवसर पारेर यस्तो नोटको प्रकाशन गरिन्छ । पञ्चायतको रजतजयन्तीको अवसर पारेर दुई सय ५० को नोट छापिएको थियो । यो स्मारिकाका रूपमा छापिएकाले चलनचल्तीमा आएन ।

Monday, February 3, 2014

बाहुन युवाहरु बुझ्दैछन् 'बाहुनवाद'- प्रख्यात समाजशास्त्री डोरबहादुर विष्ट

चर्चित समाजशास्त्री डोरबहादुर विष्टसँग २०५२ जेठ २० शनिबार दिउँसो उनको आफ्नै घर ललितपुरमा अन्तर्वार्ता लिने अवसर मिलेको थियो। मुलुकमा भर्खर प्रजातन्त्र पुनर्स्थापना भएयता जातीय चिनारीको राजनीतिले पनि विस्तारै गति लिन थालेको थियो । प्रजातन्त्रको खुलापनमा विस्तारै खुल्न थालेको हाम्रो समाजमा रहेको ‘बाहुनवाद’सम्बन्धी धारणा सार्वजनिक गरेर विष्टले यसलाई छलफलमा ल्याइदिएका थिए । मुलुकमा प्रजातन्त्र आइसकेको भए पनि अझै धेरै विषयमा हाम्रो राजनीति र समाज खुलिसकेको थिएन। जनआस्था साप्ताहिकका निम्ति यो पंक्तिकारले उनको अन्तर्वार्ता लिने मौका पाएको थियो । साथमा थिए, फोटोपत्रकार सन्तोष पोख्रेल । अन्तर्वार्ताका क्रममा विष्टले सामाजिक विशिष्टताको चर्चा गर्ने क्रममा ‘अहिलेका राजाका पुर्खा मगर हुन्’ भन्ने तर्क पनि अघि सारे। अखबारले यही भनाइलाई शीर्षक बनाएर छाप्यो । चर्चा झन् चुलियो । प्रजातन्त्र आए पनि राजदरबार अझै एउटा टापुजस्तै थियो । अहिले फर्केर हेर्दा त्यो अन्तर्वार्तामा उनले व्यक्त गरेका धारणा आफैंमा विस्फोटक छन् । उनले आफ्नो अध्ययनबाट देखेका विषयलाई प्रस्ट शब्दमा राखे । उनले आफ्ना धारणामात्र राखेका होइनन्, कर्णालीको बाह्रबीसमा कर्णाली इन्स्टिच्युट खोलेर बसेको तीन वर्ष पुगिसकेको थियो। उनी उताबाट काठमाडौं आएको मौका पारेर हामी अन्तर्वार्ताका निम्ति उनलाई भेट्न गएका थियौं। यो पंक्तिकारको सम्झनामा अहिले पनि उनी झल्झली छन्। आजभन्दा १८ वर्षअघि उनले त्यो अन्तर्वार्ता दिएको केही दिनमै बेपत्ता भए वा पारिए। त्यसयता उनको खोजी भइरहेको छ। हामीले उनको घरबाहिरै बसेर लामो कुराकानी गरेका थियौं। हाम्रा निम्ति उनका धारणा अगम्य जस्ता थिए । फेरि उनीसँग बसेर उनलाई सुन्ने हाम्रो अग्रिम वाचाबन्धन पनि थियो। तर, त्यो कहिल्यै पूरा भएन। प्रस्तुत अन्तर्वार्ता सामान्य भाषिक सम्पादनसहित जनआस्था साप्ताहिकबाट साभार गरिएको हो। -गुणराज लुइँटेल नेपालमा अहिले ‘नाक चुच्चे’ र ‘नाक थेप्चे’ अर्थात् ‘आर्य’ र ‘अनार्य’ भन्नेजस्ता साम्प्रदायिक चिन्तन हावी हुन थालेको छ । यसको कारण के होला? अहिले मानिसहरूले जातीय कुरा गर्नु अति स्वाभाविक हो। नेपालका दुई जाति खस र किराँतमध्ये खस बढी बसाई सरेको जाति हो। खस-आर्यहरू पशुपालन गर्ने घुमन्ते हुन्। उनीहरूले छिटो हिँड्ने जनावरहरू गाई, घोडा, भेडाबाख्रा, कुकुरजस्ता जनावरहरू लिएर हिँड्दा घाँसेमैदानमा धेरै चाँडो हिँडे। किराँत जातिहरू चाहिँ हाम्रो हिमालको पुछार, दक्षिण चीन, बर्मा, थाइल्यान्डजस्तो बढी पानी पर्ने, घनाजंगल भएको ठाउँमा बस्ने भएकाले उनीहरूको जीवनशैली छिटो नहिँडेर ढिलो भयो। त्यही भएर उनीहरूले भैंसी, सुंगुरजस्ता छिटो नहिँड्ने जनावर पाले। किराँत वर्गको पश्चिमतिर बढ्ने प्रवृत्ति ढिलो हुँदै गएको देखिन्छ। खस पूर्वतिर लाग्दा छिटो हिँड्ने हुनाले बाटामा भेटिएका सानातिना समूहलाई पेल्दै मिच्दै आफ्नो आधिपत्य कायम गर्दै अगाडि बढ्ने वर्ग पर्‍यो। किराँत भनेको ढिलो जाने भएकोले काठमाडौं आएर केही पश्चिमतिर गएको देखिन्छ। त्यसले गर्दा खस-आर्यहरूको दबदबा बढ्दै गएको हो। इतिहासमा को, कसरी अगाडि बढ्यो भन्ने कुरा नसिकाइएपछि, हाम्रा विद्यालयहरूमा यो कुरा नपढाइएपछि नाक चुच्चे-सेतो धोती लाउनेले पेलेर खायो भन्ने कुरा देखा परेको हो। तपाईंले भन्ने गरेको ‘बाहुनवाद’ कतिजनाले बुझे त? धेरै नै युवा बाहुनहरूले यो कुरा बुझ्न थालेकाले म अहिले असाध्यै खुसी छु। मैले ‘बाहुनवाद’ भनेपछि बाहुनलाई गाली गर्‍यो भन्ने अर्थ लगाए। अनि बाहुनलाई गाली गरेपछि हिन्दू धर्म पनि बच्दैन, हिन्दूहरू नबाँचे हामी बाँच्दैनौं भन्ने सोचाइ पुरानो वर्गमा रह्यो। तर त्यसो होइन, नेपाली भएर बाँच्नुपर्‍यो। नेपाली मान्छे भएपछि मन लागेको धर्म पछ्याउनोस्, मन लागेको दाल, तरकारी खानोस्, मन लागेका ठाँटको घर बनाउनोस्, मन लागेको पार्टनर छानेर विवाह गर्नोस् र मन लागेका कम्पनीको मोटरसाइकल चढ्नोस्, कसले के भनेको छ र? यथार्थमा ‘बाहुनवाद’ भनेको के हो? ब्राम्हणवाद भनेको यस्तो कुरा हो जसले निरन्तर भाग्यवादको प्रचार गरिरहन्छ। अहिले जे जति भएको छ अघिल्लो जन्मको कमाइले भएको हो, अहिले तिम्रो पौरखले केही गर्दैन। सबै कुरा ईश्वरले गरिसकेको