प्रत्यक ब्यक्तिको शिक्षा र ज्ञान बिशुद्ध निजी सम्पत्तिहो जसलाई सहजरुपमा जहाँतही बोकेर साथै लानसक्छौ तर भौतिक सम्पत्तिको यो सम्भब छैन ।



Sunday, January 23, 2011

शक्तिखोर समारोहको प्रत्यक्ष विवरण

माओवादी लडाकु औपचारिक रूपले सरकारको विशेष समिति मातहत आउने कार्यक्रमका लागि प्रधानमन्त्री माधवकुमार नेपाल तथा सबै पार्टीका शीर्ष नेता यतिबेला माओवादी लडाकुको शक्तिखोर शिविरमा आयोजित विशेष समारोहमा सहभागी भएका छन्। काठमाडौंस्थित सबै कुटनीतिक नियोगका प्रमुहहरु सामेल समारोहमा माओवादी लडाकूले मार्चपास गरेका थिए।
प्रधानमन्त्री माधवकुमार नेपालको सम्बोधन
मुलुकलाई कता लैजाने ? दीगो शान्तिको दिशामा वा अशान्तितर्फ ? जनताले हामीमाथि निगरानी गरिरहेका छन्। माओवादी सेनाका लडाकूहरु तपाइँहरुले पनि यस परिवर्तनका लागि ठूलो योगदान गर्नुभएको छ। दल र माओवादीबीच भएका सम्झौताहरुका बारेमा तपाइँहरु पनि उतिकै जानकार हुनुहुनुन्छ। अब तपाइँहरु माओवादीको हैन। तपाइँहरु विशेष समिति अन्तर्गत आइपुग्नु भएको छ। समायोजनपछि तपाइँ राजनीतितर्फ लाग्नु भए तपाइँले आफूले चाहेको दलमा लाग्न पाउनुहुनेछ। जो साथीहरु सुरक्षा निकायमा लाग्नुहुनेछ तपाइँहरु कुनै राजनीति गर्न पाउनु हुनेछैन। राष्ट्रिय सुरक्षा अंगका गैरराजनीतिक चरित्रलाई तपाइँहरुले पालना गर्नुहुनेछ भन्ने विश्वास मलाई छ। मित्रहरु हिजोबाट पाठ सिक्नुपर्दछ। राजनीति हो कहिले कहीँ अलि अलि तलमाथि पनि हुन्छ। तर त्यसै आधारमा हामी हाम्रो मूल लक्ष्यबाट विचलित हुन सक्दैनौं। विगतमा परिवर्तनका समयमा सुरक्षा अंगले दिएको साथलाई हामी भुल्न सक्दैनौं। विश्व सामु स्थापित नेपालीको शान्तिपूर्ण छविलाई हामी पुनर्स्थापित गर्न चाहन्छौं। आज हाम्रा सामु विदेशी मित्रहरु पनि हुनुहुन्छ। हामीलाई आज सारा विश्ले हेरिरहेको छ। जनताको शान्तिको आकांक्षालाई कायम राख्न शान्तिलाई निष्कर्षमा पुर्‍याउनै पर्छ। तितो पिरो विगतलाई हामीले सहमति गरेका सत्य निरुपण तथा मेलमिला आयोग जस्ता निकायहरु अझै बन्न सकेका छैनन्। खाटा बसिसकेका घाउहरुमा कतै चोटपटक नलागोस् भन्नमा ध्यान दिन आवश्यक छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भएका सहमतिले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएको छ। हामीले अझै लामो बाटो हिँड्नुछ। विगतका सहमति र समझदारीलाई इमान्दारिताका साथ काम गर्न सक्यौं भने निश्चय नै शान्ति छिटै स्थापित हुनेछ।
अब उप्रान्त माओवादी लडाकूहरु व्यवहारिक रुपमै विशेष समिति अन्तर्गत आउनु भएको छ। अनमिनले गर्दै आएको काम समेत विशेष समितिले गर्ने गरी सबै व्यवस्था भइसकेको छ।

