प्रत्यक ब्यक्तिको शिक्षा र ज्ञान बिशुद्ध निजी सम्पत्तिहो जसलाई सहजरुपमा जहाँतही बोकेर साथै लानसक्छौ तर भौतिक सम्पत्तिको यो सम्भब छैन ।



Wednesday, December 14, 2011

बाहुन र बाहुनवाद बीचको भिन्नता

संस्कृत भाषाको शब्दावली ब्राह्मणबाद भारतमा बढी प्रचलन/प्रयोगमा आएको भएतापनि नेपालको सन्दर्भमा भने ब्राह्मणवादको समानार्थी शब्द बाहुनवाद/ दलित मुक्ति आन्दोलन /आदिवासी जनजाति मुक्ति आन्दोलनसंग एकाकार जोडिएर नेपालमा करिव दुई दशक वरपरदेखि दलित जाति, आदिवासी जनजाति र केही कम्यूनिष्टहरुले प्रयोग गर्ने गरेको बहुप्रचलित संस्कृत भाषाको पदावली हो । यसलाई आजभोलि मधेस आन्दोलनले पनि बढिनै प्रयोग गर्न थालेको छ । हिंजोआज यो शब्द सबैको मुखमा झुण्डिएको पाइन्छ । नेपाली समाजमा बहुप्रचलित शब्दावली ‘बाहुनवाद’ को शल्यक्रिया यो आलेखको ध्येय रहनेछ ।
टि. बि. पुन मगर
संस्कृत भाषा ‘बाहुन’ शब्दको पछाडि ‘वाद’ प्रत्यय जोडिएर बनेको बाहुनवाद हिन्दूवादको मूल मेरुदण्ड हो । रुपमा बाहुन जातिको प्रतिनिधिमूलक परिचयात्मक शब्दावली बाहुनवाद देखिएतापनि सारमा भने बाहुनवाद, हिन्दूवाद रुढिवादको पक्षपोषण गर्ने बाहुन र यससँग सम्बन्धित पक्ष हुन । सनातन हिन्दूधर्म हिन्दूवादको वकालत पक्षपोषण गर्नेहरु नै बाहुनवादी हुन् भने बाहुनवादीनै हिन्दूवादी हुन् । बाहुनवाद शव्द प्रयोगमा श्रमजीवी गरिव वा शोषित पीडित हिन्दूवादको पृथक मत बोकेका बाहुन वा अन्यले भने आपत्ति मान्नु पर्ने वा चित्त दुखाउनु पर्ने कुनै कारण देखिदैन । बाहुनवादको खास विशेषता भन्न ुनै सामाजिक चेतना, राजनीति, अर्थनीति, नैतिकता, कानुन सौन्दर्य सबैलाई धर्मको अधीनमा राख्नु हो । यसले आफ्नो विरोध र आलोचना गर्नेलाइ मनुस्मृति मनुसंहिताले सिस्नो पानी लगाउँदछ । वास्तवमा बाहुनवाद एकल हिन्दूजातिवाद एवम् आध्यात्मवादमा विश्वास गर्ने, कर्मकाण्ड गर्ने, गराउने र जातिप्रथा मान्ने छुवाछूत प्रथामा विश्वास गर्नेहरु नै हुन् । समाजशास्त्री डोरबहादुर बिष्टका अनुसार “ब्राह्मणवाद भनेको एउटा दृष्टिकोण हो, दर्शन हो । यस दर्शनमा अरुलाई होच्याएर तल्लो दर्जामा दासत्व र प्रभुत्ववादी प्रचलन कायम राख्दै कुनै एक जाति विशेषलाई मात्र जन्मदै ठूलो र पूजनीय भनी उपल्लो तहमा राख्दछ ।” अर्का बाहुनवादका आलोचक दुर्गाहाङ याक्खा राईका अनुसार ब्राह्मणवाद भनेको “ब्राह्मण वर्गको नितान्त स्वार्थी जातीय सर्वसत्तावादी मानसिकता, मनोवृति एवम् तदअनुरुप स्थापित तथा सञ्चालित पद्धति हो ।’’(दुर्गाहाड. याक्खाराई, ब्राह्मणवाद विरुद्ध जनजाति/उत्पीडित वर्ग) एमाओवादी नेता तथा सभासद सुरेश आले मगरको भनाईमा “बाहुनवाद एउटा अत्यन्त नीच निकृष्ट एवम् अमानवीय सामन्ती प्रवृति हो, जसले अरु सबैलाई तुच्छ एवम् नीच तर आफ्नो जातिलाई सर्वश्रेष्ठ र सर्वोच्च ठान्छ, आफ्नो भाषा, धर्म र संस्कृति अरु माथि बलजफ्ती लादछ ।” (छापामा जनजाति) बाहुनवाद यति परिभाषामा मात्र सीमित नभएर यसको क्षेत्र व्यापक छ । बाहुनवाद पुस्तकका लेखक अरुण बरालका अनुसार वास्तवमा बाहुनवादी भन्नाले ‘हाम्रो आशय हिन्दुवादी जातीय विभेद र रुढिवादमा विश्वास गर्ने र सो अनुरुपका व्यवहार गर्ने उपाध्याय बाहुन जैसी, क्षेत्री, कुमाई र अन्य जाति समेतलाई भन्न खोजिएको हो । नाक चुच्चे गरेको आर्य जो जाति प्रथा, आध्यात्मवाद, हिन्दुवाद कर्मकाण्डको वकालत गर्दछन् ती सबैलाई बाहुनवादी भन्न खोजिएको हो । बाहुन र बाहुनवाद बीचको अन्तर भनेको बाहुन भनेको एक किसिमको वर्ण मात्रै हो । यसर्थ बाहुनलाई देख्नासाथ उसलाई ब्राह्मणवादी शाषक जाति वा शोषक जाति भनठान्नु हुँदैन । बाहुन हुन उसको ईच्छा होइन । रहर गरेर वा निवेदन हालेर बाहुनको कोखबाट जन्मिएको पनि होइन । सबै बाहुुनलाई बाहुनवादी भनियो भने उसप्रति अन्याय पनि हुन जान्छ । बाहुनवादी भन्नाले हामी हिन्दुधर्ममा आस्था राख्ने, जातीय भेदभावमा विश्वास राख्ने, राजालाई बिश्वास गर्ने, स्वयम् पाकेवाद एवम् परिवारभित्र छुवाछूत गर्ने, विज्ञान विरोधी गरि हिंडने, अग्रगमनलाई विरोध गर्ने, जातीय स्वायत्तताको विरोध गर्ने, आदि गलत विशेषता बोकेका मानिसलाई सम्झनु पर्दछ । जनजातिमा पनि बाहुन बोलाएर पुजापाठ गराउने, ज्योतिष शुभअशूभ हेराउने चिना बनाउने, हिन्दू मन्दिरमा गई दानदक्षिणा पूजापाठ गर्ने, दलितले छोएको नखाने, राजतन्त्रको वकालत गर्ने, संघीयता स्वशासन धर्मनिरपेक्षताको विरोध गर्ने आदि लक्षण छन् भने ती जनजाति पनि बाहुनवादीनै हुन । बाहुनवादी हुनका लागि नाक चुच्चो भइराख्नु पर्छ भन्ने केहि छैन । बाहुनवादी नाकले होइन विचार र व्यवहारले हुने कुरा हो । अहिले हामी कहाँ नाक चुच्चे भए पछि सबै बाहुनवादी नाक थेप्चो भएपछि बाहुनवाद विरोधी ठान्ने जुन प्रचलन छ । त्यो गलत छ । देउता, ईश्वर, भुतप्रेत वा आध्यात्ममा विश्वास गर्ने र विज्ञानको विरोध गर्नेहरु सबै बाहुनबादका ठिमाहा सन्तती हुन ।’’(बाहुनवाद, अरुण बराल ) माथिको परिभाषाबाट के स्पष्ट हुन्छ भने हिन्दूधर्म र हिन्दूवादको वकालत पक्षपोषण गर्ने कर्मकाण्डी पुरेतवादी हिन्दूधर्मभीरुहरु नै बाहुनवादी हुन । हिन्दूवादी वर्णव्यवस्था जातभात र धर्मकर्र्मको पुरातन संकिर्णतामा अल्झेर आफूलाई सर्वश्रेष्ठ जाति ठान्ने, हिन्दूधर्म संस्कृतिको आडमा अन्याय अत्याचार विभेद शोषण उत्पीडन थिचोमिचो गर्नेहरुनै बाहुनवादी हुन् ।
नेपाली समाजको जनजिब्रोमा भिजिसकेको बाहुनवाद शव्द र यसको चरित्र समाजमा यत्रतत्र व्याप्त छ । बाहुनवाद भारतीय हिन्दूवादको नयाँ संस्करणको रुपमा अगाडि उभिएको छ । यो भारतीय बाहुनवादको नेपाली ठिमाहा सन्तान हो । आज दुबै भारतीय र नेपाली हिन्दूवादी, बाहुनवादी मठाधिस कुपमण्डूकहरु मिलेर भारत वर्षीय हिन्दुवाद, बाहुनवादलाई नेपालमा लाद्न खोजिरहेका छन । ०६२/०६३ सालको जनआन्दोलनमै मरिसकेको हिन्दूराष्ट्रलाई फेरि पूर्नजीवन दिइ बिउँताउन नाना भाँतिको षडयन्त्रका तानाबाना बुन्दैछन । भारतीय हिन्दूवादीको सहयोग निर्देशनमा नेपालमा धार्मिक युद्ध छेड्नेसम्मको अति हांस्यास्पद कुरा गर्दैछन । यसबाट पनि बाहुनवादीहरुको असली भारतीय रुप बिस्तारै  चिनिदै छ । त्यतिमात्र होइन यज्ञयज्ञादिको नाममा देशको बिकास, राष्ट्र निर्माण र सामाजिक कार्य भन्दै धर्मको आडमा मध्ययुगीन सामन्ती बर्बर लूट मच्चाइरहेकै छन् । वर्षौवर्ष देखिको नेपाली जनताको मुक्तिको माग र चाहना धर्मनिरपेक्षता,जातीय पहिचान, स्वसासन, स्वायत्तता, संघीयता, गणतन्त्र र आत्मनिर्णयको अधिकार जस्ता विषयका विपक्षमा पैतलादेखि टुप्पी सम्मको बल लगाएर नेपाललाई असफल राष्ट्र बनाउन  बाहुनवादीहरु तल्लीन छन् ।
बुझ्नु पर्ने कुरा के छ भने हिन्दूवादका हिमायती केही क्षेत्री, बाहुनहरुले पनि हिन्दुवाद, बाहुनवादलाई आफ्नो जातीय धार्मिक सांस्कृतिक पहिचान अस्तित्वसंग गांसेर बाहुनवादका नकारात्मक खराब अप्ठयारा पक्षहरुको पनि ढाकछोप गरि चूप लागेर वा अन्धो सर्मथन गरेर उसको वकालत पक्षपोषण गर्नु राम्रो कुरा होइन । बाहुनवादको शोषण अन्याय अत्याचार विभेद र उत्पीडनको दोहनमा नेपालका आदिवासी जनजाति, दलित तथा अन्य अल्पसंख्यक धार्मिक समुदायहरु मात्र परेका होइनन । स्वयम्मा क्षेत्री, बाहुनहरु पनि यसको यथास्थितिवादी पश्चगमनको दोहनमा परेका छन । बाहुनवाद सँधै नेपाली समाज परिवर्तन अग्रगमनको विरोध विपक्षमा लागिरहेको छ । नेपालमा राजतन्त्र ढलेर गणतन्त्र आए पनि समाजमा व्याप्त रुढिवादको पयार्य हिन्दूवाद, बाहुनवाद यथास्थितिमै रहिरह्यो भने बाहुनवादको चाहि उन्नति प्रगति बिकास त होला । तर, आम नेपाली समाज मुलुकका जनताहरुको उन्नति प्रगति बिकास र रुपान्तरण भने हुदैंन । देशले मुहार कहिल्यै फेर्न सक्दैन । त्यसैले यसको पक्षपोषण गर्नु भनेको नेपाली समाजलाई पुनः पछाडि फर्काउनु र कालरात्री निम्त्याउनु हो ।
(जातीय विवेचना र इतिहास सम्बन्धि थुप्रै पुस्तक लेखेका पुन मगर समाजका बौद्धिक हुन्)

Friday, November 11, 2011

यसकारण नेपालमा संघीयताको विकल्प छैन

यसकारण नेपालमा संघीयताको विकल्प छैन PDF Print E-mail

संघीयतासँगै जनमत संग्रहका कुरा उठाउनु र देशनै टुक्रिन्छ भनिँदा साँचिक्कै यो यस्तो विषय हो त भन्ने प्रश्न पनि धेरैका मनमा उब्जिन सक्छ । नेपालको आफ्नै ऐतिहासिक, भाषिक, सांस्कृतिक, आर्थिक र भौगोलिक परिवेश भएकाले देश सुहाउँदो नमुना बनाउन सकिन्छ । तर विडम्बना के हो भने यहाँ भाषणबाजी धेरै, गहन गृहकार्य कम हुन्छ ।

प्रा. डा. लोकराज बराल

केही दिनयता संघीयताका विषयमा अनेक विचार आउन थालेका छन् । सामान्य नागरिकका बीचमा यसका पक्ष् विपक्ष्मा यस्ता विचार व्यक्त गरिनु स्वाभाविकै हुन्छ । तर देशका सम्पूर्ण राजनीतिक शक्तिहरूले (केही बाहेक) समझदारी कायम गरी एक राष्ट्रिय अठोट बनाएको विषयलाई उनीहरू आपनै दलका मुख्य ओहदामा बसेका व्यक्तिहरूबाट संघीयता विरोधी वक्तव्यबाजी हुनु या प्रक्रिया नै नमिली यस्तो गहन विषय आउनु ठीक होइन भन्ने भनाइले धेरैलाई आश्र्चय पार्न थालेको छ । संघीयतासँगै जनमत संग्रहका कुरा उठाउनु र देशनै टुक्रिन्छ भनिँदा साँचिक्कै यो यस्तो विषय हो त भन्ने प्रश्न पनि धेरैका मनमा उब्जिन सक्छ ।