छ भनेर जबसम्म भाग्यवादी सिद्धान्तलाई विश्वासमा लिन्छौं, हामी पौरखहीन हुन्छौं। पौरख नगर्ने हामी कहिले खुसी हौंला त? अर्काले कहिले दिन्छ र खाउँला भनेर सहायताको ठूलो थैलो लिएर संसारभरि घुम्ने चलन जुनसुकै सरकार आए पनि त्यो गरिरहेको छ, त्यो लाजमर्दो कुरो हो, पौरखशून्य नेपाली भएकाले त्यसो भएको हो। हामीलाई बाहुनहरूको भाग्यवादले पौरखशून्य बनायो। त्यसैले त्यसको नाम मैले ‘बाहुनवाद’ भनेको हुँ। ‘बाहुनवाद’ नफालेसम्म देशले पौरख गर्दैन। पौरख गर्ने जनता नहुँञ्जेल देशले उन्नति गर्दैन। तपाईं त संस्कृत राम्रोसँग बुझ्ने र पढ्ने मान्छे हुनुहुन्छ। एमाले सरकारको पालामा रेडियोबाट संस्कृतमा समाचार आउँदा त निकै राम्रो लाग्यो होला? संस्कृतमा समाचार दिनुपर्ने बिल्कुलै आवश्यकता थिएन। गलत परम्परा तोड्ने मार्क्सवादी सरकार आएको बेलामा पनि संस्कृतको प्रतिरक्षा गर्ने काम भयो। केही अदूरदर्शी पण्डितहरूले संस्कृतलाई कतै न कतै झुन्ड्याइदिए बाहुन वर्गको कल्याण र हिन्दू धर्मको रक्षा हुन्छ कि भन्ने सोचाइ राखे र त्यो गलत सोचाइको कारण संस्कृतमा समाचार दिन थाले। संस्कृत भाषा आज विकास गर्न बाँकी भाषा होइन। कसैकसैले त्यसलाई ‘मृत: भाषा’ पनि भन्छन् किनभने संस्कृत भाषामा बोल्ने चलन कहीँ पनि छैन। यसभित्र अनन्त ग्रन्थ छन्, आवश्यकता ती ग्रन्थहरू पढ्नु र त्यसबाट शिक्षा लिनुमात्र हो। संस्कृत भाषाकै विकास गर्नु होइन। चेपाङ भाषामा खबर दिएको भए दुइटा चेपाङले त देशको कार्यक्रम बुझ्थे। अब यो संस्कृत समाचार दिएर कसलाई शिक्षित बनाउन खोजिएको हो? तपाईं ‘खस’ हरूलाई पनि जनजातिको दर्जा दिन थाल्नुभएको छ। यसको कारण चाहिँ के हो? खस जाति शोषित, गरिब र उपेक्षित कुनै पनि वर्ग नेपालमा छैन। खस सबैभन्दा ठूलो समूह भएको जनजाति हो। आजको नेपाली भाषा (खस कुरा) धेरै भाषाको सम्मिश्रणले आदिकालको ‘खस’ कुरासँग मिल्दैन। त्यसकारण आफ्नै भाषा भएको, आफ्नै भौगोलिक क्षेत्र भएको, आफ्नै चालचलन भएको, देवीदेवता कुनै पनि पूजा नगर्ने, बाहुन पुरोहित हुँदै नभएको ‘खस’ लाई जनजाति नभने कसलाई भन्ने? अहिले मैले जुम्लामा बसेर गरिरहेको काममध्ये एउटा खसहरूलाई जनजाति हौ भनेर चिनाउनु पनि हो। अहिले पूर्वतिर धमाधम जनै लगाएर किराँतीलाई बाहुन बनाउने काम डा. प्रपन्नाचार्य र पं. छविलाल पोख्रेलजस्ता विद्वानहरूले गरिरहनुभएको छ। जनजातिलाई कसरी भविष्यमुखी बनाउने भन्ने आजको समस्या हो। तर मान्छेहरू दुई सयको जनै लगाउन हुरुरु कुँदेका छन्। आज त यो स्थिति छ भने आजभन्दा ६ सय वर्षअघिका बाहुनहरूलाई कस्तो भयो होला? पहिले विशाल साम्राज्यका शक्तिशाली खसहरूलाई तिमी ठकुरी हौं भन्दै जनै लगाइदिँदा तिनै खस बडा सम्मानित भए। पछि बाँकी खसलाई शुद्र हौं भनिरहे। जनै लाउनेले आफ्नै खस दाजुभाइलाई तल्लो जातको ठान्न थाल्यो। पुर्खाले ठगेको त्यही कुरालाई सच्याउन नै म त्यहाँ गएको हुँ। तपाईं आफ्नो पुस्तक ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ को प्रयोग गर्नै भनेर जुम्लाको चौधबीसमा काम गरिरहनुभएको छ। अहिले प्रयोग कति सार्थक हुँदैछ? बाहुनहरूले कहिल्यै परिस्कृत कुरा गरेनन्। सधैं मलाई दान देऊ, तिमी बैकुण्ठ जान्छौ भन्ने मिथ्या प्रचार गरिरहे। बैकुण्ठ छ भन्ने विश्वास भएको भए ती बाहुनहरू आफैं जान्थें। भाग्यवादले गर्दा हामी पौरखशून्य भयौं। बाहुनवादले मानिसको प्रतिभालाई कुण्ठित बनाइदियो। त्यो कुण्ठित पारिएको वर्गमा खसभन्दा बढी कसैलाई नोक्सान भएन। त्यसकारण खसहरूलाई उठ्न असाध्यै गाह्रो पर्‍यो। ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ लेखिसकेपछि पूर्वतिर जाउँ कि भन्ने सोचें। तर पूर्वतिर एउटा सकसकी आइसकेको छ, किराँत वर्गमा। त्यसैले म खसान क्षेत्रतिर गएँ। योगी नरहरिनाथ पनि खस हुन्। उनी आफू बाहुन भएर हिँड्छन्। तर मैले खसको जुन कुरा गरेको छु उनले त्यो कुरा गरेका छैनन्। योगी नरहरिनाथमा पनि हिन्दू धर्मको वर्णाश्रम व्यवस्थालाई हेर्ने कमजोरी छ। खसमा किन अवन्नति आयो भन्ने कुरालाई योगीले राजनीतिक ढंगले मात्र हेरेका छन्, ऐतिहासिक ढंगले हेरेका छैनन् । तर मैले सामाजिक, आर्थिक, सांस्कृतिक ढंगले किन खसलाई लात्ती हानियो भनेर हेरेको छु। जबसम्म खसभित्र हामी पनि उठ्नुपर्छ भन्ने चेतना हुन्न, त्यतिन्जेल नेपाल ज्यान गए पनि बन्ने छैन । बरु नेपाललाई जनजातिको राजनीतिले जर्जर बनाइरहनेछ। मेरो उद्देश्य साम्प्रदायिक होइन । खसहरूलाई जनजाति बनाउनु हो। अहिले नेपालमा ‘गाईखाने’ कुराको विवाद निकै चर्केको छ। यो विवाद तपाईंलाई कस्तो लाग्यो? यो कुनै