यस मेरो बिसौनिमा यहाँहरुलाई हृदय देखिनै स्वागत टक्राउन चाहान्छु !!!
प्रत्यक ब्यक्तिको शिक्षा र ज्ञान बिशुद्ध निजी सम्पत्तिहो जसलाई सहजरुपमा जहाँतही बोकेर साथै लानसक्छौ तर भौतिक सम्पत्तिको यो सम्भब छैन ।
Friday, November 22, 2013
काठमाडौँ उपत्यका
काठमाडौं क्षेत्र नं. 1 कुल मतदाता - 39164
प्रकाशमान सिंह 15139
रेणु दाहाल 4063
भरत जंगम 3730
काठमाडौं क्षेत्र नं. 2 कुल मतदाता - 63873
माधवकुमार नेपाल 21747
प्रतिमा गाैतम 12469
लिलामणि पोखरेल 7132
काठमाडौं क्षेत्र नं. 3 कुल मतदाता - 45905
रामेश्वर फुयाल 13104
चक्रबहादुर ठकुरी 12244
गणेशप्रसाद रेग्मी 4880
काठमाडौं क्षेत्र नं. 4 कुल मतदाता - 56887
गगनकुमार थापा 22336
निर्मल कुइकेल 9028
नन्दबहादुर पुन 6459
काठमाडौं क्षेत्र नं. 5 कुल मतदाता - 55377
नरहरि आचार्य 15364
ईश्वर पोखरेल 14723
रामराजा श्रेष्ठ 3748
काठमाडौं क्षेत्र नं. 6 कुल मतदाता - 50854
भिमसेनदास प्रधान 14114
योगेश भट्टराई 12853
हिमाल शर्मा 6764
काठमाडौं क्षेत्र नं. 7 कुल मतदाता - 53090
रामवीर मानन्धर 10714
प्रमिलादेवी डंगोल 7945
हिसिला यमी 5369
काठमाडौं क्षेत्र नं. 8 कुल मतदाता - 46430
नविन्द्र राज जोशी 13774
जीवनराम श्रेष्ठ 6367
प्रकाश रिमाल 4938
काठमाडौं क्षेत्र नं. 9 कुल मतदाता - 57957
ध्यानगोबिन्द रञ्जीत 14483
कृष्णगोपाल श्रेष्ठ 13100
देवेन्द्र पौडेल 6669
काठमाडौं क्षेत्र नं. 10 कुल मतदाता - 62573
राजेन्द्रकुमार के.सी 20392
सुरेन्द्र मानन्धर 13615
पुष्पकमल दाहाल 12852
भक्तपुर क्षेत्र नं. 1 कुल मतदाता - 67340
नारायण मान बिजुक्छे 8665
कृष्ण लाल भंडेल 4641
सानु सुवाल 2694
भक्तपुर क्षेत्र नं. 2 कुल मतदाता - 82218
सुनिल प्रजापती 13968
रामेश्वर प्रसाद ढुङ्गेल 13539
महेश वस्नेत 11253
ललितपुर क्षेत्र नं. 1 कुल मतदाता - 55119
उदयशम्शेर जवरा 6174
मधुसुदन पौडेल 4541
हरि दहाल 2406
ललितपुर क्षेत्र नं. 2 कुल मतदाता - 67193
चन्द्र महर्जन 9998
सरोज डगोल 5260
कृष्णलाल महर्जन 4247
ललितपुर क्षेत्र नं. 3 कुल मतदाता - 77892
मदनबहादुर अमात्य 23566
रघुजी पन्त 12602
दिनेश महर्जन 9826
Friday, November 1, 2013
यस पटक ५५ लाख मतदाता घटे
काठमाडौं—निर्वाचन आयोगले अर्काे संविधानसभाको निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन विभिन्न २२ जिल्लामा थप मतदाता तथा निर्वाचन शिक्षाका कार्यक्रम आगामी हप्ताबाट सञ्चालन गर्ने भएको छ।
यसअघि नै आयोगले २४० वटै निर्वाचन क्षेत्रमा मतदाता तथा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिराखेको छ। ती कार्यक्रमका लागि ३६ हजार तालिम प्राप्त व्यक्ति परिचालन भइराखेका छन्। ती व्यक्तिले मतदाताका घरघरमा गई निर्वाचनको महत्व, निर्वाचनमा मत खसाल्ने तरिका बारेमा मतदातालाई जानकारी दिइराखेका छन्।
अघिल्लो संविधानसभामा बदरमत बढी देखिएका २२ जिल्लामा विशेष मतदाता तथा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए।
अघिल्लो संविधासभामा एक करोड ७६ लाख ११ हजार ८३२ मतदाता रहेका थिए । तीमध्ये ६१.७ अर्थात् एक करोड ०८ लाख ६६ हजार १३१ ले मत खसालेका थिए । मत खसालेकामध्ये ५.१५ प्रतिशत अर्थात् पाँच लाख ६० हजार ११ मत बदर भएको थियो ।
अघिल्लो निर्वाचनमा मतदाता शिक्षा तथा सूचनामा कमी, स्वयम् मतदाता सचेत नभएका कारण बदरमत बढी भएको महसुस आयोगले गरेको थियो । यस्तो अवस्थालाई अन्त्य गर्न आयोगले विशेष मतदाता तथा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको प्रवक्ता राईले बताए।
यसपटकको निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा करिब ५५ लाख मतदाता सङ्ख्या घटेको छ। विशेष मतदाता तथा निर्वाचन शिक्षा सञ्चालन गर्ने जिल्लामा पहाडी, हिमाली र तराई सबैतिरका रहेका छन्।