नेपालको भौगोलिक अवस्था यतिका, वर्षको केन्द्रीकृत राज्य संरचना र त्यसअनुसारको संस्कार निर्माणले काठमाडौं बाहिरका जनतालाई मार्का पर्‍यो भनेरै आज केन्द्र, क्ष्ेत्र र स्थानीयबीच शक्ति, साधन/स्रोत बाँडी नयाँ शासन व्यवस्था खडा गर्न खोजिएको हो । अतः नेपालका सन्दर्भमा संघीयता निम्न कारणले एक वास्तविकता बन्न पुगेको छ ।

ती हुन्

निपालको राजधानी काठमाडौं हुनु र यसको भौगोलिक बनावट/ ऐतिहासिक पृष्टभूमि अन्य क्षेत्रसित मेल नखानु


निेपाल राज्यको बनावटको आधार र देशको जातीय, सामाजिक, सांस्कृतिक, भाषिक विविधता एकै नहुनु र एक बहुसांस्कृतिक समाज हुनु

अिार्थिक विषमताले गर्दा र राज्यका विभिन्न निकायमा कुनै सुविधा सम्पन्न वर्ग या जात/वर्गको बाहुल्य हुनु


मिधेसलाई धेरै वर्षसम्म औपनिवेशिक रूपजस्तो पारिनु, त्यहाँ पनि पहाडे भाषा संस्कृति लादिएको भावना जाग्नु र त्यसविरुद्ध विद्राेह गर्नु


अिझै पनि भाषागत आधारमा विभेद हुनु र कसैले कुनै भाषा प्रयोग गर्‍यो भन्दै राज्यले बखेडा खडा गर्नु


सिबै जनजाति, मधेसी, पहाडे, लिंगले आजसम्मको विभेद हटाउन संघीयताको बाटो छान्नु


निेपाली राज्यको व्यवस्थापन अब पुरानै खाले सरकारी शैली, संस्कार आदिले सम्भव नहुनु । नयाँ किसिमले प्रभावकारी शासन दिनुपर्ने भएकाले साधारण विकेन्द्रीकरणका उपायले मात्र व्यापक जन आकांक्षालाई सन्तुष्ट पार्न नसकिने हुँदा संघीयता चाहिएको स्वीकार गर्नु ।
यसका अतिरिक्त संघीयताको विकल्पमा कुनै पनि दलले ठोस प्रस्ताव दिन नसक्नुले अब संघीयताको बाटोबाहेक अर्को बाटो देखिएको छैन । यसको स्वरूप कस्तो हुने 'संघीयतामा आधारित केन्द्रीयता' -जस्तो भारतमै प्रयोग भइराखेको छ) या अन्य खाले संघीयतामा प्रशस्त बहस हुन सक्छ । नेपालको आफ्नै ऐतिहासिक, भाषिक, सांस्कृतिक, आर्थिक र भौगोलिक परिवेश भएकाले देश सुहाउँदो नमुना बनाउन सकिन्छ । तर विडम्बना के हो भने यहाँ भाषणबाजी धेरै, गहन गृहकार्य कम हुन्छ । यसले गर्दा राजनीति तात्ने तर त्यस्तो तताईबाट केही नपाक्ने हुन थालेको छ । नेपालका आजको मूल समस्या भनेको नयाँ नेपाल निर्माणका लागि चाहिने राज्य पुनर्संरचना र नयाँ संस्कार निर्माण गर्नु हो । पुनसर्ंरचनामा संघीयता, शासकीय स्वरूप लोकतांत्रिक संस्कार निर्माण, आर्थिक, सामाजिक र क्षेत्रीय विषमता हटाउन लिइने नीति र तिनको सही कार्यान्वयन हुन् । त्यस्तै राज्य र सरकार बलियो हुने र यसअन्तर्गतका प्रशासन, प्रहरी, सेना सबैको प्रभावकारिता र लोकतान्त्रिक संस्कार निर्माण गर्ने हो ।

संघीयतामा जानुभन्दा पहिले राजनीतिक शक्तिहरू र अन्य सबै तप्काका जनताले दरिलो गृहकार्य गरिनुपथ्र्यो भन्ने कुरामा कसैको दुईमत हुन सक्तैन । तर त्यो सम्भव भएन किनभने राजनीतिक नेतृत्वमा यस्तो संस्कार र परम्परा बसेकै छैन । माओवादीले जनयुद्धताका प्रस्तावित नौवटा स्वायत्त क्षेत्र र पछि मधेस आन्दोलनका दबाब र जनजातिले उठाएका मागका सिलसिलामा सबै मुख्य दलहरूले संघीयता लिएका

हुन् । हतारमै गरिएको निर्णय भए पनि नेपालको भावी राजनीतिमा संघीयताको सफलता/असफलताले आफ्नु ठाउँ लिइरहने अवस्था आएको छ । यसको समाधान भनेको सबै सम्बन्धित क्षेत्रको गहिरो बहसद्वारा निकालिने निष्कर्ष हो । संविधानसभा नै यसको बाटो पहिल्याउने थलो हो किनभने यही सार्वभौम निकाय हो ।

अब रह्यो देश टुक्रिने डर । अब त संघीयतामा गइएन भने देश विखण्डित हुने अवस्था आएको छ, किनभने विकेन्द्रीकरणले मात्र आजको चाहना र माग पूरा गर्ने ठाउँ छैन । विकेन्द्रीकरण राजनीतिसित कम र विकाससित बढी सम्बन्धित रहन्छ । विकेन्द्रीकरणका पुराना रटानले सबै वाक्क भइसकेका छन् । आखिर नेपालको सामन्ती संस्कार, हुकुमी शासन शैली, असमान सामाजिक परिवेश र व्यक्तिवादले सबै निमुखा नेपालीले समान अवसर पाउलान् भन्न सकिने ठाउँछैन ।

मुलुक टुक्रिने आधार अनेक हुन्छन् । तर नेपालको सहिष्णुता, समन्वयवादी परम्परा, धर्म निरपेक्षताको धरातल र सम्पूर्ण जनताको हालसम्मको राष्ट्रियताप्रतिको प्रतिबद्धता नेपाली राष्ट्रियताका विशेषता हुन् । संघीयताको सबैभन्दा पेचिलो पक्ष प्रान्तहरूको विभाजनमा

देखिन्छ । यसलाई निष्कर्षमा नपुर्‍याउने दोष सरकार चलाउने दलहरूमा देखिन्छ । आजसम्म राज्य पुनर्संरचना आयोग गठन हुन नसक्नु र मुख्य दल र विभिन्न क्षेत्रीय या जातीय समूहका अगुवाहरूसित छलफल गरी निष्कर्षमा पुग्न नसक्नु यसप्रति गम्भीर हुन नसक्नु हो । आज सबैजसो दबाब समूहका रूपमा मात्र रहेकाले आफ्ना-आफ्ना जातिगत आधारलाई बल दिनु अस्वाभाविक होइन । तर सबै दलले संविधानसभा भित्रैबाट निष्कर्ष निकाल्न सक्नुपर्छ । खालि राजनीतिक नेतृत्ववर्गको गृहकार्यको अभाव र बहसमा सरिक भई निक्र्योलमा नपुग्ने शैलीले केही अप्ठ्यारो परेको मात्र हो । एकातिर परिवर्तनपछि दलहरू पुरानै खाले राजनीति र अति व्यक्तिवादी कार्यशैलीमा फर्किनाले आज समस्या सुल्टिन नसकेका हुन् । त्यसमा पनि संविधान बनाउन त न्यूनतम सहमतिका आधारमा स्वीकारेको सिद्धान्त हुनैपर्छ ।

लोकतन्त्र एक साझा सिद्धान्त हो भने यसलाई बढी व्यापक, जनमुखी र प्रभावकारी बनाउने अनेक नीति र कार्यगत भिन्नता हुन सक्छन् । लोकतन्त्र भनेको विश्वव्यापी रूपमा स्थापित उदारवादी लोकतन्त्र हो किनभने नेपालका सबै जनआन्दोलन यस्तै लोकतन्त्र प्राप्त गर्न नै गरिएका हुन् । आफ्ना-आफ्ना दलका नीतिअनुसार सामािजक, आर्थिक परिवर्तन गरिने कुरा संविधान बनी सरकार गठन गरेपछि गरिने कुरा हुन् । तर संविधानले पनि रूपान्तरण गर्ने र राष्ट्र बलियो र अक्षुण्य राख्ने कुरा उल्लेख गर्नैपर्छ । नेपालका कुनै पनि जनजाति, मधेसी या अरू कसैले राज्य विखण्डन गर्ने कुरा गरेको छैन । बरु आफ्ना हक अधिकार सुरक्षित गर्न र त्यसअनुसारको शासन व्यवस्था कायम गर्न सबै चनाखो भएका छन् ।

संघीयतामा जानका लागि जनमत संग्रह गरिनुपर्छ भन्ने तर्क उचित छैन । जनताले देशव्यापीरूपमा गरेको जन आन्दोलन, उनीहरूले छानेको संविधानसभा र त्यसले निर्माण गरेको संविधानभन्दा माथि अरू कोइ हुन

सक्तैनन् । सार्वभौमसत्ता जनतामा नीहित र तिनै जनताले आज मुलुकमा कत्राकत्रा परिवर्तन गरेका छन् भने अब आएर जनमत संग्रह गरी कतिपय कुरामा निर्णय लिनुपर्छ भनिँदा जनताको अपमान गरेको ठहरिन्छ । जनमतको प्रावधान संविधानमा राख्न सकिन्छ र भोलि संविधान कार्यान्वयनका सिलसिलामा केही अप्ठ्यारा हटाउन त्यस प्रावधानको प्रयोग हुन सक्छ । तर आज जनमतको कुरा उठाइनु भनेको राजनीतिक गतिरोध निम्त्याउनु मात्र

हुन्छ । यदि यस्तै कुरा उठाउने हो भने त राजनतन्त्र राख्ने/नराख्ने, त्यस्तै हिन्दूराष्ट्र मान्ने नमान्नेमा पनि जनमतसंग्रह हुनुपर्‍यो । भारतमा संविधानसभा भित्रैबाट यस्ता विषयमा बहस चलेको र यही निकायले सबै विषयको टुंगो लगाएको हो । जनमत संग्रहमा पनि आखिर यी सबै राजनीतिक शक्ति र सचेत जनताले निर्णय गर्ने कुरा हो ।

संघीयता कसरी प्रभावकारी र देशहित गर्ने हुन सक्छ भन्नेभन्दा अर्को विकल्प आज छैन । मुलुकको क्षेत्रीय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सबै शक्ति, जाति, क्षेत्र/लिङ प्रतिबद्ध भई अगाडि बढ्दा मात्र अब एकता कायम हुन सक्छ । संघीयताको विरोध र नकारात्मक सोचले झन् विभाजन हुने खतरा बढ्न सक्छ । त्यस्तै गणतन्त्र, धर्मनिरपेक्षताको प्रश्न आउँछ । जनता स्वभावैले धर्म निरपेक्ष्ा छन् भने अब आएर हिन्दू राज्य हुनुपर्छ भनिँदा अरू कतिपयलाई अप्ठ्यारो पर्छ र भोलि यसै आधारमा मुलुक द्वन्द्वमा पर्न सक्छ ।
(प्रा. डा. बरालको केही समय पहिले सार्वजनिक संघीयता सम्बन्धी यो विचार अझै पनि सान्दर्भिक लागेर प्रस्तुत गरिएको हो ।)

वाहुन क्षेत्रीहरु १२ औं शताब्दीमा नेपाल आएका हुन् भन्ने प्रमाण कुन माइकालालसँग छ

वाहुन क्षेत्रीहरु १२ औं शताब्दीमा नेपाल आएका हुन् भन्ने प्रमाण कुन माइकालालसँग छ ? PDF Print E-mail
जनजातिहरुका अगुवा बुद्धिजीवीहरुले आफूहरु मात्र 'आदिवासी' भएको अनि क्षत्री बाहुनहरु चाहिँ '१२ औं शताब्दीमा भारतमा मुस्लिम अत्याचारबाट बच्न नेपाल प्रवेश गरी आफ्ना राज्यहरु खाई जनजातिहरुलाई विस्थापित गराई यहाँको राज्यसत्ता एवं अन्य स्रोत-साधनमाथि एकलौटी हकभोग कायम गरेको' जस्तो चरम साम्प्रदायिक एवं विखण्डनकारी सोचलाई अभियानको रुपमा प्रचारमा ल्याउन पुग्दा हाल देशमा जातीय विद्वेष र क्षेत्रीय वितण्डा अभूतपूर्व ढंगले मौलाउन पुगेको छ । 'पहाडी बाहुन र ठकुरीहरु आफ्ना पुर्खाहरु मध्यकालमा भारतमा मुसलमानी आक्रमणबाट पराजित भएपछि कान्यकुब्ज तथा राजस्थान आदिबाट धर्म एवं जाित रक्षार्थ नेपाल प्रवेश गरेको' कुतर्कलाई पुष्टि गर्ने कुनै कारण नभएको कारण मात्र होइन यिनका अधिकांश थरहरु तत्कालीन खस साम्राज्यका सरकारी दर्जाबाट र तत्कालीन कर्णाली वा कुमाउ भेकका गाउँका नामबाट लिइएको र यी थरहरु भारतको मैदानी भागबाट आएका बाहुनसँग प्रायः नमिल्ने हुँदा नेपालका यी क्षत्री-बाहुनहरु यही देशको माटोसँग छुट्याउनै नसकिने गरी जोडिएका देखिन्छन् ।

प्रा.डा. सुरेन्द्र के.सी.
विषय-प्रवेश
२०४६\०४७ को राजनीतिक परिवर्तनपछि नेपाली राजनीतिमा पहिचान र प्रतिनिधित्वको नाममा जातीय राजनीतिले उल्लेख्य प्रोत्साहन पाउन थाल्यो । एकपछि अर्का जातीय संस्थाहरु खुल्न थाले । कोही आफूलाई जनजाति त कोही आदिवासी भन्न थाले । पाश्चात्य शिक्षादीक्षा एवम् राजनीतिबाट प्रभावित मात्र होइन आफ्नो श्रीसम्पत्ति र भविष्य नै उतै थन्क्याएर तत्कालका लागि देशीय राजनीतिको दोहन गर्न नेपालको नीति निर्णयको तहमा जमेका स्वार्थी एवम् ढोंगी नेताहरुले मुलुकको भविष्य एवम् सदियौंदेखिको जातीय एवम् धार्मिक सहिष्णुतामाथि पर्न सक्ने असरको आंकलन नै नगरी जनजाति उत्थान प्रतिष्ठान कार्यदल २०५३ गठन गरी त्यसैको सिफारिसमा हावा र हचुवाका भरमा पहिचानमा आइसकेका १०१ जात-जातिमध्ये
६१ लाई 'नेपालका जनजाति' का रुपमा सूचीकृत गर् यो । ती जनजातिहरु निम्नानुसार थिएः
१ किसान         २ कुमाल             ३ कुसवाडिया              ४ कुसुण्डा                ५ गनगाई                   ६ गुरुङ              ७ चिम्टन                ८ चेपाङ         ९ छन्त्याल                  १० छेरोतन      ११ जिरेल            १२ झाँगड                   १३ ठिमतन             १४ डोल्पो                    १५ ताङवे            १६ ताजपुरिया           १७ तामाङ         १८ तोप्केगोला            १९ थकाली        २० थामी           २१ थारु                     २२ थुदुम                   २३ दनुवार                  २४ दराई            २५ दुरा                    २६ धानुक           २७ धिमाल               २८ नेवार           २९ पहरी          ३० पि्रु                      ३१ वनकरिया             ३२ बरामो                   ३३ बाह्रगाउँले        ३४ बोटे                  ३५ व्याँसी           ३६ भुजेल घर्ती        ३७ भोटे        ३८ मगर               ३९ मनाङे                  ४० माझी                  ४१ मार्फाली                  ४२ मुगाली           ४३ मेचे                  ४४ राई              ४५ राउटे               ४६ राजवंशी    ४७ राजी               ४८ लार्के                   ४९ लिम्बू                 ५० लेप्चा                    ५१ ल्होपा              ५२ ल्होमी                ५३ शेर्पा           ५४ सतार               ५५ सियार       ५६ सुनुवार         ५७ सुरेल                   ५८ स्यांग्टन               ५९ हायू                      ६० वालुङ              ६१ ह्याल्मो ।

स्वभावतः त्यसको लगत्तै उक्त सूचीको पक्ष विपक्षमा उल्लेख्य कि्रया-प्रतिकि्रयाहरु शुरु भए । कोही किन उक्त जनजातीय सूचीमा सामेल हुने जिज्ञासा राख्न थाले भने कोही चाहिँ 'जनजाति' शब्द 'हीन' भएको हुँदा आफूलाई त्यसमा सूचीकृत हुन इच्छुक नरहेर त्यहाँबाट आफ्नो नाम हटाउने माग राख्न इच्छुक देखिए । उता अरु कोही चाहिँ आफूहरु त्यसमा सूचीकृत हुन इच्छुक रहेको  प्रतिकि्रयासम्म दिने अन्यथा संघर्षमा जानेसम्मका चेतावनी दिन थाले । तथापि सूचीकृत जनजातिहरुको सरकारमाथि दबाब दिने र स्वयंलाई राज्यसंयन्त्रको मूलप्रवाहमा ल्याइनु पर्ने अडान र मागमा कुनै शिथिलता होइन तीव्रता नै आयो । एकाध जनजातिहरु कहिले उक्त सूचीबाट हट्ने वा सामेल हुने प्रकि्रया भए तापनि त्यसको मूलभावनामा कुनै कमी आएन । त्यसको विपरीत तिनीहरु स्वयंलाई 'आदिवासी' भन्न थाले र सरकारले पनि तिनको मागमा एकपछि अर्को उदार व्यवहार देखाउँदै गयो ।
अन्ततः २०५८ सालमा त्यसले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ जारी गर्दै नेपालमा उक्त जातिहरुको विशेष स्थितिलाई प्रत्याभूति प्रदान गर् यो । उक्त ऐनको परिच्छेद १ को क मा सोको परिभाषा गर्दै भनियो-
आदिवासी\जनजातिू भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज छुट्टै सांस्कृतिक पहिचान छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूचीबमोजिमको जाति वा समुदाय सम्झनुपर्छ ।

तदनुरुपको उक्त सूचीमा २०५४ मा तय भएको ६१ संख्याको सट्टा ५९ कायम गर्दा नयाँ सूचीमा स्यांगतन ठिमतेन र मनाङे जस्ता 'जनजाति' सामेल नदेखिए पनि एउटै थकालीका थकाली तीनगाउँले बाह्रगाउँले र मार्फाली एवं वालुङ तोप्केगोला डोल्पो ह्याल्मो व्याँसी थुदामलगायतका गाउँको आधारमा जातिकृत दर्जन बढी जातीय समूहलाई यथावत नै राखियो । धेरै विवाद आएपछि जनजाति महासंघले स्वेच्छाले यी जनजातिलाई क सङ्कटापन्न समूह ख अत्यन्त पाखा परेका समूह ग पाखा परेका समूह घ सुविधाबाट विाचत समूह ङ परिष्कृत समूह गरी विभिन्न ५ समूहमा विभक्त गरे तापिन त्यसभित्र परेका कपोलकल्पित जनजातिहरुको नामावली सुधार्ने तर्फ कुनै तदारुकता देखाइएको छैन । त्यसको विपरीत यस सूचीमा नामाकृत हुन आउनेको ताँती र एकपछि अर्को पृथक पहिचानका साथ त्यहाँ सूचीकृत भई स्वयंलाई राज्यको मूलप्रवाह र अन्य सुविधाबाट लाभान्वित गराउने दौड जारी नै रह्यो ।

अर्कोतर्फ यी जनजातिहरुका अगुवा बुद्धिजीवीहरुले आफूहरु मात्र 'आदिवासी' भएको अनि क्षत्री बाहुनहरु चाहिँ '१२ औं शताब्दीमा भारतमा मुस्लिम अत्याचारबाट बच्न नेपाल प्रवेश गरी आफ्ना राज्यहरु खाई जनजातिहरुलाई विस्थापित गराई यहाँको राज्यसत्ता एवं अन्य स्रोत-साधनमाथि एकलौटी हकभोग कायम गरेको' जस्तो चरम साम्प्रदायिक एवं विखण्डनकारी सोचलाई अभियानको रुपमा प्रचारमा ल्याउन पुग्दा हाल देशमा जातीय विद्वेष र क्षेत्रीय वितण्डा अभूतपूर्व ढंगले मौलाउन पुगेको छ । त्यसमा पनि आदिवासी जनजाति दलित र मधेशीको नाममा तिनका बीच भएको घोषित कार्यगत एकताको कारण सामान्यतया मधेशी पहाडी विशेषतः क्षत्री बाहुन तथा अन्य जाति जनजातिबीचको अन्तरविरोध क्रमशः कटुतातर्फ अग्रसर भइरहेको आभास हुन थालेको छ । ठाउँठाउँबाट यी जातिका मानिसहरुमाथि दुव्र्यवहार हुन पुगी तिनीहरु विस्थापित हुन  थालेका खबरहरु बारम्बार काठमाडौंमा ठोक्किन थालेको अवस्था छ । स्वभावतः यो स्थितिमा सबैले आ-आफ्नो जातीय
पहिचान इतिहास र सत्यतथ्य प्रकाशमा ल्याउनैपर्ने भएको छ । अन्यथा तिनका लागि पश्चातापबाहेक अन्य बाँकी रहने दैखिदैन ।

नेपालमा क्षत्री-बाहुनको प्राचीनता
नेपालको लिखित र प्रामाणिक इतिहास इस्वीको पाँचौ शताब्दी अर्थात् ई ४६४ को मानदेवद्वारा स्थापित चाँगुनारायण स्तम्भले पुष्टि गरेको छ । राजा मानदेव वैशालीबाट काठमाडौं उपत्यका पसेका लिच्छविवंशीय क्षत्री थिए भन्ने तथ्य चाँगु स्तम्भको शिलापत्र स्वयंले यसरी स्पष्ट पारेकोः 'क्षात्रेर्णाजनवाश्रयेण विधिना दीषाश्रितोहं स्थितः' अर्थात् क्षत्रीको धर्मबमोजिम दीक्षा लिएर म बसिरहेको छु । यसै गरी शिलालेखमा ब्राह्मणको प्रसंग पनि आउँछ । धर्मदेवकी रानी अर्थात् राजा मानदेवकी आमा राज्यवतीले ब्राह्मणहरुलाई दान दिँदै सतीव्रतमा रहेको प्रसंग त्यहाँ परेको छ । यति मात्र होइन
लिच्छविकालका अधिकांश अभिलेखहरुमा बारम्बार क्षत्री-बाहुनलगायत चार वर्ण अठार जातिको प्रसंग आउने गर्छ । परिस्कृत संस्कृत भाषामा लेखिएका लिच्छविकालीन अभिलेखहरु स्वयंले त्यस बखतको समाजमा हिन्दू धर्ममा ब्राह्मण र क्षत्री जातिको झन् वर्चश्व थियो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ किनभने चाँगुस्तम्भबाहेक अन्य लिच्छवि अभिलेखहरुमा पनि यी जाति र नेपालको वर्ण व्यवस्थाबारे यथेष्ट उल्लेख गरिएको पाइन्छ ।


हिजो आज 'चार वर्ण छत्तीस जात' भनेझैं तिनताका 'चार वर्ण अठार जात' भन्ने चलन रहेको तथ्यलाई पनि उक्त अभिलेखहरुले स्पष्ट पार्दछन् । यस तथ्यलाई संवत ४२८ को थानकोट आदित्यनारायणको वसन्तदेवको अभिलेखमा पनि उत्तिकै अकाट्य ढंगले पुष्टि गरिएको छ । जसमा जय पल्लिका ग्राममा बस्ने ब्राह्मण   मुखियालगायत गाउँका अठारै जातका गृहस्थीहरुलाई कुशल मंगल सोधेर आज्ञा भएको छ भन्ने सुस्पष्ट व्याख्या परेको छ । यताबाट नेपालमा लिच्छविकालदेखिनै क्षत्री-बाहुनलगायत अठारै जातिको अस्तित्व मात्र होइन वर्चश्व नै रहेको छ बरु लिच्छविकालीन अभिलेखहरुलाई केस्राकेस्रा केलाउने प्रा।डा। जगदीशचन्द्र रेग्मी जस्ता संस्कृतिसाधकहरुको निष्कर्ष के छ भने लिच्छविकालमा गुरुङ मगर र यस्तै मंगोल खलकका अरु जातिहरुको परिचयसम्म पनि पाइँदैन । संभवतः यी जाति पछि मात्र नेपाल आएका थिए भनी उनले आफ्नो पुस्तक 'लिच्छवि संस्कृति' मा उल्लेख गरेका छन् ।

उपर्युक्त आधारहरुबाट क्षत्री-बाहुनहरु नेपालका कति प्राचीन जाति रहेछन् भन्ने अकाट्य प्रमाण मिल्छ । दुर्भाग्य लिच्छविहरु पनि किरातहरुकै जस्तो विस्थापित हुन पुग्दा यो परम्परा र समाज अविच्छिन्न रहेन । आठौं-नवौं शताब्दीपिछ काठमाडौंको सत्ताबाट लिच्छविहरु एकाएक ओझेल पर्न पुगे र इतिहास एकप्रकार अन्धकारमा पर्न गयो । काठमाडौंको शासन पनि उपत्यकामै सीमित रहन थाल्यो । एकैचोटी बाह्रौं शताब्दीमा काठमाडौंमा राजा ठकुरी र प्रजा गैर ठकुरीको नेवार राज्य देखापर्न पुग्यो भने सुदुरपश्चिमबाट खसहरुले बेलाबेलामा काठमाडौं उपत्यका नै हान्ने अन्यथा पूर्वमा चेपे-मस्र्याङ्दी र पश्चिममा कुमाउ गढवाल अनि उत्तरमा तिब्बतको गुंगेसम्मको विस्तृत राज्यमा अधिकार जमाउन सफल भए । इतिहासमा यसलाई ुखस साम्राज्यु भन्ने नाम दिइयो ।

खस र क्षत्रीसम्बन्धी विवाद

खस र क्षत्री समवयी शब्द भए तापनि यिनको समधर्मिता र भिन्नताबारे हाम्रो समाजमा उति बहस र विवाद हुन सकिरहेको छैन । कतिले रुप जे भए तापनि सारमा यी दुवै समधर्मी शब्द नै हुन् भनेका छन् भने कतिले यिनीहरु विपरार्थी शब्द नै हुन भन्ने गरेका छन् । तिनीहरुका विचारमा वर्णव्यवस्थाको सोपानबाट हेरिदा क्षत्री-ब्राह्मणपछिको विशिष्ट जाति हो भने खस धेरै तलको जाति हो । त्यसैले क्षत्री उच्च जात हो भने खस हीन जातिका रुपमा लिइन्थ्यो । अतः यी दुइका बीच कुनै तादात्म्यता नै छैन । यिनको उद्भव एवं आगमन प्रकि्रया समेत समान छैन । अझ तिनीहरु त कहाँसम्म भन्छन् भने खस भनेका हिन्दूधर्मी तागाधारी पवित्र जाति हुन् खस भनेका वर्ण व्यवस्थाभित्र नपर्ने मतवाली अवैदिक क्षत्री हुन् । त्यसैले हामीले पनि यही विपरार्थी सोचभित्रबाट क्षत्री र खसका बारेमा  विचारविमर्श एवं खोज-अनुसन्धान गर्नुपर्ने हुन्छ किनभने यसभित्र उल्लेख्य सत्यता रहेको पनि प्रतीत हुन्छ । यिनीहरु साना वा ठूला वा उच वा हीन हुन कि होइनन् भन्ने कोणबाट भन्दा पिन
यिनीहरुको वास्तविक उद्भव एवं आगमन प्रकि्रयाको कोणबाट यो विषय अनुसन्धेय बन्न पुगेको हो ।