मुद्दा होइन। पद्मरत्न तुलाधरले पहिले बोल्दा र पछि माफी माग्दा दुवैपटक राजनीतिक बोली बोलेका हुन्। यथार्थ कुरा के हो भने नेपाल आदिकालदेखि गाईखाने देश पनि हो। अहिलेसम्म पनि हामीले गाई खाइरहेको देखिरहेका छौं, खान्छन्। नेपालभित्र गाई काटेर खाने परम्परा नभएको होइन। नेपाल हिन्दू-अधिराज्य बन्यो र कानुनका हिसाबले गाई काट्नु हुन्न, काटे सजाय हुने भन्ने कानुन बनेपछि त्यो कामले अन्डरग्राउन्ड हुनुपर्‍यो। राणाशासनमा राजनीतिले अन्डरग्राउन्ड जानुपर्थ्यो, पञ्चायती व्यवस्थामा दलीय कुरामा विश्वास गर्नेले अन्डरग्राउन्ड जानुपरेजस्तो गाई काटेर खानेकुरा अन्डरग्राउन्ड भएको थियो। यथार्थमा मूल कारण गाई होइन, गाईखाने कुरा पनि अहिले यही मौकामा भन्यो भनेर साम्प्रदायिक हिसाबले पद्मरत्नलाई लेखट्ने एउटा वर्ग निस्कियो। यही मौकामा हामीले पनि कति लुकेर खानु भनेर उनीहरू पनि बढ्ता उपद्रो गर्न थालेका छन्। स्याङ्जा, दोलखामा गाई खाएका कुरा आएका छन्, त्यो पद्मरत्नको भाषण सुनेर होइन, गाई खाइरहेकै मानिसले खाएका हुन्। यो झगडा गर्ने एउटा निहुँमात्र हो, यो नभए अर्को निहुँ निस्कन्छ। योगी नरहरिनाथले गाई काट्ने कुरालाई बहुतै उचाल्नुभएको छ। तपाईं योगीजीको गतिविधिलाई कुन रूपमा हेर्नुहुन्छ? म भए त्यसरी उचाल्ने थिइनँ। जेसुकै कुरालाई पनि बढी उचाल्नुको अर्थ हो- बढी दंगा मच्चाउनु। दंगा भोलि हिंस्रक पनि हुन सक्छ। व्यक्तिले दीर्घकालीन कुरा गर्नुपर्छ। एकै छिनलाई पनि नहुने कुरा गर्न हुँदैन। तपाईं बाहुन युवाहरूलाई के सल्लाह दिनुहुन्छ? पुरोहितका छोराहरूलाई भन्ने गरेको छु- तिमीहरूको पुरानो पुस्ता बदलिन सक्दैन। त्यसैले सिदा बटुलेर खानुभन्दा पौरख गरेर खान सिक। पुराण भनेर र फटाहा कुरा गरेर ‘दान देऊ, तिमी भुर्रर उडेर स्वर्ग जान्छौं’ भन्नुभन्दा उत्पादनशील काममा लाग्नुपर्छ। नेपालका शाह राजाहरूलाई मगरका सन्तान भन्दै आउनुभएको छ। यसलाई प्रमाणित गर्ने कुरा के हुन्? नेपालका एकीकरण गर्ने राजा क्षेत्रीय नै हुनुपर्छ भन्ने व्याख्या पढाइ नभएका बाहुनहरूले गरे। राजालाई राज्य जोगाउनुछ, जे नाउँ राखे पनि पुगिहाल्यो। म विकासको इतिहास हेर्छु राजसत्ता र सत्ता परिवर्तनको इतिहाससँग मलाई चासो छैन। हाम्रो राजाका पुर्खामा मिचा, खान्चा भन्ने थिए। नाम देख्नेबित्तिकै यहाँ मुस्लिम भने। तर मगर भाषामा ‘मिचा’ ‘खान्चा’ को अर्थ ‘जेठा’, ‘कान्छा’ हो। पछि मुस्लिम प्रभाव परेपछि सिंह, खाँ, आदि राखे। चितौनगढबाट भागेर आएका हुन् भनेर हिन्दुस्थानका राजपुतले किन आफ्नो छोरालाई जेठा (मिन्चा), कान्छा (खन्चा) भन्नुपर्थ्यो? पृथ्वीनारायण शाहका मावली दिग्वन्धन सेन मगर हुन्। उनकी आमा पनि मगर हुन्। नेपालमा तीन देवीका मन्दिर छन्- पाल्पाको लसर्गादेवी, गोरखाको गोरखकाली र मनकामना। त्यहाँका पुजारी मगरमात्र छन्, अरूले प्रवेश गर्न पाउँदैनन्। त्यहाँ अझ पाल्पाको लसगीदेवीमा सुँगुर काट्नुपर्छ र जाँडरक्सी पनि जान्छ। अहिले सुँगुरको साटो बनेल जान्छ। यहाँ आएर राजा भएको भनेर लंगडो तर्क दिइएका छन्। राजपाठ छोडेर भागेर आएको कुनै व्यक्तिलाई आउनासाथ यहाँ कसले ‘ओ हो ! तँ आइछस्, राजा हो’ भन्छ ? न त यहाँ आएर नेपालको राजालाई परास्त गरेको छ। यसकारण नै मैले अहिलेका राजाका पुर्खा मगर हुन् भनेको हुँ। मैले कुनै नयाँ कुरा गरेको होइन।

Monday, November 25, 2013

काठमाडौ, मंसिर १० - संविधानसभाको दोस्रो निर्वाचनको परिणामले प्रमुख दलहरूबीचको शक्ति सन्तुलनमा व्यापक फेरबदल भएको छ । अघिल्लो संविधानसभामा अप्रत्यासित पराजय बेहोरेर खुम्चिएका कांग्रेस-एमाले फेरि ठूला शक्तिका रूपमा उदाएका छन् । त्यसमा शक्तिशाली रूपमा स्थापित एमाओवादी र मधेसी दलहरूको आकार भने निकै खुम्चिएको छ । प्रमुख चार शक्ति मानिँदै आएका दलहरूको संरचनामा ठूलो फेरबदल आएको छ । प्रत्यक्षतर्फ २ सय ३९ क्षेत्रको मतपरिणाम घोषणा भइसक्दा कांग्रेस सबैभन्दा ठूलो शक्ति बनेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार अघिल्लो चुनावमा प्रत्यक्षतर्फ ३७ सिटमा चित्त बुझाएको कांग्रेसले आइतबारसम्म १ सय ५ सिटमा विजय हासिल गरेको छ । एमालेले ३३ बाट आफ्नो आकार बढाएर प्रत्यक्षमा ९१ सिट पुर्‍याएको छ । एमाओवादी र मधेसी दलहरूको आकार भने प्रत्यक्षमा निकै खुम्चिएको छ । अघिल्लो चुनावमा प्रत्यक्षतर्फ कांग्रेस र एमाले दुवैको कुल संख्याभन्दा दोब्बर सिट जितेको एमाओवादीले यस पटक २५ सिटमा चित्त बुझाउनुपरेको छ । एमाओवादीले यसअघि १ सय २० सिट जितेको थियो । तत्कालीन जनमोर्चासँगको पार्टी एकतापछि उसको