मतदाता शिक्षा तथा निर्वाचन शिक्षा स्वयम्सेवकमार्फत नै विशेष शिक्षा सञ्चालन गरिने आयोगले जनाएको छ । शिक्षा कार्यक्रमअन्तर्गत विशेषतः मतदान गर्ने तरिका बारेमा मतदातालाई सुसूचित गराइने छ ।
तीन तहबाट निर्वाचन अवलोकन गरिने
निर्वाचन आयोगले तीन तहबाट संविधासभाको निर्वाचन हेरिने व्यवस्था मिलाइएको छ। अवलोकन गर्ने, अनुगमन गर्ने र पर्यवेक्षण गर्ने गरी समग्र निर्वाचन प्रक्रियाको हेराइको व्यवस्था गरेको प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले जानकारी दिए।
उनका अनुसार निर्वाचन हेर्नका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)निर्वाचन आयोगका प्रमुखलगायत अन्य देशका विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरिएको, अनुगमनका लागि निर्वाचन आयोगका प्रमुख आयुक्तसहित अन्य आयुक्त, आयोगमा कार्यरत कर्मचारी, नेपाल सरकारका मुख्यसचिवसहित अन्य सचिव, सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृतको व्यवस्था गरिएको जानकारी दिए।
यसैगरी निर्वाचन पर्यवेक्षण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायका संस्थाबाट गरिने व्यवस्था मिलाइएको प्रमुख आयुक्त उप्रेतीले बताए। आयोगमा निर्वाचन पर्यवेक्षण हेर्नु हुने आयुक्त डा रामभक्त पिभि ठाकुरले यसपटकको निर्वाचनमा राष्ट्रिय ५४ र अन्तर्राष्ट्रिय ३ गरी ५७ वटा संस्थाका करिब ७४ हजार पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्ने जानकारी दिए। ती सबैलाई पर्यवेक्षणसम्बन्धी आवश्यक तालिम तथा प्रशिक्षण सम्पन्न भइसकेको आयोगले जनाएको छ ।
Wednesday, October 30, 2013
निर्वाचन : ४२ अर्बको उद्योग
निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारले चुनावमा १० लाख रुपैयाँसम्म र समानुपातिकतर्फका उम्मेदवारले एक लाख रुपैयाँसम्म प्रचारमा खर्च गर्न पाउने सीमा तोकेको छ । संविधानसभामा प्रत्यक्षतर्फ एक सय २८ र समानुपातिकमा एक सय २२ दल चुनावी मैदानमा छन् ।
प्रत्यक्षतर्फ ६ हजार एक सय ४७ र समानुपातिकतर्फ ११ हजार जति उम्मेदवार छन् । निर्वाचन आयोगले तोकेको सीमाभित्र खर्च गर्दा पनि प्रमुख तीन दल माओवादी, कांग्रेस र एमालेले ८२ करोड पाँच लाख रुपैयाँ खर्च गर्नेछन् । तर, दलहरूको खर्च आयोगको सीमाभन्दा धेरै गुणा बढी हुने स्रोतहरू बताउँछन् ।
शक्तिशाली उम्मेदवारले एक्लै पाँच/सात करोड रुपैयाँसम्म खर्च गर्ने अनुमान गरिएको छ । चुनाव जित्नसक्ने ठाउँमा ४०–५० लाख रुपैयाँ खर्च हुने प्रत्यक्षतर्फका एक उम्मेदवारले बताए । पार्टीको संस्थागत र व्यक्तिगत खर्च जोड्ने हो भने प्रमुख तीन दलले तीनदेखि पाँच–पाँच अर्ब रकम खर्च गर्ने अनुमान गरिएको छ । महंगी ह्वात्तै बढेकाले प्रमुख दलहरुको खर्च पाँच अर्व पुग्ने अनुमान गरिएको हो ।
निर्वाचन आयोगको खर्च
आयोगका लागि विनियोजित ७ अर्ब ७५ करोडमध्ये सरकारको कोषबाट ४ अर्ब र दातृ निकायको तीन अर्ब ५६ करोड निकासा
निर्वाचन सुरक्षा खर्च
सेनालाई १ अर्ब ७५ करोड, प्रहरी कार्यालयहरूलाई डेढ अर्ब, सशस्त्रलाई ५१ करोडलगायत निकासा भइसकेको छ
तीन ठूला दलको खर्च
ठूला दलले औपचारिक रूपमा २७ करोडका दरले खर्च गर्न पाए पनि उम्मेदवारले पनि खर्च गर्दा प्रत्येक दलको पाँच अर्ब हुने अनुमान
मझौला १० दलको खर्च
प्रत्यक्षतर्फ दुई सयको हाराहारीमा उम्मेदवारी दिएका १० दल र उम्मेदवारले प्रचारप्रसारमा औसतमा ५० करोड खर्च गर्नेछन्
साना ५० दलको खर्च
एउटा उम्मेदवारले १० लाख खर्च गर्ने वैधानिकता भए पनि आर्थिक हिसाबले बढीमा ५० लाख खर्च गर्न सक्ने ५० दल छन्। २०७० मंसिर ४ गते हुने निर्बाचन को आँकलन।
Monday, October 21, 2013
संस्कार फेरिन गाह्रो हुन्छ
