प्रत्यक ब्यक्तिको शिक्षा र ज्ञान बिशुद्ध निजी सम्पत्तिहो जसलाई सहजरुपमा जहाँतही बोकेर साथै लानसक्छौ तर भौतिक सम्पत्तिको यो सम्भब छैन ।



Friday, March 9, 2012

फागुन १५ गते मगर दिवसः एक दृष्टिकोण डा. त्रिलोक सिङ्ग थापा मगर

फागुन १५ गते मगर दिवसः एक दृष्टिकोण डा. त्रिलोक सिङ्ग थापा मगर अध्यक्ष मास्टर मित्रसेन स्मृति प्रतिष्ठान, काठमाडौं, नेपाल पृष्ठभूमिः मगरजाति नेपालको सबभन्दा प्राचीन आदिवासी भूमिपुत्र हो । आफ्नै मौलिक संस्कृति भाषा धर्म सामाजिक परम्पराका धनी मगर जनजाति आदिवासी जनजातिमध्ये सबभन्दा ठूलो जनजाति हो । राष्ट्रिय जनगणना २००१ अनुसार मगरजातिको जम्मा जनसंख्या १६,२२,२४१ रहेको छ । कुल जनसंख्याको ७:१४ प्रतिशत अर्थात् कुल जनसख्यामा तेस्रो स्थान मगरजातिले ओगटेको छ । सामान्यतः थेप्चो नाक चिम्सा आँखा गहुँगोरो औसत होचो कद र सुसंगठित शरीर भएकाले यो जाति मंगोलियन मूलको जाति हो । स्वभावले सोझो सरल इमानदार कर्तव्यपरायण मिलनसार भद्र स्वाभीमानी एवं मानवीय भावनाका धनी हुन् । मगरजातिको मूल थलो प्रायः मध्य पहाडीक्षेत्र रहेकाले अधिकांश मगरहरु लुम्बिनी र कर्णाली प्रदेशबीचको भूभागमा परापूर्वकालदेखि बसोबास गरेको पाइन्छ । पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा पनि मगरहरुको बसोबास रहेको पाइन्छ । हाल बसाइँ सराइको प्रकि्रयाले गर्दा अधिराज्यका हरेक जिल्लाहरुमा मगरहरु बसोबास गरिआएका छन् । साथै विदेशमा पनि वर्षौंदेखि मगरहरुको वस्ती पाइन्छ । कतिपय ठाउँमा त मगरजोङ्ग अर्थात मगरहरुको किल्लाहरु अझै पनि भग्नावशेष अवस्थामा विद्यमान छन् । मगर गणराज्यः मगर जाति यो देशको प्राचीन शासक जाति पनि हो । नेपाली एकीकरणको पूर्व मगरहरुको आफ्नै गणराज्यहरु थिए । ती गणराज्यहरुलाई सुरुसुरुमा ुमगराज्यु त्यसपछि मगरात भनिएको पाइन्छ । पूर्वमा बाह्र मगरात राज्य र पश्चिमा अठार मगरात राज्य इतिहासले स्पष्ट गर्दछ । नेपाल एकीकरणको नाममा गोरखाका राजा पृथ्वीनारायण शाहले वर्तमान नेपालको भौगोलिक एकीकरण गरे । त्यसपछि नेपालमा मगरहरुको भाषिक सांस्कृतिक धार्मिक दमनको शिकार र राज्य व्यवस्थाबाट विाचत हुने क्रम सुरु भएको पाइन्छ । साम दाम दण्ड भेदको नीतिबाट षड्यन्त्रमूलक तरिकाले मगर राज्यको अस्तित्व मेटाएको पाइन्छ । तत्पश्चात् कोतपर्वका माध्यमबाट जंगबहादुर कँुवरले सत्ता हत्याएर आफ्नो पारिवारिक एकलौटी शासन स्थापना गर्न सफल भए । त्यसपछि जारी गरिएको मुलुकी ऐनले नेपालको बहुजातीय एवं बहु सांस्कृतिक स्वरुपलाई हिन्दू वर्णाश्रमको सामाजिक संरचनामा समावेश गर्ने काम सुरु भयो । यसै सन्दर्भमा पाचायतकालमा एकल संस्कृतिको थालनी भयो । मगरजातिको भाषा संस्कृति र सामाजिक परम्परा विलुप्त हुने दिशातिर अग्रसर हुन थाल्यो । वि.सं. २००७ सालमा राणाहरुको जहानियाँ शासनको अन्त गरी प्रजातन्त्रको स्थापना भयो । तर मगर जनजातिलाई राष्ट्रिय विकासको मूलधारमा समाहित गर्ने वातावरण तयार भएन । तत्पश्चात् २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना भए पनि मगर जनजातिको राजनैतिक सामाजिक आर्थिक एवं सांस्कृतिक अवस्थामा कुनै विशेष परिवर्तन आउन सकेन । दुईशय ३८ वर्षको इतिहासमा मगरजातिको भाषा धर्म संस्कृति जातीय अधिकार र आत्मसम्मान माथि राज्यले गम्भीर आघात गर्दै आएको छ । जातीय विभेदीकरण दमनकारी पक्षपाती एवं निरंकुश नीतिले गर्दा मगर समुदायमा शैक्षिक आर्थिक राजनीतिक सांस्कृतिक तथा सामाजिक चेतनाको विकासमा विशेष प्रगति भएको पाइँदैन । यसै परिप्रेक्ष्यमा चेतनशील मगरहरुमा आफ्नो समुदायको समुन्नति गर्न चिन्तन मनन हुन थाल्यो । मगर समाज सुधार संघ काठमाडौं: उपर्युक्त पृष्ठभूमिमा काठमाडौँमा अध्ययनरत केही विद्यार्थी जागिरे व्यापारी एवं सचेत मगरहरुको भेला वार्ता एवं विचार विमर्शको थालनी सुरु भयो । फलस्वरुप सो समूहले मगर समाजमा सामाजिक शैक्षिक चेतना जगाउन सामाजिक कुरीतिहरु क्रमशः हटाएर आफ्नो समुदायको विकास गर्ने गराउने उद्देश्यले जागरुक मगरहरुले वि।सं। २०१२ सालमा मगर समाज सुधार संघु स्थापना काठमाडौँमा गरेका थिए । मगर समाज सुधार संघको विस्तारः वि.सं. २०१२ सालमा तनहूँका एकदेव आले रणबहादुर आले र पदमबहादुर थापाले पनि मगर समाज सुधारका लागि आ-आफ्नो भेगमा मगरहरुलाई संगठित एवं एकत्रित गर्न थाले । वि।सं। २०१२ सालतिर पूर्वका मगरहरु पनि महोत्तरीमा भेला भएका थिए । त्यस्तै वि।सं। २०१२ सालमा गुल्मीको भासे्र गाउँमा गिरीप्रसाद बुढाथोकीको अध्यक्षतामा मगर समाज सुधार संघु नामक सामाजिक संस्था गठन गरिएको थियो । उक्त संघको मुख्य उद्देश्य मगर समाजमा सामाजिक जागरण ल्याउने रहेको थियो । वि।सं। २०१३ सालमा म्याग्दी जिल्लाको औलो गाउँमा मेजर टेकबहादुर बदुजा पुन मगरको संयोजकत्वमा मगर भेला भएको थियो । सो भेलामा घरधुरीअनुसार अन्न संकलन गरेर बाढीपहिरो आगलागी पीडिततहरुलाई अन्न दिने स्कूल खोल्ने कार्यक्रम साचालन गर्ने निर्णयहरु पारित गरेका थिए । वि।सं। २०१४ सालमा तनहूँको कुलुङ्ग भन्ने गाउँमा एकदेव आले मगरको नेतृत्वमा त्यस भेगका मगरहरुको सम्मेलन पनि सम्पन्न भएको थियो । त्यस्तै वि।सं। २०१४ सालमा गिरीप्रसाद बुढाथोकीको सकि्रयतामा ुमगर सुधार संघुको पश्चिमााचल वृहत् भेला सम्पन्न भएको थियो । वि।सं। २०१४ फागुन २७ देखि २९ गतेसम्म चलेको उक्त भेलामा ५०० जति मगर प्रतिनिधिहरुको उपस्थिति थियो । मगर संघको इतिहासमा यसै सम्मेलनलाई मगरहरुको प्रथम राष्ट्रिय सम्मेलन मानिएको छ । सो सम्मेलनबाट मगर समाज विद्यमान सामाजिक कुरीति अन्धविश्वास नराम्रो प्रथाहरुलाई क्रमशः हटाउने शिक्षाको प्रचार-प्रसार र प्रोत्साहन गर्ने जनचेतना जगाउने पिछडिएका समाजलाई उकास्ने आदि निर्णयहरु पारित भएका थिए । वि।सं। २०१७ सालको राजनीतिक परिवर्तनपछि राजनीतिक गतिविधिमा कठोर नियन्त्रण सुरु भयो । राजनैतिक दल एवं सामाजिक संघ संस्थाहरुको गतिविधिमाथि प्रतिबन्ध लगाइयो । संघको कि्रयाकलापमाथि तत्कालीन निरङ्कुश सरकारले प्रतिबन्ध लगाए तापनि मगरहरु एकत्र हुने एकजुट हुने भावनामा राज्यले छेकबार गर्न सकेन । कहिले वनभोज कहिले चियापानको आयोजना गरेर सचेत मगरहरुको संगठित हुने क्रम यथावत् जारी नै रह्यो । लाङ्घाली परिवार संघः तत्कालीन प्रशासनमा केही खुकुलोपन आएपछि हर्कबहादुर थापा मगरको सकि्रयतामा वि.