राइट ब्रदर्सले ११० वर्षअघि अमेरिकामा विमान उडाउनुभन्दा धेरैअघि पूर्वीय
सभ्यताले विमान उडाइसकेको थियो। महर्षि भारद्वाजले आजभन्दा २४०० वर्ष अगाडि
लेखेको ” वैमानिक शास्त्र ” भारतको एक मन्दिरमा फेला परेको रहेछ जसमा
इन्धनको रुपमा आजका पेट्रोल डिजेल होइन – ताप र प्रकाश शोषण गर्नसक्ने
पदार्थको चर्चा गरिएको छ। केही वर्षअगाडि तिब्बतको ल्हासामा भेटिएको
संस्कृत भाषामा लेखिएका केही ग्रन्थमा प्रतिगुरुत्वाकर्षण शक्तिको बारेमा
लेखिएको थियो। रावणले सीतालाई पु्ष्पक विमानमा राखेर लंका पुर्याएको
उल्लेख छ। शास्त्रहरूमा पुष्पक विमान मात्र होइन, रुकमा विमान, गरुड
विमानका साथै अन्य विमानहरूबारे उल्लेख गरिएको छ। प्राचीन कालको विमानबारे
खोजीनीति गरेका छन् साक्षात सुशीलले।
प्राचीन कालमा विमान !
-साक्षात सुशील- केही दिनअघि मधुसुदन आचार्यले लेख्नुभएको “बुद्ध कसरी नवौ अवतार?” मा एक पाठकको कमेन्ट मनमा चसक्क बिझ्यो। “रामायणकालमा पुष्पक विमान थियो रे। ॠषिमुनिहरूले टेलिफोनको विकास गरेका थिए रे। यदि त्यो बेला पुष्पक विमान हुने भए अहिले भारतमा रकेट र हवाइजहाजफ्याक्ट्री किन छैन? ” भनेर प्रश्न उठाउनुभएको रहेछ। उहाँको लागि संसारको सबभन्दा ठुलो झुट नै त्यही पुष्पक विमान र ॠषिमुनिका टेलिफोन रहेको देखियो।
जब पूर्वीय सभ्यताको कुरा आउँछ, त्यो भारतको मात्र पेवा हुँदैन। त्यो सभ्यता हामी नेपालीको पनि हो। पूर्वीय सभ्यताप्रति ब्यङ्ग्य गर्दा हामी आफ्नै अस्तित्वलाई धरापमा पारिरहेका हुन्छौँ, यो कुरा बुझ्न जरुरी छ। दोष वहाँको मात्र होइन। संस्कृत श्लोक राखेर पौराणिक उदाहरण दिँदा पाखे र अनपढ बनाइने गरेको छ, यो पश्चिमामुखी संसारमा। बेलाबखत पूर्वीय सभ्यताको कुरा गर्दा पूर्वीय सभ्यताकै साथीहरू माझ आफू पङ्गु बन्न पुगेको प्रशस्त अनुभवहरू छन् मसँग।
कुरा अघि बढाऔँ हवाइजहाजबाट। के रावणले सीतालाई साँच्चै नै हवाइजहाजमा राखेर लंका पुर्याएका थिए ? रामायण, महाभारत तथा अन्य हिन्दू ग्रन्थहरूमा उल्लेख भए झैँ त्यो बेला साँच्चै हवाइजहाज थियो त? बेला-बेला यस विषयमा विभिन्न खोज अनुसन्धानहरू भएका छन्। शास्त्रहरूमा पुष्पक विमान मात्र होइन, रुकमा विमान, गरुड विमानका साथै अन्य विमानहरूबारे उल्लेख गरिएको छ। सन १८७५ मा महर्षि