२०७० दसैं पनि सकियो । उहिले एकपल्ट, दसैं जनजातिको चाड होइन भन्ने अभियान चलाउने कोसिस भएको थियो । बिनाअध्ययन निकालिएको त्यो निष्कर्ष असफल हुनु स्वाभाविक थियो । त्यो त्यत्तिकै हरायो । ज्ञानले के भन्छ भने दसैंमा नौ दिनसम्म पूजा गरिने देवीहरू सबै पार्वतीका अवतार हुन् । पार्वती शिवसँग जोडिएकी हुनाले सारतः दसैं जनजातिको चाड हो भन्ने अनुमान गर्न सकिन्छ । जसको भए पनि दसैं लामो समयदेखि नेपालीले मान्दै आएको चाड हो । त्यसैले नेपाली मानसमा दसैं संस्कार बनिसकेको छ ।
अहिले सिंगो नेपाल, बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सत्यलाई स्थापित गर्ने अभियानमा लागेको छ । उनी शाक्य वंशका थिए भन्ने सत्य स्थापित भइसकेको छ । उनी जन्मिएको भूमि चिह्नित गरिसकिएको छ । उनलाई विश्वले शान्तिदूतको मान्यता पनि दिएको छ । त्यसैले उनी विश्वशान्तिको प्रतीक भएका छन् । माथिको निष्कर्षले के पुष्टि गर्छ भने बुद्ध मान्छे हुन् । विद्वान् र ज्ञानी भएकै हुनाले उनी महान् भएका हुन् । मान्छे भएको हुनाले उनी कुनै पारलौकिक भगवान् होइनन् ।
पुनर्जन्म र पूर्वजन्म हुँदैन भनेर विश्वलाई शिक्षा दिने विश्वका पहिला भौतिकवादी दार्शनिक हुुन् गौतम बुद्ध । तर दुःखको कुरो तिनै गौतम
बुद्ध अहिले अवतारको व्यङ्ग्यमा रूपान्तरित भएका छन् । दलाई लामाको अवतार गौतम बुद्धको सम्मान हो कि अपमान ? प्रस्टै छ, यो विश्वशान्तिका नायक गौतम बुद्धको अपमान
हो । हो, तन्त्रशास्त्र पनि हाम्रै भूमिको उपज हो अनि गौतम बुद्ध पनि हाम्रै भूगोलमा जन्मिएका हुन् तर गौतम बुद्धको भौतिकवाद र तन्त्रशास्त्रको रहस्यवादका बीचमा कुनै सम्बन्ध छैन । विश्वनागरिक भइसकेका गौतम बुद्धलाई तन्त्रशास्त्रको डोरीले बाँधेर सुकाउने कामको विरोध गरेर उनको महानतालाई विश्वव्यापी रूपमा स्थापित गर्नु हामी नेपालीको कर्तव्य हो । तर स्वयं हामी, तिनका सन्तान, गौतम बुद्धलाई डोरीको थुनाबाट बाहिर निकाल्न सकिरहेका छैनौँ किनभने गौतम बुद्धलाई भगवान् बनाउने संस्कारले हामी सबैलाई प्लास्टिकको डोरीले बाँधेको छ ।
सभ्यताको वाहक हिन्दु संस्कृतिलाई धर्म मान्नेहरू पनि छन् लाखौँ नागरिक । धर्म साँघुरो हुन्छ, धर्मसँग ईष्र्या र घृणा जोडिएको हुन्छ । हिन्दु संस्कृतिसँग घृणा जोडिएको छैन । मान्छेले गर्छन् जातपातको कुरा । छुवाछुतको कुरा । छुवाछुत हिन्दु संस्कृतिको अभिन्न अंग होइन । त्यो हो सामन्तवादको
उत्पादन । सभ्यता विकासका क्रममा दासयुगलाई पछारेर दुनियाँमा सामन्तवादको उदय भयो । त्यसले श्रमिक जनतालाई दबाउन, सताउन र दुःख दिन जातपातका साथै लोक र परलोक, देवीदेवता र राक्षसजस्ता त्रासदीको निर्माण गर्यो । सामन्तवादको उदयअघि कहाँ थियो
जातपात ? कतै थिएन । ऋषिहरू कोरली गाईको मासु मीठो मानेर खान्थे भन्ने सत्यलाई त प्रकाण्ड पण्डितले पनि तिरस्कार गर्न
सक्दैनन् । इन्द्र कुन जातका थिए ? महादेवको जात के हो ? हाम्रै देशका गौतम रहुगण, धनवन्तरि र पाणिनीजस्ता ज्ञानीहरूको जात के हो ? सभ्यताको थालनीपछिको लामो समयसम्म जातपात छुवाछुत केही थिएन । यो फोहोरी चलनको आगमन सामन्तवादसँगै भयो । सामन्ती युग आरम्भ भएपछि शक्तिशाली ठूला भए । पराजितहरू साना भए । ठूलाका लागि ठूलो जात बनाइयो । सानालाई दलित बनाएर सामाजिक घृणाको सिकार बनाइयो । नेपालकै भूभागमा पनि विजेताहरू ठूला भए, विजितहरू दलित भए । दुःखको कुरो के भयो भने यातनादायी, क्रुर सामन्तवादसँगै जोडिएर आएको वर्गीय शासनले हामीलाई जातपातको संस्कारमा बाँध्यो । ज्ञान हराएपछि मान्छे मूर्ख हुन्छ । सामन्तवादले मानव सभ्यतालाई दिएको अन्धकारको उपहार हो यो मूर्खता । तर अहिले यो नै हामीहरूको संस्कार भएर बसेको छ ।