सं. २०२७ सालमा लाङ्घाली परिवारु नामक मगरहरुको सामाजिक संस्था गठन भयो । वि.सं. २०२२ सालतिर नौ सदस्यीय लाङ्घाली परिवारको अध्यक्ष पदमा खिलध्वज थापा मगर निर्वाचित हुनुभयो । तदनुरुप वि।सं। २०३० सालमा सुरेश आले मगरको अध्यक्षतामा ११ सदस्यी र ४ जना सल्लाहकार रहेको समितिको गठन भएको थियो । वि.सं. २०३२ सालतिर बुटवलमा बाबुराम राना मगर अध्यक्ष्तामा लाङ्घाली परिवारु म्याग्दीमा मगर समाज कल्याण समिति तनहूँमा मगर सुधार समिति संगठनहरु क्रमशः खोलिएका थिए । त्यस्तै वि।सं। २०३५ र २०३६ को अवधिमा बाग्लुङ बाँके सुर्खेत र दोलखामा मगर सुधार समितिहरु खोलिए । पाल्पा कास्की र तनहूँमा पनि मगर समाज सुधार समिति र लाङ्घाली परिवारु नामक मगर संगठन स्थापना हुँदै गए । यी सबै संगठन र समितिहरुलाई समन्वय गर्ने अभिप्रायले वि.सं. २०३६ सालमा डा. हर्कबहादुर बुढामगरको अध्यक्षतामा ७ सदस्यीय लाङ्घाली परिवार केन्द्रीय तदर्थ समिति गठन गरिएको थियो । नेपाल लाङ्घाली परिवार संघ केन्द्रीय समितिः वि.सं. २०३८ साल माघ २८ र २९ गते कानङ् लाङ्घाली परिवारु बुटवल र रुपन्देहीको आयोजनामा एक केन्द्रीयस्तरको सम्मेलन भएको थियो । नेपाल मगर संघको यो दोस्रो राष्ट्रिय सम्मेलन मानिएको छ । यो सम्मेलनले हेमबहादुर पुनको अध्यक्षतामा नौ सदस्यीय नेपाल लाङ्घाली परिवार केन्द्रीय तदर्थ समिति गठन गरिएको थियो । यसै क्रममा केन्द्रीयस्तरको संगठन स्थापन भएको थियो । यसै समितिको आयोजनामा वि.सं. २०३९ साल फागुन १४ गते तेस्रो राष्ट्रिय सम्मेलन १५ र १६ गते र प्रथम राष्ट्रिय महाधिवेशन तनहूँको दमौली बजारमा सम्पन्न भएको थियो । यसै अधिवेशनमा केन्द्रीय समिति तथा प्रथम केन्द्रीय सल्लाहकार समिति गठन गरिएको थियो । यसैले फागुन १५ गतेलाई मगर दिवस मानिँदै आएको छ । संघको प्रत्येक वर्ष राष्ट्रि सम्मेलन गर्नुपर्ने वैधानिक मान्यता अनुसार वि.सं. २०४० र २०४१ सालमा राष्ट्रिय सम्मेलनहरु क्रमशः म्याग्दी चौथो र नवलपरासी पाँचौँ जिल्लामा सम्पन्न भएको थियो । वि।सं। २०४६ सालमा मकवानपुर जिल्लाको हेटौँडा बजारमा छैठौँ राष्ट्रिय सम्मेलन तथा दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । दोस्रो राष्ट्रिय अधिवेशनमा ३६ जिल्ला समितिका प्रतिनिधित्व थिए । सोही अधिवेशनबाट नै केन्द्रीय सदस्यहरु प्रत्येक अन्चलबाट एक एकजना प्रतिनिधि हुने प्रावधान निर्णय भएको थियो । वि.सं. २०४३ सालमा स्याङ्जाको वालिङ बजारमा सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न भयो । यसै क्रममा वि.सं. २०४५ सालमा बाँके जिल्लाको नेपालगाज बजारमा सम्पन्न तेस्रो राष्ट्रिय अभिवेशनले मानध्वज रानामगरको अध्यक्षतामा १९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको थियो । यसै क्रममा वि.सं. २०४६ र २०४७ सालमा राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । नेपाल मगर संघः वि.