प्रत्यक्षतर्फ १ सय २२ सिट थियो । अघिल्लो चुनावमा निकै फराकिलो अन्तरमा जितेको एमाओवादीले यसपालि कांग्रेस र एमालेसँग त्यस्तै अन्तरमा पराजय बेहोर्‍यो । यो चुनावले एमाओवादी मात्र होइन, अघिल्लो चुनावमा स्थापित भएका मधेसी दलहरूलाई पनि झट्का लगाइदियो । तीनवटा मधेसी दलले यसअघिको चुनावमा कुल ४३ सिट जितेका थिए । तर यसपालि मधेसी दलहरूले प्रत्यक्षतर्फ १० सिटमा मात्र विजय प्राप्त गरेका छन् । मधेस आन्दोलनबाट स्थापित दल मधेसी जनअधिकार फोरमले गत चुनावमा ३० सिट जितेको थियो भने यस पटक २ वटामा चित्त बुझाउनुपरेको छ । फोरमबाटै फुटेको फोरम लोकतान्त्रिकले ४ सिट जितेको छ । नौ सिट जितेको तराई मधेस लोकतान्त्रिक पार्टी -तमलोपा) ले यस पटक ४ सिट जितेको छ । तमलोपाबाट फुटेर बनेको तराई मधेस सद्भावना पार्टीले एक सिट प्राप्त गरेको छ । अघिल्लो चुनावमा ४ सिट जितेको सद्भावना प्रत्यक्षमा एक सिटमा खुम्चिएको छ । यसपालि प्रत्यक्ष सिट जित्नेमा दुई जना स्वतन्त्रसहित ११ दलको प्रतिनिधित्व हुने भएको छ । कांग्रेसले १ सय ५, एमालेले ९१, एमाओवादीले २५, फोरम लोकतान्त्रिकले ४, तमलोपाले ४, राप्रपाले ३, फोरम नेपालले २, सद्भावना, तराई मधेस सद्भावना पार्टी र नेमकिपाले एक/एक सिट जितेका छन् । यसअघिको संविधानसभामा प्रत्यक्ष सिट जित्नेमा दुई स्वतन्त्रसहित नौ दल थिए । अघिल्लो चुनावमा एक सिट पनि नजितेको राप्रपाले यस पटक प्रत्यक्षमा तीन सिट ल्याएको छ । यसअघि एक सिट जितेको राष्ट्रिय जनमोर्चा शून्यमा झर्‍यो । यसपालि प्रत्यक्षतर्फ १ सय २१ दल चुनावी प्रतिस्पर्धामा थिए भने यसअघि ५४ दल मात्र भाग लिएका थिए । सबैभन्दा बढी सिट जित्ने एमाओवादीले नै धेरै ठाउँमा पराजय बेहोरेको छ । तराई केन्दि्रत दलहरूको हविगत पनि एमाओवादीकै जस्तो भयो । दुवै दलको कमजोरीको फाइदा उठाउँदै कांग्रेस र एमालेले २०६४ सालमा गुमेको साख फिर्ता गरे । अधिकांश स्थानमा एमाओवादी र मधेसी दलका उम्मेदवारहरू तेस्रो स्थानमा पुगेका छन् । धेरै स्थानमा कांग्रेस र एमालेबीच नै बढी प्रतिस्पर्धी देखिए । दल २०७० २०६४ काग्र्रेस १०५ ३७ एमाले ९१ ३३ एमाओवादी २6 १२० फोरम २ ३० तमलोपा ४ ९ फोरम लो. ४ - राप्रपा ३ ० सद्भावना १ ४ तमसपा १ - नेमकिपा १ २ राजमो ० १ जनमोर्चा - २ स्वतन्त्र २ २ जम्मा २३९ २४०

अन्तिम मत परिणाम 2070/08/4

Monday, November 25 , 2013 | सोमवार, मंसिर १०, २०७० | ११:२५:५५ Raajneeti - Setopati:: Nepal Ko Digital Patrika YouTube काठमाडौं °C °C निकटतम् प्रतिद्धन्द्धी मेची नाम पार्टी मत नाम पार्टी मत १ ताप्लेजुङ भुपेन्द्र थेवे एमाले ७४३४ लिलादेवी बोखिम कांग्रेस ७२९५ २ ताप्लेजुङ डम्बरध्वज म्बाहाम्फे एमाले ७०३४ प्रतापप्रसाद ह‌ंगम कांग्रेस ५०७४ १ पाँचथर गणेश काम्बाङ एमाले १३०८३ नरेन्द्र केरुङ कांग्रेस ११५१८ २ पाँचथर भीस्म आङ्देम्वे नेपाली कांग्रेस ११८३९ डम्बरसिंह सम्बाहाम्फे एमाले ९१७९ १ ईलाम झलनाथ खनाल एमाले १७३४३ हिमालय कर्मचार्य कांग्रेस १५५२७ २ ईलाम सुवास नेम्बाङ एमाले १४९०३ भेषराज आचार्य कांग्रेस १२८२८ ३ ईलाम केशव थापा कांग्रेस १५८६८ टेकबहादुर राई एमाले १३७०७ १ झापा रवीन कोइराला नेकपा एमाले १७२२९ विश्वप्रकाश शर्मा नेपाली कांग्रेस १६५४० २ झापा सुधीर सिवाकोटी नेपाली कांग्रेस १३५५४ पवित्रा निरौला खनाल एमाले १२७२५ ३ झापा कृष्णप्रसाद सिटौला नेपाली कांग्रेस १४३५५ राजेन्द्र लिङ्देन राप्रपा नेपाल ९२५३ ४ झापा प्रेम गिरी एमाले २२१५९ उद्धव थापाले कांग्रेस २०१७७ ५ झापा किशोर कुमार बुढाथोकी कांग्रेस १६५८७ लालप्रसाद साँवा एमाले १३३४७ ६ झापा दिपक कार्की एमाले ११३२६ रामकुमारी पौडेल कांग्रेस ८२७१ ७ झापा केपी ओली एमाले १९२८६ सुरेसकुमार सुब्बा कांग्रेस ११०३९ कोशी १ मोरङ ऋषिकेश पोखरेल एमाले १४००० आमोदप्रसाद उपाध्याय कांग्रेस १०९४० २ मोरङ चण्डीप्रसाद राई नेकपा एमाले १४५१६ शेखर थापा कांग्रेस १११४४ ३ मोरङ दिलिप गच्छदार नेपाली कांग्रेस १२९८५ गुरु बराल एमाले १२६७४ ४ मोरङ शिवकुमार मण्डल एमाओवादी ९३६० ज्ञानेन्द्र मण्डल नेपाली कांग्रेस ९३५२ ५ मोरङ अमृत अर्याल कांग्रेस ८८४४ उपेन्द्र यादव फोरम ७९५२ ६ मोरङ महेश आचार्य कांग्रेस १२५५२ भक्ति माझी फोरम लोकतान्त्रिक ७५६८ ७ मोरङ शेखर कोईराला कांग्रेस १२९८२ विजय गच्छेदार फोरम लोकतान्त्रिक १०५६४ ८ मोरङ चन्द्र गुरुङ नेकपा एमाले १७४०१ रमेशजंग रायामाझी कांग्रेस ९४१७ ९ मोरङ डिकबहादुर लिम्बु कांग्रेस १५२०२ घनश्याम खतिवडा एमाले १२९८९ १ सुनसरी कृष्णकुमार राई एमाले १४३८४ चन्द्र श्रेष्ठ का‌ग्रेस १२१३७ २ सुनसरी रेवतीरमण भण्डारी एमाले १८४७४ बद्रीनारायण चौधरी कांग्रेस ११४४३ ३ सुनसरी विजयकुमार गच्छदार फोरम लोकतान्त्रिक १७५२४ भगवती चौधरीको एमाले १७१६२ ४ सुनसरी सिताराम मेहता कांग्रेस १५२०८ खेमराज पोखरेल एमाले १०६५३ ५ सुनसरी उपेन्द्र यादव फोरम ७२३४ गफार अन्सारी फोरम लोकतान्त्रिक ६८८१ ६ सुनसरी भीम आचार्य नेकपा एमाले १४१०१ रामबहादुर बस्नेत नेपाली कांग्रस ११८१४ १ धनकुटा टिकाराम चेम्जोङ नेकपा एमाले १०९५३ आनन्द सन्तोसी राई नेपाली कांग्रेस ७४४८ २ धनकुटा सुनिल थापा राप्रपा १००९३ राजेन्द्र राई नेकपा एमाले ९६३६ १ तेर्‍हथुम भवानी प्रसाद खापुङ् एमाले १५१११ तुलसी सुब्बा कांग्रेस १३१०८ १ संखुवासभा तारामान गुरुङ कांग्रेस ९४१५ हेमराज घिमिरे एमाले ८९४६ २ संखुवासभा दिपक खड्का कांग्रेस ११५५२ राजेन्द्रप्रसाद गौतम एमाले १०९७३ १ भोजपुर कृपासुर शेर्पा एमाले ११४५० धर्मराज राई कांग्रेस ८९७० २ भोजपुर शेरधन राई एमाले ११९२७ सुदन राई एमाओवादी ७४४४ सगरमाथा १ सोलुखम्बु बलबहादुर केसी कांग्रेस ११४६४ अन्नीमा लामा एमाले १०१०४ १ ओखलढुंगा यज्ञराज सुनुवार एमाले १२९४३ बालकृष्ण दहाल कांग्रेस ९९४२ २ ओखलढुंगा रामहरि खतिवडा कांग्रेस १३९०४ नानीबाबु बुढाथोकी एमाले ८५१० १ खोटाङ पिके राई एमाले १०८४२ नरेशकुमार श्रेष्ठ कांग्रेस ९८४१ २ खोटाङ विशाल भट्टराई एमाले १४०३७ बिस्नु कुमार राई कांग्रेस ९१२२ १ उदयपुर नारायण खड्का कांग्रेस १५३८१ मनिराज उपाध्याय एमाले ७२५८ २ उदयपुर मञ्जु चौधरी एमाले ७५३४ प्रमिला राई कांग्रेस ७५११ ३ उदयपुर नारायणबहादुर कार्की कांग्रेस १२५५० जगन्नाथ खतिवडा एमाले ९४२२ १ सप्तरी मानपुर चौधरी एमाओवादी ९६४२ सुमन प्याकुरेल एमाले ८९४२ २ सप्तरी ३ सप्तरी उमेश कुमार चौधरी एमाओवादी ८७४७ शैलेन्द्र प्रसाद साह फोरम ६४८७ ४ सप्तरी ताराकान्त थारु एमाले ८२१७ दिनेशकुमार यादव कांग्रेस ६९८४ ५ सप्तरी तेजुलाल चौधरी कांग्रेस ७९५९ गोविन्द न्यौपाने एमाले ७६६३ ६ सप्तरी सुरेन्द्र प्रसाद यादव कांग्रेस ५८८३ मृगेन्द्र यादव फोरम लोकतान्त्रिक ५६२३ १ सिराहा पद्म नारायण चौधरी कांग्रेस १२१८३ मुनि साह एमाओवादी ८२७७ २ सिराहा रामचन्द्र यादव एमाले ९८१८ राजलाल यादव फोरम ५५८१ ३ सिराहा सिता देवी यादव कांग्रेस १११५१ प्रमोद यादव एमाले ७९६४ ४ सिराहा रामचन्द्र यादव कांग्रेस ८८०५ रामअवतार यादव एमाले ८०४९ ५ सिराहा पुष्पकमल दहाल एमाओवादी १५२४४ लिलानाथ श्रेष्ठ एमाले १४३२३ ६ सिराहा गणेशकुमार मण्डल कांग्रेस ६३२२ अमरनाथ यादव एमाओवादी ५५११ जनकपुर १ धनुषा दिनेश पार्सैला कांग्रेस ८८२६ श्रवण यादव स्वतन्त्र ७९४९ २ धनुषा राम कृष्ण यादव कांग्रेस ९३७८ रामचन्द्र मण्डल एमाओवादी ७१४४ ३ धनुषा विमलेन्द्र निधि कांग्रेस १५०३१ जुली कुमारी महतो एमाले १३५३९ ४ धनुषा सञ्जय साह सद्भावना १२६६६ रामसरोज यादव कांग्रेस ११६२६ ५ धनुषा चन्द्रमोहन यादव कांग्रेस ११७०५ रघुवीर महासेठ एमाले १००२३ ६ धनुषा प्रेम किशोर साह कांग्रेस ७७२५ योगनारायण यादव एमाले ७३५६ ७ धनुषा शत्रुधन महतो एमाले ८८२७ बशलाल महतो कांग्रेस ८४९२ १ महोत्तरी गिरीराजमणी पोखरेल एमाओवादी १०८९५ चिरिञ्जबी हमाल कांग्रेस ८९११ २ महोत्तरी किरण यादव कांग्रेस ७३५७ जयनुल राईन राष्ट्रीय मधेस समाजवादी ५५२१ ३ महोत्तरी रामदयाल मण्डल एमाले ७८४९ रामचन्द्र तिवारी कांग्रेस ४८०६ ४ महोत्तरी चन्द्रेश्वर झा स्वतन्त्र ३०६२ सुरीता कुमारी साह सद्भावना पार्टी २९२७ ५ महोत्तरी दिपनारायण साह एमाले ७२७६ महेन्द्र राय कांग्रेस ६९४३ ६ महोत्तरी सिताराम भण्डारी कांग्रेस ९४८० भरत प्रसाद साह एमाओवादी ७१६२ १ सर्लाही शम्भु श्रेष्ठ एमाओवादी ९४७६ झलनाथ खनाल एमाले ८७९१ २ सर्लाही रामचन्द्र चौधरी कांग्रेस ६७०४ सुरेन्द्र कुमार लामा एमाले ६३५९ ३ सर्लाही हरि प्रसाद उप्रेती एमाले १२८०८ भरतकुमार थापा एमाओवादी ९१०१ ४ सर्लाही महेन्द्र राय यादव तराई मधेस सद्भावना पार्टी ११५३४ राजेन्द्र महतो सद्भावना पार्टी ८७९० ५ सर्लाही ज‌ंगीलाल राय तपलोपा ९७६७ प्रमोद साह सद्भावना ७७२३ ६ सर्लाही अम्रेशकुमार सिंह कांग्रेस १७४०० शिभपुजन राय तराई मधेस सद्भावना पार्टी १०३६५ १ सिन्धुली गणेश पहाडी नेकपा एमाले १०९०१ लेखनाथ दाहाल एमाओवादी ८९२६ २ सिन्धुली मोहन बराल नेपाली कांग्रेस १३०९४ गंगानारायण श्रेष्ठ एमाओवादी १२३०० ३ सिन्धुली हरिबोल गजुरेल एमाओवादी १२७७० खड्गबहादुर वाइवा नेपाली कांग्रेस ९०७० १ रामेछाप अन्तबा शेर्पा कांग्रेस १३६१५ लक्ष्मी गुरुङ एमाओवादी ९९०२ २ रामेछाप श्याम कुमार श्रेष्ठ एमाओवादी ९८९८ रामचन्द्र खड्का त् कांग्रेस ९४४४ १ दोलखा पार्वत गुरुङ एमाले १६२८१ जीप छिरिङ लामा कांग्रेस १२२९८ २ दोलखा आनन्द प्रसाद पोखरेल एमाले १४७०२ ताराबहादुर कोइराला कांग्रेस १०६६३ बाग्मती १ सिन्धुपाल्चोक मोहनबहादुर बस्नेत कांग्रेस १३८६९ अरुण नेपाल एमाले १३३३९ २ सिन्धुपाल्चोक अग्नी सापकोटा एमाओवादी १२८०८ सुवास कर्माचार्य एमाले १२१५८ ३ सिन्धुपाल्चोक शेरबहादुर तामाङ एमाले १४५२६ पशुपति राणा राप्रपा १२०९० १ काभ्रेपलाञ्चोक तीर्थ लामा कांग्रेस १२२७० सुर्यमान दोङ एमाओवादी ९७६३ २ काभ्रेपलाञ्चोक रामहरि सुवेदी एमाले १३५१० शिभ हुमागाईँ कांग्रेस ११०४० ३ काभ्रेपलाञ्चोक कञ्चनचन्द्र बादे कांग्रेस १९३९१ गोकुल प्रसाद बाँस्कोटा एमाले १६७६१ ४ काभ्रेपलाञ्चोक विधुर सापकोटा एमाले १६७५४ कुमार लामिछाने कांग्रेस ११७८९ १ ललितपुर उदय शमशेर राणा कांग्रेस १८५६० मधुसुधन पौडेल एमाले १०६८२ २ ललितपुर चन्द्र महर्जन कांग्रेस २३२३१ सरोज ढुंगेल एमाओवादी १२०५६ ३ ललितपुर मदन अमात्य कांग्रेस २३५६६ रघुजी पन्त एमाले १२३०८ १ भक्तपुर नारायणमान बिजुक्छे नेमकिपा २०४४६ कृष्णलाल भडेँल कांग्रेस १२८२६ २ भक्तपुर रामेश्वर ढुङ्गेल कांग्रेस १९४८१ सुनिल प्रजापति नेमकिपा १६४९८ १ काठमाडौं प्रकाशमान सिंह नेपाली कांग्रेस १५१३८ रेणु दहाल एमाओवादी ४०६३ २ काठमाडौं माधवकुमार नेपाल नेकपा एमाले २१७४८ प्रतिमा गौतम कांग्रेस १२४६९ ३ काठमाडौं रामेश्वर फुयाँल नेपाल एमाले १३१०४ चक्र ठकुरी कांग्रेस १२२४३ ४ काठमाडौं गगन थापा नेपाली कांग्रेस २२३३६ निर्मल गुरुङ नेकपा एमाले ९०२८ ५ काठमाडौं नरहरि आचार्य नेपाली कांग्रेस १५३६३ ईश्वर पोखरेल नेकपा एमाले १४७२३ ६ काठमाडौं भिमसेनदास प्रधान नेपाली कांग्रेस १४१५१ योगेश भट्टराई नेकपा एमाले १२८७४ ७ काठमाडौं रामवीर मानन्धर नेकपा एमाले १३२८९ प्रमिलासिंह डंगोल कांग्रेस ६८५८ ८ काठमाडौं नविन्द्रराज जोसी नेपाली कांग्रेस १३७७४ जीवनराम श्रेष्ठ नेकपा एमाले ६३६७ ९ काठमाडौं ध्यानगोविन्द र‌ंजित नेपाली कांग्रेस १४४८३ कृष्णगोपाल श्रेष्ठ नेकपा एमाले १३१०० १० काठमाडौं राजन केसी नेपाली कांग्रेस २०३९२ सुरेन्द्र मानन्धर नेकपा एमाले १ नुवाकोट अर्जुन नरसिंह केसी कांग्रेस १७३४६ विमला सुवेदी एमाओवादी ९१८५ २ नुवाकोट रामशरण महत कांग्रेस १८८३१ हीतबहादुर तामाङ एमाओवादी १५२३३ ३ नुवाकोट बहादुरसिंह लामा कांग्रेस १७४०४ नारायण खतिवडा एमाले ९२७४ १ रसुवा जनार्दन नेपाल नेकपा एमाले ६६२८ प्रेमबहादुर तामाङ एमाओवादी ६१९२ १ धादिङ धन बहादुर घले नेकपा एमाले ८६३३ तिलक रुवाली नेपाली कांग्रेस ७६५६ २ धादिङ गुरुप्रसाद बुर्लाकोटी नेकपा एमाले २०२३६ रामनाथ अधिकारी कांग्रेस १८१३६ ३ धादिङ राजेन्द्र प्रसाद पाण्डे नेकपा एमाले २२१८३ शालिकराम जम्मकट्टेल एमाओवादी १५६६६ नारायणी १ मकवानपुर इन्द्र बहादुर बानियाँ नेपाली कांग्रेस ११८८८ अणराज जर्गामगर एमाले ९५२२ २ मकवानपुर सुवासचन्द्र शाह ठकुरी नेकपा एमाले ११७११ नारायणकाजी श्रेष्ठ एमाओवादी १०७३० ३ मकवानपुर अनन्त प्रसाद पौडेल नेकपा एमाले १४२६८ दिपक सिंह राप्रपा ११४६१ ४ मकवानपुर राजराम स्याङ्ताङ नेकपा एमाले १०९०४ सोनाम सिं स्याङतान एमाओवादी ७७८८ १ रौतहट माधवकुमार नेपाल नेकपा एमाले ८३६१ अजयकुमार गुप्ता फोरम लोकतान्त्रिक ८०२३ २ रौतहट मो.मुस्ताफ आलम फोरम लोकतान्त्रिक १३४५० मो.अफ्ताफ आलम कांग्रेस १०४०५ ३ रौतहट प्रभु साह एमाओवादी १३००९ रामकिशोर यादव फोरम नेपाल १०२०१ ४ रौतहट सत्यनारायण भगत विन एमाओवादी १०००८ सरलाकुमारी यादव एमाले ९८१२ ५ रौतहट जितेन्द्र यादव कांग्रेस ११२६१ बाशुदेव चौधरी एमाले ८०९१ ६ रौतहट रामकुमार भट्टराई एमाले १४३५८ देवप्रकास तिमिल्सीना कांग्रेस १३८५४ १ बारा राम आयोध्य यादव कांग्रेस ८३३७ रामकिशोर यादव फोरम गणतान्त्रिक ६९७८ २ बारा रामचन्द्र यादव कांग्रेस ८८६७ बच्चा यादव फोरम गणतान्त्रिक ४५०५ ३ बारा फर मूलाह मनसूर कांग्रेस १०४५६ बिनोद साह एमाले ९७२५ ४ बारा नजमा खातुन एमाले १२३६१ सुनिलकुमार गुप्ता कांग्रेस ७३९३ ५ बारा बलविर चौधरी एमाले १५८०० उमाकान्त चौधरी कांग्रेस १०६७१ ६ बारा पुरुषोत्तम पौडेल एमाले १६५११ शम्भूबहादुर बुढाथोकी का‌ग्रेस १२१७९ १ पर्सा राजेन्द्र बहादुर अमात्य कांग्रेस १२४६३ कमल श्रीवास्तव तमलोपा ९३९३ २ पर्सा विचारी यादव एमाले ८७१४ प्रदीप यादव मधेसी जनअधिकार फोरम ६७११ ३ पर्सा राजकुमार गुप्ता एमाले १६१९२ अजय चौरासिया कांग्रेस १२२५६ ४ पर्सा सुरेन्द्र प्रसाद चौधरी कांग्रेस १२९६३ राजकुमार यादव संघीय समाजवादी