प्रत्यक ब्यक्तिको शिक्षा र ज्ञान बिशुद्ध निजी सम्पत्तिहो जसलाई सहजरुपमा जहाँतही बोकेर साथै लानसक्छौ तर भौतिक सम्पत्तिको यो सम्भब छैन ।



Tuesday, February 15, 2011

जसले बदल्यो माओवादीलाई

भोजराज भाट

जसले बदल्यो माओवादीलाई


उत्तर एटलान्टिक सन्धि संगठन(नाटो)ले विकास गरेको दीर्घकालीन जनयुद्धविरोधी नीतिको प्रभाव कुनै न कुनै रूपमा पर्न थालेको थियो । दीर्घकालीन जनयुद्धवादीलाई दीर्घकालीन भइरहन दिने, गरिब किसानहरू बस्ने गाउँमा हामीलाई छोडिदिने, आर्थिक रूपले सम्पन्न -सुगम) इलाका आफ्नो कब्जामा राख्ने र फौजी क्याम्पको फोर्टिफिकेसनलाई सुदृढ गरेर राख्ने फौजी रणनीति सरकार पक्षको देखियो। फलतः मोर्चाको हिसाबले जुम्लादेखि कपिलवस्तुसम्म पुग्दा तारबारमा अलमलिने स्थिति बन्यो ।'ए कीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसै वर्ष ५ देखि ११ मंसिरमा गोरखाको पालुङटारमा भएको छैटौँ विस्तारति बैठकमा पार्टीले शान्ति प्रक्रियाको कार्यदिशा अवलम्बन गर्नुको औचित्य प्रस्ट्याउँदै माथिका हरफ सुनाएका थिए। हुन त माओवादी कार्यकर्ताका लागि यो कुनै नौलो जानकारी थिएन। पछिल्ला पाँच वर्षमा प्रचण्डले दिने गरेका आन्तरकि प्रशिक्षणमा उही शब्द दोहोररिहेका छन्। उनको विश्लेषणमा 'जनयुद्ध' ब्यारेकको काँडेतारमा सीमित थियो, त्यसलाई फरक तरकिाले अगाडि लैजान अहिलेको बाटो समातिएको हो।



२५ चैत २०६१। मध्यपश्चिमको खारामा तत्कालीन शाही नेपाली सेनामाथि माओवादीले गरेको आक्रमणपछि माओवादीको कोल्टे फेराइ सुरु भयो। 'जनयुद्ध'को बाटो लगभग आत्मघाती हुने निष्कर्षका साथ माओवादी शान्ति प्रक्रियाको बाटोमा डोरयिो। असोज ०६२ को बहुचर्चित चुनबाङ बैठकपछि सशस्त्र विद्रोहको कार्यनीतिलाई माओवादीले औपचारकि रूपमै परत्ियाग गर्ने निर्णय गर्‍यो। त्यसपछि सुरु भएको उसको शान्ति यात्राले पाँच वर्ष पूरा गर्नै लागेको छ। तर, माओवादी 'जनयुद्ध'को धङधङीका कारण लडखडाइरहेको छ। परण्िाामस्वरूप, सत्ता र शान्तिप्रतिको उसको बुझाइ र गराइ पनि अलमलमा परेको छ।

शान्तिको बाटोमा हिँड्न थालेपछिका अधिकांश दस्तावेजमा प्रचण्डले भन्ने गरेका छन्, "हामीले हराउन सकेनौँ, राज्यले पनि हामीलाई हराउन सकेन, त्यसैले ट्याक्टिस् परविर्तन गर्नुपरेको हो।" माओवादीमा सैन्य रणनीतिको समीक्षा त्यतिखेर भयो, जुनबेला पार्टीले रणनीतिक प्रत्याक्रमणको चरण भन्दै भारतविरुद्ध 'सुरुङ युद्ध' चलायो। 'सुरुङ युद्ध' घोषणा गर्दा भारतमा १३ करोड, नेपालमा दुई करोड जनता माओवादी प्रभावमा भएको दाबी गरएिको थियो। "भौतिक रूपले हेर्दा १५ करोड सानो होइन, हामी किन डराउने ?" ०६१ साउनको फुन्टिबाङ बैठकमा प्रचण्डले भनेका थ्ािए, "ठीक रूपले मिलाउन सकियो भने १५ करोड जनताले दक्षिण एसियाका जनसमुदायलाई पूरै प्रभावमा पार्न सक्छन्।"

फुन्टिबाङ त्यही बैठक हो, जसमा बाबुराम भट्टराईले १३ बुँदे फरक मत राख्दा उनलाई कारबाहीसमेत गरयिो। फुन्टिबाङ बैठकपछि झन् बढी प्राधिकार प्राप्त गरेका प्रचण्डले आफ्नो कार्यदिशा लागू गर्नुको साटो किन लचकता देखाए ? एकचोटि उठाइएको बन्दुक लक्ष्य प्राप्त नभइन्जेल कहिलै नबिसाउने शपथ लिएका उनी नौ वर्षमै फौजी तवरमा राज्य सत्ता कब्जा हुन नसक्ने निचोडमा कसरी पुगे ? माओवादी 'जनयुद्ध'का विश्लेषकहरूका भनाइमा, त्यसमा खारा आक्रमणपछिको परघिटनाले प्रभाव पारेको छ। हुन पनि, माओवादीको इतिहासमा खारा एक त्यस्तो घटना सावित भयो, जसले 'जनयुद्ध'को सिंगो रणनीतिलाई फनक्क घुमाइदियो। खारामा २ सय ५० भन्दा बढी लडाकू ज्यान गुमाएपछि सुरु भयो, माओवादी नेतृत्वद्वारा सैन्य रणनीतिमाथि पुनःविचार। झन्डै १० वर्षको विद्रोहका दौरान एउटै आक्रमणमा यति धेरै लडाकूहरू मारएिको यो नै पहिलो घटना थियो। यस्तो घटना दोहोरँिदा माओवादी आन्दोलनलाई ठूलै धक्का पुग्न सक्थ्यो।



के थियो खारा घटना ?