पाठकलाई भ्रम नपरोस् । म हिन्दु धर्मावलम्बी होइन । म हिन्दु संस्कृतिलाई मानव सभ्यताको इतिहाससँग जोडेर, त्यसबाट शिक्षा लिनुपर्छ भन्ने सोच राख्ने नागरिक हुँ । मलाई धर्मको हिन्दुत्वबाट मुक्ति दिने शास्त्र हो ऋग्वेद । ऋग्वे दलाई ज्ञानको सागर भन्छन् सबै ज्ञानी विद्धान् विदुषीहरू । मैले आफूलाई ऋग्वेदको ज्ञाता बनाउन खोजेको पनि होइन । सर्वाधिक पुरानो त्यो ग्रन्थले देवदेवीको अस्तित्वका बारेमा के भन्छ भन्ने चासोको समाधान गर्न मैले ऋग्वेदको अध्ययन थालेँ । त्यसमा त हामीले पारम्परिक हिसाबले मान्दै आएका देवीदेवताको अस्तित्व कतै भेटिनँ मैले । हिन्दुलाई धर्म मानेर अन्धविश्वासको अँध्यारोमा रुमल्लिइरहेकाहरूको मन दुखाउन मैले पढेको
अनौठो उदाहरण म यहाँ पस्किन सक्दिनँ तर कुन कुरो म
ठोकुवा गर्न सक्छु भने, ऋग्वेदले लोक र परलोकको, देवी र
देवताको, भगवान् र भगवतीको अस्तित्वलाई कतै स्वीकार गरेको
छैन । ऋग्वेदले पूजापाठ गर्नु भनेर सिकाएका देवता भौतिक तत्त्व मात्रै रहेछन् । त्यसले आगोलाई पूजा गर्नुपर्छ भनेको छ । सभ्यताको पहिलो आविष्कार आगो हो भनेर सबै वैज्ञानिकले स्वीकार गरेका छन् । सभ्यताको आरम्भमा सिरक डसनाको कल्पना पनि गर्न सकिँदैनथ्यो । त्यसैले उनीहरूले उषालाई न्यानो घाम बोकेर आउने देवी मानेका
छन् । अक्सिजन भन्ने शब्द त आविष्कार भइसकेको थिएन उतिबेला । तर हाम्रा पुर्खाहरूले वायुको महत्त्व बुझेका थिए । त्यो नै हाम्रो भौतिक अस्तित्वको आधार हो भन्ने थाहा पाएपछि वायुलाई उनीहरूले देवता मान्न थाले । पानी पनि जीवनका लागि अनिवार्य हो भन्ने बुझेपछि उनीहरूले त्यसलाई पनि वरुण देवता बनाइदिए । पृथ्वी वन्दना पनि छ ऋग्वेदमा किनभने पृथ्वीले उनीहरूलाई बचाउने अन्न दिन्छिन् भन्ने ज्ञान पाएपछि उनीहरूले धर्तीपूजनको थिति बसाले । यस्ता धेरै उदाहरण होलान् देवदेवीका, जो भौतिक हिसाबले हाम्रा वरिपरि आफ्नो अस्तित्व बोध गराएर घुमिरहेका छन् ।
तर हामी, आफ्ना पुरातन सांस्कारिक अन्धविश्वासमा बाँधिएकै हुनाले ऋग्वेदले दिएको यो वैज्ञानिक ज्ञानलाई आत्मसात् गर्न सकिरहेका छैनौँ । शिव, कृष्ण, इन्द्रजस्ता देवताहरू आफ्नो समयका बलशाली, बुद्धिमान् मान्छे नै थिए भन्ने सच्चाइ तिनीहरूसँग जोडिएका सांकेतिक उपमाहरूले गरिरहेका छन् । तर तिनको मानवीय जीवन स्वीकार गर्न सबैलाई गाह्रो पर्छ ।
हिन्दुत्वको बारे जे लेख्न पनि स्वतन्त्र हुन्छ । तर अरू तथा प्रचलित धर्मका बारेमा बोल्न जोकोहीले पनि डराउनुपर्छ । इस्लाम धर्मका बारेमा केही लेखूँ कि भन्ने सम्झनासाथ सलमान रुस्दी र तसलिमा नसरिन मेरो मानसमा नाच्न थालिहाल्छन् । मैले ती दुवैले लेखेका द सटानिक भर्सेस र लज्जा पढेँ । उपन्यासकारले मृत्युदण्डको सजाय पाउने केही लेखिएको छ जस्तो लागेन मलाई । तर इस्लाम एउटा धर्म हो । त्यसैले त्यसका बारेमा केही नलेख्नु नै उचित लाग्छ मलाई ।
इसाइ धर्ममा पनि यही समस्या छ । दा भिन्ची कोड लेखेबापत उपन्यासकार डन ब्राउनले अदातलमा मुद्दा खेप्नुपर्यो । त्यो उपन्यासले येशुक्रिस्टको देवत्वकरणलाई चुनौती मात्र दिएको थियो र उनी रोमन साम्राज्यको बिगबिगी चलेका बेलाका एकजना शक्तिशाली विद्रोही थिए भन्ने ज्ञान पस्किएको थियो । तर धर्म भएकै हुनाले इसाइयतले दा भिन्ची कोड र म्यारी म्याकडेलनको सच्चाइलाई स्विकार्न सकेन ।
माथिका घटनाबाट हामी नेपालीले के सिक्ने ? संस्कारहरूको वैज्ञानिक परीक्षण गर्नुपर्ला कि नपर्ला ? हामीले सभ्यताको वाहक बनेको ऋग्वेद र उपनिषद्हरू पढ्ने कि नपढ्ने ? अथवा हामीले सामान्य धार्मिक ग्रन्थहरू मात्र पढ्ने ? यी प्रश्नहरू ज्ञानप्राप्तिको आग्रहका लागि उठाइएका हुन् ।
- See more at: http://www.ekantipur.com/np/2070/7/3/full-story/377715.html#sthash.C0jIQ3W5.FIerfMlm.dpuf
Wednesday, July 24, 2013
त्यागी नेता नरबहादुर कर्माचार्य 2070/04/9
९
साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका एकमात्र जीवित संस्थापक नेता