आगमन प्रकि्रया
माथिल्ला प्रसंगमा नेपालमा क्षत्री जातिका मानिसहरुको आगमन प्रकि्रयाबारे थोरै उल्लेख गरियो । त्यसरी हेर्दा स्वयं लिच्छविकालका राजाहरुले आफूहरु क्षत्रिय रहेकोमा गौरव गर्ने गरेका प्रसंगबारे पनि उल्लेख गरियो । यसबाहेक लिच्छिव अभिलेखहरुको मसिनो अवलोकन गरिएको खण्डमा लिच्छविकालमा क्षत्री जातिको समाजमा उल्लेख्य प्रभुत्व उपस्थिति एवं हैसियत रहने गरेको फेला पर्छ तर स्वयं लिच्छवि इतिहासमा क्रमभंगता आउन पुग्दा आज ती लिच्छविकालीन क्षत्री-बाहुनहरु को हुन् र कुन हालतमा रहेका छन् त्यो भन्न त्यति सजिलो छैन । कतै तिनीहरु सबै नेवारी समुदायमा सम्मिलित भइसकेका त होइनन् किनभने यो समाज कुनै स्वतन्त्र र स्वायत्त समाज नभई गोपाल किरात र लिच्छविकालमा जात-जातिको सम्मिलन एवं सम्मिश्रणबाट नै विकसित बनेको यथार्थ हाम्रा सामु समुपस्थित नै छ । यसमा लिच्छवि समाजको कति योगदान रह्यो  कसैले पनि यसतर्फ ध्यान दिन सकिरहेको छैन ।


उता यस तथ्यलाई घोर उपेक्षा गर्दै एकैचोटी बाह्रौं शताब्दीमा भारतमा मुसलमानी आक्रमण बढेपछि आफ्नो धर्मको बचाउका लागि मात्र क्षत्री-बाहुनहरु नेपाल पसेका हुन् भन्ने एकोहोरो रट लगाउने र त्यही अन्धविश्वासमा आफूहरु रम्ने एउटा सतही प्रवृत्तिले सबैलाई गाँजेको देखिन्छ । यसलाई पूर्ण सत्य मान्नु ठूलो गल्ती हुनेछ । यी मध्ये को खसबाट हिन्दूकृत भई क्षत्री बनेका जाति हुन् को लिच्छविकालीन क्षत्री हुन् र को बाह्रांै शताब्दीबाट नेपाल प्रवेश गरेका क्षत्री हुन् सबैको ठीकठीक एवं वास्तविक निरुपण गरिनु अत्यावश्यक छ ।

यसको विपरीत कर्णाली भेगमा बसोबास गरेका खसहरुको इतिहास केलाउनमा आनाकानी ढिलासुस्ती र बेइमान प्रवििध अवलम्बन गरिए तापनि यस जातिको अस्तित्व र सत्यासत्यमा सदाकाल पर्दा हाल्न सक्ने स्थिति विद्यमान देखिन्न । किनभने त्यहाँका खसले हालसम्म पनि अविच्छिन्न रुपमा आफ्नो बसोबास पृथक भाषा धर्म संस्कृति र इतिहासको प्रतिनिधित्व गर्दै खस जातिको सामूहिक पहिचान प्रस्तुत गर्न कुनै कसर बाँकी राखेका छैनन् । जसअनुसार तिनको इतिहास हेर्दा एकसमयमा तिनीहरु पूर्वमा चेपे-मस्र्याङ्दी पश्चिममा कुमाउ-गढवाल र उत्तरमा तिब्बतको गुंगेसम्म विस्तारित भएको तथ्यलाई माथि पिन उल्लेख गरियो । यसैगरी यस जातिको इतिहास हेर्दा िसंजा उपत्यका प्रवेश गर्नुपूर्व २ सय वर्षसम्म कुमाउ उपत्यकाको शासक वर्गका रुपमा रहिसकेको तथ्य पनि त्यत्तिकै प्रामाणिक छ ।खस जातिको पूर्वरुप एवं नेपालसम्मको आगमन प्रकि्रया हेर्दा यिनीहरु बेविलोनियाको कस्साइटबाट इरान र इराकको सिमानामा पर्ने खशिस्तानको बासिन्दाको हैसियतमा स्वयंलाई नामाकृत गरेको प्रतीत हुन्छ ।त्यहाँ यिनीहरु 'कस' जातिका रुपमा प्रसिद्ध भए जसलाई अंग्रेजहरुले 'कस्साइट्स' भन्ने नाम दिए । यिनै कसहरु कालान्तरमा 'खस' भए । यिनीहरु मूलतः अवैदिक आर्य थिए र पश्चिमेसियाबाट भारत प्रवेश गर्ने क्रममा ईसापूर्व प्रथम सहस्राब्दीमा यिनीहरु वर्तमान अफगानिस्तान तथा पाकिस्तानको उत्तरी भाग र काश्मिरको दुर्गम क्षेत्रमा पर्ने बाल्हीक प्रदेशमा आइपुगे । जसलाई बाहिक प्रदेश पनि भनियो ।

जो हाल भारतको पंजाव प्रान्त वरिपरि छ । यसले वर्तमान काश्मिर क्षेत्रलाई पनि समेट्यो । त्यसैले कस जातिको मीर अर्थात् बसोबास क्षेत्र भएको कारणले यो क्षेत्र पनि खसमोहिरबाट काश्मिर भएको सम्मका भनाईहरु पनि प्रचलनमा छन् । यही क्रममा यिनीहरु वर्तमान कुमाउ-गढवालसम्म आइपुगे र यिनै खसहरु क्रमशः कुमाउबाट वर्तमान नेपालको पश्चिमााचल क्षेत्रमा स्थानान्तरण हुन थाले । उक्त क्रममा सत्ता प्राप्त गर्ने खसहरु ठकुरी त अन्य कतिपय तागाधारी क्षत्री बन्ने प्रकि्रया सुरु  भयो । कति खसहरु ब्राह्मण पनि बने कि यो पनि कम चाखलाग्दो र अनुसन्धान विषय होइन !
पश्चिम नेपालमा खसहरुलाई 'पावई खस' पनि भनिएको पाइन्छ । त्यसको अर्थ हो - पाखा-पखेरामा बस्ने मानिस । यी पावइहरु हाल पनि जुम्ला बझाङ र जाजरकोटका ग्रामीण भेगहरुमा उल्लेख्य संख्यामा बसोबास गर्छन् । यिनीहरु जनै लगाउँदैनन् र मदिरा पनि सेवन गर्छन् तर स्वयंलाई खस नभनी क्षत्री भन्न मन पराउँछन् । वस्तुतः यिनीहरु प्राचीन खसका वास्तविक उत्तराधिकारी हुन् ।

ऐतिहासिक तथ्य
उपर्युक्त आधारमा के भन्न सकिन्छ भने नेपालका क्षत्री-बाहुन यहाँसम्म कि दलितहरु समेत भारतको मैदानी भागबाट आएका क्षत्री-बाहुनभन्दा पृथक आगमन प्रकि्रया पृथक पहिचान र पृथक इतिहास छ । 'पहाडी बाहुन र ठकुरीहरु आफ्ना पुर्खाहरु मध्यकालमा भारतमा मुसलमानी आक्रमणबाट पराजित भएपछि कान्यकुब्ज तथा राजस्थान आदिबाट धर्म एवं जाित रक्षार्थ नेपाल प्रवेश गरेको' कुतर्कलाई पुष्टि गर्ने कुनै कारण नभएको कारण मात्र होइन यिनका अधिकांश थरहरु तत्कालीन खस साम्राज्यका सरकारी दर्जाबाट र तत्कालीन कर्णाली वा कुमाउ भेकका गाउँका नामबाट लिइएको र यी थरहरु भारतको मैदानी भागबाट आएका बाहुनसँग प्रायः नमिल्ने हुँदा नेपालका यी क्षत्री-बाहुनहरु यही देशको माटोसँग छुट्याउनै नसकिने गरी जोडिएका देखिन्छन् । किनभने यिनै क्षत्री-बाहुनहरु सम्पूर्ण नेपालमा बसाई सर्दै हालको मेची अाचल ताप्लेजुंग जिल्लासम्म विस्तारित भएका छन् । इतिहासकार सूर्यमणि अधिकारीले आफ्नो ुखस साम्राज्यको इतिहासु नामक पुस्तकमा भूमिसँग जोडिएका त्यस्ता क्षत्री-बाहुनहरुको थर देहायबमोजिम उल्लेख गरेका छन् । अतः यस लेखकलाई के लाग्छ भने अब उप्रान्त यी क्षत्री-बाहुनहरु आफ्ना पुर्खा खोज्न भारतको उज्जैन वा मध्य प्रदेशतर्फ भौंतारिन पुग्ने छैनन् र आफूहरु कर्णालीभेकसँग अविच्छिन्न ढंगले गाँसिएको र त्यहीँका गाउँ माटोबाट उब्जिएको भूमिपुत्र आदिवासी भएकोमा गौरव गर्ने छन् । यिनले स्वयंलाई हिन्दू भएकोमा गौरव गर्नुपर्ने पनि कुनै कारण रहने छैन वस्तुतः यिनीहरु पछिबाट नै हिन्दूकृत गरिएका हुन् ।


सोहीक्रममा यिनीहरु ठकुरी क्षत्री वा राणासम्म बनेका छन् । अन्यथा प्रथम राणा प्रधानमन्त्री स्वयं रामकृष्ण कुँवरका नाति वालनरिसंह कुँवरका पुत्र वीरनरिसंह कुँवर भएको सोहीक्रममा पछिबाट 'जंगबहादुर राणाजी' हुन पुगेको इतिहासका सम्पूर्ण पानामा यत्रतत्र पाइने तथ्यबाट कोही पनि अनभिज्ञ छैन नै । तर यो नेपाली खस बाहुनको धर्म तथा जाति पहिचानको सानो नमूना मात्र हो यथार्थमा धेरैको हकमा यो अवस्था समान ढंगले लागू हुने देखिन्छ तर थप अनुसन्धान पछि मात्र यसको सत्यसत्य प्रकाशमा आउन सक्नेछ ।

तलका दृष्टान्त हेरौः
१ खस साम्राज्यका सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरु
अधिकारी - दराको हाकिम
कार्की - राजस्व अधिकृत
भट्ट - राजपुरोहित वा धर्माधिकारी
भण्डारी - राजकीय कोषको प्रमुख
लेखक - लेखक
महतारा - ग्रामप्रमुख
रोकाया - महताराको सहयोगी
थापा - सैनिक दर्जा
खड्गा - सैनिक दर्जा
राना - सैनिक दर्जा
बुढा - सैनिक दर्जा
बुढाथोकी - सैनिक दर्जा
२ कर्णाली प्रदेशका गाउँका नामबाट उत्पत्ति भएका थरहरु
जिल्ला गाउँ थर
जुम्ला धिता धिताल
पाण्डुसेरा पाँडे
सिाजा िसंजापित
चौडीलागाउँ चौलागाइर्ँ
प्याकुरी प्याकुरेल
सिम्खाडा सिम्खडा
अछाम तिमिल्सैन तिमि_िल्सेना
घमिराउ घिमिरे
देवकोट देवकोटा
ढुंगानी ढुंगाना
ढाँकु ढकाल
वजगाउँ वजगाईँ
रिमा रिमाल
स्वाँरा स्वाँर
घोडासैन घोडासैनी
पुडासैन पुडासैनी
धमाली धमला
दर्ना दर्नाल
कुइँका कुइक्याल
चाल्सा चालिसे
वारला बराल
बझाङ रेगम रेग्मी
सोत सोती
खार खरेल खराल
सुवाडा सुबेडा सुवेदी
वयाना बानिया
बाजुरा जमकट्टी जमरकटेल
छाती छन्त्याल
कुँडी कुड्याल
वेलकाँटे वेलकँटिया
खातिवाडा खाती
बैतडी गाजरी गजुरेल
डोटी डोटेखोला डोटेल
निरौली निरौला
ओझाना ओझा
बोगटान बोगटी
मुडभरा मुडभरी
मुगु खनाया खनाल
कालैगाउँ कल्याल
खत्याड खतिवडा
दैलेख लामाछान्नी लामिछाने
बाँस्कोट बाँस्कोटा
बाँस्तोली बाँस्तोला
सातला सत्याल
लुयाटी लुइँटेल
बस्ताकोट बस्ताकोटी
चापागाउँ चापागाईँ
नेपा नेपाल
रिजु रिजाल
पोखर पोखरेल
लम्सु लम्साल
लम्जी लम्जेल
दह दाहाल
गैह्रा गैर् हे
भूर्ति भूर्तेल
पराजुल पराजुली
कोइराली कोइराला
दवाडा दवाडी
कट्टी कट्टेल
भुषाकोट भुषाल
सुइय सुेल
वड वडाल
मोडासैन मरासैनी
गुरगाउँ गुरागाईँ
कालिकोट खिड्किसैन खिसर्िने
भर्ता भर्ताल
राँचु रुचाल
गेला गेलाल
वाजाडा वाजाडे
बाँझकोट बाँझकोटा
रुकुम सर्पुकोट सापकोट सापकोटा
दाङ रजौरा रजौरिया
माझगाउँ मझगैयाँ

निष्कर्ष
नेपालको प्रामाणिक र लिखित इतिहास लिच्छविकालबाट शुरु हुन्छ । सोही समयदेखि नेपालमा हिजो आज कतिपयले 'भारतमा मुसलमानी आक्रमण बढेपछि आफ्नो धर्म र जात बचाउन' बाह्रौं शताब्दीमा नेपाल प्रवेश गरेका भनेर प्रचार गर्ने गरेका क्षत्री-बाहुनहरु पनि नेपालमा आदिकालदेखि बसोबास गरिआएको तथ्यलाई उक्त लिखित इतिहासले किटानीका साथ पुष्टि गर्दछ । अन्त्यमा ती खसहरु अवैदिक आर्य नै थिए र मत पनि ग्रहण गर्थे । त्यसैले तिनीहरु मतवाली क्षत्री कहलाउँथे । पछिबाट यिनीहरु हिन्दूकरण र वर्णव्यवस्थाको परिधिभित्र ल्याइए । जंगबहादुरले एउटा इस्तिहार पनि जारी गरे जसअनुसार कुनै पिन खसले स्वयंलाई खस भन्न नपाउने त्यसको सट्टा क्षत्री भन्नुपर्ने बाध्यात्मक व्यवस्था तोकिएको कुरा बाबुराम आचार्यले 'नेपालको सांस्कृतिक परम्परा' नामक  पुस्तकमा उल्लेख गरेका छन् । स्वभावतः यसपछि यिनलाई आफ्नो जातीय पहिचान प्रस्तुत गर्नमा कानुनी अड्चन पैदा भयो किनभने हुकुमी शासनमा जंगबहादुरको आदेश नमान्नेतर्फ कल्पनासम्म गर्न सकिन्नथ्यो । अर्कोतर्फ हिन्दूकरणको प्रकि्रयाले गर्दा खसहरुमा आफ्नो पहिचानमा उभिन हीनताबोध हुन थाल्यो । यस तथ्यलाई हामीले आफ्नै युगमा अनुभूत गर् यौं । गाउँघरमा हिजो आज पनि क्षत्रीलाई गाली गर्न पर् यो भने जातबाट खसेको खसेत्रो भन्ने शब्द प्रयोग गरिएको सुनिन्छ । तर वास्तविकता के हो भने खसहरु नेपालका वास्तविक आदिवासी र भूमिपुत्र हुन् जसको नाममात्र होइन जातसमेत भूमिकै नामबाट बनेको छ । त्यसैले सरकारले यस जातिलाई आदिवासीको सूचीमा नराखेर 'अन्य' सम्म भन्न पुग्नु खस जातिप्रतिको बेइमानी त छँदै छ सँगसँगै यो इतिहासको पनि घोर उपेक्षा हो ।

Monday, September 26, 2011

किन कम क्षति ?