भारद्वाजले आजभन्दा २४०० वर्ष अगाडि लेखेको ” वैमानिक शास्त्र ” भारतको एक मन्दिरमा फेला परेको रहेछ। महर्षि भारद्वाजले पनि अझै पुरानो स्रोत उल्लेख गरेर सो किताब लेखेका थिए। यसको अर्थ विमानसम्बन्धी दस्तावेज अझै पुरानो हुने नै भयो। जम्मा आठ खण्डमा विभाजित वैमानिक शास्त्रले तीन किसिमको विमानको रेखाचित्रसहित व्याख्या गरेको छ। त्यसमध्ये एउटा आधुनिक रकेट कै प्रारुप देखिन्छ। यस पुस्तकले विमान आवश्यक ३१ भाग र विमान निर्माण गर्न आवश्यक १६ वटा पदार्थहरूको नाम समेत उल्लेख गरेको छ। इन्धनको रुपमा आजका पेट्रोल डिजेल होइन – ताप र प्रकाश शोषण गर्नसक्ने पदार्थको चर्चा गरिएको छ। भनेपछि त्यो बेला निर्माण भएका इन्जिन आजका जस्ता पक्कै थिएनन्।
वैमानिक शास्त्रको आधारमा तयार पारिएको रेखाचित्र:

कतिपय पाठक सोच्दै हुनुहुन्छ होला- साथीले गफ ठोक्यो। कसैले प्रतिक्रिया लेख्न थालिसके होला – त्यसो भए देखा न त त्यो बेला बनेको हवाइजहाज। तर सकिन्न। जुन कुरा देख्न, छुन सकिन्छ, त्यसको विश्वास गरिन्छ र त्यसैको मात्र अस्तित्व स्वीकारिन्छ। तर यसैमा नपत्याउन तयार पाठकलाई भनिहालौँ। रामायणमा सीतालाई अपहरण गरेर रावणले लंका पुर्याएको भनेर सुन्न पाइन्छ। धेरैले त कपोलकल्पित पनि सोच्दा हुन्। रावणले सीतालाई अपहरण गरेर करिब ३० किलोमिटर समुन्द्र कसरी पार गरे ? या त कुनै हवाइजहाजमा अथवा कुनै पानीजहाजमा। रामायणमा उल्लेख छ उनले पुष्पक विमानमा राखेर लागेका थिए। पछि रामले आफू बसेको स्थानबाट लंकासम्म सेतु बाँधेर तरेका थिए। तर के गर्नु, महाभारत र रामायण यी सब कपोलकल्पित हुन् भन्नेहरू प्रशस्तै भेटिन्छन्। उनीहरुको कुरा मान्ने हो भने हाम्रो सभ्यता नै बेकार हो। बाल्मिकी र वेदव्यास सुपरग्राण्ड डिजाइनर हुन्, जसले जनकपुरकी सिता, अयोध्याका राम, कपिलवस्तुका गौतम बुद्ध, लंकाका रावण सबैको मिथ्या कल्पना गरेका थिए। तर पर्खनुस् बिस्तारै ठोस प्रमाण भेटिँदैछन। रामले लंका आक्रमण गर्न समुद्रमाथि बनाएको पुलको अंश अझै पनि भूउपग्रहबाट देख्न सकिन्छ।
नासाको स्याटेलाइटले खिचेको तस्बिर :

रामले निर्माण गरेको पुलको भग्नावशेष अझै पनि हुनुले रामले बनाएको पुलको अस्तित्व प्रमाणित गर्दछ। रामले पुल निर्माण गर्नु अघि सीतालाई अपहरण गरेर समुद्र पारी लग्न रावणले विमान प्रयोग गरेको हुनुपर्छ कि पर्दैन, आफै विचार गरौँ।