सं. २०४८ सालमा काठमाडौँमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनले गोरेबहादुर खपाङ्गी मगरको अध्यक्षतामा १९ सदस्यीय नयाँ केन्द्रीय समितिको चयन गरेको थियो । सोही अधिवेशनले नेपाल लाङ्घाली संघु लाई नेपाल मगर संघु नामकरण गरेको थियो । वि.सं. २०४९ सालमा ११ औँ राष्ट्रिय सम्मेलन बाग्लुङमा सम्पन्न भएको थियो । यसै क्रममा वि।सं। २०५१ सालमा दाङ् घोराहीमा सम्पन्न नेपाल मगर संघुको पाँचौँ राष्ट्रिय अधिवेशनमा पुनः गोरेबहादुर खपाङ्गीको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय समितिको चयन गरिएको थियो । तदनुसार वि.सं. २०५४ मा नवलपरासी जिल्लाको कावासोतीमा छैठौँ र २०५७ सालमा धरानमा सातौँ अधिवेशन समापन भएको थियो । वि.सं. २०६० मा कैलालीको टिकापुरमा सम्पन्न आठौँ राष्ट्रिय अधिवेशनले क्याप्टेन यमबहादुर बुढाथोकी मगरको अध्यक्षतामा २४ सदस्यीय केन्द्रीय समिति चयन गरियो । यस प्रकार नेपाल मगर संघु राष्ट्रिय अधिवेशन भेला र सम्मेलन क्रमबद्ध ढंगले संचालन हुँदै आएको पाइन्छ । उक्त सम्मेलन अधिवेशनबाट समसामयिक मुद्दाहरुमा महत्वपूर्ण नीति निर्धारण कार्यक्रम तथा निर्णयहरु पारित भएको पाइन्छ । केन्द्रीय संगठनः मगर संघको केन्द्रीय संगठन संरचनाअनुसार अध्यक्ष वरिष्ठ उपाध्यक्ष पाँचजना उपाध्यक्षहरु प्रत्येक विकास क्षेत्रबाट महासचिव कोषाध्यक्ष र १४ जना सदस्यहरु प्रत्येक अचलबाट रहने व्यवस्था छ । केन्द्रको आन्तरिक व्यवस्थापनका लागि विदेश विभाग अर्थ विभाग कानुन विभागलगायत् विभिन्न विभागहरुको व्यवस्था गरिएको छ । नेपाल मगर संघको भातृ तथा सहयोगी संस्थाहरुः वि.सं. २०४६ सालको जनआन्दोलनबाट नेपाल बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भयो । राजनैतिक पार्टी सामाजिक संघसंस्था धार्मिक एवं जातीय संस्था खोल्ने साचालन गर्ने प्रकि्रया सुरु भयो । अतः नेपाल मगर संघुको गतिविधि तथा संगठनको विस्तारमा पनि तीव्रता आएको पाइन्छ । राज्यका हरेक जिल्लाहरुमा मगर संघको जिल्ला समितिहरु गाउँ र प्रारम्भिक समितिहरु गठन गर्न थाले । साथै आफ्नो समुदाय समाजलाई एकजुट बनाउने सचेत गर्ने तथा जनचेतना जगाउने गतिविधिमा तीव्रता आएको देखियो । विगतको २ सय ३८ वर्षको इतिहासमा मगरजातिको आफ्नो भाषा धर्म संस्कृति आत्मसम्मानमाथि प्रहार भएको र राज्य संरचनाको नीति-निर्माणमा निर्णायक शक्ति केन्द्रबाट वन्चित रहेको देखियो । साथै २०४६ सालपछि पुनःस्थापित भएको प्रजातन्त्रमा पनि एक जातीय एकल सांस्कृतिक तथा एकल धर्मलाई मजबुत पार्ने काम भयो । अतः नेपाल मगर जनजातिले आफ्नो हक अधिकार हितका लागि एकजुट हुने उद्देश्यले नेपाल मगर संघको भातृ संस्था र सहयोगी संस्थाको रुपमा विभिन्न क्षेत्रमा आ-आफ्नो संघसंस्थाहरु स्थापना गर्न थाले । नेपाल मगर विद्यार्थी संघु-२०५१ नेपाल मगर महिला संघु- २०५६ नेपाल बौद्ध सेवा समाजु- २०५७ नेपाल भू.