पार्टी ७१४२ ५ पर्सा जयप्रकाश थारु एमाले १०४५० रमेश रिजाल कांग्रेस ९३०६ १ चितवन सुरेन्द्र पाण्डे एमाले १८७९९ राजेन्द्र बुर्लाकोटी कांग्रेस १३७२१ २ चितवन शेषनाथ अधिकारी कांग्रेस १७८१० कृष्णप्रसाद शर्मा एमाले १६८११ ३ चितवन कृष्णभक्त पोखरेल एमाले १५६६६ भीमबहादुर श्रेष्ठ कांग्रेस १३२४१ ४ चितवन सुशिल कोईराला नेपाली कांग्रेस २०७६६ चित्रबहादुर श्रेष्ठ एमाओवादी १०७३९ ५ चितवन विक्रम पान्डे राप्रपा १०७७९ दानबहादुर तामाङ नेकपा एमाले ८४०४ गण्डकी १ गोरखा बाबुराम भट्टराई एमाओवादी २२८२४ किरणबहादुर श्रेष्ठ कांग्रेस ८९७१ २ गोरखा हितराज पान्डे एमाओवादी २०७६१ रबिकला शर्मा न्यौपाने कांग्रेस ७९२९ ३ गोरखा छमबहादुर गुरुङ एमाओवादी १४४४० हरिबहादुर घले कांग्रेस १०३४२ १ लमजुङ जमिन्द्रमान घले एमाले १११३६ टेकराज गुरुङ कांग्रेस १०४१५ २ लमजुङ चन्द्रबहादुर कुँवर कांग्रेस १४७६३ पृथ्वी सुब्बा गुरुङ एमाले १४०९० १ तनहूँ शंकर भण्डारी कांग्रेस १५७१३ रामबहादुर गुरुङ एमाले ११०१८ २ तनहूँ रामचन्द्र पौडेल नेपाली कांग्रेस १८१४९ कृष्णकुमार श्रेष्ठ एमाले ११७३९ ३ तनहूँ टुकराज सिग्देल एमाले १५९७४ जीतप्रकाश आले कांग्रेस १४३८५ १ स्याङ्जा राजु थापा कांग्रेस १६६९९ नारायण मरासिनी एमाले १५४११ २ स्याङ्जा कमल पंगेनी कांग्रेस १७७९१ कृष्ण कडेंल एमाले १६२६४ ३ स्याङ्जा मुक्ति प्रसाद पाठक एमाले १८७१७ मोहन प्रसाद पाण्डे कांग्रेस १५०२३ १ कास्की यज्ञबहादुर थापा नेपाली कांग्रेस १५८३२ मानबहादुर जिसी नेकपा एमाले १५५६० २ कास्की ३ कास्की रविन्द्र अधिकारी एमाले १३११० सोभियत बहादुर अधिकारी नेपाली कांग्रेस १०८०८ ४ कास्की सिता गिरी ओली एमाले १५४३८ महादेव गुरुङ नेपाली कांग्रेस १३१४७ १ मनाङ टेक बहादुर गुरुङ नेपाली कांग्रेस १५२७ त्रिपल गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टी ११९२ धवलागिरी १ मुस्ताङ रोमी गौचन कांग्रेस १४०२४ प्रेमप्रसाद तुलाचन स्वतन्त्र १४००४ १ म्याग्दी नवराज शर्मा एमाले १५९५५ खमबहादुर गर्बुजा मगर कांग्रेस १२५०९ १ पर्वत अर्जुनप्रसाद जोशी कांग्रेस १२८६७ गणेश तिमिल्सिना एमाले ११२२३ २ पर्वत विकास लम्साल एमाले १११४१ नवराज गुरुङ कांग्रेस ११११३ १ बाग्लुङ हरीबहादुर खड्का कांग्रेस १३५०० हीरा केसी एमाले ११९६३ २ बाग्लुङ प्रकाश पौडेल कांग्रेस १०२५३ राजेन्द्र ढु‌गाना राजमो ८०३१ ३ बाग्लुङ ज्ञानकुमारी छन्त्याल १ कांग्रेस १००८९ तुलसी अर्याल एमा‌ओवादी ८११२ लुम्बिनी १ गुल्मी कृष्णबहादुर छन्त्याल कांग्रेस १०६९२ मैना भण्डारी एमाले १०४३३ २ गुल्मी चन्द्र भण्डारी कांग्रेस २११८७ प्रदीप ज्ञवाली एमाले १८६१४ ३ गुल्मी गोकर्ण विष्ट एमाले १८४३२ त्रैलोक्यप्रताप सेन कांग्रेस १२२९४ १ पाल्पा राधाकृष्ण कँडेल एमाले १७८०४ सितादेवी पान्डे कांग्रेस ११९५८ २ पाल्पा सोमप्रसाद पाण्डे एमाले १३१९३ वीरबहादुर राना कांग्रेस १३०९८ ३ पाल्पा हरिप्रसाद नेपाल कांग्रेस १३१९० कुलप्रसाद नेपाल एमाले ११५०९ १ नवलपरासी शशांक कोइराला कांग्रेस १८२२८ दिपक अधिकारी क्षेत्री एमाले १२१२० २ नवलपरासी जीवन श्रेष्ठ एमाले १६२२१ महेन्द्रध्वज जिसी कांग्रेस १३३५८ ३ नवलपरासी कृष्ण प्रसाद पौडेल एमाले १४८०४ कृष्णचन्द्र नेपाली कांग्रेस १४४७८ ४ नवलपरासी बैजनाथ चौधरी एमाले १०७५० देवेन्द्र कडेल कांग्रेस ७५५० ५ नवलपरासी विक्रम खनाल कांग्रेस ९२०१ दिपेन्द्र अधिकारी एमाले ७४२३ ६ नवलपरासी देव करण कलवार कांग्रेस १४५८५ हृदष त्रिपाठी तमलोपा ९७३५ १ रुपन्देही अब्दुल रज्जाक कांग्रेस १४४०० छबिलाल विक एमाले १४११६ २ रुपन्देही दिपक बोहोरा राप्रपा ८९५२ रामकृष्ण ताम्राकार कांग्रेस ६२१० ३ रुपन्देही बालकृष्ण खाँड कांग्रेस १८७८९ घनश्याम भुसाल एमाले १८३९५ ४ रुपन्देही विष्णु पौडेल एमाले १९५७७ सुर्यप्रसाद प्रधान कांग्रेस १३७३२ ५ रुपन्देही भरत कुमार शाह कांग्रेस १४२७४ रामनाथ ढकाल कांग्रेस १३७६४ ६ रुपन्देही सर्वेन्द्रनाथ शुक्ला तमलोपा १४६९२ ओशोउदिन खान फोरम नेपाल ६२८६ ७ रुपन्देही कमलेश्वरी पुरी गोश्वामी तमलोपा ९२६३ फकिरुदिन खान मधेसी जनअधिकार फोरम ६०७९ १ कपिलवस्तु बलराम अधिकारी एमाले १६५४८ दिपकुमार उपाध्याय का‌ग्रेस १३५०० २ कपिलवस्तु अताहर कमाल स्वतन्त्र ४६७३ सहसराम यादव फोरम ३६९१ ३ कपिलवस्तु बृजेशकुमार गुप्ता तमलोपा ९२२३ सुधाकर पान्डे कांग्रेस ८९९० ४ कपिलवस्तु सुरेन्द्र आचार्य कांग्रेस ७९०१ नेत्रराज अधिकारी एमाले ६७९१ ५ कपिलवस्तु अभिशेकप्रताप साह मधेसी जनअधिकार फोरम ८८४८ मंगलप्रसाद गुप्ता तमलोपा ७३८६ १ अर्घाखाँची टोपबहादुर रायमाझी