किन कम क्षति ?


१ असोजको भूकम्प विज्ञहरूकै लागि पनि अध्ययनको विषय



१ असोज साँझ गएको ६ दशमलव ८ रेक्टरको भूकम्पको चर्चा सेलाएको छैन। धेरै कोणबाट चर्चा चलेको छ। र, एउटा प्रमुख कोण बनेको छ, कम क्षति। यस्तो चर्चा हुनु स्वाभाविक पनि देखिन्छ। किनभने, भूकम्पीय जोखिमसम्बन्धी अध्ययन गररिहेका विभिन्न संस्थाहरूले छ रेक्टरभन्दा माथिको भूकम्प आएमा काठमाडौँ उपत्यकामा मात्र ४० हजारभन्दा धेरै मानिसको मृत्यु हुने पूर्वानुमान गर्दै आएका थिए। तर, १ असोजको भूकम्पले त्यस पूर्वानुमानलाई पूरै गलत सावित गरििदयो। विज्ञहरूमाझ समेत अहिले एउटा प्रश्न ठडिएको छ, आखिर किन त्यस्तो भयो ?

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल -एनसेट)ले अघिल्लो वर्ष अर्थात् सन् २०१० मा एउटा सर्वेक्षण गरेको थियो। सर्वेक्षणले २ माघ १९९० सालको जत्रो भूकम्प आएमा राजधानी उपत्यकामा मात्र एक लाख मानिसको मृत्यु हुने र एक लाख सिकिस्त तथा दुई लाख गम्भीर घाइते हुने अनुमान गरेको थियो। त्यसैगरी, ६० प्रतिशत घर मर्मत गर्न नसकिने गरी भत्कने र करबि १५ लाख मानिस घरबारविहीन हुने अनुमान पनि गरिएको थियो। ३० लाख जनसंख्यालाई आधार बनाएर गरिएको सर्वेक्षणमा त्यो आँकडा निस्िकएको एनसेट नेपालका कार्यकारी निर्देशक आमोदमणि दीक्षितको भनाइ छ। हुन त विसं १९९० मा ८ दशमलव ४ रेक्टरको भूकम्प गएको थियो। यसपटकको भूकम्प १९९० सालको भन्दा निकै सानो अर्थात् ६ दशमलव ८ रेक्टर स्केलको मात्र हो।

तर पनि १९९० सालपछिको सबभन्दा ठूलो भूकम्प यही नै हो। ५ भदौ ०४५ बिहान पौने ५ बजे ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यस भूकम्पमा परी ७ सय २१ जनाको मृत्यु भएको थियो भने ६ हजार ५ सयभन्दा बढी घरहरू क्षतिग्रस्त भएका थिए। त्यसअघि ०३७ सालमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको थियो भने २५ हजारभन्दा बढी घर क्षतिमा परेका थिए।

तर, यसपटक ०३७ र ०४५ का भन्दा ठूलो थर्कनको भूकम्प जाँदा पनि क्षति किन कम भयो त ? खानी तथा भूगर्भ विभाग अन्तर्गतको भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाका अनुसार अहिलेको भूकम्पले क्षति किन कम गरायो भन्ने प्रश्न भूगर्भविद्हरूका लागि अनुसन्धानको विषय भएको छ। मुख्यत: भूकम्पको क्षति तीन कारकमा निर्भर रहने सापकोटाको कथन छ। पहिलो, भूकम्पको केन्द्रविन्दु कति गहिराइमा छ ? दोस्रो, बस्तीबाट केन्द्रविन्दु कति दूरीमा छ ? तेस्रो, बस्ती र केन्द्रविन्दुबीच पर्ने चट्टान कस्ता छन् ? सापकोटा भन्छन्, "यसपटक हामीलाई भाग्यले साथ दिएको छ। किनभने, १ असोजमा आएको भूकम्पको केन्द्रविन्दु घना बस्तीबाट निकै टाढा हिमालको काखमा थियो।" साथै, भूकम्प जाँदाको समयमा पनि क्षति भर पर्छ। अहिले मानिसहरू घरभित्र पसिनसकेको बेला भूकम्प आएको र यसबाट कसरी जोगिने भन्ने सचेतना वृद्धि भएका कारण पनि कम क्षति भएको सापकोटाको भनाइ छ।

बस्तीको सतहबाट जति कम गहिराइमा भूकम्पको केन्द्रविन्दु पर्छ, क्षति त्यति बढी हुन्छ। जमिनको सतहबाट आठदेखि सात सय किलोमिटर गहिराइसम्म भूकम्प जाने गरेको पाइएको छ। तर, नेपालमा अहिलेसम्म एक सय किलोमिटरभन्दा माथि नै भूकम्प गइरहेको छ। जापानमा भने तीन सयदेखि चार सय किलोमिटर गहिराइसम्म जाने गरेको छ। १ असोजमा १९ दशमलव ७ किलोमिटरको गहिराइमा भूकम्प गएको रेकर्ड छ। यस हिसाबले यस भूकम्पले विगतको भन्दा बढी क्षति गर्नुपर्ने हो। किनभने, ०४५ सालमा ५७ किलोमिटर गहिराइमा गएको भूकम्पले पनि निकै ठूलो क्षति पुर्‍याएको थियो। कम गहिराइमा भूकम्प जाँदा पनि क्षति कम भएकाले अनुसन्धानको विषय बनेको केन्द्रका प्रमुख सापकोटा बताउँछन्। थप्छन्, "यसपटक जति गहिराइमा भूकम्प गएको भनिएको छ। त्यसभन्दा बढी हुनसक्छ।" पाँच रेक्टरभन्दा बढीको भूकम्प गएमा संसारभर रेकर्ड रहन्छ। भूगर्भविद्हरूका शब्दमा यसपटक रेकर्डमा समेत गडबढी देखिएको छ। सुरुमा ६ दशमलव ८ रेक्टर रेकर्ड भएको थियो। लगत्तै ६ दशमलव ९ देखियो। जबकि, यसअघि कहिल्यै यस्तो गडबढी देखिएको थिएन।

एनसेटका निर्देशक दीक्षितका अनुसार भूकम्पको वेग तीन किलोमिटर प्रतिसेकेन्ड हुन्छ भने यसले दिने थर्कन एवं क्षति पनि स्थान अनुसार फरक-फरक हुन्छ। जस्तो : उही तीव्रताको भूकम्पले पहिलो तलामा बसेकाले कम, दोस्रो तलाकाले बढी र पाँचौँ तलामा बसेकालाई त्यसभन्दा बढी कम्पन महसुस हुन्छ। त्यस्तै भूकम्पको केन्द्रविन्दु नजिकका क्षेत्रलाई बढी प्रभाव पर्छ भने टाढाका क्षेत्रलाई कम।

ठूलो भूकम्पले छदेखि १० लाख वर्गकिलोमिटर क्षेत्रसम्म थर्काउने गर्छ। १ असोज साँझ गएको भूकम्पले भारत र नेपालमा त असर पार्‍यो नै, यसको धक्का भुटान, बंगलादेश र चीनसम्म महसुस भएको थियो। अहिलेको भूकम्पको असर क्षेत्र ठूलो छ, भौतिक क्षति कम। १२ लाख वर्गकिलोमिटरसम्म थर्कन पारेको दीक्षित बताउँछन्।

०४५ सालमा उदयपुरको मुर्कुचीलाई केन्द्रविन्दु बनाएर र १९९० सालमा भोजपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प आएको थियो। जहाँबाट सहरी र घना बस्तीका क्षेत्रहरू नजिकै थिए। त्यसैले ठूलो भौतिक क्षति भएको थियो। तर, यसपटक ताप्लेजुङस्थित नेपालको सीमा नजिकैको सिक्किमलाई केन्द्रविन्दु बनाएर भूकम्प आएकाले त्यहाँबाट घना बस्ती नजिक नपरेको हुँदा कम क्षति भएको हो। हुन पनि भूकम्पको केन्द्रविन्दुबाट सहर र घना बस्ती नजिकै भएको सिक्किम र तिब्बतमा हाम्रोमा भन्दा बढी क्षति भएको छ।

मझौला खालको भूकम्प ४० देखि ५० वर्षको अन्तरमा र महाभूकम्प तीनदेखि चार सय वर्षमा आउने भूगर्भविद्हरूको दाबी छ। छ रेक्टर स्केलमाथिको भूकम्पलाई खतराको संज्ञा दिइएको छ भने आठ रेक्टर स्केलमाथिको भूकम्पलाई महाभूकम्प भन्ने गरिएको छ। जानकारहरूका अनुसार भूकम्प तीन प्रकारले आउँछ : भर्टिकल, होरजिोन्टल र यी दुवै एकसाथ। घरले भर्टिकल भार थाम्न सक्छ तर होरजिोन्टल थाम्न सक्तैन। भूकम्पले तल-माथिभन्दा दायाँ-बायाँ बढी हल्लाउँदा घरहरू बढी भत्किने सम्भावना हुन्छ। भर्टिकलले कम क्षति पुर्‍याउने, होरजिोन्टलले बढी र यी दुवै एकसाथ आएमा त्यसले विनाश नै निम्त्याउने हुन्छ। १ असोज साँझ आएको भूकम्प होरजिोन्टल मात्रै भएकाले कम क्षति पुगेको बताउँछन् जानकारहरू। अहिलेकै भूकम्प पनि राती गएको भए बढी क्षति पार्न सक्थ्यो भन्ने भूगर्भशास्त्रीहरूको ठम्याइ छ।

काठमाडौँ भूकम्पीय दृष्टिले ठूलो जोखिममा रहेको भविष्यवाणी गर्नेमध्येका एक हुन्, एनसेटका दीक्षित। दीक्षित आफूले रेक्टर स्केलका आधारमा नभई मरकालीका आधारमा बढी क्षति हुनसक्ने बताएको तर अरूले त्यसलाई बंग्याइदिएर रेक्टर स्केल भनिदिएको गुनासो पोख्छन्। उनका शब्दमा भूकम्पलाई दुई तरिकाले मापन गरिन्छ। जर्मन वैज्ञानिक रक्िटरले पत्ता लगाएको विधि अनुसार रेक्टर स्केल भनिन्छ भने इटालियन वैज्ञानिक मरकालीले अनुसन्धान गरेको विधिको मापनलाई मरकाली भनिन्छ। "रेक्टरले कति ऊर्जा निस्िकयो भन्ने र मरकालीले ऊर्जा जत्रोसुकै निस्िकयोस्, केन्द्रविन्दु बस्तीबाट कति दूरीमा छ ? कत्रो थर्कन आइपुग्यो र क्षति कति पुर्‍यायो भन्ने आधार बताउँछ," दीक्षित भन्छन्, "मैले भूकम्प जहाँसुकै जाओस्, राजधानीमा नौ मरकालीको थर्कन आइपुग्यो भने क्षति बढी पुर्‍याउँछ भनेको हुँ। यसपटक नौ मरकालीको थर्कन आएको होइन। त्यति मरकालीको थर्कन आएर पनि क्षति कम भएको भए अचम्म मान्नुपर्ने थियो।" उनका अनुसार यसपटकको भूकम्प सात मरकालीको थियो।

तथ्यांकमै गोलमाल

४ असोजमा गृह मन्त्रालयले पत्रकार सम्मेलन गर्‍यो। १ असोज साँझ सवा ६ बजे गएको भूकम्पबाट भएको क्षतिको विवरण सार्वजनिक गर्न त्यो सम्मेलन गरिएको थियो। मन्त्रालयका अनुसार भूकम्पबाट राजधानी काठमाडौँमा तीनसहित देशभर छ जनाको मृत्यु भयो भने २३ जना गम्भीर र १ सय ६० जना सामान्य घाइते भए। त्यसैगरी, १ हजार २ सय घर पूर्ण क्षतिग्रस्त भए भने २ हजार ४ सय ५७ घरमा आंशिक क्षति पुग्यो। ६४ वटा सरकारी र सार्वजनिक भवन ध्वस्त भए भने त्यस्ता २ सय ६३ वटा भवनमा सामान्य क्षति भयो।

त्यसको अघिल्लो दिन नेपाल प्रहरीले पनि भूकम्पबाट भएको क्षतिको विवरण सार्वजनिक गरेको थियो। प्रहरी विवरण अनुसार १ असोज साँझको भूकम्पमा परी सात जनाको मृत्यु भयो। २० जना गम्भीर र ९० जना सामान्य घाइते भए। त्यस्तै, ८२ वटा घर पूर्ण क्षति र १ सय ६२ घरमा सामान्य क्षति पुग्यो। १ सय २२ परिवार विस्थापित भए। १४  चौपायाको मृत्यु भयो।

गृह मन्त्रालय र प्रहरी आँकडाको फरकपनले देखाउँछ, भूकम्पबाट पुगेको क्षतिको विवरण अझै संकलन हुन बाँकी छ। साथै, सरकारी तथ्यांकले क्षति कम देखाएको हो कि भन्ने प्रश्नसमेत उब्जिएको छ। उदाहरण लिन सकिन्छ, पाँचथर जिल्लाको। जिल्ला दैवी प्रकोप उद्धार टोली, पाँचथरले त्यस जिल्लामा मात्र ६ सय घर क्षतिग्रस्त भएका, १ सय ६० वटा विद्यालय भत्किएका, १ सय ४ परिवार विस्थापित हुन पुगेका जनाएको छ। अर्कातिर, सञ्चारमाध्यमहरूको विवरण त झन् फरक छ। सञ्चारमाध्यमले भूकम्पबाट कम्तीमा १० जनाको मृत्यु भएको जनाएका छन् भने राजधानीमा मात्र ७८ जना गम्भीर घाइते भएको उल्लेख गरेका छन्।