पू. सैनिक संघु- २०६१ नेपाल मगर सांस्कृतिक संघु- २०६० तथा नेपाल मगर संघ सम्पर्क समिति- २०६० स्थापना भए । त्यस्तै काठमाडौँमा १४ वटा जिल्ला सम्पर्क समितिहरु तथा विदेशमा ९ वटा मगर संघुको स्थापना भयो । त्यस्तै १३ वटा अन्य मगर संस्थाहरु पनि स्थापना भएका छन् । यी मगर संस्थाहरु नेपाल मगर संघुको सहयोगी संस्थाको रुपमा रहेका छन् । साथै केही राजनीतिक परिवेशमा मगरजातिसँग सम्बन्धित् संस्थाहरु पनि स्थापना भएका छन् । यी सबै भातृ सहयोगी र राजनीतिक मगर संस्थाहरुले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा नेपाल मगर संघुलाई सहयोग गर्दै आइरहेका छन् । यसका अतिरिक्त सांस्कृतिक भाषिक अनुसन्धानात्मक संस्थाहरु पनि संचालन भइराखेका छन् । नेपाल मगर संघु नेपाल जनजाति महासंघुसँग आबद्ध भई सम्पूर्ण जनजाति आदिवासी मुद्दाहरुमा सकि्रय रुपमा योगदान दिइआएको पाइन्छ । नेपाल मगर संघको उपलब्धीहरुः वि।सं। २००७ सालको प्रजातान्त्रिक वातावरणले मगरजातिलाई संगठित रुपले आफ्नो हक हित र अधिकारका लागि संघर्ष गर्ने तथा आफ्नो भाषा संस्कृति र सामाजिक परम्पराको संरक्षण सम्वद्र्धन गर्ने प्रेरणा प्रदान गर्यो । यसै सन्दर्भमा सचेत मगरहरुले सुरु गरेका मगर समाज सुधार संघु लाङ्घाली परिवारु कानुङ लाङ्घाली परिवारु नेपाल लाङ्घाली संघु हुँदै नेपाल मगर संघु मा रुपान्तरित तथा संगठित गर्दै आएको छ । विगतका वर्षहरुमा नेपाल मगर संघुमाथि प्रशासनिक बन्देज दमन साम्प्रदायिक तथा राजनीतिकरणको आक्षेप पनि नआएको होइन । मगर संघुको सामाजिक कार्यक्रम गतिविधि एवं कि्रयाकलापलाई समयसमयमा प्रशासनले अवरोध तथा निरुत्साहित गर्ने एवं संघका कार्यकर्ताहरुमाथि अत्याचार र दमनसमेत गर्यो । तैपनि यस संस्थाले निम्नअनुसारका उपलब्धीहरु प्राप्त गरेको देखिन्छ:- १. आफ्नो संगठनको विस्तार गर्दै मगरहरुलाई एकजुट एकबद्ध र संगठित गर्ने प्रयास गर्यो । २. मगरहरुको पछाडि मगरु थर थप्ने चलन ल्याउने निर्णयले मगरु शब्दलाई गौरव प्रदान गर्न थालियो । ३. मगरहरुको संस्कृति धर्म भाषा सामाजिक परम्परा एवं भेषभूषा संरक्षण सम्बद्र्धन गर्ने प्रेरणा प्रदान गर्यो । ४. सामाजिक अन्धविश्वास कुरीति र कुसंस्कारमा परिवर्तन ल्याउने तथा जनचेतना जगाउने चेष्टा गर्यो । ५. मगरजाति को पहिचान कायम राख्न विभिन्न सामाजिक सांस्कृतिक कार्यक्रमहरु संचालन गर्यो । ६. मगर संघुको पहलमा मगर समुदायमा शैक्षिक सांस्कृतिक धार्मिक राजनीतिक आदि क्षेत्रमा सकारात्मक परिवर्तनहरु देखापर्न थाले । ७. सामाजिक एवं शैक्षिक चेतना जगाउनमा नेपाल मगर संघुको योगदान महत्वपूर्ण देखिन थालिएको छ । यसै क्रममा विभिन्न शैक्षिक पुरस्कार छात्रवृत्तिसमेत प्रदान गर्नथाल्यो । ८. भाषिक आन्दोलनमा नेपाल मगर संघुले गुमाउँदै जान लागेको मगर भाषाप्रति मगरहरुको मोह अभिवृद्धि भयो । ९. नेपाल मगर संघुको माध्यमबाट मगर चलचित्र मगर साहित्य मगर भेषभूषा पहिरन खाना आदिप्रति मगर समुदायमा निकै चेतना वृद्धि भएको छ । १०. मगरहरुमा एकजुट हुने तथा संगठित रुपमा आफ्नो समाजको विकास गर्ने गराउने कार्यप्रति अत्यन्त अभिरुचि बढ्दै गएको छ । यसरी नेपाल मगर संघुले आवश्यक जनचेतना वृद्धि जागरुकता