काठमाडौँ, जेठ १५ (नागरिक)- संविधान सभाको म्याद थप्न यस पटक दलहरुले निकै कसरत गर्नुपर्यो। बिहान ८ बजेका लागि डाकिएको संसद बैठक १५ घण्टा १५ मिनेट ढिलो मात्रै बस्न सक्यो। त्यसपछि १५ मिनेटका लागि भनेर स्थगित भएको बैठक जेठ १५ को बिहानीमा मात्रै बस्न सक्यो। दिनभर र रातभर के के भए, आउनुस् हेरौँ।
बिहान ८:०० बजे
व्यवस्थापिका संसद् बैठक डाकिए पनि संविधानसभा भवनमा पातलो संख्यामा सभासद।
बिहान १०:०० बजे
राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री झलनाथ खनालको भेट।
बिहान ११:०० बजे
कांग्रेस संसदीय दल र केन्द्रीय समिति बैठकद्वारा अडानमै कायम रहने निर्णय।
बिहान ११:०० बजे
माओवादी स्थायी समिति बैठकले हतियार सरकारलाई नबुझाउने निर्णय। लडाकु समायोजन कार्यतालिका तयार।
बिहान ११:०० बजे
म्याद थप्न पहल जारी राख्ने निर्णयसहित एमाले स्थायी समिति सम्पन्न।
दिउँसो ३:०० बजे
संविधानसभा भवनमा प्रमुख तीन दलका नेताको बैठक।
दिउँसो ४:०० बजे
माओवादीद्वारा लडाकु समायोजन कार्यतालिकामा प्रस्ताव। त्यही कार्यतालिकामाथि तीन दलको बैठकमा छलफल।
साँझ ५:०० बजे
माओवादी र मधेसवादी नेताबीच बैठक।
साँझ ७:१५ बजे
कांग्रेस र मधेसी मोर्चाबीच छलफल सुरु।
साँझ ८:३० बजे
प्रमुख तीन दलको बैठक सुरु।
साँझ १० बजे
मधेसी मोर्चाद्वारा तीन ठूला दलले आफ्नो माग सम्बोधन नगरी म्याद थपको निर्णय गरे बैठक बहिष्कार गर्ने चेतावनी।
राति ११:१५ बजे
म्याद थपका लागि बिहान ८ बजे डाकिएको व्यवस्थापिका संसद्को बैठक बल्ल सुरु।
राति ११:२० बजे
राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङद्वारा संविधान संशोधनमा विरोध प्रस्ताव दर्ता।
राति ११:३० बजे
विरोध प्रस्ताव बहुमतद्वारा अस्वीकृत।
राति ११:४०
कानुनमन्त्री प्रभु साहद्वारा अन्तरिम संविधानको नवौं संशोधन विधेयक प्रस्तुत।
राति ११:४५ बजे
व्यवस्थापिका संसद् बैठक ‘१५ मिनेटका लागि' स्थगित। तीन प्रमुख दलबीच संविधानसभा म्याद थप्न सहमति। ड्राफ्ट तयार हुँदै।
राति १:३०
प्रमुख तीन दल र मधेसी मोर्चाबीच सहमतिका लागि संविधानसभा भवनमा बैठक सुरु।
राति ३:००
तीन दल र मधेसी मोर्चाबीच संविधानसभाको म्याद तीन महिना थप्ने सहमति।
बिहान ५: ३०
संविधान सभाको म्याद तीन महिना थप गर्न अन्तरिम संविधान नवौँ संशोधनको विधेयक दुई तिहाइ बहुमतले पारित भएको सभामुखको घोषणा।
राष्ट्रपतिद्वारा विधेयक प्रमाणिकरण-
काठमाडौँ, जेठ १५ (नागरिक)- संविधान सभाको म्याद तीन महिना थप गर्न अन्तरिम संविधान नवौँ संशोधनको विधेयक दुई तिहाइ बहुमतले पारित भएको छ। मतदानमा सहभागी ५०८ मध्ये ५०४ ले पक्षमा मत दिएका थिए भने विपक्षमा चार मत मात्रै परेको थियो। दुई तिहाइ बहुमतले विधेयक पारित भएको घोषणा सभामुख सुवास नेम्वाङले गर्दा बिहानको साढे पाँच बजेको थियो। आजै बिहान राष्ट्रपति रामवरण यादवले संसदले पास गरेको संविधान संशोधन विधेयक प्रमाणिकरण गरेका छन्।
व्यवस्थापिका-संसद्को आज बिहानको बैठकमा सभामुख सुवास नेम्वाङले अन्तरिम संविधानको नवौं संशोधन पारित गरिएको विषयको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेका थिए। संसद्को अर्को बैठक यही जेठ २० गते शुक्रबार अपराह्न ३ बजे बस्ने कार्यक्रम छ।
यसअघि मतदान सुरु हुनुअघि मधेसी मोर्चाका तर्फबाट बोल्दै सभासद जेपी गुप्ताले मोर्चा मतदानमा सहभागी नहुने जानकारी दिए। संविधान सभाको म्याद थप गर्न संविधान संशोधनको विधेयक पास गर्न बसेको व्यवस्थापिका संसदको तेस्रो बैठक बिहान साढे चार बजे सुरु भएको थियो। बैठकमा नेपालको अन्तरिम संविधान नवौँ संशोधन विधेयकमा १ वर्षका लागि नभई ३ महिना म्याद थप्ने संशोधन प्रस्ताव नेपाली काग्रेसका सचेतक लक्ष्मणप्रसाद घिमिरेले राखेका थिए।
संविधान सभाको म्याद थप गर्न संविधान संशोधनको विधेयक पास गर्न बसेको व्यवस्थापिका संसदको दोस्रो बैठक आधा घण्टाका लागि स्थगित भएको थियो। दलहरुबीच सहमति नभएपछि स्थगित संसदको दोस्रो बैठक बिहान सवा ३ बजे सुरु भएको थियो। बैठकले संसदको कार्यसञ्चालन नियमावलीका केही धारा निलम्बन गर्ने र अन्तरिम संशोधनको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्यो। विधेयकमाथि संशोधन पेश गर्न आधा घण्टा समय दिइएको थियो।
हिजो राति सवा ११ बजे सुरु भएको बैठकमा कानुन मन्त्री प्रभु साहले अन्तरिम संविधानको नवौँ संशोधनको विधेयक प्रस्तुत गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको सभामुखले घोषणा गरेका थिए। तर तीन घण्टा पछि बल्ल बैठक सुरु भएको थियो।
यसअघि संविधान सभाको म्याद थप गर्न संविधान संशोधनको विधेयक पास गर्न व्यवस्थापिका संसदको बैठक राति सवा ११ बजे सुरु भएको थियो। बैठकमा संसदमा संविधान सभाको म्याद थप गर्ने उद्देश्यले संविधान संशोधन गर्न सरकारले ल्याएको विधेयकमा राप्रपा नेपालका सभासद चन्द्रबहादुर गुरुङले विरोधको सूचना प्रस्तुत गरेका थिए। त्यसको जवाफ कानुन मन्त्री प्रभु साहले दिएपछि बहुमतले सो प्रस्ताव अस्वीकृत भएको थियो। त्यसपछि कानुन मन्त्री प्रभु साहले अन्तरिम संविधानको नवौँ संशोधनको विधेयक प्रस्तुत गरेपछि संसद राति ११४४ बजे १५ मिनेटका लागि भन्दै स्थगित भएको थियो। www.nakariknews.com

No comments:
Post a Comment