‘वैमानिक शास्त्रका’ आधारमा निर्माण गरेका रेखाचित्र हेरेर केही उड्ड्यन विशेषज्ञले उड्न सक्छन् भने कसैले सक्दैनन् भने। यसको अझै पनि प्रारुप बनाएर परीक्षण भएको छैन। तर प्राचीन कालका विमानको बारेमा ‘राइट दाजुभाइ’ भन्दा धेरै अगाडि नै खोज अध्ययन भएको भने प्रष्ट छ।
मित्रले ‘ॠषिहरूले टेलिफोन बनाएका थिए रे’ अति नै अपत्यारिलो वाक्य झैँ गरेर व्यङ्ग्य गर्न खोज्नुभएको रहेछ। मित्र, प्राप्त प्रमाणहरू भन्छन् त्यो बेलाका ॠषिहरूले ग्राहम बेलको जस्तो टेलिफोन मात्र होइन, भर्खर दक्षिण कोरियाको सामसुङको टिमले खोज गरेको ५ जी प्रविधिभन्दा विकसित संचार प्रणालीको विकास गरेका थिए। यसबारे अर्को ब्लगमा सविस्तार उल्लेख गरौँला।
स्रोत:
http://www.youtube.com/watch?v=K71W1vGZ1ME
http://www.world-mysteries.com/sar_7.htm
https://www.youtube.com/watch?v=FgSINZO_VuI
http://www.bibliotecapleyades.net/vimanas/vs/vs07.htm
http://www.rootsweb.ancestry.com/~lkawgw/adamsbridge.html
http://www.vifindia.org/transcriptions-paper/2012/07/03/scientific-dating-of-ancient-events-from-7000-bc-to-2000-bc
http://en.wikipedia.org/wiki/Adam’s_Bridge

विमान उडाउनको निमित्त अत्ति आवश्यक भनी निम्न कुरा उल्लेख गरिएको रहेछ :केही वर्षअगाडि तिब्बतको ल्हासामा संस्कृत भाषामा लेखिएका केही ग्रन्थ फेला परेपछि भारतको चन्ढीगढ युनिभर्सिटीका डा रुथ रैनासमक्ष अङ्ग्रेजीमा अनुवाद गर्न लगिएछ। त्यसपछि देखा पर्यो छक्क पार्ने प्रमाण। त्यसमा लेखिएको रहेछ – प्रतिगुरुत्वाकर्षण शक्तिको बारेमा। जबकि प्रतिगुरुत्वाकर्षण बलको खोज अनुसन्धान अल्बर्ट आइन्स्टाइनको ‘सापेक्षताको सामान्य सिद्दान्त’ को प्रकाशन मात्र भएको थियो। लख काट्न सकिन्छ, गुरुत्वआकर्षण विरुद्धको शक्ति सिर्जना गरेर उड्न सकिन्छ भनेर पौराणिक कालमा कसरी पत्ता लगाइयो होला ? करोडौ डलर खर्च गरेर हाइड्रोजन इन्धन भरेर अति वेगका साथ रकेट उडाइन्छ किन ? गुरुत्वाकर्षणबाट छल्न। त्यस दस्तावेजमा प्रतिगुरुत्वाकर्षण सम्बन्धी लेखिनुले पौराणिक कालमा उड्ययन सम्बन्धमा कुन किसिमको विकास भएको रहेछ, आफै अनुमान लगाउन सकिन्छ।