प्रेरणा तथा प्रोत्साहन गर्ने/गराउने वातावरण सिर्जना गर्दै आएको छ । १२. मगर जनजातिको हक-हित र अधिकारका लागि संघर्ष गर्ने चेतना जगाउने अभियानलाई प्रभावकारी रुपमा संचालन गर्दै आएको छ । सारांशमा नेपाल मगर संघु आफ्नो जन्मदेखि नै सकि्रय रहेको मगरहरुको संगठन तथा हक-हितका लागि सशक्त रुपमा संस्थात्मक ढंगले अघि बढेको अनुभव गर्न सकिन्छ । यी मगर संघका सकारात्मक पक्षहरु हुन् । नयाँ परिवेशमा नेपाल मगर संघः नेपाल मगर संघुको कतिपय त्रुटिपूर्ण नीति गतिविधि र कार्यक्रममा कमी कमजोरी अस्पष्ट कि्रयाकलाप भए पनि २०१२ सालमा थालनी भएको यस संस्थाको इतिहास अत्यन्त महत्वपूर्ण तथा उत्साहवद्र्धक रहेको मान्न सकिन्छ । तर यो संस्थालाई अब आफ्नै पुरानो सामाजिक शैक्षिक एवं सांस्कृतिक जागरण र जनचेतना जगाउने परिधिमा मात्र सीमित राख्न मिल्दैन । कुनै पनि संस्थाले समयानुकूल परिवर्तन तथा परिमार्जन गर्न सकिएन भने सो संस्थाको प्रभावकारिता र नेतृत्व क्षमता घट्दै जाने क्रम प्राकृतिक नियम हो । अतः समयानुकूल संस्थामा परिवर्तन संशोधन र परिमार्जन हुनु नितान्त आवश्यक हुन्छ । अतः मुलुकको नयाँ परिवेश भावी लोकतान्त्रिक संघात्मक लोकतान्त्रिक गणतन्त्रात्मक नयाँ नेपालको निर्माणमा नेतृत्व लिन नेपाल मगर संघुले नयाँ ढंगले आफ्नो भूमिका खेल्नुपर्ने देखिन्छ । यसै क्रममा नेपाल मगर संघुले सम्पूर्ण मगर समुदायका हकहित र अधिकारका लागि अब सामाजिक राजनैतिक भूमिका सशक्त रुपमा खेल्नु पर्ने देखिन्छ । साथै आफ्नो सामाजिक सांस्कृतिक एवं शैक्षिक जागरण अभियानलाई पनि यथावत् संचालन गर्दै जानुपर्दछ । नेपाल मगर संघको सामाजिक राजनैतिक (socio-political) भूमिका के हो ? १. बहुसंख्यक मगरजातिलाई ७.१४ प्रतिशत जनसंख्या राज्यका सबै अंग शक्तिकेन्द्र नीति निर्माण तथा निर्णय गर्ने निकायहरुमा समानुपातिक आधारमा प्रतिनिधत्व गराउँदै लैजानु पर्दछ । २. राज्यसंचालन र शक्तिको बाँडफाँडमा मगरजातिको अधिकार सुनिश्चित गराउँदै जानुपर्दछ । ३. मगरहरुलाई जनसंख्याको समानुपातिक प्रतिनिधित्वको आधारमा संविधान सभामा सहभागी एवं समावेश गर्ने/गराउने अभियानलाई यथाशक्य तीव्र पार्दै लैजानुपर्दछ । ४. संविधान सभाको निर्वाचन प्रकि्रयादेखि नयाँ संविधान निर्माण गर्ने प्रकि्रयासम्ममा मगरजातिको सहमति संलग्नता सहभागिता एवं प्रतिनिधत्व सुनिश्चित गराउँदै लैजाने अभियान संचालन गर्नुपर्दछ । ५. मगर घना वस्ती भएको क्षेत्रलाई राज्य व्यवस्थाअन्तर्गत आत्मनिर्णयको अधिकारसहितको मगरात स्वायत्त एवं उपस्वायत्त क्षेत्रको गठन गर्ने प्रकि्रयामा पहल गदै जानुपर्दछ । ६. ठूला राजनैतिक दलहरुका उच्च तहमा मगरहरुको उपस्थिति निराशाजनक भएकाले सो सम्बन्धमा नेपाल मगर संघुले दवावमूलक अभियान संचालन गराउँदै लैजानु पर्दछ । ७. देशका कुनाकाप्चामा दयनीय जीवनयापन गरेका मगरहरु घरदैलोमा नेपाल मगर संघुको गतिविधि अझ तीव्र पार्दै लैजानु पर्दछ । निष्कर्षः नयाँ नेपालको निर्माणमा समुन्नत र समृद्ध मगर समाजको विकास तथा उत्थान गर्नु गराउनु सम्पूर्ण