प्रत्यक ब्यक्तिको शिक्षा र ज्ञान बिशुद्ध निजी सम्पत्तिहो जसलाई सहजरुपमा जहाँतही बोकेर साथै लानसक्छौ तर भौतिक सम्पत्तिको यो सम्भब छैन ।



Wednesday, October 30, 2013

निर्वाचन : ४२ अर्बको उद्योग

निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारले चुनावमा १० लाख रुपैयाँसम्म र समानुपातिकतर्फका उम्मेदवारले एक लाख रुपैयाँसम्म प्रचारमा खर्च गर्न पाउने सीमा तोकेको छ । संविधानसभामा प्रत्यक्षतर्फ एक सय २८ र समानुपातिकमा एक सय २२ दल चुनावी मैदानमा छन् । प्रत्यक्षतर्फ ६ हजार एक सय ४७ र समानुपातिकतर्फ ११ हजार जति उम्मेदवार छन् । निर्वाचन आयोगले तोकेको सीमाभित्र खर्च गर्दा पनि प्रमुख तीन दल माओवादी, कांग्रेस र एमालेले ८२ करोड पाँच लाख रुपैयाँ खर्च गर्नेछन् । तर, दलहरूको खर्च आयोगको सीमाभन्दा धेरै गुणा बढी हुने स्रोतहरू बताउँछन् । शक्तिशाली उम्मेदवारले एक्लै पाँच/सात करोड रुपैयाँसम्म खर्च गर्ने अनुमान गरिएको छ । चुनाव जित्नसक्ने ठाउँमा ४०–५० लाख रुपैयाँ खर्च हुने प्रत्यक्षतर्फका एक उम्मेदवारले बताए । पार्टीको संस्थागत र व्यक्तिगत खर्च जोड्ने हो भने प्रमुख तीन दलले तीनदेखि पाँच–पाँच अर्ब रकम खर्च गर्ने अनुमान गरिएको छ । महंगी ह्वात्तै बढेकाले प्रमुख दलहरुको खर्च पाँच अर्व पुग्ने अनुमान गरिएको हो । निर्वाचन आयोगको खर्च आयोगका लागि विनियोजित ७ अर्ब ७५ करोडमध्ये सरकारको कोषबाट ४ अर्ब र दातृ निकायको तीन अर्ब ५६ करोड निकासा निर्वाचन सुरक्षा खर्च सेनालाई १ अर्ब ७५ करोड, प्रहरी कार्यालयहरूलाई डेढ अर्ब, सशस्त्रलाई ५१ करोडलगायत निकासा भइसकेको छ तीन ठूला दलको खर्च ठूला दलले औपचारिक रूपमा २७ करोडका दरले खर्च गर्न पाए पनि उम्मेदवारले पनि खर्च गर्दा प्रत्येक दलको पाँच अर्ब हुने अनुमान मझौला १० दलको खर्च प्रत्यक्षतर्फ दुई सयको हाराहारीमा उम्मेदवारी दिएका १० दल र उम्मेदवारले प्रचारप्रसारमा औसतमा ५० करोड खर्च गर्नेछन् साना ५० दलको खर्च एउटा उम्मेदवारले १० लाख खर्च गर्ने वैधानिकता भए पनि आर्थिक हिसाबले बढीमा ५० लाख खर्च गर्न सक्ने ५० दल छन्। २०७०  मंसिर ४ गते  हुने निर्बाचन को आँकलन। 

No comments:

Post a Comment