Tuesday, August 30, 2011

शपथ ग्रहणपछि मुस्ताङ गाडीमा प्रधानमन्त्री (फोटो फिचर)



काठमाडौं, भदौ १२ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराई शपथ ग्रहणपछि नेपालमा बनेको मुस्ताङ गाडी चढ्दा धेरै आश्चर्यमा परे। प्रधानमन्त्रीले रोजेको गाडी दुर्गम पहाडका कच्ची सडकलाई लक्षित गर्दै नेपालमै बनाइएको हो। नागरिकन्युजका विजय राई र विजय गजमेरको क्यामेराले शपथ समारोहमा खिचेका केही दृश्‍यहरु।
राष्ट्रपति रामवरण यादव नवनिर्वाचित प्रधानमन्त्री बाबुराम भट्टराईलाई शपथ ग्रहण गराउँदै।

प्रधानमन्त्री बाबुराम भट्टराई उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारलाई शपथ ग्रहण गराउँदै।

शपथ ग्रहणका बेला सहभागी हुँदै पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा सभामुख सुवासचन्द्र नेम्वाङ।


माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भट्टराईलाई शुभकामना दिँदै।

शपथपश्‍चात् प्रधानमन्त्री भट्टराईलाई बधाई तथा शुभकामना दिँदै राष्ट्रपति रामवरण यादव।

शपथ ग्रहणपछि बधाई दिँदै पत्‍नी हिसिला यमि।

प्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषीका साथ।

कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भट्टराईलाई बधाई तथा शुभकामना दिँदै।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रधानमन्त्री भट्टराईलाई शुभकामना दिँदै।

हाम्रो समय सुरु भयो : नवनियुक्त प्रधानमन्त्री भट्टराई तथा उपप्रधान तथा गृहमन्त्री गच्छेदार।

बाँयाबाट क्रमश: उपराष्ट्रपति परमानन्द झा, राष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नवनियुक्त प्रधानमन्त्री बाबुराम भट्टराई र सभामुख सुवासचन्द्र नेम्वाङ शपथ समारोहका दौरान।

Wednesday, July 13, 2011

विवाहको नाममा बर्बादी


विवाहको नाममा बर्बादी
क्रान्तिकारी देखिन, परम्परा भत्काउन र युवा कार्यकर्र्ता अड्याउन द्वन्द्वकालमा माओवादीले प्राथमिकता दिएको 'जनवादी विवाह' शान्ति आएपछि महिला हिंसाको पर्याय बनेको छ।
अरुणा रायमाझी

लक्ष्मण के.सी.
माओवादी लडाकूका बटालियन कमाण्डर लोकेन्द्र डाँगीले त्यागेकी सेक्सन कमाण्डर खिमा डाँगी छोरीका साथ।
स्नातकोत्तर पढ्ने सुनिता पोखरेलका लागि एमाओवादीका केन्द्रीय सचिव सीपी गजुरेलका कान्छा छोरा सञ्जीवको जीवनसाथी बन्ने प्रस्ताव नराम्रो थिएन। दुवै परिवारको कुराकानीपछि ४ माघ २०६३ मा सामाजिक परम्पराअनुसार भएको त्यो विवाह अहिले मुलुकको सबभन्दा क्रान्तिकारी दलका वरिष्ठ नेताले दाइजोको लागि एउटी महिलालाई दिएको मानसिक यातनाको निकृष्टतम नमुना बनेको छ (हे. बक्सः गजुरेल परिवारको अत्याचार)।
गजुरेल परिवारमा मात्र होइन, सिङ्गो एमाओवादीमै अहिले महिलाको भावनासँग खेलेर रछ्यानमा फाल्ने प्रवृत्तिले प्रश्रय पाएको छ। किशोरीहरूलाई विभिन्न सपना देखाई विवाहको नाटक रच्ने र जायजन्मपछि त्यागेर अर्को घरजम गर्ने व्यभिचारीहरू पार्टीमा प्रशस्त छन्। यसरी दायित्वबाट पन्छिन पाउँदा उनीहरूलाई हाइसन्चो भयो होला, तर सहाराविहीन परिवार र तिनको पीडा थेग्न समाजलाई गाह्रो भइरहेको छ। पारपाचुकेको अस्त्र चलाएर एक झ्ट्कामा परिवार फुटाउने कामरेडहरूप्रति एमाओवादी लचिलो बनेको पोल पार्टीमा सुनुवाई नभएका उजुरीहरूको चाङले खोल्दछ।
सुरुआत पार्टीमूलीबाटै

छोडपत्र गर्नुअघि तिनै छोरीका साथ लोकेन्द्र ।
सशस्त्र विद्रोहकालमा बनेका परिवारहरूको विघटनले पार्टी अध्यक्ष पुष्पकमल दाहालकै घरबाट औपचारिकता पाएको हो। द्वन्द्वकालमा पार्टी सचिव पोष्टबहादुर बोगटीकी छोरी प्रभासँग प्रेमविवाहमा बाँधिएका अध्यक्षपुत्र प्रकाशले दुई वर्षपछि नै ३ माघ २०६४ मा पोखरामा दोस्रो विवाह गर्दा दाहालले यसलाई नयाँ र पुरानो संस्कृतिको फ्युजन भनेर व्याख्या गरेका थिए। यो बेग्लै कुरा हो, माइतीको साथ पाएकी पत्रकार प्रभाले आपत्ति गरिनन्। तर, सबै महिला उनको जस्तो पारिवारिक, पेशागत र मानसिक अवस्थामा हुँदैनन्।
प्रभा बोगटीको अनुभवमा, माओवादीमा लागेका प्रायः किशोरीहरू पारिवारिक स्नेहबाट टाढा आन्दोलनको कठोर परिवेशमा रहेका बेला कोही आफ्नो बन्न आउँदा परिपक्व निर्णय लिन नसक्ने अवस्थामा थिए। त्यसैले कसैले आत्मीयता देखाउँदा नजिक बन्थे र त्यसलाई पार्टीबाट वैधानिक बनाउन विवाह गरिहाल्नुपर्ने बाध्यता हुन्थ्यो। त्यसबेला पार्टीको काम र सुरक्षाका कारण महिनौं टाढा बस्नुपर्दा पनि सम्बन्धहरू प्रेम र विश्वासमा टिकेका हुन्थे। तर, पार्टी खुल्ला भएपछि जोडीहरूले एकअर्काका आनीबानी र चरित्र थाहा पाउन थाले। लालाबालाले घेरिएर समाजमा फर्केका पत्नीले पतिका स्वार्थी र गैर-जिम्मवार चरित्र झ्ेल्नुपर्‍यो; कठोर जातीय, आर्थिक र क्षेत्रीय यथार्थहरूको सामना गर्नुपर्‍यो। प्रभा भन्छिन्, “यी सबले मनमुटाव शुरु हुन्छ र छुट्टिनुपर्ने स्थितिसम्म आउँछ।”
वाम राजनीतिज्ञ तथा लेखक मोदनाथ प्रश्रित माओवादीका अन्य गतिविधि जस्तै जनवादी विवाह पनि सुविचारित कदम नभएकाले जुन गतिमा प्रश्रय दिइएको थियो त्योभन्दा वेगले विघटनतिर गएको बताउँछन्। परिणाम, आज धेरैजसो माओवादी महिला न्यायका लागि अदालत गुहार्न समेत सक्दैनन्। अधिवक्ता अन्जिता खनालका अनुसार पार्टीको स्वीकृतिमा भएका विवाहलाई प्रचलित कानुनले मान्यता नदिने हुँदा श्रीमानले एकतर्फी रूपमा विवाह खारेज गरिदिएपछि अदालत पुगेका महिलाहरूले प्रमाणको अभावमा मुद्दा दर्ता गराउन सकेका छैनन्।

ती महिलाले पार्टी र जनवर्गीय सङ्गठनका कार्यालय तथा नेताका ढोका-कोठा चहार्दा पनि न्याय पाएका छैनन्। विवाह सम्बन्धी झ्ण्डै ७०० उजुरी लिएको माओवादी सम्बद्ध अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले समेत न्याय दिलाइदिनू भन्ने चिठी सँगै खामेर सम्बन्धित जिल्ला पार्टी कमिटिमा पठाइदिने बाहेक केही गरेको छैन। संघकी अध्यक्ष जयपुरी घर्तीले युद्धको बेला सँगै बसेकाहरूमा जातीय, क्षेत्रीय आदि रहनसहनका कारण टाढिने प्रवृत्ति बढेको र यसमा पार्टी गम्भीर रहेको बताइन्। तर, एमाओवादीभित्रको बहसमा यो विषयले कहीँ ठाउँ पाएको छैन। जिम्मेवार तहका महिलाहरूले यस विषयमा बोल्नै नचाहेका र बोले पनि खोक्रो आदर्श मात्र फलाक्ने गरेका पीडितहरू बताउँछन्।
अपवादका रूपमा पार्टीले गरेका एकाध कारबाहीमा पनि पीडितहरूले न्याय पाएका छैनन्। पार्टीमा निवेदन हालेर पहिलो विवाह गरेका दाङ जिल्ला कमिटी सदस्यद्वय हेमराज घर्तीमगर र नेपबहादुर बस्नेतलाई दुई-दुई वटा बच्चा भएपछि अर्को विवाह गरेकोमा पार्टीले निष्कासन गर्‍यो, तर उनीहरूले विचल्लीमा पारेका चार महिला र पाँच बालबालिकाको अवस्था यथावत् छ। दोस्रो विवाहबाट पनि एक छोरा पाएका घर्तीमगर अहिले सबैलाई दाङमा छाडेर काठमाडौं बसेका छन्।
पार्टीमा शुरु भएको परिवार विघटनले अध्यक्ष पुत्र प्रकाश दाहालको दोस्रो विवाहबाट अघोषित मान्यता पाएकाले बहुविवाहको कारबाहीमा पर्नुपर्ने नेता-कार्यकर्ता ढुक्क र पीडितहरू निरुत्साहित भए। जनमुक्ति सेनाकी कम्पनी कमाण्डर बदला (पीडित आफ्नो वास्तविक नाम खुलाउन चाहन्नन्) आफ्नो स्वार्थ पूरा भएपछि परिवार छाड्ने कामरेडहरूलाई अध्यक्षको भाषणले चोख्याएको बताउँछिन्। पार्टीले लमजुङका रामचन्द्र पौडेलसँग जनवादी विवाह गराइदिएको सम्झँदै यी दलित समुदायकी युवती भन्छिन्, “रामचन्द्रले अर्को विवाह गरेको सुनेर स्तब्ध हुँदै फोन गर्दा म त आफ्नै जातमा फर्किएँ नि भनेका थिए। अध्यक्षको भाषणले उनको यस्तो निकृष्ट जवाफलाई पनि चोख्याइदियो।”
माओवादीमा श्रीमती फेर्न आफ्नै जातमा फर्किने कमाण्डरहरू मात्र छैनन्, पैसाका लागि पत्नीलाई यातना दिने डाक्टरहरू पनि छन् (हे.११ जेठ २०६७ मा क्षेत्रीय सदस्य देवी शाहले पार्टीको स्वास्थ्यकर्मी संघका सदस्य डा. ज्ञानेन्द्र शाह विरुद्ध महिला संघमा दर्ता गरेको निवेदन)।
फन्दामा महिला