नरबहादुर कर्माचार्यको बुधबार एकाबिहानै अस्पतालमा निधन भयो । उहाँको निधन
भएलगत्तै अनलाइन र विद्युत्तीय सञ्चारमाध्यमले प्राथमिकताका साथ खबर
सम्प्रेषण गर्न थाले । तर कर्माचार्यको जन्म ठ्याक्कै कहिले भएको हो भन्ने
कुरा पत्ता लगाउन अप्ठेरो भयो ।
निकैबेरपछि मात्र एमाओवादीका अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्डको विज्ञप्ती आयो । जहाँ कर्माचार्यको जन्मसाल,
महिना र गते स्पष्ट थियो । कर्माचार्यको जन्म वि.सं १९८१ कार्तिक १४ गते
भाइटीकाका दिन बुबा चन्द्रबहादुर कर्माचार्य र आमा कुमारी कर्माचार्यको
कोखबाट भएको थियो । उहाँका एक भाइ लक्ष्मण कर्माचार्य र एक बहिनी कमला
कर्माचार्य हुनुहुन्छ । सानीआमाका तर्फबाट भाइहरु मुकुन्द कर्माचार्य,
तेजबहादुर कर्माचार्य, हरि कर्माचार्य र बहिनी गीता श्रेष्ठ हुनुहुन्छ ।
कम्युनिष्ट पार्टीको स्थापना हुनुभन्दा
पहिले उहाँ २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणा बिरोधी आन्दोलन
र मजदुर आन्दोलनमा सक्रिय हुने क्रममा जेल पर्नुका साथै निर्वासन हुनुभएको
थियो । उहाँहरु त्यतिखेरको प्रतिकूल परिस्थितिमा पनि विभिन्न सार्वजनिक
स्थलहरुमा जागरणमुखी गीतहरु गाएर राणा बिरोधी अभियानमा जनतालाई सक्रिय
बनाउन सहभागी हुनुभयो । त्यसैक्रममा राष्ट्रिय काँग्रेसका नेताहरुलाई
मिलाउन भूमिका पनि खेल्नुभयो । उनीहरुबाट देश र जनताको पक्षमा केही नहुने
रहेछ भन्ने निश्कर्षमा पुगेर अर्को क्रान्तिकारी पार्टी निर्माणमा
लाग्नुभयो । अर्को क्रान्तिकारी पार्टी निर्माणमा लाग्न १९४९ को चिनियाँ
क्रान्ति र भारतको तेलङ्गाना किसान बिद्रोहले उहाँलाई प्रेरित गरेको थियो ।
क. पुष्पलालको नेतृत्वमा उहाँसहित नारायणविलास जोशी र निरञ्जन गोविन्द
बैद्य मिलेर १९४९ अपि्रल २२ मा कलकत्ताको बडा बजारमा नेपाल कम्युनिष्ट
पार्टीको स्थापना गर्नुभयो ।
कर्माचार्यको बारेमा प्रचण्डको शोक
वक्तव्यमा थप भनिएको छ-कम्युनिष्ट पार्टीको गठन पश्चात उहाँ मजदुर संगठनका
पनि संस्थापक अध्यक्ष हुनुभयो । उहाँ पार्टीले संचालन गरेका विभिन्न
राजनीतिक आन्दोलनहरुमा सक्रियतापूर्वक लाग्दै २०१६ सालमा ललितपुर
नगरपालिकाको मेयरमा चिर्वाचित भएर जिम्मेवारी सम्हाल्नु भयो ।
उहाँ २०१९ सालमा तेस्रो महाधिवेशनबाट
पार्टी केन्द्रीय सदस्यमा निर्वाचीत हुनुभयो । त्यसपछि पार्टी फुट र
विभाजनको श्रृंखला सुरु भएपछि उहाँ लगायत केही साथीहरु स्वतन्त्र भएर
कम्युनिष्ट आन्दोलनमा सक्रिय भईरहनुभयो । उहाँले विभाजित समुहहरुलाई एकीकृत
बनाउन निरन्तर पहल र प्रयत्न गरिरहनुभयो । यही क्रममा चौथो महाधिवेशनमा
एकतावद्ध भएर केन्द्रीय सदस्य हुनुभयो । एकता केन्द्र निर्माण हुँदा उहाँ
एकता केन्द्र तदर्थ समितिको अध्यक्षसमेत हुनुभएको थियो । नेपाल कम्युनिष्ट
पार्टीका संस्थापकहरु मध्ये लामो समय सार्वधिक सक्रिय क. कर्माचार्य पार्टी
र क्रान्तिकै हितलाई अघि बढाउने क्रममा आजीवन अविवाहित रहनुभयो । हाल उहाँ
एकीकृत नेपाल कम्युनिष्ट पार्टी -माओवादी)को संरक्षकको रुपमा रहनुभएको
थियो । जीवनको अन्तिम क्षणसम्म पनि उहाँ पार्टी, क्रान्ति र परिवर्तनको
निम्ति चिन्तित र सक्रिय भईरहनु भयो ।
Thursday, July 18, 2013
सगरमाथाको सन्तान, फुजीसानलाई दर्शन
सगरमाथाको सन्तान, फुजीसानलाई दर्शन
लेखक छक्कु
उदासी
जापानको फुजीसान चढ्ने धोको बल्लतल्ल पुरा त गरियो तर अधुरै रह्यो । साँच्चिकै, मनमा धोको पालेर राख्न त धेरै गाह्रो हुँदो रहेछ । धोकोलाई पालेर राख्नु जति गाह्रो थियो त्यो भन्दा पनि अझ त्यही मार्न नसकेको धोकोलाई पुरा गर्न झन् गाह्रो हुँदो रहेछ । आखिर आफ्नै निजी धोको न हो ! आफैले सजिलैसँग 'मार्न पनि कुनै बात' लाग्दैन थियो । तर त्यो जाबो एक मनको धोकोलाई खै किन यसरी पालियो ? आफैलाई थाहै भएन । मेरा थुप्रै रहर र इच्छाहरु भित्र फुजीसान घुम्ने रहर पनि थियो एउटा । कारणबस ताल्चा ठोकेर राख्नु परेको थियो । सबै बाध्यता र विवसताहरुलाई पन्छ्याएर कामधन्दाहरुलाई थातिराखेर एउटा रहरलाई स्वतन्त्र छाडिदिने भन्ने कुरा थियो, चानचुन कुरा थिएन ।