1. Vishwakriyaadarpana or mirror of outside views.
2. Shaktyaakarshana or energy attracting mirror.
3. Parivesha mechanism above the hood of the Vimana.
4. Angopasamhaara yantra or folding up yantra at the 7th bindukeelaka.
5. Vistritakriyaa or opening out yantra location in the middle of the 11th section.
6. Vyroopya darpana and
7. Padmachakramukha at the shirobhaaga or crest of the Vimana.
8. The Kuntinee-shakti mechanism is to be in the neck of the Vimana.
9. Pushpinee and Pinjulaa Mirrors are to be in the right side of the centre.
10. At the front of the left side are to be located the Naalapanchaka or 5 pipes.
11. Guhaagarbha mirror yantra is to be in the front part of the stomach of the plane.
12. Thamoyantra at the north western side.
13. Pancha-vaataskandha-naala on the western centre.
14. Rowdree mirror.
15. Vaataskandha keelaka at the bottom centre.
16. Shaktisthaana at the front and right sides.
17. Shabda-kendra-mukha at the left side.
18. Vidyuddwaadashaka at the north-east side.
19. Praanakundala at the moola of the Vimana.
20. Shaktyudgama at the navel of the Vimana.
21. Vakraprasaarana at the side of Vimanaadhaara.
22. Shaktipanjara in the central portion.
23. Shirahkeelaka at the head of the Vimana.
24. Shabdaakarshaka yantra at the shoulder.
25. Pata-prasaarana at the bottom centre.
26. Dishaampati yantra at the left front.
27. Pattikaabhraka at the centre of the hood of the Vimana.
28. Solar power attractor at the top of the Vimana.
29. Apasmaara or poison gas at the sandhi-naala mukha or junction tube front.
30. Sthambhana yantra at the bottom.
31. Vyshwaanara-naala at the navel centre.
साभार: वैमानिक शास्त्र
कतिपय पाठक सोच्दै हुनुहुन्छ होला- साथीले गफ ठोक्यो। कसैले प्रतिक्रिया लेख्न थालिसके होला – त्यसो भए देखा न त त्यो बेला बनेको हवाइजहाज। तर सकिन्न। जुन कुरा देख्न, छुन सकिन्छ, त्यसको विश्वास गरिन्छ र त्यसैको मात्र अस्तित्व स्वीकारिन्छ। तर यसैमा नपत्याउन तयार पाठकलाई भनिहालौँ। रामायणमा सीतालाई अपहरण गरेर रावणले लंका पुर्याएको भनेर सुन्न पाइन्छ। धेरैले त कपोलकल्पित पनि सोच्दा हुन्। रावणले सीतालाई अपहरण गरेर करिब ३० किलोमिटर समुन्द्र कसरी पार गरे ? या त कुनै हवाइजहाजमा अथवा कुनै पानीजहाजमा। रामायणमा उल्लेख छ उनले पुष्पक विमानमा राखेर लागेका थिए। पछि रामले आफू बसेको स्थानबाट लंकासम्म सेतु बाँधेर तरेका थिए। तर के गर्नु, महाभारत र रामायण यी सब कपोलकल्पित हुन् भन्नेहरू प्रशस्तै भेटिन्छन्। उनीहरुको कुरा मान्ने हो भने हाम्रो सभ्यता नै बेकार हो। बाल्मिकी र वेदव्यास सुपरग्राण्ड डिजाइनर हुन्, जसले जनकपुरकी सिता, अयोध्याका राम, कपिलवस्तुका गौतम बुद्ध, लंकाका रावण सबैको मिथ्या कल्पना गरेका थिए। तर पर्खनुस् बिस्तारै ठोस प्रमाण भेटिँदैछन। रामले लंका आक्रमण गर्न समुद्रमाथि बनाएको पुलको अंश अझै पनि भूउपग्रहबाट देख्न सकिन्छ।