अखिल नेपाल महिला संघ क्रान्तिकारी कार्यालयमा उजुरी दर्ता सूची र निवेदनका खात।
माओवादीले मुक्तिको सपना देखाएर जनयुद्धमा होमेका हजारौं किशोरीहरू पुरुष बराबर लडे, मरे र जेलब्रेकको रेकर्ड बनाउन सफल भए। स्वचालित हतियार भिरेका नेपाली महिला लडाकूहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाए। उनीहरूको समेत योगदानबाट नयाँ राजनीतिक आँधी आयो, देशमा गणतन्त्र आयो। तर, तिनैमध्ये धेरैले अहिले आफ्नै कामरेडहरूबाट नसोचेको घात सहनुपरेको छ।
घरपरिवारको बेवास्ता र नाजायज सम्बन्धहरूको शृङ्खला पार्टी शहरकेन्द्रित भएर कामरेडहरू पैसा र भोगविलासमा लहसिएपछि शुरु भएको हो। कतिपय महिलाले पतिको एकोहोरो दबाब र स्वार्थीपनबाट उत्पन्न आवेगमा छोडपत्रमा सही गरिदिए। उनीहरू गला अवरुद्ध पार्दै विचार एउटै भए पनि भावना नमिलेपछि अलग हुनुपरेको बताउँछन्। छोडपत्रमा सही नगर्नेहरू पनि एक्लिएका छन्। उनीहरू आफ्ना कथा-व्यथा फरर बताउँछन्, तर सार्वजनिक हुन मान्दैनन्। उनीहरूमा कम्तीमा छोराछोरीलाई हेरेर पतिको मन पग्लिन्छ कि भन्ने आशाको त्यान्द्रो अझै बाँकी देखिन्छ।
आँखाभरि आँसु लिएर मनभरि पतिको भलो चिताउनेहरू पनि छन्― जस्तो, २०५४ सालमा १७ वर्षकी छँदा १९ वर्षीय टङ्क क्षेत्रीसँग प्रेम विवाह गरेकी गुल्मी विशुखर्क-३ वलिवाङकी सुमित्रा सापकोटा (हे. छेउको तस्बिर)। जात नमिलेको भन्दै सिङ्गो गाउँ छुटाउन लाग्दा पनि टङ्कलाई पछ्याउँदै भूमिगत भएकी सुमित्राकी छोरी लक्ष्मी कक्षा ८ मा पढ्छिन्, तीन वर्षको छोरो छ। छोरो गर्भमै छँदा संविधानसभा निर्वाचनको प्रचारमा खटेका बेला टङ्कले पारपाचुकेको दबाब दिँदै कुटपिट गर्न थाले। यो कुरा पार्टीले थाहा नपास् भनेर श्रीमानलाई सम्झाउँदा-सम्झाउँदै टङ्कले शिक्षिका सावित्रा थापासँग बिहे गरे। पार्टीको गुल्मी सचिवालय सदस्य र एरिया इन्चार्ज सुमित्राले पुरानो प्रेम सम्झ्ेर कतै उजुरी गरिनन्। भन्छिन्, “मैले जति दुःख पाए पनि उसैलाई माया गरिरहन्छु।”
माओवादी पार्टीले विवाहपछि दुईमध्ये एकलाई वैवाहिक सम्बन्धबाट सन्तुष्टि नमिले मार्क्सवादी पद्धतिअनुसार छोड्न पाइने नियम बनाएर घरजमको स्वीकृति र निर्देशन दिने गरेको थियो। जनवादी विवाहको नाममा चलाइएको यो फेसन अहिले महिलाका लागि नियोजित फन्दा भएको छ। कतिले कलिला युवतीहरूलाई पत्नीको रूपमा उपयोग गर्न मात्र विवाहको नाटक रचे। यस्तो धोकामा पर्नेहरूले पतिका अनेक कृत्य सहेर, लुकाएर पनि धर पाएका छैनन्। न्याय पाउने आशा र जीविकाको चर्को समस्याबीच सन्तान हुर्काउन सङ्घर्ष गर्नुपरेको छ। बुटवलको गोलपार्कमा खुद्रा सामान बेच्ने शान्ता कँडेल माओवादीको अर्घाखाँची जिल्ला कमिटी र महिला कमिटी सचिव थिइन्। सन्धिखर्क, तुलसीपुर, कपिलवस्तु, पाल्पा, बल्कोट, पोखराथोक लगायतका आक्रमणमा सहभागी उनी आफ्नै कामरेडको गद्दारी र पार्टीको रवैयाबाट विरक्तिएर नाबालक छोरो च्याप्दै पार्टीमा निष्त्रि्कय हुन बाध्य भइन्।
छोराका साथ सुमित्रा सापकोटा।
अर्घाखाँची ढाडमैदानका हरि भट्टराई सरोजसँग विवाहका लागि पार्टी निर्देशन आउँदा शान्ताले आफू १६ वर्ष मात्र पुगेको बताएकी थिइन्। तर उनीप्रति लोभिएका सरोजले निवेदनमा १८ वर्ष पुगेको लेखेका रहेछन्। त्यसमाथि उनका लागि पार्टी निर्देशन नै सबथोक थियो। अर्को वर्ष डारमा सुत्केरी भइन्, चिसोले धेरै रक्तस्राव भयो र बच्चालाई पनि निमोनियाले सतायो। एक जना गाउँलेले घरमा लगेर बचाए। त्यसको केही महिनापछि लडेर गम्भीर घाइते भइन्।
शान्ता भारतमा उपचार गराएर फर्कंदा बदलिइसकेका कामरेड पतिले छोडपत्र मागे। उनले मानिनन्, तर सरोजलाई त्यसले केही फरक पारेन, अर्की केटी लिएर हिँडे। आफूमाथि भएको अन्यायबारे पार्टीमा सुनुवाई नभएपछि शान्ताले बहकिएर अर्घाखाँची छाडिन्। गएको तीन वर्षदेखि उनी पार्टी सम्पर्कमा छैनन्, पार्टीले सरोजलाई स-सम्मान फर्काएर मगरात राज्य कमिटीमा राख्यो। छोरालाई पढाउँदै र आफू पनि पढ्दै गरेकी शान्ताको अझै पनि पार्टीप्रतिको आस्था यथावत् छ। भन्छिन्, “१० वर्ष ज्यान दिएको पार्टीलाई आवश्यक पर्‍यो भने फेरि पनि लड्न तयार छु।”
(क्रान्तिकारी पत्रकार संघ सम्बद्ध पत्रकार रायमाझी एमाओवादीको केन्द्रीय प्रचार ब्यूरो राज्यसमिति सदस्य हुन्।)


गजुरेल परिवारको अत्याचार
सुनिता पोखरेल
एनेकपा (माओवादी)का केन्द्रीय सचिव सीपी गजुरेल (गौरव)की छोरी प्रभाबाट आएको प्रस्तावमा पटक-पटकको पारिवारिक छलफलबाट कुरा मिलेपछि म कान्छी बुहारी बनेर त्यो परिवारमा भित्रिएँ। बिहेलगत्तै ससुरा र सासू कल्याणी दिल्ली जानुभयो। फर्केपछि सासूले दाइजोको कुरासँगै स-साना निहुँमा गाली गर्न थाल्नुभयो। तर, सञ्जीवले ममीको कुरामा चित्त नदुखाउनु, म छु भन्दै आडभरोसा दिएकाले ढुक्क थिएँ।

विवाहको एक महिनापछि सञ्जीव र म माइती गएर फर्कियौं। मैले रितअनुसार कोसेली राखेर सासू-ससुरालाई ढोगेँ। यसले मेरो हीराजस्तो छोरालाई कस्तो पारी भन्दै सासू र्झ्कनुभयो। खान बसेको बेला उहाँले यसले ल्याएको गाग्री पनि चुहिने रछ भन्दा ससुरा सीपी गजुरेलले ए, गाग्रीसमेत चुहिने रछ! भन्दै सही थाप्नुभयो। दिनहरू बित्दै गए। म बिहान घरको काम गरेर अफिस जान्थेँ, बेलुका काम सकेरै सुत्थेँ। सासू तँ आफ्नो व्यवस्था गर मात्र भनिरहनुहुन्थ्यो, ससुराले यस्तो तनावपूर्ण वातावरणमा हस्तक्षेप गरेर मिलाइदिए हुन्थ्यो भन्ने लाग्थ्यो।
म गर्भवती भएकी थाहा पाउँदा सञ्जीवले बच्चा फाल्ने प्रस्ताव राखे। म बोल्नै सकिनँ, घरमा, अफिसमा जतिबेला पनि रोइरहेँ। म त्यो बच्चा जसरी पनि जन्माउन चाहने, उनी फाल्न। माइती गएर जन्माउँ कि जस्तो लाग्यो, तर सञ्जीवको असहमतिमा हिम्मत आएन। म उनको चित्त पनि नदुखोस्, बच्चा पनि जोगियोस् भन्ने कोशिशमा थिएँ। आखिर एकदिन अस्पताल हिँड्न भने, उनीसँग धेरै रोएँ। तर, कठोर हुँदै हेर सुनिता, अहिले घरमा पनि बबाल छ, मलाई साथ देऊ भनेर बाध्य पारे।
बच्चा फालेपछि सञ्जीवले सँगै बस्न नसक्ने घोषणा गरे। सासूले तँ पढेलेखेकी छेस्, जति पनि केटा पाउँछेस् भन्नुभयो। गर्भपतनका कारण कमजोर भएका बेला खान दिन समेत छाडियोे, धेरैपटक खानै नपाएर तड्पेँ। सासूले मेरो कोठाको खाट हटाइदिनुभयो। एक दिन क-कसको पेट बोकेर यहाँ फालेकी र... भन्दै थुक्नुभयो। मैले पकाएको कसैले नखाने भएपछि एक्लै खाएर अफिस जान सक्दिनथेँ, भोकभोकै हिँड्थेँ। बेलुका कोठामा एक्लै बस्थेँ। कहिलेकाहीँ सासूले अलिकति भात फाली दिँदै तेरो स्वाभिमान छैन? कुकुरलाई जस्तो गर्दा पनि बसिराख्छेस् भन्नुहुन्थ्यो। म भने सञ्जीवलाई धेरै नै माया गर्थें।
म युरोप जानुभएको ससुराको ठूलो प्रतीक्षामा थिएँ। उहाँ आएको भोलिपल्टै हजुरले ममी, सञ्जीव र मलाई राखेर कुरा गरिस्यो भन्दा उहाँले भन्नुभयो, “मैले कान्छो छोरोको बिहे रहरले नै गरेको हुँ, तर कसै कसैको वैज्ञानिक कारणबाटै यस्तो हुन्छ। अब तिमीहरूले आ-आफ्नो भविष्य सोच्नुपर्छ। नेपालमा सुजाता कोइराला जस्ता महिला पनि छन्।” म बुबा, ससुरा जे भने पनि हजुर नै हो भन्दै रोएँ। उहाँले सबैथोक विस्तारै परिवर्तन हुँदै जान्छ भन्नुभयो।
माइतीबाट काठको छेस्कोसम्म नल्याएकी भन्दै सासूको दुर्व्यवहार झ्न्झ्न् बढ्यो। विवाह छिन्नुअघि दाइजोको कुरा गर्न गएका मेरा आफन्त दाजुहरूसँग फर्निचर (दुनियाँले देख्ने)बाहेकका चिज गच्छेअनुसार दिँदा फरक नपर्ने भनिएकाले मेरा किसान बाबुआमाले सकेजति ब्याङ्क व्यालेन्स र सुन लगायतको व्यवस्था गरिदिनुभएको थियो। मैले लगाएका गरगहना बिहेको केही समयपछि नै सासूले लिनुभयो, र पनि ममाथि कुनै दयामाया गरिएन।
एक दिन ससुराले सञ्जीव स्टाफ भएको तर म पनि घरमा बस्दा पार्टीमा अप्ठ्यारो परेको बताउनुभयो। अर्को दिन प्रभा दिदीको टोलमा कोठा खोजिएछ, तर मैले जान मानिनँ। एक बिहान म नुहाएर निस्कँदा मेरो सामान गाडीमा हाल्न ठिक्क पारिएको रहेछ। मैले सञ्जीवको पनि सामान हाल्न जिद्दी गरेँ। उनले मेरो लुगा खुम्च्याएर राख्न मिल्दैन, दराज किन अनि लगौंला भने। यसरी मलाई पन्छाइएको कोठामा तीन-चार दिनपछि नै सञ्जीव आउन छाडे।
एक बिहान घर जाँदा सबैले देखेर पनि ढोका खोलेनन्। धेरै बेरमा दूध लिन सञ्जीव तल र्झ्दा सासूले ढोका खोलेर तुरुन्तै बन्द गर्नुभयो। सञ्जीवको लागि ढोका खुल्दा म पनि पसेँ। तर, अर्काको घरमा केको जबरजस्ती हो, यो? भन्दै ससुरा जङ्गिनुभएपछि सासूले मेरो कपाल समाएर बाहिर निकाल्नुभयो। म ढोका बाहिर धेरैबेर रोएर फर्किएँ। त्यसपछि सञ्जीवले कोठामा आएर वाईसीएलका आईमाईहरू ल्याएर ठिक पार्न नपरोस् भनी थर्काए।
सासू-ससुरा युरोप गएको र सञ्जीव कुनै केटीसँग बसेको सुनेर १२ कात्तिक २०६४ मा अफिसबाट सीधै घर पुग्दा उनी कम्प्युटर चलाइरहेका रहेछन्, मलाई देख्नासाथ कपालमा समातेर बाहिर निकाल्न खोजे। प्रतिवाद गर्दा बेस्सरी पिटे। भोलिपल्ट न्यायका लागि पार्टी केन्द्रीय कार्यालयमा निवेदन लेखेर छाडेँ। त्यसको तीन महिनापछि पुसमा पार्टीले बुद्धनगर कार्यालयमा बोलाएर मिल्न सल्लाह दियो, तर वैशाखतिर सञ्जीवले सम्बन्धबिच्छेदको प्रक्रिया थाले। पत्रकारहरू मकहाँ पनि आइपुगे। सम्बन्धबिच्छेदको कुराबाट म हतास थिएँ, मिडियासँग कुरा गर्दा झ्नै बिग्रेला भन्ने डरले बोलिनँ।
उपाय खोज्दै माइती नेपाल पुगेँ। म सञ्जीवबाट अलग हुनु नपर्ने तरिकाको खोजीमा थिएँ, तर माइती नेपालका वकिलहरूले अंश मुद्दा हाल्ने सल्लाह दिएकाले पछाडि हटेँ। यस बीचमा न्यायको अपील गर्दै प्रतिष्ठित व्यक्ति र संघ-संस्था गरेर ४६ ठाउँमा पुगेछु। तर, पार नलागेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेँ, न्यायाधीशसमक्ष परिवारलेे अन्याय गरे पनि सञ्जीवबाट अलग नपारियोस् भनेर धेरै चोटि रोएँ। तर, काठमाडौं जिल्ला अदालतबाट गजुरेल परिवारकै पक्षमा फैसला आएपछि पुनरावेदन अदालत पाटन पुगेँ।
यही बीचमा सञ्जीवले पहिलेकी केटीले अर्काको पेट बोकेर आएकीले सम्बन्धबिच्छेद गरेको भनी ६ असार २०६७ मा सिनामङ्गल बस्ने रौतहट जङ्गलसैयाका रामहरि थापाकी छोरी सपनासँग प्रशस्त दाइजोका साथ विवाह गरेको सुनी व्याकुल भएर सीपी गजुरेललाई तीनपटक फोन गर्दा तीनै पटक काटी दिनुभयो। त्यसपछि मलाई यो स्तरका मानिसहरूबाट मानवजातिले केही पाउने छैन भन्ने लागेर २ वैशाख २०६८ मा छोडपत्रमा सही गरिदिएँ। त्यो सहमति दिँदा मलाई न उनीहरूबाट अंश चाहियो, न कुनै पैसा। अब मेरो आफ्नो जिन्दगी छ, गजुरेल परिवारलाई मेरो भन्नु केही छैन।

मुखले क्रान्ति भनेर के गर्नु !
सेक्सन कमाण्डर खिमा डाँगी (नमुना)