मगरहरुको आधिकारिक संस्था नेपाल मगर संघुले मगरहरुको सामाजिक सांस्कृतिक एवं राजनीतिक मुद्दाहरुलाई नयाँ परिवेशमा हेर्नु बुझ्नु र नयाँ कार्यक्रम कार्यान्वयन गर्दै लैजानु पर्दछ । किनभने आफ्नो जातीय हक हित र अधिकारको रक्षाका लागि सम्पूर्ण मगरहरुलाई उभिन अग्रसर र सकि्रय हुन नेतृत्व लिनसक्ने वातावरण सिर्जना गर्ने कार्यमा नेपाल मगर संघुले अझ बढी पहल गर्नुपर्ने आजको अपरिहार्य आवश्यकता हो । समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक संघीय राज्यसंरचनाको निर्माणमा भूमिपुत्र आदिवासी जनजातिले जागरुक एवं सकि्रयरुपमा अग्रसर हुने बेला आइसकेको छ । त्यस्तै नेपाल मगर संघुले सामाजिक राजनीतिक र सांस्कृतिक भूमिका (social, political & cultural role) खेलेर सम्पूर्ण मगरहरुलाई राष्ट्रिय मूल प्रवाहमा समाहित र संलग्न गर्न/गराउन अझ बढी प्रयास गर्नुपर्ने आजको अपरिहार्य आवश्यकता हो । वर्षौंदेखि राज्यको विभेदीकरण नीतिले गर्दा उत्पीडित मगर समाजमा राजनैतिक र सामाजिक परिवर्तन ल्याउन हामी मगरहरु अझ बढी संगठित एकजुट तथा एकबद्ध हुनु पर्दछ । अन्तमा फागुन १५ गते धुमधामले मनाउने मगर दिवसको औचित्य सार्थकता र सन्देश पनि यसै भावनामा अन्तरनिहित रहेको छ । अतः विश्वका मगरहरु एक होऊँ । जय मगर संघ !! नेपाल मगर संघ त्यसका भातृ संगठन तथा सहयोगी संस्थाहरुको नामावली भातृ संगठनहरुः १. नेपाल मगर विद्यार्थी संघ २०५१ २. नेपाल मगर महिला संघ २०५६ ३. नेपाल मगर बौद्ध सेवा समाज २०५७ ४. नेपाल मगर भू.पू. सैनिक संघ २०६१ ५. नेपाल मगर सांस्कृतिक संघ २०६० ६. नेपाल मगर संघ सम्पर्क समन्वय समित २०६० सम्पर्क समितिहरुः १. अर्घाखाँची काठमाडौ २०५६ २. प्युठान काठमाडौ ३. पर्वत काठमाडौ २०५७ ४. रामेछाप काठमाडौ २०६० ५. धनुषा काठमाडौ २०६० ६. सोलुखुम्बु काठमाडौ २०६१ ७. दोलखा काठमाडौ २०६१ ८. पाँचथर काठमाडौ २०६१ ९. पाल्पा काठमाडौ २०६१ १०. गुल्मी काठमाडौ २०६१ ११. इलाम काठमाडौ २०६१ १२. काभ्रेपलान्चोक काठमाडौ २०६३ १३. झापा काठमाडौ २०६२ १४. सिन्धुपाल्चोक काठमाडौ २०६३ विदेशस्थित मगर संघहरुः १. मगर संघ हङकङ सन् १९९७ २. मगर संघ यु.के. ३. लाङ्घाली संघ यु.एस.ए. सन् २००४ ४. मगर सेवा समाज जापान ५. मगर संघ बहराइन ६. मगर संघ भारत ७. मगर संघ मकाउ ८. मगर संघ ब्रुनाइ सन् २००४ ९. वल्र्ड मगर फेडरेशन बेल्जियम सन् २००४ सहयोगी संगठनहरुः १. मगर समाज सेवा केन्द्र २०५२ २. आदिकवि जीत बहादुर सिङ्गजाली मगर साहित्य प्रतिष्ठान २०५८ ३. मास्टर मित्रसेन प्रतिष्ठान काठमाडौ २०५० ४. अठार मगरात भाषा संस्कृति तथा विकास प्रतिष्ठान २०६० ५. म्याग्दी मगर समाज काठमाडौ ६. भारसेली मगर समाज सेवा केन्द्र २०६० ७. मगर अध्ययन केन्द्र काठमाडौ २०५९ ८. शहीद लखन थापा स्मृति प्रतिष्ठान काठमाडौ २०५७ ९. नेपाल आदिवासी मगर अनुष्ठान २०६३ १०. नाम खान फेरा मगर ढुट ठटा अक खारीका पाहाक्य गामास्ठा २०५८ राजनीतिक मगर संस्थाः १. मगर राष्ट्रिय मुक्ति मोर्चा २. लोकतान्त्रिक मगर मन्च वि.स. २०६३ ३. नेपाल लोकतान्त्रिक मगर संघ वि.