नासाको स्याटेलाइटले खिचेको तस्बिर :
रामले निर्माण गरेको पुलको भग्नावशेष अझै पनि हुनुले रामले बनाएको पुलको अस्तित्व प्रमाणित गर्दछ। रामले पुल निर्माण गर्नु अघि सीतालाई अपहरण गरेर समुद्र पारी लग्न रावणले विमान प्रयोग गरेको हुनुपर्छ कि पर्दैन, आफै विचार गरौँ।
‘वैमानिक शास्त्रका’ आधारमा निर्माण गरेका रेखाचित्र हेरेर केही उड्ड्यन विशेषज्ञले उड्न सक्छन् भने कसैले सक्दैनन् भने। यसको अझै पनि प्रारुप बनाएर परीक्षण भएको छैन। तर प्राचीन कालका विमानको बारेमा ‘राइट दाजुभाइ’ भन्दा धेरै अगाडि नै खोज अध्ययन भएको भने प्रष्ट छ।
मित्रले ‘ॠषिहरूले टेलिफोन बनाएका थिए रे’ अति नै अपत्यारिलो वाक्य झैँ गरेर व्यङ्ग्य गर्न खोज्नुभएको रहेछ। मित्र, प्राप्त प्रमाणहरू भन्छन् त्यो बेलाका ॠषिहरूले ग्राहम बेलको जस्तो टेलिफोन मात्र होइन, भर्खर दक्षिण कोरियाको सामसुङको टिमले खोज गरेको ५ जी प्रविधिभन्दा विकसित संचार प्रणालीको विकास गरेका थिए। यसबारे अर्को ब्लगमा सविस्तार उल्लेख गरौँला।
स्रोत:
http://www.youtube.com/watch?v=K71W1vGZ1ME
http://www.world-mysteries.com/sar_7.htm
https://www.youtube.com/watch?v=FgSINZO_VuI
http://www.bibliotecapleyades.net/vimanas/vs/vs07.htm
http://www.rootsweb.ancestry.com/~lkawgw/adamsbridge.html
http://www.vifindia.org/transcriptions-paper/2012/07/03/scientific-dating-of-ancient-events-from-7000-bc-to-2000-bc
http://en.wikipedia.org/wiki/Adam’s_Bridge
अरु विषयमा म बोल्दिन – सानैमा कसैले भनेको याद छ – धर्म र विज्ञानलाई मिसाउने प्रयास गर्नु हुँदैन – त्यसैले भारत रामेश्वरम टापुदेखि श्रीलंकाको मन्नार टापु सम्मको सो भौगोलिक बनोट मान्नेको लागि रामले बनाएको पुलको अवषेश हो , नमान्नेको लागि प्राकृतिक बनोटको अवषेश हो -यस्ता Shoal/Sandbar/Tombolo संसारमा अन्यत्र पनि पाइन्छन्।
ReplyDeleteयस लेखका लेखकलाई कुनै पाठकको कमेन्टले घच्घच्याएको रहेछ – र सो कमेन्ट गर्ने पाठकले लेखेको एउटा कुराले मलाई पनि घच्घच्यायो – सौरभ भन्ने कुनै अर्का ब्यक्तिलाई Quote गर्दै September भनेको सप्तम, अक्टोबर भनेको अक्टम, november भनेको नवम् भन्दै कमेन्ट गरिएको देखियो। खासमा यी महिनाका नाम Latin भाषाबाट आएको हो – र पुरानो रोमन क्यालेन्डरमा जम्मा दश वटा मात्रै महिना हुन्थ्यो, वर्षमा ३०४ दिन मात्रै। Wikipedia मा यसो सर्च गरेको भए कमेन्टकर्ता मित्रले यस्तो भेट्नु हुन्थ्यो – The names of at least three of the first four months were named in honour of Roman gods: Martius in honour of Mars; Maius in honour of Maia; and Iunius in honour of Juno. The derivation of Aprilis is uncertain. The names of the months from the fifth month on were based on their position in the calendar: Quintilis comes from Latin quinque meaning five; Sextilis from sex meaning six; Septembris from septem meaning seven; Octobris from octo meaning eight; Novembris from novem meaning nine; and Decembris from decem meaning ten.