रुकुम, रोल्पा, जाजरकोट, सल्यान र दाङको मध्येमा पर्ने खारामा रहेको सुरक्षा बेस क्याम्प उठाउँदा पूरै क्षेत्र माओवादी आधार इलाका बन्न सक्थ्यो। ०५५ सालमा प्रहरीले स्थानीय गाउँहरूमा गरेको आगजनीका कारण खारा वरपिरकिा बासिन्दाको माओवादीप्रति सहानुभूति थियो। खारा बेस क्याम्प उठाउँदा बलियो जनआधार बन्ने र सबै किसिमको आवश्यक सहयोग जुटाउन सरल हुने माओवादीको विश्वास थियो। त्यसमाथि खारा सुरक्षा बेस एक्लिएको र तुरून्त सहयोग गर्न अप्ठ्यारो ठाउँमा भएकाले त्यहाँ सजिलै जित्न सकिनेमा विश्वस्त थिए, माओवादीहरू।

 १३ जेठ ०५९ मा पहिलोपटक खारा आक्रमण गर्दा माओवादी असफल भएका थिए। एकपटक हमला गरसिकिएको र भूगोलसँग परििचत भएकाले उनीहरूका लागि खारा तारो बनेको हो। खारा आक्रमणको मुख्य योजनाकार र प्रत्यक्ष कमान्ड स्वयम् प्रचण्डले गरेका थिए। त्यसैले पनि त्यो आक्रमण सिंगो पार्टीका लागि महत्त्वाकांक्षी र दूरगामी अर्थ बोकेको मान्न सकिन्छ। पार्टीका वरष्िठतम् नेता बाबुराम भट्टराई र उनकी धर्मपत्नी हिसिला यमी कारबाहीमा परसिकेका थिए, त्यतिबेला। खारा जित्दा भट्टराई पक्षमाथि दबाब पनि पथ्र्याे। भट्टराईको कारबाहीलाई सामान्य बनाउन र उनी नहुँदा पनि पार्टी एक ढिक्का छ भन्ने दिन खारा जित्नै पथ्र्याे।

खारा जित्दा राजनीतिक रूपमा बृहत्तर आधार इलाका निर्माण हुने, तत्कालीन राजा ज्ञानेन्द्रको '१९ माघ'लाई पनि धक्का हुने र अन्ततः राप्ती अञ्चलका सदुरमुकाम पनि खाली गराउने रणनीतिमा थिए, प्रचण्ड। "छापामार युद्धलाई परम्परागत युद्धमा उठाउनु अहिलेको समस्या हो," खारा आक्रमण गर्न गइरहेका सीमित कमान्डरहरूलाई प्रचण्डले प्रशिक्षणका क्रममा भनेका थिए, "यो सफल भएमा हाम्रो विजय अभियान सुरु हुनेछ। नेपालमा फ्युजनको कार्यदिशा प्रयोग गर्ने यो उपयुक्त अवसर हो। क्रान्तिको सम्भावना पनि छ। हाम्रो जितले दुस्मनमा विघटन ल्याउनेछ।"

माओवादीका लागि खारा कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा तत्कालीन पश्चिम डिभिजन कमान्डर -हाल माओवादी सेनाका कमान्डर) नन्दकिशोर पुन 'पासाङ'को अभिव्यक्तिबाट प्रस्ट हुन्छ। "आधार इलाकाभित्रबाट शत्रुको पत्तासाफ हुनुले भिन्दै महत्त्वको कार्यनीतिक र रणनीतिक अर्थ राख्छ," खारा आक्रमणका कमान्डर पासाङले भिडियो प्रशिक्षणमा भनेका छन्, "विगतको विजय अभियानलाई ठेस लागेको स्थानबाटै सुरुवात गर्दैछौँ। जनशक्ति, विचार र योजनामा यो स्तरको केन्द्रीकरण हुँदा पनि एउटा किल्ला बनाउन नसके हाम्रो अजेयता र अमरतामै प्रश्नचिन्ह खडा हुन्छ।"

ख्ाारा आक्रमणमा माओवादीले केन्द्रीय फोर्स प्रयोग गरेको थियो। त्ात्कालीन अवस्थामा माओवादीका तीन डिभिजन -पूर्व, मध्य र पश्चिम)मध्ये दुई डिभिजनलाई केन्द्रीकृत गरएिका थिए। मध्य डिभिजनका प्रमुख पासाङ आक्रमणका कमान्डर थिए भने पश्चिम डिभिजन प्रमुख जनार्दन शर्मा 'प्रभाकर' सह-कमान्डर। राप्तीभन्दा पूर्व र गण्डकीभन्दाका पश्चिमका ११ जिल्ला समेटिएको त्यसबेलाको विशेष क्षेत्र ब्युरो इञ्चार्ज नेत्रविक्रम चन्द 'विप्लव' खाराको कमिसार थिए। कारबाहीमा लगभग दुई हजार छापामार, दुई हजार मिलिसिया र दुई हजार कार्यकर्ता गरी छ हजारजतिको फौज एकत्रित थियो।

माओवादीले रणनीतिक प्रत्याक्रमणको चरण प्रारम्भको पहिलो सशक्त कारबाही रुकुमबाट गर्ने उद्देश्य अनुरूप जनआन्दोलन दिवसको अवसर पारेर २५ च्ौत ०६१ मा खारा आक्रमण गरेका थिए। माओवादीको रेकी अनुसार खारामा करबि दुई सयको संख्यामा सुरक्षाफौज रहेको अनुमान थियो। यथार्थमा त्यति संख्यामा पनि सुरक्षाकर्मी थिएनन्। वास्तवमा त्यहाँ १ सय ५८ जना सुरक्षाकर्मी तैनाथ थिए।

