वातावरण संरक्षणको ठूला ठूला कुरा उठाउने र वातावरण राजनीति गर्ने पश्चिमा पुँजीवादीहरुले विपीको तेल चुहावटबाट भएको विनासमा भने खासै चासो देखाएका छैनन् ।समुद्री जीव संरक्षण तथा वातावरण विज्ञ रिक स्टेनरले विमानमा बसेर त्यस क्षेत्रको अवलोकन गर्दा सयौं किलोमिटर सम्म चुहिएको तेलको प्रभाव देखेको बताएका छन् ।\'तेलको फैलावट भयानक छ, पूर्व र पश्चिमतर्फ तपाईले देख्ने जति क्षितिजमा तेल देखिन्छ\' उनले भने ।
बि्रटिस पेट्रोलियम -विपी) ले उत्पादन गर्ने तेल खानी लुसियानामा यसरी तेल पोखिएको हो । यो तेल ८०४.७ वर्ग कि.मीसम्म फैलिएको उनले बताएका छन् । यसरी चुहिएको तेल सफा गर्न विपीलाई अझै धेरै महिना लाग्न सक्ने अनुमान गरिएको छ । तर त्यतिखेर सम्म कति जलचर र पंक्षिको विनास हुनेहो कसैले अनुमान गर्न सकेको छैन ।सो खाडीमा दैनिक ५ लाखदेखि १० लाख ग्यालन सम्म तेल चुहिएको छ । विपीले शुक्रबार पोखिएको तेल जहाजको प्रयोग गरी सोहोर्ने प्रयास गरेको बताएपनि उसले चुहावटलाई पनि रोक्न सकेको छैन ।
वैज्ञानिकहरु तथा अधिकारीहरुले यो तेल चुहावट अमेरिकी इतिहासमा सबैभन्दा खराव बताएका छन् । सन् १९८९ मा अलास्कामा भएको इक्सोन भाल्डेज दुर्घटनामा १ करोड ८० लाख ग्यालन तेल चुहिएको थियो ।मेक्सिको खाडीबाट चुहिएको तेल अहिले अलावामा र मिसिसिपी सम्म पुगेको छ । वैज्ञानिकहरु यो ˆलोरिडातर्फ अगाडि बढिरहेको बताएका छन् ।\'समस्या के हो धेरै जसो क्षति दृष्टिवाहिर छ, मानिसहरुको मस्तिष्क वाहिर छ\' स्टेनरले भने \'मानिसहरुले केवल समुद्री तटको मात्र चिन्ता गरिरहेका छन् ।\'
समुद्रमा तैरिएको कालो तेलको लेदोले पोतिएका चराहरु उड्न सकिरहेका छैनन् । यदि त्यो तेल उनीहरुको आाखामा पर्यो भने अन्धा हुनसक्छन् । लुसियाना वन्यजन्तु तथा मत्स्य संरक्षण विभागका अनुसार तेल चुहावटबाट ६०० प्रकारका जनावरहरु जोखिममा छन् । जसमध्ये ४०० प्रकारका माछा र १०० प्रकारका चराहरु छन् ।स्टेनरले यसबाट त्यस क्षेत्रको इकोसिस्टममा नै असर परेको बताएका छन् । माछाका अण्डामा समेत प्रभाव पर्ने हुनाले अव त्यस क्षेत्रमा माछा नपाइने उनको धारणा छ । अन्य जलजीवनका लार्भाहरुमा समेत तेलको प्रभाव पर्ने सम्भावना रहेकाले अन्य जलचरको पनि अस्तित्व संकटमा रहेको छ ।
स्टेनरका अनुसार २१ वर्ष अघि भएको सेक्सोन तेल चुहावटबाट भएको क्षतिबाट अझैपनि दुई तिहाई घाइते जनावर अझै पूर्ण रुपमा स्वस्थ हुन सकेका छैनन् ।मेक्सिको खाडीको तेल चुहावट यदि आाधि आयो भने अझै फैलन सक्ने वैज्ञानिकहरुको दाबी छ । चुहावटलाई नरोक्ने हो भने ˆलोरिडाको आन्ध्र समुद्री तट र नर्थ क्यारोलाइनासम्म पनि तेल पुग्ने अनुमान गरिएको छ ।
डाल्पिmन र सामुदि्रक कछुवाहरु पनि खतरामा छन् । अमेरिकी माछा तथा वन्यजन्तु संरक्षण केन्द्रले ३० वटा डाल्पिmन र २२७ वटा सामुदि्रक कछुवा मरेको भेटाएको बताएको छ ।
प्रसस्त आर्थिक उपार्जन गर्ने उद्देश्यले वातावरणको ख्यालै नगरी खोलिएका यस्ता कम्पनीहरुले वातावरणको व्यापक विनास गर्दा समेत विश्व मौन रहनु दुर्भाग्यको विषय बन्न गएको छ । यसको क्षतिपूर्ति विपीले तिर्नुको कुनै विकल्प छैन तर उसलाई क्षतिपूर्ति तिराउन गरिव मुलुकहरुले संयुक्त राष्ट्र संघ र विश्व वातावरण सम्मेलनहरुमा आवाज उठाउनु जरुरी छ ।
त्यसोत रुसी राष्ट्रपति दिमित्री मेडभेडेभले मेक्सिको खाडीमा तेल चुहिएर भएको वातावरण विनाससाग लड्नका लागि विश्वभरबाट कोष संकलन गर्नु पर्ने बताएका छन् ।आफूलाई \'गि्रन लिडर\' का रुपमा उभ्याएका मेडभेडेभले वातावरणको मुद्दामा सरकारको विरोध गर्न समेत रुसी नागरिकहरु स्वतन्त्र रहेको बताएका छन् । उनले यस्तो प्राकृतिक विनासलाई रोक्न सबैभन्दा धनी कम्पनी र धनी देशहरुसाग पर्याप्त पैसा हुन नसक्ने बताउादै विश्वभरबाट कोष संकलन गर्नुपर्ने बताएका हुन् ।
तेल चुहावटबाट भएको वातावरण विनास रोक्न आफूले पहलकदमी लिएको बताउादै मेडभेडेभले यसमहिनाको अन्तमा क्यानाडामा हुने जी २० सम्मेलनमा आफूले यस विषयमा कुरा उठाउने बताए ।धनी मुलुकहरुले सञ्चालन गरेका उद्योगहरुबाट उत्सर्जन हुने कार्वन ग्याासका कारण वातावरण विनास भएको छ भने त्यसको असर विश्वभर पर्दै गएको छ । मेक्सिको खाडीस्थित तेल कम्पनीबाट विपीले प्रसस्त रकम कमाएपनि तेल चुहावटबाट परेको विनास भने विश्वले व्यहोर्नु पर्ने स्थिति छ ।(एजेन्सीहरुको सहयोगमा)
No comments:
Post a Comment