र ल्याटिन भाषा र संस्कृत भाषा एक आपसमा केहि मिल्दा जुल्दा छन् किनभने दुबै भाषा हाम्रो भारोपेली भाषा समुहका पुराना भाषाहरु हुन् । त्यसैले ती नामहरु संस्कृतबाट सिधै अपभ्रंश भएको नभई उस्तै प्रकृतिको ल्याटिन भाषाबाट आएको हो। कतिपय भारतिय विद्वान / वा आफूले आफूलाई विद्वान भनाउन रुचाउनेहरुले आम मानिसको भाषा विज्ञान सम्बन्धि ज्ञानको कमीको फाइदा उठाउँदै सबै नाम भारतबाट उत्पत्ति भएको र त्यसैको अपभ्रंश हो भन्ने कुरा फुक्दै हिंड्छन् – जुन पूर्ण सत्य होइन। भाषा चलायमान बस्तु हो, भाषाको Evolution हुन्छ, यस्का हाँगा फाट्टिदै जान्छ भन्ने तथ्य हामी सहजै बुझ्दैनौं, तर सत्य यहि हो। भाषाका परिवारहरु छन्, जस्तो हाम्रो नेपाली, हिन्दी, फारसी, ग्रिक, इटालियन, जर्मन, अँग्रेजी र आइरिस लगायतका धेरै भाषा भारोपेली (Indo-European) परिवारका हुन्, भारोपेली भाषाका पुर्खा भाषालाई वैज्ञानिकहरुले PIE (proto-Endo-european) वा प्राग-भारोपेली भन्ने नाम दिएका छन् – यसलाई माउ भाषा भन्न सकिन्छ। यो भाषा करिब ८ हजार वर्ष पहिले सम्म बोलिन्थ्यो भन्ने अनुमान छ , तर यो भाषा ठ्याक्कै कुन ठाउँमा बोलिन्थ्यो भन्ने कुरामा अलि एकमत छैन , तर अनुमान अनुसार, त्यो ठाउँ हालको Turkey देखि उत्तरमा हालको Ukraine वा पूर्वमा हालको Tajikistan , हुँदै हालको Afghanistan, उत्तरी Iran – यहि परिधी भित्रको कहिं कतै भन्ने लगभग निश्चित गरेका छन् वैज्ञानिकहरुले। यहि भाषाबाट Evolution हुँदै अनेक भारोपेली भाषा बने, जसमा नेपाली एउटा भाषा हो, र अँग्रेजी अर्को। त्यसो हुँदा , भारोपेली समूहका केहि पुराना भाषा केलायो भने यस्ता नाममा समानता टन्नै भेटिन्छन्, जति नया हुँदै गयो, भाषिक Evolution ले त्यति फरक-फरक देखिंदै जाने हो।
अरु भाषा समूह पनि छन् – जस्तै Sino-Tibetan। यस समूहको उप समुह एउटा छ जस्लाई Tibeto-Burman वा भोट-बर्मेली समूह भनिन्छ। नेपालमा बोलिने धेरै भाषा यो समुहमा पर्छ – भोट-बर्मेली उप समुह भित्र पनि भाषा वैज्ञानिकहरुले एक भाषा परिवार व्याख्या गरेका छन् जसलाई महाँकिराँति नाम दिइएको छ – र यो परिवारमा किराँति र नेवारी भाषाहरु पर्छन्।
संसारमा अरु समुह पनि छन् – Malayo-polynesian (मलेशिया-इन्डोनेशिया हुँदै अमेरिकाको हवाइ टापु सम्म बोलिने भाषाहरु), Finno-Urgic (फिन्ल्यान्ड, हंगेरी र इस्टोनियामा बोलिने भाषाहरु), Dravidian (दक्षिण भारतमा बोलिने भाषाहरु – तमिल लगायत), Afro-Asiatic (अरबी भाषा लगायत उत्तरी अफ्रिकामा बोलिने अरु भाषाहरु), niger-congo (नाइजेरिया देखि दक्षिण अफ्रिका सम्म बोलिने भाषाहरु) आदि आदि धेरै समुह छन्- सबै समुहका proto वा प्राग भाषाहरु (माउ भाषा) पनि थिए (दशौं हजार वर्ष पहिले) र ती समुहरुका आज बोलिने भाषामा खोजियो भने पनि एक-आपसमा यस्ता साधारण समानताहरु भेटिन्छन्।
जे होस, सौरभ भन्ने कुनै ब्यक्तिले सबै संस्कृतको अपभ्रंश हो भन्नु उति उचित होइन – किनभने यो ठ्याक्कै त्यस्तो होइन – र अर्का कमेन्टकर्ता सन्दिप संकल्प ‘पान्थरे’ ले त्यसरी रिस पोख्नु त झन जे पायो त्यही हो – साधारण अध्ययनको पनि कमी। दुखको कुरा के हो भने नेपालमा भाषा विज्ञान अध्ययन गर्ने ब्यक्ति छँदै छैनन् भने पनि हुन्छ र यस्ता गलत धारणाहरु लगभग सबै नेपालीमा भेटिन्छ।