उब्जिने बेलामा सजिलै ख्यालख्यालैमा उब्जेका रहर, इच्छा र धोकोहरुलाई पुरा गर्न निकै संघर्ष गर्नुपर्दोरहेछ भन्ने पनि मनमनै गम्न थालेको छु । फुजीसान घुम्न एक्लै जाने आँट गर्ने कुरै आएन र आफ्नो नजिकका साथीहरुले चाहेको बेला र समय अनुकूल मिलाउन पनि सकिरहेको थिईन । बिगतमा पटकपटक जमर्को नगरेको पनि हैन । यतिखेर भने भाग्यबस पुरानो धोकोलाई पुरा गर्ने अवसर जुर्र्यो । मेरो लागि त बल्ल औंशी र पुर्णी एकै दिन जुरे झैँ लाग्यो | सबैसाथीहरुबाट जाने भन्ने एउटा निर्णय भएपछि एक किसिमले त निकै खुसी पनि भएँ । तर सबैजिम्मेवारी आफ्नो काँधमा परेकोले खासै चैन भने हुन सकेन मनमा । अन्धाधुन्दामै अरुले भनेको र सुनेको भरमा रेन्टलमा गाडी लिएर एघार जनाको एउटा समूहको यात्रा सुरु गरियो ।
जापान सूर्योदयको
देश हो अनि ज्वालामुखी र भूकम्पको देश पनि हो । फुजीसान पनि वास्तवमा एउटा ज्वालामुखी विस्फोटनपछि बनेको अग्लो टापु हो । भू-अवस्थितिका आधारमा भन्ने हो भने यो उत्तरी गोलार्धको निकै जाडो हुने ठाउँमा पर्छ । जापानको सिजोवकाकेनमा पर्ने फुजीसान समुद्रको सतहबाट ३७७६ मिटर अग्लो छ । जहाँ जाडो याममा मात्रै हिउँ जम्ने गर्दछ । त्यसैलाईनै फुजीसान भनिन्छ र बिश्व सम्पदामा गनिन्छ । जापानीज भाषामा "फुजी" भनेको स्त्रीलिंग जनिन्छ र "सान" भनेको कुनै नाम, जाति, थर, बर्ग, पद र समूहलाई सम्मानका साथ सम्बोधन गर्दा पछाडि जोडिने शब्द हो ।
हाम्रो हिमालको त कुरै नगरौं नेपालका पहाडहरु नै फुजी हिमालले बाजे भन्न मिल्ने खालका छन । ती अग्ला-अग्ला हिमाल र पहाडहरुको छायाँमा जन्मेर हुर्केको हामी नेपालीलाई त्यो फुजीसान त केही पनि हैन । तर जापानको घुम्नै पर्ने ठाउँ मद्धेको एक भने पक्कै हो । हिमाल चढ्ने भन्दा पनि फुजीसान टुप्पोमा पुगेर 'आसाही' अर्थात् 'बिहानको सूर्योदय' कसरी हुन्छ त्यो हेर्ने मुख्य कुरो हुँदोरहेछ । त्यसैले पूर्णरुपमा हिउँ पग्लेर एउटा सामन्य पहाडमा परिणत भएपछि मात्रै फुजी हिमाल चढ्ने भनेर जापानीहरु फुर्ती दिँदा रहेछन । जुन, जुलाई र अगष्ट बाहेक अरु महिना फुजी हिमाल चढ्न निषेध गरिदो रहेछ ।
टोकियोमा जता फर्के पनि उकुसमुकुस गर्मी खेप्नु परेको यो ज्यानले फुजीसानमा त्यस्तो जाडो हुन्छ होला भन्ने ठानेको थिएन । तरै पनि न्यानो लुगाको जोहो गर्न सबै साथीहरुलाई भनिएको थियो । नभन्दै त्यहा चिसो हावा निकै चल्दो रहेछ । पूर्वयोजना अनुसार बेलुकीको ९:३० बजे जम्मा हुने १०: ०० बजे टोकियो छोड्ने, रातिको १२:०० बजे हिमाल चढ्न शुरु गर्ने, बिहानको ४:०० बजे हिमालको टुप्पो पुग्ने, सूर्योदय हेर्ने, टुप्पोमै खाजाखज्यौली खाने अनि झर्ने, झरेपछि कावागुचीको घुम्ने, 'हाइल्यान्डभित्र पस्ने', खेल्ने भन्ने योजना बनाईएको थियो । झन शुभ-साइतमै सम्पूर्ण योजना डामाडोल त भै गयो ।
साथीहरु निर्धारित समयमा जम्मा हुन सकेनन् । २४ घन्टाको लागि भनेर रेन्टलमा गाडी लिएको साथीहरुको ढिलाईले गर्दा भ्याईदैन कि भन्ने चिन्ताले पो सताउँन थाल्यो । बल्ल तल्ल ११:१५ मा टोकियो छोडियो । फेरी कुनै पसल देख्नै नहुने सबै जनाले पानी, जुस र खाजा भन्दै अल्याङमल्याङ गर्न थाले । जान्ने सुन्ने मान्छेहरुको गोठालो लाग्न गाह्रो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि घुमाइ फिराइ थाहै नपाई आफै पो गोठाल्नी बनेछु । जब फुजीसान तर्फ हाम्रो गाडी हुइकियो कोही हाँसी मजाक गर्दै थिए, कोही वाक्दै थिए । मेरो मनमा भने अनेक कुराहरु खेल्न थाले : त्यो हाम्रो अग्लो सगरमाथा ढल्केटोपी, माछापुच्छ्रे र धौलागिरी हिमालहरु क्रमशः मेरा मनमस्तिष्कमा आउन थाले, गन्न थालें ।