नेपाली सेनाले बनाएको आन्तरकि रपिोर्टमा माओवादीले खारा गुल्ममा रहेको विमानभेदी तोप -एन्टी एयरक्राफ्ट गन) कब्जा गर्ने उद्देश्यले केन्द्रीकृत हमला गरेको विश्लेषण छ। खासमा माओवादीले खारामा त्यस्तो तोप थियो भन्ने सुईंको समेत पाएका थिएनन्। थाहा हुन्थ्यो भने माओवादीले झन् ठूलो केन्द्रीकृत तयारी गर्थे। किनभने, हवाई प्रतिरक्षा गर्नु नै माओवादीका लागि मुख्य टाउको दुखाइको विषय बन्दै आएको थियो। उनीहरूलाई हेलिकप्टर आक्रमण र जासुसी जहाजको चुनौती पार गर्न हम्मेहम्मे पररिहेको थियो। त्यतिखेर माओवादीले विमानभेदी तोप खरदिका लागि थुप्रै अन्तर्राष्ट्रिय समूहसँग सम्पर्क पनि गरेका थिए तर सफल भने भएनन्।

ख्ाारा आक्रमणमा पासाङ नेतृत्वको मध्य कमान्ड फोर्स मात्र लड्यो, प्रभाकरले नेतृत्व गरेको पश्चिम कमान्डचाहिँ लड्दै नलडी फर्कियो। यसो हुनुका पछाडि दुई कमान्डरबीचको मतान्तर मुख्य कारण थियो। पासाङ चाहन्थे, लडाइँ एक दिनमै सिध्याउनुपर्छ। उनले आफ्नो फोर्सलाई त्यही अनुसार प्रशिक्षित गरेका थिए। प्रभाकरले भने तीन दिनसम्म भए पनि लड्ने रणनीति बनाएका थिए। प्रचण्डलेचाहिँ दुई कमान्डरबीचको बुझाइलाई एकीकृत बनाउनुको साटो दुवैका बीचमा मध्यस्थ गर्दै मिलाउने खालको आश्वासन दिएका थिए।

पश्चिम कमान्डका छापामार आफूहरूलाई आक्रमणमा सहभागी नगराइएकामा आफ्नै कमान्डरसँग क्रोधित थिए। माओवादीको पश्चिम कमान्डद्वारा निर्माण गरएिको रणनीतिक प्रत्याक्रमणका भाग १ देखि १२ सम्मका सीडी चक्कामा छापामारहरूले मुख्य कमान्डरबाट ठीक ढंगले संयोजन हुन नसक्दा लडाइँ हारेको आरोप लगाएका छन्। खारापछि माओवादी हेडक्वार्टरले जारी गरेको सर्कुलरमा कमान्डरहरूबीच बुझाइमा विविधता हुनुले मोर्चा हारेको उल्लेख छ। ब्यारेकको वस्तुस्िथतिबारे ठोस जानकारी लिन नसक्नु अर्को कमजोरी रहेको पनि माओवादीको बुझाइ छ।

खारामा दुईपटकको पराजयपछि माओवादीमा ठूलै खैलाबैला मच्चियो। खारालगत्तै पासाङलाई सैन्य प्रतिष्ठानमा सरुवा गरयिो। माओवादी आन्दोलनको चरम उत्कर्षका बेला लडाकू दस्तादेखि कमान्डरको महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पासाङलाई दृश्यबाहिरै राखियो। नमीठो पराजय र त्यसपछि पार्टीले गरेको 'सफेद कारबाही'प्रति उदासीन भएरै होला, पासाङले आफ्नो रक्तिम इतिहासका पाइलाहरू नामक किताबमा खारा आक्रमणको कुनै प्रसंग उल्लेख गरेका छैनन्। जबकि, खाराका दुवै आक्रमण उनकै नेतृत्वमा भएका थिए।

खारालगत्तै प्रभाकरलाई पार्टीभित्र चाङ थाओको पगरी गुथाइयो। चिनियाँ क्रान्तिका माआत्सेतुङ्कालीन कमान्डर थाओ एक सशक्त लडाकू थिए तर उनी उस्तै परे आफ्नै कमान्डरको पनि आदेश टेर्दैनथे। खाराकै विषयलाई लिएर प्रभाकरले ०६२ असोजको चुनबाङ बैठकमा आत्मालोचना गर्नुपर्‍यो। खारालगत्तै प्रभाकरको नेतृत्वले पिली आक्रमण 'सफल' पारेपछि खारामा उनीमाथि लागेको दाग केही पखालिएको थियो। तर, खारा आक्रमण हुँदा पाँच किलोमिटर परको दलसिंहबाट प्रत्यक्ष निर्देशन दिइरहेका प्रचण्डले भने पार्टीभित्र कहिल्यै आलोचना खेप्नु परेन, न त उनले कहिल्यै खारा हार्नुमा आफू जिम्मेवार भएको स्वीकारेका छन्।



खारापछिको परिघटना

खारालगत्तै सेनाले रुकुम र रोल्पा केन्दि्रत कारबाही गर्‍यो। रोल्पाको कोटगाउँ र राङकोटमा माओवादी र सेनाबीच ६ वैशाखमा छुट्टाछुट्टै भिडन्त भए। राङकोटमा भएको भिडन्तमा माओवादीका बि्रगेड भाइस कमान्डर वसन्त मारएिका थिए। उनीबाट नै खारा प्रशिक्षणमा प्रचण्डको अडियो टेप सेनाको कब्जामा गएको थियो। त्यो उही टेप हो, जसमा प्रचण्डले भारतद्वारा आफूलाई भट्टराईको कारबाही फिर्ता गर्न दबाब दिएको खुलासा गरेका थिए, जसलाई सेनाले काठमाडौँमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो।