एमाओवादी १२२८६ दानबहादुर बिसी कांग्रेस ११२३४ २ अर्घाखाँची दुमन सिंह थापा क्षेत्री एमाले १६६५० पुष्पा भुसाल कांग्रेस १४०३६ राप्ती १ प्यूठान बामदेव गौतम एमाले १३९६२ कृष्णबहादुर खड्का राष्ट्रिय जनमोर्चा ८७२४ २ प्यूठान हिराबहादुर केसी एमाले १२७९८ बोमबहादुर खत्री राष्ट्रिय जनमोर्चा १०५९७ १ रोल्पा कृष्णबहादुर महारा एमाओवादी ११७०७ लेखनाथ आचार्य कांग्रेस ८४०९ २ रोल्पा ओनसरी घर्तीमगर एमाओवादी १४९६४ कुमार दसौंदी एमाले ९३७२ १ रुकुम गणेशमान पुन एमाओवादी ८५९८ कृष्णबहादुर रोकाया कांग्रेस ६१७३ २ रुकुम जनार्दन शर्मा एमाओवादी २२७५७ गोपलजीजंग शाह कांग्रेस ९९५७ १ सल्यान टेकबहादु बस्नेत एमओवादी १५०८९ गुलावजंग शाह एमाले ११८५२ २ सल्यान प्रकाश ज्वाला एमाले १४८२९ डिल्लीराज रेग्मी कांग्रेस १०१३८ १ दाङ पार्वती डिसी कांग्रेस ८७१९ रेवतीरमण शर्मा एमाले ७०७४ २ दाङ सुशीला चौधरी कांग्रेस १०४३३ होमबहादुर पुन एमाओवादी ८५५८ ३ दाङ राजु खनाल कांग्रेस १५०४८ लक्ष्मण आचार्य एमाले ७९४१ ४ दाङ बुद्धिराम भण्डारी कांग्रेस १४५०३ श‌ंकर पोखरेल एमाले ११८०६ ५ दाङ दिपक गिरी कांग्रेस १५३५८ उत्तरकुमार ओली एमाले १०९६३ भेरी १ बाँके अमर शर्मा एमाले १३९७२ नारायण सिग्देल कांग्रेस १२४२९ २ बाँके दिनेशचन्द्र यादव एमाले १२५८६ राजकुमार कुर्मी कांग्रेस ७९१६ ३ बाँके सुशिल कोईराला कांग्रेस १०७५३ धवल शम्शेर जवरा राप्रपा नेपाल ८८०९ ४ बाँके दलबहादुर सुनार एमाले १५१८० कृष्णमान श्रेष्ठ कांग्रेस १०८१४ १ बर्दिया बामदेव गौतम एमाले १८३४७ भवनकुमार थारु एमाओवादी ११६२८ २ बर्दिया सन्जयकुमार गौतम कांग्रेस ११६१८ पूर्ण शर्मा एमाले १०२४२ ३ बर्दिया सन्तकुमार थारु एमाओवादी १४३०५ मालती सोडारी कांग्रेस १०१८४ ४ बर्दिया मानबहादुर थारु एमाओवादी १४५७४ किशोरसिंह राठौर कांग्रेस १३७८९ १ सुर्खेत पूर्णबहादुर खड्का कांग्रेस १७३०१ कमला शर्मा एमाले १५३९८ २ सुर्खेत हृदयराम थानी कांग्रेस १७४१९ यमलाल कडेंल एमाले ९११८ ३ सुर्खेत तप्तबहादुर विष्ट कांग्रेस १४७५३ नवराज रावत एमाले ११९७७ १ दैलेख अमर बहादुर थापा एमाले १५६७० गणेश बहादुर खड्का कांग्रेस ११८९४ २ दैलेख लक्ष्मी प्रसाद पोखरेल एमाले १५६१९ हिमबहादुर शाही कांग्रेस १३९६ १ जाजरकोट शक्तिबहादुर बस्नेत एमाओवादी ८०७३ डम्मर बहादुर सिंह एमाले ७५५३ २ जाजरकोट राजीवविक्रम शाह कांग्रेस ९३५७ कृष्णबहादुर बुढा एमाले ९०७१ कर्णाली १ डोल्पा धनबहादुर बुढा एमाले ६९८७ सत्य पहाडी एमाओवादी २७७४ १ जुम्ला ललितजंग शाही कांग्रेस ११८६६ पदम बहादुर रोकाया एमाले १११५१ १ कालिकोट महेन्द्र बहादुर शाही एमाओवादी १२०८८ कुर्मराज शाही एमाले ११२२४ १ मुगु मोहन बानियाँ एमाले ८१४६ ऐनबहादुर शाही कांग्रेस ६२५२ १ हुम्ला जीवन बहादुर शाही कांग्रेस ८३३२ दल रावल एमाले ४९४९ सेती १ बाजुरा कर्णबहादुर थापा एमाले २२४५८ मनबहादुर रावल कांग्रेस १८१२५ १ बझाङ मानप्रसाद खत्री एमाले ११५३० अर्जुनजंग बहादुर सिंह कांग्रेस १०७०८ २ बझाङ लालबहादुर रावल एमाले १०५९४ नरेशबहादुर सिंह कांग्रेस १००९६ १ अछाम भीम रावल एमाले १७७२५ मेघराज खड्का कांग्रेस १२९६८ २ अछाम भरत साउद एमाले १२२०१ बलबहादुर कुँवर कांग्रेस ११२२३ १ डोटी बीरबहादुर बलायर कांग्रेस १६९५७ नारद मलासी एमाले ८२४७ २ डोटी प्रेम बहादुर आले एमाले १२४०० योगेन्द्र बहादुर शाही कांग्रेस १०९१४ १ कैलाली जनकराज च‌ौधरी फोरम लोकतान्त्रिक ११२९४ रणबहादुर रावत कांग्रेस ९१४० २ कैलाली मोहनसिंह राठौर एमाले ११९३२ कमल शाह कांग्रेस ८३९५ ३ कैलाली रामजनम चौधरी फोरम लोकतान्त्रिक ११०२७ नारायणदत्त मिश्र कांग्रेस ९७४८ ४ कैलाली गौरीशंकर चौधरी एमाओवादी ११९६८ खेमराज डगौरा थारु कांग्रेस ८६१० ५ कैलाली दीर्घराज भाट कांग्रेस १६३४६ लेखराज भट्ट एमाओवादी ११०३४ ६ कैलाली शेरबहादुर देउवा नेपाली कांग्रेस १६४०८ महेश्वर पाठक एमाले ८५६३ महाकाली १ कञ्चनपुर दिवानसिंह विष्ट कांग्रेस १०२९४ लालबहादु विश्वकर्मा एमाओवादी ९२३६ २ कञ्चनपुर नारायण प्रकाश साउद कांग्रेस १३४१५ तारा लामा तामाङ् एमाओवादी ९६७६ ३ कञ्चनपुर बहादुर सिंह थापा कांग्रेस १२८३६ नरबहादुर धामी एमाओवादी ९६४३ ४ कञ्चनपुर रमेश लेखक कांग्रेस १४०२३ मोहन गिरी एमाओवादी ५४३७ १ डडेलधुरा शेरबहादुर देउवा कांग्रेस २३९२० खगराज भट्ट एमाओवादी १२४९३ १ बैतडी दामोदर भण्डारी एमाले ११६७२ लोकराज अवस्थी कांग्रेस १००८० २ बैतडी नरबहादुर चन्द कांग्रेस १२४६६ महादेव भट्ट एमाले ६४८७ १ दार्चुला गणेश सिंह ठगुन्ना एमाले २०४७० दिलेन्द्र प्रसाद बडु कांग्रेस १९२३६