मलाई विवाह गर्न पार्टीमा निवेदन हालेका रुकुम सिम्लेका लोकेन्द्र जिसी विजयको प्रेम प्रस्ताव अस्वीकार गर्दा आत्महत्या गर्छु भन्थे। मरिहत्ते गरेपछि म तयार भएँ। २ कात्तिक २०५९ मा रुकुमको गरायलामा घरपरिवार, छरछिमेक र आफन्तको अभाव मेट्न पिएको यो औषधि दुई वर्षपछि विष बन्यो।
आफ्नो स्वार्थ पूरा भएपछि हिजो विवाह नगरे आत्महत्या गर्छु भन्ने कामरेडले छोडपत्र नगरे आत्महत्या गर्ने बताउन थाले। तर, पुरुषलाई जति सजिलो हुँदो रहेनछ महिलालाई परिवार भत्काउन। दाम्पत्य जीवनसँग प्रेम मात्र होइन छोराछोरी, समाज र भविष्य समेत जोडिने हुनाले मैले सबै यातना सहेर पनि सम्बन्ध टुटाउन चाहिनँ। त्यसमाथि म शारीरिक रूपमा पनि पतिको सहारा चाहिने अवस्थामा थिएँ। ३ कात्तिक २०६२ मा रुकुमको सिंगजेमा सुरक्षाकर्मीको घेराबाट भाग्दा लडेर पूरै बाहिर निस्केको पाठेघर आफ्नै हातले बलपूर्वक भित्र ठेली भाग्दै ज्यान बचाएको घटनालाई म पतिको साथबाट बिर्सन चाहन्थें। तर, मैले साथको साटो यातना पाएँ।
प्रमाणीकरणपछि कामरेड विजय बटालियन कमाण्डर भए, म सेक्सन कमाण्डर। उनको मन फिर्छ कि भन्ने आशले रोल्पाकै शिविरमा बस्न चाहेँ, तर उनले छोडपत्रमा सही नगरे अब जे पनि हुनसक्ने धम्की दिन थाले। सबैले किन नविनालाई छाड्न खोजेको भनेर सोध्दा ऊ बोक्सी हो, मेरो सबै कपाल पनि खाईदी सकी भनेको पनि सहनु पर्‍यो। रोल्पा नमुना अस्पतालका त्यतिबेलाका इन्चार्ज लगायतका स्वाथ्यकर्मीहरूकै सामु पनि ममाथि उनले बोक्सीको आरोप लगाए।
अन्ततः २०६५ माघ १८ मा मैले सन्तोष बुढामगर विषम, हेमन्तप्रकाश ली सुदर्शन लगायतका नेताका सामु छोडपत्रमा मन्जुरी गरिदिएँ। मैले ल्याप्चे नलगाइदिएकाले मात्र कुरा रोकिएको रहेछ, विजय ले सीमा घर्ती मगरसँग विवाह गरिहाले। त्यसपछि म दाङको सङ्क्राम शिविरमा सरेँ। सात वर्षकी छोरीलाई पढाइका लागि माइतमा राखेकी छु। यही वर्ष मैले ७५.५७ प्रतिशत अङ्कका साथ एसएलसी पनि पास गरेँ। घरमा सबैले स्टाफ नर्स पढ भनिरहेका छन्। सेनामा रहेकाले पार्टीको कुरा पनि सुन्नुपर्ने हुन्छ। पुनर्स्थापनामा जाँदा पाइने रकमबाट मेरो भविष्य निर्धारण हुनेछ।
मुखले क्रान्ति भनेर के गर्नु, पार्टीमा विजय जस्ता पुरुष धेरै छन्। पूरै समाज पुरुषप्रधान भएकाले म जस्ताको आवाज दबिएको छ। www.himalkhabar.com 16/32/068 and 2011/30 june 16 july 2011

Friday, June 3, 2011

नेपालमा जनगणनाको एक सय वर्ष

नेपालमा वि.सं. १९६८ (सन् १९११) मा पहिलो पटक संस्थागतरूपमा जनगणना भएको हो । अहिलेसम्म कुल १० पटक जनगणना भइसकेको छ । पछिल्लो जनगणना वि.सं. २०५८ सालमा भएको थियो । अहिले ११ औं राष्ट्रिय जनगणना यही २०६८ असार ३ देखि १३ गतेसम्म हुँदैछ ।
जनगणना ठूलो धनराशि खर्च हुने एउटा जटिल, निकै ठूलो र प्रमुख तथ्याङ्कीय गतिविधि भएका कारण विश्वका मुलुकहरूले कम्तीमा पाँच वा १० वर्षमा मात्र जनगणना लिने गर्दछन् । नेपालमा पनि प्रत्येक १०-१० वर्षमा जनगणना लिने काम हुँदै आएको छ ।
संस्थागतरूपमा गरिएका १० वटामध्ये वि.सं. २००९/११ देखिका जनगणनालाई वैज्ञानिक जनगणनाका रूपमा लिइएको छ । वि.सं. २००९/११ सम्मका जनगणनाले सीमित सूचना उपलब्ध गराउँदथ्यो । त्यति मात्र होइन, जिमवाल, मुखिया आदिको गणनालाई नै आधारको रूपमा लिइन्थ्यो । वि.सं. २००९/११ मा भने धरधुरी विवरण र व्यक्तिगत विवरण भएका दुई प्रकारका प्रश्नावलीको प्रयोग गरिएको थियो ।
हुन त नेपालमा राज्यको तर्फबाट मानिसहरूको गणना गर्ने काम मल्लकालीन समयमा नै भइसकेको थियो । मल्लकालीन नेपालमा गुठी सञ्चालन गर्ने उद्देश्यले काठमाडौंमा घरधुरीको गणना गरिएको थियो । पृथ्वीनारायण शाहले गोरखा राज्यमा घरधुरीको गणना गराएका थिए । यस्तै, नेपाली सेनामा भर्ना गर्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले जवान पुरुषहरूको गणना गर्ने काम गरेका थिए । यी गणनालाई नेपालमा जनगणनाको प्रारम्भिक चरणका रूपमा पनि लिन सकिन्छ ।
यसपालिको जनगणनामा अन्य जनसाङ्ख्यिक, सामाजिक तथा आर्थिक सूचना पनि सङ्कलन गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले केही समयअघि सार्वजनिक गरेको एक जानकारीअनुसार, जनगणनाका लागि करिब दुई अर्ब रुपियाँ खर्च हुनेछ । ३४ हजार गणक र आठ हजार पाँच सय सुपरभाइजर यस कामका लागि खटिनेछन् । साथै, अन्य विभिन्न अधिकारी-विशेषज्ञहरू पनि यस कामका लागि खटिने छन् । गणनाको प्रारम्भिक नतिजा २०६८ असोजसम्म आइसक्ने र विस्तृत नतिजालाई १० महिना कुर्नुपर्नेछ ।
 

कसरी थपियो ‌संविधान सभाको म्याद?

काठमाडौँ, जेठ १५ (नागरिक)- संविधान सभाको म्याद थप्न यस पटक दलहरुले निकै कसरत गर्नुपर्‍यो। बिहान ८ बजेका लागि डाकिएको संसद बैठक १५ घण्टा १५ मिनेट ढिलो मात्रै बस्न सक्यो। त्यसपछि १५ मिनेटका लागि भनेर स्थगित भएको बैठक जेठ १५ को बिहानीमा मात्रै बस्न सक्यो। दिनभर र रातभर के के भए, आउनुस् हेरौँ। 


बिहान ८:०० बजे
व्यवस्थापिका संसद् बैठक डाकिए पनि संविधानसभा भवनमा पातलो संख्यामा सभासद।

बिहान १०:०० बजे
राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री झलनाथ खनालको भेट।
बिहान ११:०० बजे
कांग्रेस संसदीय दल र केन्द्रीय समिति बैठकद्वारा अडानमै कायम रहने निर्णय।
बिहान ११:०० बजे
माओवादी स्थायी समिति बैठकले हतियार सरकारलाई नबुझाउने निर्णय। लडाकु समायोजन कार्यतालिका तयार।
बिहान ११:०० बजे
म्याद थप्न पहल जारी राख्ने निर्णयसहित एमाले स्थायी समिति सम्पन्न।
दिउँसो ३:०० बजे
संविधानसभा भवनमा प्रमुख तीन दलका नेताको बैठक।
दिउँसो ४:०० बजे
माओवादीद्वारा लडाकु समायोजन कार्यतालिकामा प्रस्ताव। त्यही कार्यतालिकामाथि तीन दलको बैठकमा छलफल।
साँझ ५:०० बजे
माओवादी र मधेसवादी नेताबीच बैठक।
साँझ ७:१५ बजे
कांग्रेस र मधेसी मोर्चाबीच छलफल सुरु।
साँझ ८:३० बजे
प्रमुख तीन दलको बैठक सुरु।
साँझ १० बजे
मधेसी मोर्चाद्वारा तीन ठूला दलले आफ्नो माग सम्बोधन नगरी म्याद थपको निर्णय गरे बैठक बहिष्कार गर्ने चेतावनी।
राति ११:१५ बजे
म्याद थपका लागि बिहान ८ बजे डाकिएको व्यवस्थापिका संसद्को बैठक बल्ल सुरु।
राति ११:२० बजे
राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङद्वारा संविधान संशोधनमा विरोध प्रस्ताव दर्ता।
राति ११:३० बजे
विरोध प्रस्ताव बहुमतद्वारा अस्वीकृत।
राति ११:४०
कानुनमन्त्री प्रभु साहद्वारा अन्तरिम संविधानको नवौं संशोधन विधेयक प्रस्तुत।
राति ११:४५ बजे
व्यवस्थापिका संसद् बैठक ‘१५ मिनेटका लागि' स्थगित। तीन प्रमुख दलबीच संविधानसभा म्याद थप्न सहमति। ड्राफ्ट तयार हुँदै।
राति १:३०
प्रमुख तीन दल र मधेसी मोर्चाबीच सहमतिका लागि संविधानसभा भवनमा बैठक सुरु।
राति ३:००
तीन दल र मधेसी मोर्चाबीच संविधानसभाको म्याद तीन महिना थप्ने सहमति।
बिहान ५: ३०
संविधान सभाको म्याद तीन महिना थप गर्न अन्तरिम संविधान नवौँ संशोधनको विधेयक दुई तिहाइ बहुमतले पारित भएको सभामुखको घोषणा।

राष्ट्रपतिद्वारा विधेयक प्रमाणिकरण-
काठमाडौँ, जेठ १५ (नागरिक)- संविधान सभाको म्याद तीन महिना थप गर्न अन्तरिम संविधान नवौँ संशोधनको विधेयक दुई तिहाइ बहुमतले पारित भएको छ। मतदानमा सहभागी ५०८ मध्ये ५०४ ले पक्षमा मत दिएका थिए भने विपक्षमा चार मत मात्रै परेको थियो।   दुई तिहाइ बहुमतले विधेयक पारित भएको घोषणा सभामुख सुवास नेम्वाङले गर्दा बिहानको साढे पाँच बजेको थियो।   आजै बिहान राष्ट्रपति रामवरण यादवले संसदले पास गरेको संविधान संशोधन विधेयक प्रमाणिकरण गरेका छन्। 

  व्यवस्थापिका-संसद्को आज बिहानको बैठकमा सभामुख सुवास नेम्वाङले अन्तरिम संविधानको नवौं संशोधन पारित गरिएको विषयको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेका थिए। संसद्को अर्को बैठक यही जेठ २० गते शुक्रबार अपराह्न ३ बजे बस्ने कार्यक्रम छ।

यसअघि मतदान सुरु हुनुअघि मधेसी मोर्चाका तर्फबाट बोल्दै सभासद जेपी गुप्ताले मोर्चा मतदानमा सहभागी नहुने जानकारी दिए। संविधान सभाको म्याद थप गर्न संविधान संशोधनको विधेयक पास गर्न बसेको  व्यवस्थापिका संसदको तेस्रो बैठक बिहान साढे चार बजे सुरु भएको थियो। बैठकमा नेपालको अन्तरिम संविधान नवौँ स‍ंशोधन विधेयकमा १ वर्षका लागि नभई ३ महिना म्याद थप्ने संशोधन प्रस्ताव नेपाली का‍ग्रेसका सचेतक लक्ष्मणप्रसाद घिमिरेले राखेका थिए।  

संविधान सभाको म्याद थप गर्न संविधान संशोधनको विधेयक पास गर्न बसेको  व्यवस्थापिका संसदको दोस्रो बैठक आधा घण्टाका लागि स्थगित भएको थियो। दलहरुबीच सहमति नभएपछि स्थगित संसदको दोस्रो बैठक बिहान सवा ३ बजे सुरु भएको थियो। बैठकले स‍ंसदको कार्यसञ्चालन नियमावलीका केही धारा निलम्बन गर्ने र अन्तरिम संशोधनको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्‍यो। विधेयकमाथि स‌ंशोधन पेश गर्न आधा घण्टा समय दिइएको थियो। 

हिजो राति  सवा ११ बजे सुरु भएको बैठकमा कानुन मन्त्री प्रभु साहले अन्तरिम संविधानको नवौँ संशोधनको विधेयक प्रस्तुत गरेपछि  स‍ंसद बैठक १५ मिनेटका लागि स्थगित भएको सभामुखले घोषणा गरेका थिए। तर तीन घण्टा पछि बल्ल बैठक सुरु भएको थियो। 

यसअघि  संविधान सभाको म्याद थप गर्न संविधान संशोधनको विधेयक पास गर्न  व्यवस्थापिका संसदको बैठक राति सवा ११ बजे सुरु भएको थियो। बैठकमा  संसदमा संविधान सभाको म्याद थप गर्ने उद्देश्यले संविधान संशोधन गर्न सरकारले ल्याएको विधेयकमा राप्रपा नेपालका सभासद चन्द्रबहादुर गुरुङले विरोधको सूचना प्रस्तुत गरेका थिए। त्यसको जवाफ कानुन मन्त्री प्रभु साहले दिएपछि बहुमतले सो प्रस्ताव अस्वीकृत भएको थियो। त्यसपछि कानुन मन्त्री प्रभु साहले अन्तरिम संविधानको नवौँ संशोधनको विधेयक प्रस्तुत गरेपछि सं‍सद राति ११४४ बजे १५ मिनेटका लागि भन्दै स्थगित भएको थियो। www.nakariknews.com



Sunday, March 13, 2011

जापानमा एक हजारभन्दा बढीको मृत्यु 2067 phaagun 28


जापानमा एक हजारभन्दा बढीको मृत्यु (फोटो फिचर)





टोक्यो, फागुन २८ (एजेन्सी)- ८.९ रेक्टर स्केलको भूकम्प र त्यसले उत्पन्न गरेको सुनामीको कारण कम्तिमा एक हजारको मृत्यु भएको छ। मर्नेको संख्या भने बढ्नसक्ने अधिकारीहरुले जनाएका छन्। भूकम्पपछि अहिले जापानमा बृहत राहत तथा उद्धार अभियान सुरु गरिएको छ। समुन्द्रमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले उत्पन्न गरेको सुनामीले जापानको उत्तर पूर्वी तटमा ठूलो विध्वन्स मच्चाएको छ। सुनामीले जमिनको भित्रैसम्म  पसेर गाउँ तथा नगरहरुमा ठूलो क्षति पुर्‍याएको छ।