अनौठो त के भने राङकोटमा दोहोरो भिडन्त भइरहँदा प्रचण्डसहितको हेडक्वार्टर केही घन्टा दूरीमा पर्ने राङ्सीमा बसिरहेको थियो। त्यसको केही दिनपछि सेनाले रोल्पा केन्दि्रत शक्तिशाली अपरेसन चलायो।

१८ माघमा भट्टराईलाई कारबाही गरेर त्यसको पाँच दिनपछि सेनाका उच्च अधिकारीलाई थबाङमा भेट्ने कार्यक्रम मिलाएका थिए प्रचण्डले। भट्टराईमाथि कारबाही भएको खबर पार्टी च्यानलबाट दरबार पुगेको र त्यसको भोलिपल्ट राजाले शासन हत्याउनु संयोग मात्र हो वा अरू केही ? रहस्यमै छ।

'१९ माघ' पछि धोका दिएको भन्दै तत्कालीन राजा ज्ञानेन्द्र क्रूद्ध भए। प्रचण्डलगायत उच्च नेतृत्व रोल्पा आसपासमै रहेको सेनाले जानकारी पाइसकेको थियो। खारालगत्तै मारएिका र पक्राउ परेका कमान्डरहरूबाट प्राप्त दस्तावेज र सूचनाहरूबाट पनि प्रचण्ड रोल्पामै रहेकामा शतप्रतिशत ढुक्क थियो, सेना। ठीक त्यहीबेला सेनाले प्रचण्ड बसेको राङ्सीको घरमा बमबारी गर्‍यो। संयोगले उनी एक दिनअघि नै त्यहाँबाट सरसिकेका थिए।

खारा आक्रमणलगत्तै सेनाको भीषण कारबाहीपछि माओवादी हेडक्वार्टर आफ्नो पुरानो रणनीति फेर्न बाध्य भएको जानिफकारको भनाइ छ। एक्लौटी शासन गर्ने तत्कालीन राजा ज्ञानेन्द्रको महत्त्वाकांक्षा बढ्नुले पनि प्रचण्डलाई संसदीय दल र भारतप्रति नरम हुन धेरथोर भूमिका खेल्यो। अनौठो त के भने खारालगत्तै प्रचण्डले कारबाहीकै अवस्थामा प्रवक्ता एवं विदेश विभाग प्रमुख कृष्णबहादुर महराका साथ भट्टराईलाई नयाँ दिल्ली पठाए। त्यहीँबाट राजनीतिक दल र माओवादी नजिकिने वातावरण बन्यो। त्यसको चार महिनापछि माओवादीको चुनबाङ बैठक बस्यो, जसले संस्थागत रूपमा शान्तिप्रक्रियाको बाटो अवलम्बन गरेको हो।

प्रचण्डले खारा आक्रमणपछि पार्टीले सिंगो सैन्य रणनीति कोल्टे परेको कहिल्यै भनेका छैनन्। "युद्ध लम्ब्याउँदै जाँदा जनतामा आर्थिक बोझ बढ्दै जाने र पार्टीसँगको सम्बन्ध बिग्रनसक्ने संकेत पनि देखा पर्दै गए। रणनीतिक मोर्चामा सोचे अनुरूप विकास र विजय हुन नसक्दा आपसमा झगडा बढ्दै जाने अवस्था पनि सिर्जना हुन थाल्यो। त्यही अवस्थामा पार्टीभित्रका केही साथीहरू आफूलाई अध्यक्षले तत्काल उत्तराधिकारी घोषणा गरििदनुपर्छ पनि भन्न थाले," प्रचण्डको पालुङटार दस्तावेजमा भनिएको छ, "उपरोक्त घटनाक्रम र अन्तरमि सरकार, संविधानसभा र गणतन्त्रको कार्यनीति अगाडि सारएिको पृष्ठभूमिमा चुनबाङ बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिलाई थप व्यवस्िथत रूपमा प्रस्तुत गर्‍यो। हामी के भ्रममा पर्नु हँुदैन भने चुनबाङबाट शान्तिमा जाने भनेर आत्मसमर्पण गर्न आएको होइन। फौजी ढंगले पुरानो गोलचक्कर तोड्दै ढाडमा टेकेर टाउकोमा हान्ने फौजी रणनीति तय गरएिको हो।"



असफल फौजी कार्यनीति

माओवादीभित्र अझै पनि बहस छ, खाराको पराजय नै पार्टीका लागि घुम्ती थियो त ? माओवादीमा अझै पनि एउटा तप्काले खारा आक्रमण गर्नु नीतिगत त्रुटि थियो भन्दै आएको छ। त्यसो भन्नेहरूका दुई तर्क छन्। पहिलो हेडक्वार्टर रुकुम, रोल्पामा हुँदा त्यस आसपास आक्रमण गर्नु आत्मघाती पनि हुनसक्थ्यो। दोस्रो, खारा उठाएपछि फेर िपनि सेना त्यहाँ बस्न सक्थ्यो किनभने त्यसअघि माओवादीको राजधानी भनिएको थबाङमा सेनाले आठपटकसम्म क्याम्प बनाइसकेको थियो।

जुम्ला पनि माओवादीका लागि त्यत्तिकै महत्त्वपूर्ण थियो। उनीहरू पहिलोपटक अञ्चल सदरमुकाम हमला गर्न गएका थिए। जुम्लाको हारपछि माओवादी एउटा निष्कर्षमा पुगे कि अब सेनाको ब्यारेकमा जित हासिल गर्न सकिँदैन। त्यसैले ब्यारेकमा होइन, सेनालाई गाउँमा बोलाएर आक्रमण गर्नुपर्छ।