ती हिमाल पग्लेर बनेका नदीनालाहरु मेरा नशा नशामा बग्न थाले । अनि मेरो प्यारो देश नेपाललाई मुटुभरी खेलाउँदै थिएँ अचानक अगढ़िको सिटमा बसेको सुनिता बैनीले "अबुई ! कस्तो डरलाग्दो जंगल आयो !" भन्दा पो झस्याङ्ग भएछु । फुजीसान पुग्ने-पुग्ने बेला घनघोर जंगलको रोड भएर जानु पर्दो रहेछ । त्यो निष्पट्ट अध्यारो रातमा घनाजंगलको बिचमा उकालो, घुम्ती र भन्ज्याङको बाटो छिचोल्नु पर्दो रहेछ । एक छिन त ती जापानी डाइभर पनि हायल कायल भए। किनभने उनको पनि त्यो रूटमा पहिलो द्राईभिङ्ग थियो । हाम्रो अगाडि पछाडि केही पनि देखिदैनथ्यो । अनि कति छिटै मेरो झिनो रमाईलोलाई त डरले पो क्वाप्पै खाइदिएछ । रोडको दायाँ बायाँतिर गाडीको लाइटले तर्सिएर भाग्दै गरेका तीनवटा मृगहरु पनि देखिए ।
![]() |
( फुजीसान हिमाल )
|
खासगरी
तीनवटा रुट भएर
जान सकिदो रहेछ
फुजीसान । हामी
सिनफुजीनोमिया भन्ने प्रवेशद्वारमा पुग्नको
लागि त्यो रुट
भएर जानु परेको
रहेछ । प्रवेशद्वारमा
पुग्ने पुग्ने बेलामा त्यो
अध्यारो जंगलको बिचमा रात
बिरात यातायात र
मानव सुरक्षाको लागि
ठाउँ ठाउँमा छोरा
मान्छे र छोरी
मान्छेहरु 'गार्ड' बसेका रहेछन
। त्यो चुक
पोखिए झैँ अध्यारोमा
मान्छे नदेखिने केही उमेर
ढल्किएको स्वर र
विनम्र अनि शिष्ट
भाषामा हामीले अलिकति तलमाथि
गर्दा 'त्यता हैन यता',
'त्यसरी हैन यसरी'
भनेको मात्रै सुनिन्थ्यो
। मलाई त
अचम्मै लाग्यो। साथै
आफ्नो मुलकमा रहेको
एक बिश्व सम्पदाको
सूचिमा दरिएको फुजिसानप्रति जापान
सरकारको त्यत्रो जिम्मेवारी बोध
र तैनाथ रहेका
इमान्दार र वफादार
सुरक्षाकर्मीहरुलाई मनमनै अभिवादन गरें ।
म लगायत समर गिरी, खड्क गुरुङ, बिनोद बानिया, अशोक गिरी, गायक बिलन थापा मगर, इश्वरी लक्ष्मी गिरी, सीता तामाङ, सुनिता गुरुङ जानुका बानिया र गायिका मिना लामा समेत गरेर हामी एघार जान नेपालीको हुलले रातिको २: ९ बजे सानो पिलपिले टर्चलाइटको भरमा फुजीसान चढ्न शुरु गर्यौं । धेरै जसो नाकले जोत्ने उकालो रहेछ । माथि टेक्यो तल तलतिर घर्किने खालको गग्रेटो माटो र दुंगाको बाटो रहेछ । खासै बाटो नै भनेर खनेर बनाउने चलन रहेनछ । बर्षेनी बाटो बिस्तरिदो रहेछ । जताजता अलि हिड्न सजिलो छ, त्यतै बाटो नअल्मलियोस भनेर नाइलनको डोरी टाँगिएको रहेछ ।
बाटो त्यतिसारो अप्ठ्यारो त थिएन । गाउँमा हुँदा त्यस्ता बाटामा त आखाँ चिम्लेर बुर्कुसी मारिन्थ्यो । तर हिड्ने नाता टुटेपछि आफैले बुर्कुसी मार्ने गरेको त्यो अतित एउटा कथा जस्तै हुँदोरहेछ भन्ने पनि यतिखेरै अनुभव गरेँ । हस्याङफस्याङ र स्याँस्याँ गर्दै उकालो चढ्न थालियो । अनि के पारा आउँथ्यो, हिड्नै सकिएन ! बिचरा, हाम्रो बिलन भाई नभएको भए बिच बाटोमै बिटमार्ने अवस्था पनि आउन सक्थ्यो । साथीहरुको साथ हिड्न नसकेपछि नमज्जा लागेको थियो । मेरो कारणले अरु साथीहरुलाई पनि नमज्जा भईरहेको थियो । एक घण्टा जति के हिडेका थियौं, गाह्रो भएको मलाई मात्रै होला भनेको त उता सीता सोल्टिनीको हालत पनि उस्तै रहेछ । "म त यहि बस्छु अव सक्दिन", पो भन्न थाल्नु भो ।
शायद आजसम्म मलाई त आफन्त भनिने र नजिकको गनिनेहरुले त्यसरी वास्ता वा सरोकार नगरेका, नराखेका रहेछन कि जस्तो पनि लाग्यो । बिलन भाइले मप्रति त्यति धेरै वास्ता गर्दा म त भावुक पो बन्न पुगेछु । अनि उनले थाहा नपाउने गरी उनका काधमा आँशुका थोपा पनि झरेछन ।बिलन भाई त कला र गला भएको मान्छे भनेको त अरुलाई हँसाउन पनि माहिर रहेछन । उकालो चढ्न नसकिरहेको बेलामा झन हाँसाएर एक मुठ्ठी प्राण नै फुस्केला जस्तो गराए । धन्यवाद बिलन भाई ! त्यो गुन कहिलै बिर्सने छैन । यदि यो दिदीको आशीर्वाद लाग्ने रहेछ भने संधै सफलता मिलिरहोस !