***
माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बोधन
हामी जनमुक्ति सेना विशेष समिति राख्न तयार भएको विदितै छ। सेना समायोजन र पुनर्स्थापनाका अन्य थुप्रै काम गर्न बाँकी नै छन्। नेपालको शान्ति र संविधान निर्माण प्रक्रियामा सघाउने सबै शक्ति, अनमिन तथा अन्तराष्ट्रिय मित्रहरुलाई म धन्यावद दिन चाहन्छु।

शान्ति प्रक्रियालाई तार्कि निष्कर्षमा पुर्‍याउने, संविधानसभामार्फत् संविधान बनाइ नयाँ संविधान बनाइ नयाँ नेपाल बन्ने हैन कि भन्ने आशंका छ। हामी यतिखेर सेना समायोजन र पुनर्स्थापनाको कामलाई अघि बढाइरहेका छौं। यो प्रक्रियालाई अन्तरार्ष्ट्रिय मान्यताका लागि राष्ट्रसंघलाई अनुरोध गर्‍यौं। तर जुन कुराका लागि हामीले अनमिनलाई बोलाएका थियौं त्यो पूरा नहुँदै अनमिन फर्किने अवस्था देखापर्‍यो।

***
'आजदेखि विधिवत रुपमा लडाकू विशेष समिति अन्तर्गत आएको घोषणा गरिन्छ' प्रधानमन्त्री र पुष्पकमल दाहालले हस्ताक्षर गरेको घोषणापत्र समिति सदस्य बालानन्द शर्माले पढेर सुनाएका छन्।

समितिका संयोजक प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय झन्डा झन्डोतलन गरी लडाकू व्यवहारिक रुपमै समिति मातहत आएको घोषणा गरेका छन्।यही उपलक्ष्यमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले बेलुन उडाएका छन्।


नन्दकिशो पुनको सम्बोधन
हाम्रो मुटुमा राष्ट्र र जनताको स्वार्थ बाहेक अरु केही छैन। पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा जनमुक्ति सेना विशेष समिति मातहात आएको थियो। ढिलै भए पनि माओवादी सेना व्यवहारिक रुपमा समिति अन्तर्गत गएकोमा हर्षित छौं। परिवर्तनका लागि माओवादी नेतृत्वमा गठन भएको जनमुक्ति सेनाको योगदान कसैबाट छिपेको छैन।

***
गीतपछि खेल कौशल प्रस्तुत गर्दै लडाकू।
***
पश्चिम कोही पूर्व घर... आँगन त एउटै हो... बोलको गीतमा भव्य नृत्य तथा झाँकी प्रस्तुत भइरहेको छ। 

यो नेपाली शिर उचाली... संसारमा लम्किकन्छ... बोलको गीतमा नृत्य प्रस्तुत भइरहेको छ। राम्रो तयारीका कारण लडाकुको राम्रो प्रस्तुति। 

विशेष समारोहमा जाग लम्क हे नौजमान हो... बोलको गीतमा हरियो सर्ट र सेतो पाइन्ट लगाएका लडाकू नृत्यु प्रस्तुत गरिरहेका छन्।

***

माओवादी लडाकूले विभिन्न खेल कौलश एवं राष्ट्रिय भावनाका गीतमा झाँकी एवं नृत्य प्रस्तुत गरिरहेका छन्। 
काठमाडौंस्थित सबै कुटनीतिक नियोगका प्रमुहहरु सामेल समारोहमा माओवादी लडाकूले मार्चपास गरिरहेका छन्। 

माओवादी लडाकु औपचारिक रूपले सरकारको विशेष समिति मातहत आउनुलाई शान्तिप्रक्रियाको महत्वपूर्ण कदमको रुपमा हेरिएको छ। आज लडाकू हस्तान्तरणपछि  समायोजनको पहिलो प्रक्रिया सुरु हुनेछ। राष्ट्रसंघीय मिसन अनमिनको बहिगर्मनपछि सरकार र माओवादीबीच भएको तीनबुँदे सहमतिअनुसार ७ मुख्य र २१ सहायक शिविरका १९ हजार ६ सय २ लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनाको जिम्मा विशेष समितिले लिन लागेको हो।

No comments:

Post a Comment