जुम्ला हारपछि विकेन्दि्रत लडाइँ भए। ठीक त्यसैगरी खारापछि पनि विकेन्दि्रत लडाइँको रणनीति अपनायो माओवादीले। दाङको सतबरयिा, बाँकेको कुसुम, बर्दियाको रम्भापुर, गणेशपुरलगायत आक्रमणमा पनि माओवादीले पराजय भोग्नुपर्‍यो। प्रचण्डकै शब्दमा, "जुम्ला गएपछि हामीलाई पहरामा परेजस्तो पो भयो। त्यतिबेलाको कार्यनीति जुम्ला पूरै कब्जा गर्ने र त्यहाँबाट काठमाडौँसँग रेडियोमार्फत वार्ता गर्ने थियो र तुरुन्त छोड्छस् कि के गर्छस् भन्ने थियो। वास्तवमा हाम्रो त्यो कार्यनीति असफल भयो।"

माओवादीका लागि जुम्ला र खारा यस्ता महत्त्वपूर्ण मोर्चा सावित भए, जुन हार्दा पार्टीको सिंगो सैन्य रणनीति नै फेरबदल गर्नुपर्‍यो। भनिन्छ, हजाराँै हारपछि जित खोज्छन् कम्युनिस्टहरू। तर, माओवादीले किन जुम्ला र खारालगत्तै कोल्टे फेरे त ? कतै कार्यदिशा गलत भएर त होइन ? यसतिर कहिल्यै बहस भएको छैन। मोहन वैद्य 'किरण' पक्षधरको दाबीमा, खारा जितिएको भए चुनबाङ बैठक हुने नै थिएन र माओवादी अहिलेको स्िथतिमा आउने थिएन, जो प्रचण्डको हारेको मनोविज्ञान बुझ्न पर्याप्त छ।

सैन्य कारबाहीबाट जित्न नसकिएको प्रचण्डको अभिव्यक्तिको माओवादीभित्रै चर्को आलोचनासमेत हुने गरेको छ। "माओ, चे-ग्वेभाराको ज्ास्तो लडाइँमा मूल नेतृत्व कहिल्यै सहभागी भएनन्," वैद्य पक्षधर एक स्थायी समिति सदस्य भन्छन्, "उनीहरूले भौतिक रूपमा दुःख, कष्ट, लडाइँको वास्तविक डरत्रास र पीडा तथा वेदना र आफन्त गुमाएको शोक कहिल्यै महसुस गरेनन्। खारापछि शीर्षस्थ नेताहरूले वास्तविक मृत्युको अनुभूति गरेपछि चाहेर वा नचाहेर शान्तिप्रक्रियाको बाटोमा डोर्‍याएका हुन्। त्यसैले खारा विचारले हारेको होइन, राम्रो योजना नहुँदा हारेको मात्र हो।"

खारापछि प्रचण्डको मनस्िथति र उनले दिने गरेको अभिव्यक्तिको विश्लेषणबाट के निचोड निकाल्न सकिन्छ भने उनको नेतृत्व रहुञ्जेल माओवादी फौजी रणनीतितिर अगाडि बढ्दैन। यद्यपि, ०६५ र ०६७ सालका विस्तारति बैठकहरूले जनविद्रोहको कार्यदिशा पारति गरेका छन्। तर, अध्यक्ष प्रचण्ड भित्री रूपमा फौजी रणनीतिको कार्यदिशा अवलम्बन गर्ने पक्षमा देखिँदैनन्। घटनाक्रमहरूले पनि यही पुष्टि गर्छन्।

(आवरण तस्िबर :जे पाण्डे)





'सेना हारेकै होइन'

सीबी गुरुङ

पूर्वरथी, नेपाली सेना


माओवादी फौजी तरकिाले लड्न सम्भव नभएर मूलधारमा आएका हुन्। उनीहरू न लडेर सक्थे, न क्षेत्रीय शक्तिसन्तुलनलाई छिचोलिएर अगाडि बढ्न सक्थे। पार्टीको आन्तरकि समीकरण मिल्ााउन पनि उनीहरूलाई गाह्रो भइरहेको थियो। नेपाली सेनासँग जुझ्न नसक्ने, लडाइँ लडेर विजय प्राप्त गर्न नसक्ने, राजनीतिक रूपमा स्वतन्त्र विचार लिएर अगाडि बढ्न नसक्ने भएपछि माओवादी सात राजनीतिक दलसँग मिल्न पुगेका हुन्।

हिजोको लडाइँमा नेपाली सेना हारेको होइन। बरू माओवादीलाई विजयको पथमा जान रोकेको हो। अहिले माओवादीहरू भन्ने गर्छन् कि हामी हारेको पनि होइन, जितेको पनि होइन। आखिर त्यस्तो स्िथति थिएन। राजनीतिक रूपमा उग्रवामपन्थी धार दिएर एक्लै अगाडि बढ्न नसक्ने देखेपछि माओवादी सात राजनीतिक दलसँग मिलेका हुन्, जसले लोकतान्त्रिक धारको प्रतिनिधित्व गर्‍यो।

सात दल मिलेर जाँदा राजा र सेना एकातिर, सबै जनता र राजनीतिक पार्टी अर्कोतिर कित्ताकाट भए। त्यसको अर्थ, जनताको अनुपस्िथतिमा लडाइँ लडिँदैनथ्यो। राजनीतिक समीकरण पनि त्यस्तै सिर्जना भयो। सात दलसँग भएको १२ बुँदे समझदारीले माओवादीलाई सुरक्षित रूपमा अवतरति हुन सहज बनाएको हो।



'आफ्ना एजेन्डा लागू हुने भएपछि माओवादी वार्तामा आएको हो'