करिव ४ घण्टा हिडेपछि जेनतेन ३२५० मिटरसम्म पुगियो । भोक पनि लागेको थियो । खाजा खाने भनियो । गिरी दाइँ भाउजुले त चरप्पई पिरोपिरो आलुको अचार, चिउरा, दालमोठ पो बोकेर लैजानु भएको रहेछ ।त्यसैमा अरुले ल्याएका चना लगाएत के के मिसाएर टन्नै खाइयो । गिरी दाइँ र भाउजुलाई हृदयदेखि धन्यवाद भन्दै खान त खाइयो, खाएपछि चल्नै सकिएन । धेरै जसोले त्यहाँ भन्दा माथि चढ्ने आँट गर्नै सकेनन् ।त्यति नै बेला गिरी दाइको छोरा आशोक भाइको त झन पिडौला फर्केर आपत नै पर्र्यो । अब बाँकी हिड्न ५२५ मिटर मात्रै रहेछ । "त्यो अँध्यारोमा हिडेर जो आइएको थियो अब झर्ने कसरी होला ?" भनेर सबैले चिन्ता ब्यक्त गरे । मलाई पनि त्यही चिन्ताले सताई रहेको थियो ।
बिहानको सूर्योदय हेर्ने समय टरिसकेर पनि घाम छिप्पिँदै हाम्रो थाप्लोमाथि आइसकेको थियो । त्यसैले फुजीसानको टुप्पोमा नपुगी ओरालो झरियो । उकालोमा त बरु चारपाउले टेकेर भएपनि हिड्न सकेको थिएँ । ओरालोमा त चारपाउ टेक्न पनि नमिल्ने रहेछ । खुट्टा ओइलिएको मूला जस्तो भैसकेको थियो । उकालो जादा त बिलन भाइले एक्लैले तानेका थिए । झन ओरालो झर्दा दुइजना चाहियो । मिना बहिनी र बिलन भाइले दुईतिर समातेकै आवस्थामा पनि पटकपटक बल्ड्याङ्ग खाइएछ। हामी ओरालो झर्दै गरेको बेला १०, १२ बर्षका फुच्चेफुच्चीहरु देखि सेतै फुलेका, कुप्राकुप्री परेका बुढाबुढीहरु पनि उकालो चढिरहेका थिए | आक्कल झुक्कल दुई चार पश्चिमा पर्यटकहरु पनि देखिन्थे र दुई जना भारतीय महिलाहरुसँग पनि जम्काभेट भयो ।
मनै न हो ! यात्राको क्रममा थकाइ लागेको र गाह्रो भएको बेला, नयाँ र मीठो अनुभूति गरेको बेला अनि खुशी र आनन्द लिएको बेला, केही हराएको वा छुटेको वा एउटा त्यस्तै छुट्टै महशुस भयो । यो जीवनमा फुजीसानसंगको पहिलो र अन्तिम भेट त्यही नै होला भन्दै, थाकेर लखतरान परको ज्यानले फुजीसानलाई 'टाटा' र 'बाई बाई' गर्दै ओझेल परियो । त्यसपछि कावागुची तर्फ लागियो । फुजिसानको आँगनीमा 'साइको' नामका ५ वटा अर्थात् ५ बहिनी तालहरु छन । यसमा 'साइको' भन्नाले 'सर्वोत्तम' भन्ने अर्थ लाग्दछ । त्यही ५ वटा तालहरुको नामबाट मेड-इन-जापान, 'साइको फाइभ' घडी चल्तीमा आएको हो । त्यहाँको भौगोलिक बनावट ठ्याक्कै पोखरा र फेवाताल जस्तै लाग्यो । अनि अरुले खै के गरे ? मैले त पोखरालाई धेरै मिस गरेँ !
फेवातालको बिचमा बाराही मन्दिर भए झैँ साइको तालको बिचमा पनि एउटा मन्दिर रहेछ । तालको वरिपरिको बातावरण र बस्तीहरु पनि पोखराकै झल्को मेटाउने खाले रहेछन । खै किन हो ? कावागुचीको शीतल सामिप्यसँग बिछोडिन मन नै लागेको थिएन " तिमीसंग छुट्टिन मनै लागेको थिएन, अँगालिरहन पनि समय र कर्मले दिएन" भने झैँ समयले नेटो काटिसकेको थियो । समयको अभाबले 'हाइल्याण्ड'भित्र पस्न भ्याएनौ बाहिरबाट दर्शन गरियो । यसरी सन २०१३ जुलाई १३ को फुजीशान भ्रमणको अन्त्य गरियो ।
जे जस्तो भए पनि हाम्रो त्यो भ्रमण समग्रमा अविस्मरणीय नै रह्यो ।
Subscribe to:
Posts (Atom)