सं. २०६३ नेपाल मगर संघको नामकरण, वर्ष र स्थान: स्थापना वर्ष संघको नाम स्थान वि.सं. २०१२ साल मगर समाज सुधार संघ काठमाडौ जिल्ला वि.सं. २०१२ साल मगर समाज सुधार संघ दैलेख जिल्ला वि.सं. २०१४ साल मगर समाज सुधार संघ, पश्चिमान्चल मगर सम्मेलन (प्रथम राष्ट्रिय मगर सम्मेलन) भारसे गुल्मी जिल्ला वि.सं. २०२८ साल लाङ्घाली परिवार काठमाडौ जिल्ला वि.सं. २०३० साल लाङ्घाली परिवार समित काठमाडौ जिल्ला वि.सं. २०३२ साल कानुङ लाङ्घाली परिवार रुपन्देही जिल्ला वि.सं. २०३२ साल मगर समाज कल्याण समित म्याग्दी जिल्ला वि.सं. २०३५ साल मगर समाज सुधार समित बाँके सुर्खेत र दैलेख जिल्ला वि.सं. २०३६ साल लाङ्घाली परिवार तथा समाज कल्याण समिति तनहूँ पाल्पा कास्की तथा अन्य जिल्लाहरुमा क्रमिक रुपले स्थापना हुँदै गए वि.सं. २०३६ साल नेपाल लाङ्घाली परिवार केन्द्रीय तदर्थ समितिको गठन काठमाडौ जिल्ला वि.सं. २०३८ साल नेपाल लाङ्घाली परिवार केन्द्रीय स्तरको मगर सम्मेलन बुटवल रुपन्देही जिल्ला वि.सं. २०३९ साल फागुन १५ गते नेपाल लाङ्घाली परिवारको प्रथम राष्ट्रिय अधिवेशन मगर दिवस समारोहको प्रारम्भ दमौली तनहूँ जिल्ला वि.सं. २०४० साल लाङ्घाली परिवारको राष्ट्रिय सम्मेलन म्याग्दी जिल्ला वि.सं. २०४१ साल लाङ्घाली परिवारको राष्ट्रिय सम्मेलन नवलपरासी जिल्ला वि.सं. २०४२ साल नेपाल लाङ्घाली परिवारको राष्ट्रिय सम्मेलन दोस्रो राष्ट्रिय महाधिवेशन हेटौँडा मकवानपुर जिल्ला वि.सं. २०४३ साल नेपाल लाङ्घाली परिवारको राष्ट्रिय सम्मेलन वालिङ स्याङजा जिल्ला वि.सं. २०४५ साल नेपाल लाङ्घाली परिवारको राष्ट्रिय सम्मेलन तेस्रो महाधिवेशन नेपालगाज बाँके जिल्ला वि.सं. २०४६ साल नयाँ राष्ट्रिय सम्मेलन वि.सं. २०४७ साल दशौँ राष्ट्रिय सम्मेलन वि.सं. २०४८ साल नेपाल लाङ्घाली परिवारको राष्ट्रिय सम्मेलन चौथो महाधिवेशन (नेपाल लाङ्घाली संघको नाम नेपाल मगर संघमा नामाकरण गरियो) काठमाडौ जिल्ला वि.सं. २०४९ साल नेपाल मगर संघको विधान २०४९ जिल्ला प्रशासन कार्यालय काठमाडौबाट वि.सं. २०४८/८/२६ द.नं. २५२ विधिवत प्रारम्भ भयो काठमाडौ जिल्ला वि.सं. २०५० साल नेपाल मगर संघ- १२औँ राष्ट्रिय सम्मेलन पाल्पा जिल्ला वि.सं. २०५१ साल नेपाल मगर संघ- पाँचौँ राष्ट्रिय महाधिवेशन घोराही दाङ जिल्ला वि.सं. २०५२ साल नेपाल मगर संघ- १३औँ राष्ट्रिय सम्मेलन वीरेन्द्रनगर सुर्खेत जिल्ला वि.सं. २०५४ साल नेपाल मगर संघ- छैँठौँ राष्ट्रिय महाधिवेशन कावासोती नवलपरासी जिल्ला वि.सं. २०५७ साल नेपाल मगर संघ- सातौँ राष्ट्रिय महाधिवेशन धरान सुनसरी जिल्ला वि.सं. २०६० साल नेपाल मगर संघ- आठौँ राष्ट्रिय महाधिवेशन टिकापुर कैलाली जिल्ला मुख्य उद्देश्यः १. सम्पूर्ण मगरहरुको बीचमा एकता कायम गर्ने । २. मगर लिपि भाषा साहित्य संस्कृति इतिहास आदिको अनुसन्धान संरक्षण एवं संवद्र्धन गर्ने । ३. मगर भाषीलाई विद्यालयहरुमा पठनपाठन गराउने । ४. मगरहरुमा शिक्षाको प्रचार-प्रसार गर्ने र चेतना जगाउने आदि ।

No comments:

Post a Comment