इन्द्रजित राई

सैन्यविद् एवं माओवादी सभासद्


खाराको भ्ाौगोलिक अवस्था निकै गाह्रो थियो। चारैपटक आक्रमण गर्ने समयमा फरक पर्‍यो, एकैपटक आक्रमक नहुँदा असफल भएको हो। त्यसमा पूर्ण योजना देखिएन। वास्तवमा खुलेयाम घोषणा गरएिको आक्रमणमा कहिल्यै नेपाली सेनालाई जित्न सकिँदैन। खारामा मात्र होइन, अन्य आक्रमणहरू पनि माओवादी २४ घन्टाभन्दा बढी अड्न सकेको थिएन। रातभर िलड्ने र बिहान भाग्नुपर्ने तरकिाले लडाइँ जित्न सकिँदैन थियो।

खाराजत्तिका अरू १० वटा मोर्चा जिते पनि खासै फरक पर्दैनथ्यो। नेपाली सेनालाई हराउन निकै गाह्रो हुन्थ्यो। लडाइँमा भूगोललाई कब्जा गर्ने हो। त्यसमा अडिग रहन सक्नुपर्ने हो। जतिसुकै सदरमुकाम कब्जा गरे पनि बिहान भाग्नुपथ्र्यो। माओवादीले कहिल्यै सोचेका थिएनन्, सीधै सिंहदरबारमा झन्डा गाड्ने। त्यही भएर उनीहरू सम्झौतामा आएका हुन्।

म्ााओवादीले लडाइँ गर्नुको मुुख्य उद्देश्य सरकार र राजनीतिक  दलसँग वार्ताका लागि माहोल तयार पार्नु थियो, त्यसले धेरथोर प्रभाव पार्‍यो पनि। र, अन्ततः त्यसको पृष्ठभूमिमा १२ बँुदे समझदारी भएको हो। एकअर्कोलाई फौजी तवरमा सिध्याउन सकिँदैन भनेर सरकार-माओवादी दुवै निष्कर्षमा पुगे। आफ्ना 'एजेन्डा'को नजिक पुग्दै गएपछि माओवादी वार्तामार्फत सहमतिमा आएका हुन्।



आक्रमणको त्यो क्षण

खारालाई पूर्व, पश्चिम र दक्षिण तीन दिशाबाट एकैपटक आक्रमण गर्ने योजना थियो, माओवादीको। खारामा पहिलो आक्रमण गर्ने जिम्मेवारी मध्य कमान्डरको थियो र त्यसलाई साथ दिन पश्चिम कमान्डरको समूहलाई तम्तयार राखिएको थियो। २५ चैत राती आकस्िमक आक्रमण गर्ने योजना अनुसार खारापारकिो दलसिंहतिर पासाङको फौज जम्मा भएको थियो। पहिलो दिन पासाङको फौज लड्ने र त्यसलगत्तै प्रभाकरको फोर्सले पनि पश्चिमबाट आक्रमण गर्ने योजना बनाइएको थियो। माओवादीले पोस्ट कब्जा गर्न जति दिन लागे पनि नछाड्ने, कब्जा गरी छाड्ने अठोट लिएका थिए।

सेनाले दुई दिनअगावै राप्तीमा आक्रमण हुँदैछ भन्ने सुईंको पाइसकेको थियो। माओवादी लडाकूहरूको ठूलो जत्था १४ चैतमा दलसिङबाट रोल्पाको पाखापानीतर्फ लागेको सूचना दिँदै मुसिकोट गणले खारालाई 'एलर्ट' रहन भनेको थियो। सेनाको प्रतिवेदन अनुसार, २३ चैतमा सल्यानको खरीबोट र २४ चैतमा बाङेलाकुरी सिमखाली इलाकाबाट स्थानीय जनतालाई माओवादीले लगेको जानकारी खारा पोस्टले पाएको थियो। २५ चैतमा भैरवी दल गण हेडक्वार्टर र सदरमुकामस्िथत गुल्मको गुल्मपतिबाट 'आज राप्ती अञ्चलको कुनै पनि स्थानमा माओवादीले आक्रमण गर्ने र बढी सम्भावना खारामा छ' भन्ने खबर सबै पोस्टमा सर्कुलर गरेको थियो। यतिन्जेलसम्म पनि सुरक्षाफौजले खारामा नै आक्रमण हुन्छ भन्ने ठोकुवा गर्न सकेको थिएन। अपरान्ह साढे ३ बजे स्थानीय सुराकीको आधारमा खारा पोस्ट नै आक्रमण गर्छ भन्ने जानकारी पाएपछि सेनाले सबैतिर थप सहयोगका लागि सूचना मात्र गरेन, ब्यारेकमा रहेका फौजलाई मोर्चाबन्द गर्न भ्यायो।

त्यसलगत्तै गुल्मले निगरानी गस्ती पठायो, जसले बेलुकी ७ बजे खाराको पश्चिमतर्फबाट १ हजार ५ सयजति माओवादी ब्यारेकतर्फ आइरहेको खबर दियो। त्यसपछि सेनाले माओवादी कर्डलेस टेलिफोनको संवादलाई समातेर उनीहरूको गोप्य योजना पत्ता लगाउन थालेको सैनिक प्रतिवेदनमा उल्लेख छ। राती १० बजे लडाइँ सुरु गर्ने माओवादी योजना त्यतिखेर भताभुंग भयो, जुनबेला पेट्रोलमा गएको सेनाको टुकुडीले अपरान्ह नै लामो दूरीबाट गोलाबारुदको वषर्ा गर्‍यो। खारा ब्यारेककै ठाउँबाट सेनाले त्यस्तै फायर गरी माओवादीहरूलाई आधा घन्टा ढिलो गरेको थियो।

माओवादीले खारा आक्रमणमा ८१ मिमि मोर्टर, ७.६२ मिमि जीपीएमजी, २ इन्च मोर्टार, एके- ४७ सहित अत्याधुनिक साना हतियार प्रयोगमा ल्याएका थिए। उनीहरूले जीएफ राइफलको प्रयोग गरी अत्यधिक मात्रामा सकेट बम प्रहार गरेका थिए। माओवादीले खारामा मात्र चार हजारजति सकेटबम र शक्तिशाली विस्फोटक पदार्थ खर्चेका थिए। उनीहरूले हवाईजहाजविरूद्ध फायर गर्ने हतियार पनि प्रयोग गरेका थिए।

माओवादी एफएमले लडाइँको प्रत्यक्ष प्रसारण गररिहेको थियो। दोहोरो फायरङि्लगत्तै माओवादीका तत्कालीन प्रवक्ता कृष्णबहादुर महराले पार्टीको एफएमबाट वक्तव्य जारी गरी वेसका केही बंकरहरू कब्जा लिएको हल्ला फिजाएका थिए। राती ३ बजे सेनाको हेलिकप्टर आई आधा घन्टा तोराबोरा खसालेर फिर्ता भएको थियो। लडाइँको अर्को दिन फेर िअर्को हेलिकप्टर आई ४५ मिनेटजति मेसिन गन र तोराबोरा फायर गरी फर्कियो। लडाइँका बेला माओवादीले मुसिकोटबाट हिँडेको फौजलाई बैरागीठाँटी इलाकामा एम्बुस थापी अगाडि बढ्न दिएनन्।

२६ चैत बिहान साढे ६ बजेसम्म दोहोरो फायरङि् चलिरहेको थियो। ९ बजेसम्म माओवादीहरूले फायर जारी राखी घाइते, मृतक तथा उनीहरूका हतियार पछाडि साररिहेका थिए। बिहान १० बजे हेलिकप्टर आएर खारावरपिरकिा डाँडा तथा खोल्साहरूमा लुकेर बसेका माओवादीमाथि तोराबोरा वषर्ा गरी उनीहरूको थप फौज आउन अवरोध खडा गरेको थियो। उक्त क्रममा सेनाको एमआई १७ हेलिकप्टरमा केही गोलीसमेत लागेको थियो। दिउँसो १ बजे फायर गर्दै हेलिकप्टरबाट महावीर गणको एक टुकडी झार्न सेना सफल भएको थियो। लडाकूलाई खाना खुवाएर पुनः बेलुका आक्रमण गर्न केन्द्रीकृत गर्दागर्दै सेनाको हेलिकप्टरबाट १ सय ५० भन्दा बढी सैनिक झार्न र अत्याधुनिक हतियार थप्न सेना सफल भइसकेको थियो। त्यसपछि माओवादीहरू आपmना २ सय ५० साथी गुमाउँदै रोल्पाको दलसिंहतर्फ पछाडि हटेका थिए।



यसकारण फेरेँ रणनीति

दीर्घकालीन जनयुद्ध चक्रब्यूहमा फस्नेजस्तो भयो। जति सदरमुकाम कब्जा गरे पनि नहुने। सय-दुई सय हामी मछौर्ं, त्यत्तिकै संख्यामा दुस्मनलाई पनि सिध्याउँछौँ। त्यसपछि राज्यले फेर िकाठमाडाँैबाट अरू दुई सय ल्याउँछ र भर्ती गरहिाल्छ। जति सदरमुकाम कब्जा गरे पनि त्यही चक्रमा घुमिरहौँलाजस्तो भयो। गाउँ त हामीले कब्जा गरसिक्यौँ। गाउँ हामीलाई दुस्मनले छोडिदिएको जस्तो भयो। यो त साम्राज्यवादी रणनीति रहेछ। सकिन्छ सुरुमै कच्याककुचुक पार्ने, सुरुमै सकिएन भने जनतामा घुसेर युद्धलाई लम्ब्याइदिने रणनीति उनीहरूको देखियो।

लडाइँलाई लम्ब्याउँदा गाउँ पूरै जनयुद्धकारीले कब्जा गर्छन् तर स्रोत र साधन गाउँमा हुन्न। भियतनाम युद्धपछि साम्राज्यवादले विकास गरेको रणनीति भनेको यही हो। गाउँमा हामीलाई छोडिदिएको छ। हामीसँग स्रोत र साधन छैन। सधैँ आफ्नै खाएर बाटो खन्न जाने कुरा जनतालाई राम्रो लाग्दैन। रुसमा क्रान्ति भएपछि एउटा ठूलो इलाकामा किसानहरूले वोल्सेभिक सत्ताका विरुद्ध विद्रोह गरेका थिए। एक जना केन्द्रीय कमिटी सदस्यले लेनिनलाई पत्र लेखेर, 'यहाँ त विद्रोह भइराखेको छ। किसानहरू पार्टीका विरुद्ध उठिरहेका छन्। कसरी बुझाउने, जति बुझाउँदा पनि मान्दैनन्' भनेपछि लेनिनले 'तुरुन्तै त्यहाँका किसानहरूका लागि दुई सय ट्याक्टर पठाइदिनु अनि मात्र तिनीहरूले समाजवाद र हाम्रो पार्टी लाइनबारे बुझ्छन्' भन्नुभएछ। कारखानाबाट आएका नयाँ ट्याक्टरले घरर्र जोत्न थालेपछि किसानहरू दंग परेछन्। विद्रोह गर्ने किसानहरूले भनिहाले, वोल्सेभिक पार्टी राम्रो रहेछ।

किसानहरूले प्रत्यक्ष फाइदा देखेपछि जनवाद राम्रो, साम्राज्यवाद राम्रो भनेर बुझ्दा रहेछन्। हामी तत्काल किसानहरूलाई फाइदा दिन सक्दैनौँ। खालि घाटा मात्र दिन खोजेको जस्तो भयो। उनीहरूकैमा बस्ने, खाने, अभियानमा हिँडाउने, बाटो खनाउने, भएको अन्न पनि चन्दा लिने भयो। जसले गर्दा किसानहरूले माओवादी हामीलाई किन चाहियो ? भन्ने स्िथतिमा आउने देखियो। यो प्रक्रिया एउटा विन्दुमा पुगेपछि जनमुक्ति सेनामा पनि असन्तुष्टि आउन थाल्ने देखियो। अनि, जनमुक्ति सेनामा पलायन सुरु हुने। यो त साम्राज्यवादी तरकिा रहेछ। उनीहरूले लडाइँलाई यसकारण लम्ब्याउन चाहँदा रहेछन्। हामीले यो कुरा नबुझेर उही दीर्घकालीन युद्ध भनिरहेका रहेछौँ। संसारभर ियही भएर त हामी सिद्धियौँ।

हाम्रो विगतको फौजी कार्यदिशाको अध्ययन गर्दा दाङ हान्दा स्वात्तै व्यारेक कब्जा भयो र पूरै हतियार ल्याइयो। यो ठूलो फड्को भयो। त्यसपछि संकटकालकै बीचमा अछाम गएर पूरै सदरमुकाम कब्जा गर्दा अर्को धक्का भयो र विजयको सन्देश देशव्यापी गयो। त्यसपछि गामको ब्यारेकै उठाइदिँदा अर्कै भयो। सतवरयिाको उसको आधार शिविर पूरै उठाइदिँदा अर्कै भयो। जुम्लामा गएपछि हामीलाई पहरामा परेजस्तो पो भयो। त्यतिबेलाको कार्यनीति जुम्ला पूरै कब्जा गर्ने र त्यहाँबाट काठमाडौँसँग रेडियोमार्फत वार्ता गर्ने थियो र तुरुन्त छोड्छस् कि के गर्छस् भन्ने थियो। वास्तवमा हाम्रो त्यो कार्यनीति असफल भयो। राजनीतिक रूपले त जुम्ला हानियो भन्ने सन्देश त गयो तर विजयको छलाङमा जान सकिएन। त्यसपछि रणनीतिक स्थानान्तरण गर्‍यौँ। दुस्मनलाई ब्यारेकबाट बाहिर निकाल्ने या ब्यारेकमै कैद गरििदने भन्ने बन्यो। वास्तवमा यो हाम्रो पछि हटाइ थियो।

साम्राज्यवादले मजबुत किल्ला बनाएर माओवादीसँग लड्नुपर्छ भन्ने सिकाएपछि हाम्रो रणनीतिले काम गर्न छोड्यो। हामीले चलाउने गरी गाउँगाउँमा जनता छोडिदिएको जस्तो देखियो। तर, जनतालाई दिन स्रोत र साधन हामीसँग थिएन। खालि वाक्क र दिक्क मात्रै दिने भयौँ। यसको असर पार्टीभित्र पनि पर्‍यो र झगडा सुरु भयो। यो त एउटा चक्र रहेछ। यही चक्र दुनियाँभर िघुमिरहेको देखियो। हामीले अहिले जे विश्लेषण गर्न खोजिरहेका छौँ र जतातिर पार्टीलाई लान खोजियो, यो एउटा ठूलो क्रमभंग भएको छ। यसबाट अब जितिन्छ भन्ने पूरै विश्वास बनेको छ। दुनियाँभरका जनयुद्धले जहाँ गएर हारेका थिए, ती सबैको कडी यहाँ पत्ता लगाइएको छ।

म पुरानो पार्टी सिध्याउनुको विकल्प छैन भन्नेसम्म पुगेको थिएँ। यो पार्टीलाई बचाएर क्रान्ति हुँदैन भन्ने भूत ममाथि सवार भएको थियो। छिटोछिटो पार्टी सिध्याउने केन्द्रीय समिति विघटन गर्न र नयाँ पार्टी निर्माण गर्न मलाई हतार भइरहेको थियो। विघटन गरेर मात्रै नयाँ विचार घुसाउन सकिन्छ अथवा नयाँ विचार अगाडि जान सक्छ भन्ने लागेको थियो तर फेर िकमरेडहरू कसरी आउनुहुन्छ भन्ने पनि थियो। मैले के तयारी गरेको थिएँ भने, नयाँ चीजलाई साथीहरूले मान्नु भएन भने विद्राेहसम्म गर्नुपर्छ। मैल्ौ भन्नैपथ्र्यो, तपाईंहरूको नेता म होइन, म तपाईंहरूबाट मुक्त भएँ, म यो विचारको नेता हो। विचार मिल्नेहरूको बीचमा पार्टी बनाउँछु, तपाइर्ंहरू आफ्नो क्रान्ति गर्नूस् भन्नेसम्मको मानसिकतामा थिएँ।

क्रान्तिको चित्र सफा हुन छाडेपछि निराशा, पलायन र भागदौड सुरु हुन्छ। जनयुद्ध सुरु गर्दा त चित्र सफा नै थियो। जित्दै जुम्लासम्म पुग्दा पनि चित्र सफा नै थियो तर यहाँसम्म आउँदा धुमिल हुँदै गयो। धमिलो वा अँध्यारोमा हिँड्न गाह्रो हुन्छ। सबैले चित्र अँध्यारो देखेपछि मैले पनि त्यस्तै देख्ने भएँ। बत्ती कहाँ बिगि्रएको छ त भन्नेतिर खोजी स्वतः जाने भयो। खोज्दा साम्राज्यवादको त्यो विश्लेषण, फौजी रणनीतिको यो विश्लेषण, पार्टी निर्माणको नयाँ क्रान्तिको विश्लेषणतिर पुगेपछि वास्तवमा मुक्ति पाएजस्तो भयो। अब जितियोजस्तो भयो।

-चुनबाङ बैठकलगत्तै रोल्पामा अखिल क्रान्तिकारीको केन्द्रीय समितिलाई दिएको प्रशिक्षण-टेपको सम्पादित अंश)

No comments:

Post a Comment